मुक्ति कसरी पाइन्छ?

मुक्ति कसरी पाइन्छ?
१) व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन
रोमी ३:२० अनुसार व्यवस्था पालन गरेर कतिजना मानिसहरू परमेश्वरको सामु धर्मी ठहरिनेछन्? ____________________________। के मानिसहरू व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिनेछन् (गलाती २:१६)? ________________। यदि मानिसहरूले व्यवस्था पालनद्वारा मुक्ति पाउन सक्ने भएको भए के ख्रीष्ट क्रूसमा मर्नु आवश्यक पर्थ्यो (गलाती २:२१)? ____________________। रोमी ७:१२ मा व्यवस्था भनेको कस्तो कुरो हो भनी वर्णन गर्ने तीनओटा शब्दहरू कुन-कुन हुन्? १) ____________ २) ____________ ३) ____________। के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई पालन गर्न सक्छ (रोमी ७:७-१४ पढ्नुहोस्)? __________। के पापी मानिसले १० आज्ञाहरू पूर्ण रूपले पालन गर्न सक्छ (प्रस्थान २०:१-१७ हेर्नुहोस्)? __________। याकूब २:१० पढ्नुहोस्। परमेश्वरका सबै आज्ञामध्ये एउटा आज्ञा मात्र तोडेको व्यक्तिको विचार गर्नुहोस्। के उसले व्यवस्थालाई तोडेको ठहरिन्छ? __________। के ऊ दोषी ठहरिन्छ? ______________।
केवल एक ठाउँमा मात्र चुँडिएको सिक्रीलाई विचार गरौं।
के यो एउटा चुँडिएको सिक्री हो? ________। व्यभिचार कहिल्यै नगरेको तर हत्याचाहिँ गरेको एउटा व्यक्तिको विचार गरौं। के उसले परमेश्वरको व्यवस्थालाई तोडेको ठहरिन्छ (याकूब २:११)? ____________। व्यवस्था पालनद्वारा मुक्ति पाउन खोज्नेले के गर्नुपर्छ भन्ने कुरा गलाती ३:१० ले बताउँछ। उसले व्यवस्थाको पुस्तकमा लेखिएका __________ कुराहरूमा तिनलाई ____________ गर्नलाई लागिरहनुपर्छ। के एउटा पापीले त्यसो गर्न सक्छ? ______________। व्यवस्थालाई पूर्ण रूपले पालन गर्ने एउटै मात्र व्यक्ति को हुनुहुन्थ्यो? ____________________।
दस आज्ञालाई विचार गर्नुहोस् (प्रस्थान २०; व्यवस्था ५)
इमानदारीपूर्वक जवाफ दिनुहोस्:
- के तपाईंले आफ्नो जीवनमा सधैं नै परमेश्वरलाई पहिलो स्थान दिनुभएको छ?
- के तपाईंले कहिल्यै परमेश्वरको नाम व्यर्थमा उच्चारण गर्नुभएको छ?
- के तपाईंले कहिल्यै अर्काको कुनै चीज चोर्नुभएको छ?
- के तपाईंले कहिल्यै हृदयमा व्यभिचार गर्नुभएको छ (मत्ती ५:२८)?
- के तपाईंले कहिल्यै अरुसित भएको चीजको लोभ गर्नुभएको छ?
- के तपाईंले कहिल्यै झूट बोल्नुभएको छ? के तपाईंले कहिल्यै अदालतमा झूट बोल्नुभएको छ?
- के तपाईंले एकैपटक मात्र भए पनि आफ्ना बाबु-आमाको आज्ञा उल्लङ्घन गर्नुभएको छ?
