ख्रीष्टलाई रद्द गरिएको

येशू निर्दोष हुनुहुन्छ भनेर पिलातस जान्दथे र तिनले उहाँलाई छोडिदिन चाहन्थे। पिलातसको अन्तिम प्रयास भनेको ख्रीष्टलाई बेसरी सजायँ दिनु थियो। उहाँको दयनिय अवस्था देखेपछि यहूदीहरूमा दया पलाउला भन्ने उनको आशा थियो ताकि येशूलाई छोडिदिन सकियोस्। “उसलाई कष्ट दिन पुग्यो अब, उसलाई छोडिदिनुहोस्” भनेर यहूदीहरूले भन्लान् भन्ने आशा पिलातसको थियो। “तब पिलातसले येशूलाई लगे र ______ लगाए” (यूहन्ना १९:१)। कोर्राको सजायँ बाँधेर पिट्ने सजायँमा पनि ज्यादै निर्मम सजायँ थियो। रोमी सिपाहीको कोर्राजस्तो भयङ्कर सजायँ अर्को कुनै थिएन, केवल रोमीहरूकै क्रूसको सजायँ थियो। निम्न बयानलाई विचार गर्नुहोस्:

“यस्तो कोर्राको सजायँ एउटा डरलाग्दो यातना थियो। रोमी कोर्रामा काठको एउटा छोटो बिँड हुन्थ्यो जसमा छालाका चेप्टो खालका डोरीहरू गाँसिएका हुन्थे र ती डोरीका टुप्पामा सिसा वा काँसाका टुक्राहरू, तीखा-तीखा हड्डीका टुक्रासहित जडान गरिएका हुन्थे। कोर्रा व्यक्तिको विशेषतः ढाडमा हिर्काइन्थ्यो, कुप्रिएको र नाङ्गो ढाडमा (यद्यपि सधैं केवल ढाडमा मात्र होइन)। त्यसको प्रहारले शरीर कति पटक यतिसम्म छियाछिया पारिन्थ्यो कि भित्रपट्टिका रक्तवाहिनीहरू र कहिलेकाहीँ आन्द्राभुँडी र आन्तरिक अङ्गहरू समेत प्रदर्शित हुन्थे। यस्तो कोर्राहनाइले मानिसहरू कति पटक मर्दथे, यद्यपि रोमी नागरिक भने यस्तो सजायँदेखि विमुक्त हुन्थे” (William Hendriksen, John, p. 414)।

कोर्राको कुटाइ येशूले भोग्नुभएका निर्दयी व्यवहारहरूमध्ये एउटा थियो, तर उहाँले भोग्नु परेको त्यतिमात्र थिएन (यूहन्ना १९:२-३ पढ्नुहोस्)। यतिबेलासम्ममा उहाँको मुहार रूप बिग्रने गरी पिटिएको थियो (यशैया ५२:१४ र ५३:२ पढ्नुहोस्)। उहाँलाई क्रूसमा टँगाइएको देखाउने प्रायः चित्रहरूमा उहाँको त्यतिखेरको वास्तविक अनुहारलाई देखाइएको पाइँदैन। तर हामी येशूको निम्ति होइन बरु ती सिपाहीका निम्ति दुःखित हुनुपर्छ। एउटा दिन आउँदैछ जब ती मानिसहरू राजाहरूका राजाको सामु फेरि घूँडा टेक्नेछन् जसलाई तिनीहरूले गिल्ला गरेका थिए र दुर्व्यवहार गरेका थिए (फिलिप्पी २:९-११ पढ्नुहोस्)। पहिला त उनीहरूले ठट्टामा घूँडा टेकेका थिए तर त्यस दिन उनीहरूले साँच्ची नै टेक्नेछन्!

यी सबै भइसकेपछि पिलातसले येशू ख्रीष्टलाई बाहिर भीडका सामु ल्याएर भने, “हेर __________ _________” (यूहन्ना १९:५)। येशूलाई त्यस्तो विरूप, रगताम्य अवस्थामा देखेर के यहूदीहरूको ट भन्ने लाग्यो त उनीहरूलाई (यूहन्ना १९:६)? ____________। तिनीहरू त उहाँलाई क्रूसमा टँगाइएको देखेपछि मात्र सन्तुष्ट हुनेवाला थिए। येशूलाई मारेर छाड्नेवाला थिए उनीहरू!