मानिसलाई ऊ साँच्ची नै कति पापी छ भनेर देखाउनलाई नै परमेश्वरको पवित्र व्यवस्था दिइएको हो, “किनकि ________________द्वारा __________ चिन्ने ज्ञान हुन्छ” (रोमी ३:२०)। व्यवस्थाले मानिसलाई कहिल्यै मुक्ति दिन सक्दैन, यसले केवल उसलाई मुक्तिदाताको खाँचो देखाउन सक्छ। ऐनालाई विचार गरौं। ऐनाले अनुहार फोहर छ भनेर देखाउने काम गर्छ। तर अनुहार धुनलाई ऐना प्रयोग गरिँदैन। ऐनाले हामीलाई साबुन र पानीतर्फ डोर्याउने काम गर्छ। त्यसरी नै परमेश्वरले व्यवस्था दिनुभयो जसले हामीलाई थुमाकहाँ डोर्याउँदछ जो प्रभु येशू हुनुहुन्छ जसले संसारको पापलाई उर्ठाई लानुहुन्छ। व्यवस्थाले कहिल्यै ____________ दिन सक्दैन (गलाती ३:२१), त्यसले केवल दोषी ठहर्याउन मात्र सक्छ। परमेश्वरको पवित्र र धर्ममय व्यवस्थाको सामु उभिने पापी मानिसले “म दोषी छु!” (रोमी ३:१९) भन्न मात्र सक्छ। तर, खुशीको कुरा, व्यवस्थाले गर्नै नसक्ने काम परमेश्वरले गर्नुभयो जब उहाँले आफ्नै _________लाई पठाउनुभयो (रोमी ८:३)! थुमाका लागि परमेश्वरलाई सदा प्रशंसा होस्!
२) असल कर्महरू गरेर मुक्ति पाइँदैन
यशैया ६४:६ मा हामी सिक्छौं, हामी सबै अशुद्ध र पापीहरू भएका हुनाले हाम्रा धार्मिकताहरू परमेश्वरको सामु ____________ ____________झैं छन्। एफेसी २:१-१० पढ्नुहोस् मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भनेर सिकाउने दुइटा पदहरू भेट्टाउनुहोस्। ती पदहरू कुन-कुन हुन्? ________________। तीतस ३:१-८ मा मानिसले असल कामहरूद्वारा मुक्ति पाउँदैन भनेर सिकाउने पद कुन हो? _________। यदि मुक्ति कामहरूबाट पाइने भएको भए, मानिसहरूले मुक्ति कमाउनलाई आफूले गरेका थुप्रै कामहरूमा घमण्ड गर्ने ठाउँ हुने थियो। तर परमेश्वरको वचनले मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भन्ने कुरा प्रस्टै सिकाउँछ, तसर्थ जुन व्यक्तिले साँच्चै मुक्ति पाएको छ, उसले ____________ गर्न पाउँदैन (हेर्नुहोस् एफेसी २:९, रोमी ३:९ र रोमी ४:१-५)। लूका १८:९-१४ मा के फरिसीले आफ्ना असल काममा घमण्ड गरेको थियो? ____________। उसको घमण्ड गराइ कुन पदमा उल्लेख छ? ________। के उक्त फरिसीले मुक्ति पाएको थियो (१३-१४ पदहरू हेर्नुहोस्)? ____________।
स्वर्गमा प्रभुकै सामु आफू उभिनुपरेको कल्पना गर्नुहोस्। तपाईंले उहाँलाई के भन्नुहुनेथ्यो होला? तलको एउटामा ठीक चिन्ह लगाउनुहोस्:
- ______ “प्रभु, म तपाईंप्रति विश्वासयोग्य भएकोले र मैले एउटा असल जीवन बिताउन र तपाईंको दृष्टिमा मनपर्दो कामहरू गर्न सक्दो प्रयास गरेकोले नै म यहाँ स्वर्गमा छु।”
- ______ “प्रभु, ख्रीष्ट येशूले मलाई प्रेम गर्नुभई मेरा पापहरूको निम्ति क्रूसमा मरिदिनुभएको कारणले मात्र म यहाँ स्वर्गमा छु। ख्रीष्टको सिद्घ बलिदानको कारण म आज यहाँ हुन पाएको छु।”
प्रभुलाई मनपर्ने असल-असल कामहरू गर्न सक्षम तुल्याउनका लागि विश्वासीभित्र काम गर्नुहुने को हुनुहुन्छ? (फिलिप्पी २:१३ र हिब्रू १३:२०-२१)? ________________। कलस्सीका विश्वासीहरूका निम्ति पावलले गरेको प्रार्थना पढ्नुहोस् (कलस्सी १:९-१०)। असल कामहरूले भरिएको जीवनद्वारा यी विश्वासीहरूले प्रभुलाई खुशी पारेको देख्न के पावल चाहन्थे? ______________। विश्वासीले प्रभुको सहायताबिना कतिओटा असल कामहरू गर्न सक्छ (यूहन्ना १५:५)? ____________________________ __________। मुक्ति नपाएको व्यक्तिसँग ख्रीष्ट हुनुहुन्न भन्ने कुरा हामीलाई थाह छ (१ यूहन्ना ५:१२)। मुक्ति नपाएको मानिसले प्रभुलाई मनपर्ने असल कामहरू गर्न सक्छ होला (रोमी ८:८-९)? ______________। यूहन्ना ६:२८-२९ मा प्रभु येशूले भन्नुभएअनुसार, परमेश्वरलाई खुशी पार्न मानिसले गर्नुपर्ने पहिलो “काम” के हो? ____________________________________________________ _______। वास्तवमा, बिना______________ (हिब्रू ११:६) परमेश्वरलाई खुशी पार्न ________________ छ!
निम्नलिखित दुवै भनाइहरू गलत छन् र परमेश्वरको सत्यता नबुझेकाहरूले मात्र यसरी सोच्दछन्:
१) “म पापी हुँ भनेर म बुझ्दछु अनि मुक्ति पाउन मैले रक्सी, चुरोट पिउन छाड्नुपर्छ, एउटा असल चर्चमा जानुपर्छ र बाइबल दिनहुँ पढ्नुपर्छ।”
तर प्रेरित १६:३१ अनुसार, पापीलाई परमेश्वरले के आज्ञा गर्नुभएको छ? ____________________ ________________________________________। तसर्थ, मुक्ति नपाएको मानिसले र्सवप्रथम के गरेको परमेश्वर चाहनुहुन्छ? ____________________________________________________ __ ____________________।
२) “मुक्ति पाएपछि मैले आफ्नो इच्छाअनुसार जस्तोसुकै व्यवहार गरे पनि फरक पर्दैन किनकि मुक्ति पाइने कामले होइन, विश्वासले हो क्यारे।”
तर २ तिमोथी २:१९ अनुसार आफू विश्वासी भएको दाबी गर्ने व्यक्तिलाई परमेश्वरको आज्ञा के छ? ____________________________ ______________________________। यदि कसैले मुक्ति साँच्चै पाएको छ र ख्रीष्टले उसको निम्ति क्रूसमा के गरिदिनुभयो भनेर बुझेको छ भने, के उसले प्रभुलाई मनपर्ने चालमा हिँड्ने इच्छा गर्छ होला? ______________। मुक्ति पाएको व्यक्तिले आफ्नो जीवन कसको निम्ति बिताउन चाहन्छ (आफ्नै निम्ति कि ख्रीष्टको निम्ति (२ कोरिन्थी ५:१५)? ______________________________।
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
- ______ मुक्ति नपाएको व्यक्तिले सबैभन्दा पहिले आफ्ना सबै खराब बानी तथा पापपूर्ण व्यवहारहरूलाई त्याग्नुपर्छ।
- ______ असल कामद्वारा मुक्ति पाइँदैन।
- ______ एउटा व्यक्तिले मुक्ति पाएपछि उसको व्यवहार जस्तोसुकै भए पनि हुन्छ।
- ______ मुक्ति पाएका हुनाले हामीहरू हरेक असल काममा फलदायी हुनुपर्छ।
- ______ एउटा विश्वासीले असल कामहरू गर्न सक्छ किनकि उसभित्र काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ।
३) आफ्ना प्रयासहरूले मुक्ति पाइँदैन
मानिस पापी, दुष्ट, हराएका, मरेका र अन्धा हुन्छन् भनी हामीले अध्ययन गरिसकेका छौं। त्यसैले मानिस आफैले आफैलाई बचाउन असम्भव छ!! एफेसी २:८ मा परमेश्वरको वचनले प्रस्टै बताउँछ, मुक्ति ____________बाट होइन, तर यो परमेश्वरको ______________ हो। तीतस ३:५ पढ्नुहोस्। के मानिसले आफ्नै प्रयास र असल कामद्वारा मुक्ति पाउँछ? ______________। परमेश्वरले मानिसलाई आफ्नो __________________द्वारा बचाउनुहुन्छ, न कि हाम्रा कुनै पनि कामद्वारा। यदि हाम्रो मुक्ति हाम्रा आफ्नै मानवीय प्रयासमा भरपर्ने कुरो हुँदो हो त हामीमध्ये कसैले पनि मुक्ति पाउन सक्ने थिएनौं। मुक्ति परमप्रभुबाट हो!!