ख्रीष्ट येशूले गर्नुभएको अपराध के थियो? यहूदीहरूका अनुसार उहाँले आफूलाई ______________का ________ तुल्याउनु नै (यूहन्ना १९:७) उहाँको ठूलो अपराध थियो। उहाँले आफू परमेश्वरका पुत्र भएको दाबी गर्नुभयो अनि यहूदीका दृष्टिमा यो ईश्वर-निन्दा थियो! कसैले आफू परमेश्वरका पुत्र भएको दाबी गर्नुचाहिँ उसले आफूलाई “____________सँग बराबरी” तुल्याउनु थियो (यूहन्ना ५:१८)। येशू ख्रीष्ट एक सामान्य मानिस मात्र हुनुभएको भए उहाँको दाबी साँच्ची नै ईश्वर-निन्दा ठहरिनेथ्यो अनि उहाँ मृत्युदण्ड पाउन लायक ठहरिनुहुन्थ्यो (लेवी २४:१६ पढ्नुहोस्)। तर येशूले ज-जस्तो दाबी गर्नुभयो त्यो सब सत्य थियो। उहाँ परमेश्वरकै पुत्र र इस्राएलका राजा हुनुहुन्थ्यो!

येशू कुनै सामान्य मान्छे हुनुहुन्न भन्ने कुराको महसुस उनलाई हुन थालेपछि पिलातस झन् ___________ (यूहन्ना १९:८)। पिलातसले आफूसित ठूलो अधिकार र शक्ति भएको कुरा येशू प्रभुलाई बताए (यूहन्ना १९:१०) तर उहाँले तिनलाई यो कुराको सम्झना गराउनुभयो कि परमेश्वरबाट नदिइएको भए तिनीसित ______ अधिकार हुनेथिएन भनेर (यूहन्ना १९:११)। परमेश्वरको अनुमतिविना पिलातस राज्यपाल हुन सक्ने नै थिएनन् (रोमी १३:१ पढ्नुहोस्)। शासकहरूको उत्थान र पतन परमेश्वरकै हातमा हुन्छ (दनियल २:२१; ४:१७, २५, ३२)। पिलातसले ठूलो अपराध गरे। यहूदी शासकवर्ग र कराइरहेको जमातको दबाबमुनि परेका पिलातस जानाजानी बेठीक काम गर्नलाई अघि बढे। येशूका अनुसार पिलातसको भन्दा यहूदी शासकवर्गको पाप झन् ________ थियो (यूहन्ना १९:११)। के पिलातसले येशूलाई छुटाउने चेष्टा गरे (यूहन्ना १९:१२)? _________। उनले पटकपटक चेष्टा गरे तर सफल भएनन्।

आखिरमा तिनले यहूदीहरूलाई थप एक पकट मौका दिए। तिनले येशूलाई बाहिर ल्याएर यहूदीहरूलाई यसो भने, “हेर _____________ __________ (यूहन्ना १९:१४)! यहूदीहरूले येशू ख्रीष्टलाई ज्यादै नराम्रो किसिमले इन्कार गरे जुनचाहिँ उनीहरूले भनेका यी तीन कुराहरूबाट देख्‍न सकिन्छ (यूहन्ना १९:१५):

  1. “ह___________! ह___________!” तिनीहरू उहाँलाई सधैंका लागि हटाउन चाहन्थे।
  2. "त्यसलाई __________मा _____________!" उहाँले त्यस किसिमको कष्टदायी मृत्यु भोगोस् भन्ने उनीहरू चाहन्थे जुनचाहिँ सबैभन्दा खराब अपराधीहरूले भोग्थे(फिलिप्पी २:८ सित तुलना गर्नुहोस्)।
  3. "___________बाहेक हाम्रो अरू __________ नै छैन"।