४) पानीको बप्तिस्मा लिएर मुक्ति पाइँदैन
निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक वाक्यांशलाई काटेर सुधार्नुहोस्:
यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्तिस्मा लिँदैन त्यसले जीवन देख्नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” १ यूहन्ना ५:१२ — “जससँग पुत्र हुनुहुन्छ र जसले बप्तिस्मा लिएको छ, ऊसित जीवन छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
- ______ मुक्ति पाउन पानीको बप्तिस्मा आवश्यक छ (एफेसी २:८-९; तीतस ३:५)।
- ______ मुक्ति पाएपछि आज्ञापालन स्वरूप पानीको बप्तिस्मा लिनु आवश्यक छ (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
- ______ मर्कूस १६:१६ अनुसार बप्तिस्मा नलिने व्यक्ति दोषी ठहरिनेछ।
- ______ प्रेरित २:४१ र ८:३६-३७ अनुसार शुरूको मण्डलीमा बप्तिस्मा लिनेहरू अघिबाटै विश्वास गरिसकेका हुन्थे! अर्थात् उनीहरूले पहिला विश्वास गरे अनि पछि मात्र बप्तिस्मा लिए।
- ______ बप्तिस्मा मुक्ति पाउनलाई गरिने कार्य हो।
- ______ बप्तिस्मा मुक्ति पाएको व्यक्तिले गर्ने कार्य हो।
- ______ पानीको बप्तिस्माले हामीलाई सब पापबाट शुद्ध पार्दछ (एफेसी १:७; १ यूहन्ना १:७)।
- ______ मर्कूस १६:१६ अनुसार विश्वास नगर्ने व्यक्ति, उसले बप्तिस्मा लिए पनि नलिए पनि, दोषी ठहरिनेछ।
- ______ मत्ती १:२१ अनुसार पानीको बप्तिस्माले मानिसलाई उसका पापहरूबाट बचाउँदछ।
- ______ तीतस ३:५ अनुसार एक व्यक्ति केवल परमेश्वरको कृपाद्वारा मात्र मुक्ति पाउँदछ, हामी आफैले गरेका कुनै पनि कामद्वारा होइन।
प्रेरित १६:३१ पढ्नुहोस्। एक व्यक्तिले विश्वास गरेकै घडी मुक्ति पाउँछ कि पानीमा बप्तिस्मा लिएको घडीमा? ____________________________________________________ __।
यहाँसम्म हामीले अध्ययन गर्यौं — एक व्यक्तिले व्यवस्था पालन गर्ने प्रयासले वा असल कामहरूले वा आफ्नै प्रयासले वा पानीको बप्तिस्माले मुक्ति पाउँदैन। अब हामी यो अध्ययन गर्न तयार छौं — एक व्यक्तिले अनुग्रहले विश्वासद्वारा मुक्ति पाउँदछ।
५) विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ
एफेसी २:८ — “किनकि ______________द्वारा ______________ले तिमीहरूले __________ पाएका छौ।” अनुग्रह भन्नाले परमेश्वरले नालायक मानिसप्रति गर्नुहुने दया र निगाह हो! तीतस ३:४ अनुसार हामी भन्न सक्छौं अनुग्रहको अर्थ हो, हाम्रा ______________ परमेश्वरका ________ र ____________प्रतिको ________।” मानिसप्रति — अर्थात् परमेश्वरको क्रोध पाउनुपर्ने म अयोग्य पापीप्रति!! “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो! “
हराएका पापीहरूको निम्ति क्रूसमा ख्रीष्टले जे गरिदिनुभयो, त्यसैको आधारमा ती पापीहरूप्रति परमेश्वरले अनुग्रह र दयाको व्यवहार गर्न सक्नुहुन्छ! रोमी ३:२४ — उहाँको ____________द्वारा __________ __________मा भएको ____________को कारणले तिनीहरू सित्तैंमा ________ ठहरिन्छन्।”
विश्वास भनेको परमेश्वरलाई उहाँको वचनकै आधारमा भरोसा गर्नु र उहाँले भन्नुभएको कुरालाई साँचो मानेर व्यवहार गर्नु हो।
विश्वासले परमेश्वरले भन्नुभएको कुरालाई साँचो मान्दछ। परमेश्वरको वचनलाई विश्वास गर्न र त्यसअनुसार हिँड्न सक्नलाई पहिला हामीले परमेश्वरको वचन सुन्नुपर्छ वा पढ्नुपर्छ)। यसैले रोमी १०:१७ मा लेखिएको छ, “यसकारण ______________ __________द्वारा आउँछ, र ________चाहिँ________________को __________द्वारा। साँचो विश्वास पक्का तथ्यहरूमा आधारित हुनुपर्छ; हाम्रो विश्वास परमेश्वरको लिखित वचनमा आधारित हुनुपर्छ। अब्राहाम विश्वासमा हिँड्ने मानिस थिए (उत्पत्ति १५:६; रोमी ४:३-५; गलाती ३:६-९)। अब्राहाम विश्वासमा बलिया थिए किनभने परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो अवश्य पूरा हुनेछ भनी उनी विश्वास गर्थे। रोमी ४:१९-२१ पढ्नुहोस्। यस खण्डमा हामी सिक्छौं अब्राहाम परमेश्वरको ____________को सम्बन्धमा ________________ गरेर उनी लड्खडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी ______________मा बलियो रहे; अनि उहाँले जे ____________ गर्नुभएको छ, सो __________ गर्नलाई उहाँ (परमेश्वर) ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे।” के परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नलाई सक्षम हुनुहुन्छ? __________________। के परमेश्वर आफ्नो वचनलाई पूरा गर्न सामर्थी हुनुहुन्छ? ________________। के परमेश्वरले सधैं आफूले भन्नुभएअनुसार नै गर्नुहुन्छ? ________________। के परमेश्वरले भन्नुभएका सबै कुराहरू सधैं पूरा हुनेछन्? (उत्पत्ति १:३)? ________________। के परमेश्वरको एउटै प्रतिज्ञा पनि झूटा सावित भएको छ? ________। परमेश्वरको कुनै एक प्रतिज्ञालाई पढेपछि के हामी “हो” र “आमेन” भन्न सक्छौं (२ कोरिन्थी १:२०) ____________। तीतस १:२ अनुसार परमेश्वरले के गर्न सक्नुहुन्न? ____________________। हिब्रू ६:१८ अनुसार परमेश्वरले के गर्नु असम्भव छ? ____________________। त्यसैले, परमेश्वरले भन्नुभएको कुरा साँचो नै हुन्छ र त्यसलाई हामीले विश्वास गर्नुपर्छ, त्यसमा भरोसा राख्नुपर्छ, त्यसमा आज्ञाकारी हुनुपर्छ र त्यसैअनुसार हिँड्नुपर्छ! जब हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, तब हामी कुनचाहिँ ठूलो पापको दोषी हुन्छौं (१ यूहन्ना ५:१०)? ____________________________________________________ । विश्वास भनेको परमेश्वरले भन्नुभएको कुरालाई उचित, सठीक र सही हिसाबले ग्रहण गर्नु हो! विश्वासमा हिँड्ने मानिसले परमेश्वरको वचनलाई ठीकसँग लिन्छ र त्यसप्रति ठीक प्रतिकृया देखाउँछ! यदि परमेश्वरले कुनै आज्ञा दिनुभएको छ भने उसले विश्वासैद्वारा ______________ गरी (हिब्रू ११:८) आफ्नो विश्वास प्रकट गर्छ। यदि परमेश्वरले कुनै प्रतिज्ञा दिनुभएको छ भने, विश्वासमा हिँड्ने मानिसले त्यसलाई विश्वास गर्छ, ऊ त्यसमा निश्चित हुन्छ, त्यसलाई देख्छ, त्यसको प्रतिक्षा गर्छ, त्यसलाई पर्खन्छ, त्यसैमा भरपर्छ, त्यसलाई बलियो गरी समातिराख्छ र त्यसलाई अँगाल्छ (हिब्रू ११:११,१३ हेर्नुहोस्)!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)