यहूदीहरू सिजरलाई घृणा गर्थे, उनीहरू रोमी शासनको जुवामुनि रहनै चाहँदैनथे तर ख्रीष्टलाई उनीहरूले त्यसभन्दा बढ्ता घृणा गरे। पापी मान्छेको उहिलेदेखिको नारा यही हो: "हामी परमेश्वरको शासनमुनि बस्न चाहन्नौं। हामीले के गर्नुपर्छ भनेर परमेश्वरको भनेको हामी सुन्न चाहन्नौं। हामी जे मन लाग्छ त्यही गर्न चाहन्छौं।" मान्छे आफू आफ्नै राजा बन्न खोजेको छ र आखिरमा कमारो बन्न पुगेको छ। परमेश्वरलाई राजा बन्न दिनेहरू मात्र साँच्चै स्वतन्त्र हुन्छन् (यूहन्ना ८:३१-३६)।

के ती यहूदीहरूले यूहन्ना १:११ को वचनलाई पूरा गरे त? __________

क्रूसको मृत्यु

पिलातस अन्तमा यहूदीहरूको दबाबमुनि निहुरिए अनि उनीहरूकै मागलाई पूरा गरिदिए (यूहन्ना १९:१६)। येशूलाई क्रूसमा टँगाइने ठाउँलाई गलगथा भनिन्थ्यो जसको अर्थ हो "___________को ठाउँ" (यूहन्ना १९:१७)। कलवरी भन्ने शब्दको माने पनि खोपडी हो र यसले पनि उही ठाउँलाई जनाउँछ (लूका २३:३३ पढ्नुहोस्)। त्यस दिन ख्रीष्टसित कतिजना अपराधीहरू टाँगिए (यूहन्ना १९:१८)? ___________

अपराधीलाई क्रूसमा टँगाइँदा उसको अभियोग वा दोषलाई लेखेर उसकै शिरमाथि टाँगाइने चलन थियो। जस्तै, कसैले अर्कालाई जानाजानी मारेको भए त्यहाँ "यो हत्यारा हो!" भनेर लेखिन सक्थ्यो। येशूको शिरमाथि चाहिँ कस्तो अभियोग लेखियो (यूहन्ना १९:१९)? ________________________________________________। उक्त कुरा कतिओटा भाषामा लेखियो (यूहन्ना १९:२०)? __________ [टिप्पणी: प्यालेस्टाइनको स्थानीय भाषा हिब्रू वा अरामी थियो; रोमी साम्राज्यमा चल्ने साझा भाषाचाहिँ ग्रीक थियो र औपचारिक वा कानूनी भाषाचाहिँ ल्याटिन थियो कारण त्यतिखेर शासन उनीहरूको हातमा थियो]। येशू कुनचाहिँ ठूलो अपराधका दोषी हुनुहुन्थ्यो त? उहाँ "यहूदीहरूका राजा" हुनुहुन्थ्यो! यसरी लेखिएकोमा के यहूदीहरू खुशी थिए (यूहन्ना १९;२१)? ___________। के पिलातसले उनीहरूले चाहेको जस्तै गरी त्यसलाई बदले (यूहन्ना १९:२२)? ___________। यो उनीहरूसित साटो फेर्ने एउटा मौका बन्यो पिलातसको लागि। पिलातसले ठूलै हार खाएका थिए (येशूलाई छुटाउन असफल भएकाले) तर अब उनले एउटा सानै कुरामा भए पनि विजय हासिल गरेर छाडे। साथै उक्त पत्रद्वारा परमेश्वरको आवाजले बोलिरहेको पनि सुन्न सक्छौं। येशूले आफू राजा हुनुभएको केवल दाबीमात्र गर्नुभएको होइन, उहाँ वास्तवमा राजा नै हुनुहुन्थ्यो!

त्यसपछि रोमी सिपाहीहरूले एउटा काम गरे जुन कुराको भविष्यवाणी परमेश्वरले धेरै अघिबाटै गरिसक्नुभएको थियो (यूहन्ना १९:२३-२४ पढ्नुहोस्)। करिब १००० वर्ष पहिला दाऊदले भजनसङ्ग्रह २२:१८ का शब्दहरू लेखेका हुन्। यस भविष्यवाणीको सम्बन्धमा ती रोमी सिपाहीहरू अनभिज्ञ थिए तरैपनि उनीहरूले त्यसलाई हुबहु पूरा गरे! परमेश्वरले शुरुदेखि अन्तलाई जान्नुहुन्छ (यशैया ४६:१०)। भजनसङ्ग्रह २२ लाई पढ्नुहुँदा क्रूसको मरणको याद दिलाउने त्यहाँ थप अरू पदहरू भेट्टाउन सक्नुहुन्छ? ________________________________ साथै, रोमीहरूबाट आएको क्रूसको दण्डको चलन हुनु भन्दा सयौं वर्ष अगाडि नै यो भजनसङ्ग्रह लेखिएको थियो भन्ने कुरा नबिर्सनुहोला नि!

विजयको चित्कार

क्रूसमा येशू करिब ६ घण्टा बिताउनुभयो। यसको अन्ततिर उहाँले "मलाई _________ लाग्यो" भन्नुहुँदै पिउने कुरा माग्नुभयो (यूहन्ना १९:२८-२९)। फेरि पवित्र शास्त्रको अर्को खण्ड पूरा हुन आयो (भजनसङ्ग्रह ६९:२१ पढ्नुहोस्)। सबैले बुझोस् भनी एउटा कुरा ठूलो स्वरमा प्रस्टै उच्चारण गर्नका लागि येशूले त्यस पेय पद्धार्थबाट आफ्नो सुख्खा मुखलाई भिजाउनुभएको थियो शायद। [टिप्पणी: प्रभुले त्यतिखेर ठूलो स्वरमा एउटा कुरा उच्चारण गर्नुभएको थियो तर त्यसलाई गलत बुझिएको थियो। मत्ती २७:४६-४७ पढ्नुहोस्। तर अब उहाँले भन्न लाग्नुभएको कुरा यति महत्त्वपूर्ण थियो कि कसैले त्यसलाई गलत बुझेको उहाँ चाहनुहुन्नथ्यो।] पिउने कुरा लिनुभएको लगत्तै पछि उहाँ ठूलो स्वरमा कराउनुभयो र भन्नुभयो, "_________ भयो" (यूहन्ना १९:३०)। मत्ती २७:५० मा पढेर हामीले थाहा पाउँछौं कि येशूले ती शब्दलाई ________ स्वरले कराएर भन्नुभएको थियो। "पूरा भयो! सिद्धियो! सक्कियो! पिताले मलाई गर्न दिनुभएको काम मैले गरी सिद्ध्याएको छु!" (यूहन्ना १७:४ पढ्नुहोस्)।

मारिन उचालिए
अब सिद्धियो कराए
पापको मोल पूरा तिरे
हल्लेलूयाह! मुक्तिदाता!

हामीसित एउटा यस्तो मुक्तिदाता हुनुहुन्छ कि, उहाँले नै सब गर्नुभयो, सब तिरिदिनुभयो, सब पूरा गरिदिनुभयो र हाम्रो मुक्तिका निम्ति आवश्यक सब काम पूरा गरिदिनुभयो। उहाँले आफ्नो लक्ष्य पूरा गर्नुभयो (लूका १९:१०; यूहन्ना ३:१७; १ तिमोथी १:१५)! प्रभु येशूले भन्नुभयो, "पूरा भयो!" अनि उहाँद्वारा मुक्त गराइएको व्यक्तिले अब यसरी भन्छ, "यथेष्ट भयो! यथेष्ट येशू मर्नुभो, मेरो लागि मर्नुभो!" येशू ख्रीष्टले पूरा गर्नुभएको कामको महत्त्वलाई हिब्रूहरूको पुस्तकले बयान गर्दछ (हिब्रू १:३; ९:२४-२८ पढ्नुहोस् र हिब्रू १०:१०-१४ मा "एकैचोटी" भन्ने शब्दको प्रयोगलाई ध्यान दिनुहोस्)। क्रूसमा येशू ख्रीष्टले तपाईंको लागि पूरा गर्नुभएको कामका निम्ति के तपाईंको हृदयले "आमेन!" भनेको छ त?

ख्रीष्टको मृत्यु

क्रूसको दण्ड भयङ्कर डरलाग्दो मृत्यु दण्ड थियो। करेन्टले वा गोलीले वा गिलोटिन (गर्धन च्वाट्टै काट्ने मृत्युदण्ड) को दण्ड तुलनामा छिटो र पिडारहित मृत्युदण्ड हुन्थ्यो। सुसमाचारका लेखकहरूले ख्रीष्टलाई क्रूसमा टाँगिएको कुराको ज्यादै थोरै मात्र बयान गर्नु एउटा उल्लेखनीय कुरो छ। क्रूसमा ख्रीष्टले भोग्नुभएका घण्टौं लामो कष्टदायी पीडाहरूको एक-एक बयान उनीहरूले गर्थे होलान् भनेर हामीलाई लाग्न सक्थ्यो। उनीहरूले त्यसो गरेनन्। उदाहरणको लागि, यूहन्नाको बयान एकदम छोटो छ। उनले यति लेख्छन्, "... तिनीहरूले उहाँलाई __________________" (यूहन्ना १९:१८)।

ख्रीष्टका शारीरिक कष्टहरूलाई बढ्ता जोड नदिनुको पछाडि पवित्र शास्त्रका ईश्वरीय लेखक, पवित्र आत्मा परमेश्वरसित कारण थियो। शारीरिक कष्टहरूले नै ख्रीष्टको मरणलाई कहालिलाग्दो बनाएको होइन। ख्रीष्टलाई भन्दा नराम्रोसित कोर्रा हानिएकाहरू त्यहाँ अरू थिए अनि ख्रीष्टले भन्दा लामो समय क्रूसमा झुण्डिएका त्यहाँ अरू मानिसहरू थिए। कतिपय इसाई सहीदहरूले मृत्युदण्डका त्यस्ता यातनाहरू भोगे कि तिनका तुलनामा त क्रूसको मरण समेत त्यति डरलाग्दो नलाग्न सक्छ (फोक्सेज बुक अफ मार्टर्ज भन्ने पुस्तकमा पढ्नुहोस्)। येशू ख्रीष्टले अन्य कुनै मानिसले भन्दा बढी कष्ट सहनुभयो, तर रोंमी सिपाहीहरूले उहाँलाई दिएको दण्डको आधारमा यसो भनिएको होइन।

यदि हामीले क्रूसको मृत्युको केवल शारीरिक पक्षलाई मात्र देख्न सक्छौं भने हामीले मुख्य कुरा नै नबुझेको ठहरिन्छ। क्रूसमा जानु अघि त्यहाँ कुन कुरा थियो जसदेखि ख्रीष्ट सबभन्दा बढी त्रसित हुनुहुन्थ्यो (मर्कूस १४:२६ र यूहन्ना १८:११)?

क) उहाँका हात र पाउलाई छेंड-छेंड पार्ने ती काँटीहरू
ख) उहाँको कोखामा हानिने त्यो भाला
ग) ६-६ घण्टासम्म क्रूसमा टाँगिदाको पीडा
घ) त्यो भयङ्करको तिर्खा र सास रोकिने खतरा
ङ) पिताले उहाँलाई पिउनलाई दिनुहुने कचौरा

मत्ती २७:४६ मा उल्लेखित ख्रीष्टका आफ्नै शब्दअनुसार क्रूसको मरणको अनुभवमा सबैभन्दा डरलाग्दो कुरो के थियो (मत्ती २७:४६)?

क) रोमी सिपाहीहरूद्वारा क्रूसमा काँटीले ठोकिनुपर्ने कुरा
ख) विश्वास नगर्ने यहूदीहरूको गिल्लाको पात्र बनिने कुरा
ग) आफ्नै शरीरको वजनले काँटीमा थिचिनु पर्दाको कष्ट
घ) परमेश्वर पिताले उहाँलाई छोड्नुहुने र परित्याग गर्नुहुने कुरा

येशू ख्रीष्ट _____________का लागि दुःख भोग्नुभयो (१ पत्रुस ३:१८)। क्रूसको खास दुःख भोगाइहरू रोमी सिपाहीहरूले उहाँलाई गरेका कुनै कुराले आएन तर तपाईं र मेरा पापहरूको खातिर परमेश्वरले उहाँले जे-जे गर्नुभएको थियो त्यसको कारण आयो! यशैया ५३ अध्याय पढ्नुहोस् र प्रभु येशूलाई परमेश्वरले गर्नुभएका केही कुराहरू लेख्नुहोस्:

पद ४: ____________________________________
पद ६: ____________________________________
पद १०: ___________________________________

हाम्रा मुक्तिदाता हाम्रो सट्टामा मर्ने क्रममा उहाँमाथि परमेश्वरकै क्रोध र इन्साफ बर्सिएर आयो। परमेश्वरले दण्ड दिनुपर्ने व्यक्तिहरू त हामी हौं। हाम्रा सिद्ध प्रतिस्थापकले हाम्रो सट्टामा त्यो डरलाग्दो दण्ड तिरिदिनुभयो। यही नै हो ख्रीष्टको मृत्युको साँचो अर्थ: ख्रीष्ट _________ _______________का निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३)।

के येशू साँच्चै मर्नुभएको थियो?

येशू क्रूसमा साँच्चै मर्नुभएको थियो भनेर कोही-कोही मानिसहरू विश्वास गर्दैनन्। कोही भन्छन् उहाँ केवल बेहोश हुनुभएको थियो र मर्नुभएको जस्तै देखिनुहुन्थ्यो (अर्थात् उहाँले सबैलाई झुक्क्याउनुभयो), तर पछिबाट फेरि होश आउनुभयो र मानिसहरूले उहाँ बौरेर उठ्नुभयो भनीठाने (फेरि सबैलाई झुक्क्याउनुभयो)। के येशू साँच्चै मर्नुभएको थियो कि उहाँ मर्नुभयो भनेर मानिसहरूले ठानेका मात्र थिए? यसको जवाफ यूहन्ना १९ अध्यायमा भेटिन्छ।

येशू क्रूसमा टँगाइनुभएको भोलिपल्टको दिन एउटा विशेष पवित्र दिन थियो त्यसैले क्रूसमा कोही पनि नरहून् भन्ने यहूदीहरू चाहन्थे (यूहन्ना १९:३१)। रोमन क्रूसमा टाँगिएको व्यक्ति मर्नलाई प्रायः दुई-तीन दिन लाग्ने गर्थ्यो। कोही-कोही त क्रूसमा टाँगिएको एक हप्ता भन्दा पनि बढी बाँचिरहेको पाइन्थ्यो! क्रूसको मृत्यु दण्ड न छिटो थियो न ता पीडारहित थियो।

नीज छिटो मरोस् भन्ने हेतुले खुट्टा भाँच्ने (यूहन्ना १९:३१-३२) प्रयोजन थियो। थेग्नलाई खुट्टाले नसकेपछि शरीर तल लच्किन्थ्यो, छातीका मांशपेशीमा हुने तनाव बढ्ता भएर छिटै सास फेर्न नसकिने हुन्थ्यो। उक्त प्रयोजनबेगर ख्रीष्टसित मर्ने दुई कुकर्मीहरू थप एक-दुई दिन बाँचिरहन सक्थे। ती दुईमध्ये एकजनालाई त ख्रीष्टसित स्वर्गलोकमा त्यही दिन उसको भेट हुने कबुल मिलिसकेको थियो (लूका २३:४३ पढ्नुहोस्)। उनका खुट्टा भाँचिदिएर रोमी सिपाहीहरूले उनलाई त्यस ठाउँमा छिटो पुग्न मद्दत गरे जहाँ उनले फेरि कहिल्यै पीडाको अनुभव गर्ने छैनन्। त्यो अर्को कुकर्मीको अन्त भने त्यस्तै नै असल थिएन किनकि उनले मुक्ति पाएका थिएनन्। उनी अनन्त कष्टमा गए, उनलाई बचाउन चाहनुभएका ख्रीष्टदेखि सदाका लागि अलग हुने गरी।

सिपाहीहरू बीचको क्रूसमा आइपुग्दा येशू __________ ______________ देखे, तब तिनीहरूले उहाँका खुट्टा भाँचेनन् (यूहन्ना १९:३३)। येशू क्रूसमा ६ घण्टा मात्र रहनुभई मरिसक्नुभएकोमा के पिलातस छक्क परे (मर्कूस १५:४४)? ________। येशू साँच्चै मर्नुभएको थियो कि थिएन भन्ने कुरामा यदि कुनै शङ्का लाग्छ भने यूहन्ना १९:३४ ले सदाका लागि शङ्का निवारण गरिदिन्छ! त्यहाँ एकजना सिपाहीले के गरेका थिए? ________________________________________। त्यसो गर्दा येशू त मरिसक्नुभएको थियो (पद ३३) तर त्यो सिपाहीले जे गर्‍यो त्यसले यस सवालको टुङ्गो लगाउम मद्दत गर्‍यो। यदि येशू केवल "बेहोश" हुनुहुन्थ्यो र सिपाहीहरूले नजानेर उहाँ मरिसक्नुभएको ठानेका थिए भने पनि त्यो भालाको रोपाइले त उहाँलाई मार्ने नै थियो। कोखामा ख्रीष्टलाई जस्तै गरी भाला हानिएको कोही बाँच्दैन। येशू खासमा मर्नुभएको थिएन भन्नेहरू सत्य-तथ्यप्रति अन्धा भएकाहरू हुन्। [टिप्पणी: १ शमूएल १७:४९-५१ सित तुलना गर्नुहोस्। दाऊदले गोलियतको टाउको च्वाट्टै काटिदिँदा गोलियत मरिसकेका थिए, तर दाऊदले त्यसो गर्नुको कारण थियो गोलियत साँच्चै मरिसके भनेर सबैलाई देखाउनलाई। गोलियत साँच्चै मरेका छन् कि छैनन् भनेर कसैलाई शङ्का रहेको खण्डमा उनको काटिएको टाउकोले छिट्टै शङ्का निवारण गर्ने थियो।]

यूहन्नाको सुसमाचार लेख्‍ने व्यक्ति क्रूसकै छेउमा उभिरहेका थिए र उनले यी सबै कुराहरू आफैंले देखे (यूहन्ना १९:२५-२७ र १९:३५)। यूहन्ना यी सबै कुराका प्रत्यक्ष साक्षी थिए र उनले भने, "जसले यो _________, उसैले गवाही (साक्षी) दिएको हो, अनि उसको गवाही ________ छ" (यूहन्ना १९:३५)। यूहन्नाले कथा बनाएका होइनन्। प्रत्यक्षदर्शीको रूपमा उनले त्यहाँ साँच्चै भएका घटना लेखेका हुन्। यूहन्नाले यी कुराहरूले "तिमीहरूले __________ गर्न सक" (यूहन्ना १९:३५) भनेर लेखेका हुन्।

ख्रीष्टलाई दफन गरिएकोबाट (यूहन्ना १९:३८-४२) पनि येशू साँच्चै मर्नुभएको थियो भनेर प्रमाणित गर्दछ। जीवितलाई दफन गरिँदैन। येशूलाई आदरपूर्वक दफन गर्नलाई महत्त्वपूर्ण भूमिका निभाउने दुईजनाका नाम उल्लेख भएको छ (यूहन्ना १९:३८,३९)। हामीले निकोदेमसलाई यूहन्नाको तेस्रो अध्यायमा भेटेका थियौं। क्रूसमा टँगाइएका प्रायः अभियुक्तहरूलाई राम्ररी दफन गरिँदैनथ्यो। तिनका लाशलाई कहिलेकाहिँ यरूशलेम शहरको बाहिरपट्टि रहेको गहेन्ना (GEHENNA) भनिने फोहोर फाल्ने डम्प साइटमा फ्याँकिने गरिन्थ्यो। तरैपनि पिलातसले येशूलाई चिहानमा दफन गरिनलाई यूसुफलाई अनुमति दिए।

* * * * * * * * * * *

येशू ख्रीष्टले क्रूसमा सम्पन्न गर्नुभएको काम मान्छेको एउटै मात्र आशा वा उपाय हो। हवाइजहाजबाट हामफाल्नुपर्ने व्यक्तिको विचार गर्नुहोस्। उसको प्याराशुटले राम्ररी काम गर्छ भनेर हामी मानिलिऔं। त्यस व्यक्तिलाई चाहिने त्यत्ति एउटा प्याराशुट नै हो। त्यसले ऊ बाँच्नेछ, त्यसबिना ऊ मर्नेछ। त्यो प्याराशुट त्यस व्यक्तिको एउटै मात्र आशा हो। उसले आफूलाई बचाउन आफैं केही गर्न सक्दैन। उसले आफ्ना हात जतिसुकै नहल्लाओस् किन, तर त्यो प्याराशुटबिना ऊ जमिनमा बजारिएर मर्छ नै। उसले केवल विश्वास गर्नुपर्छ कि त्यो प्याराशुटले उसलाई बचाउँछ भनेर; प्याराशुट खोलिदिने डोरीलाई तान्नुपर्छ र सबै काम प्याराशुटलाई गर्न दिनुपर्छ।

त्यसरी नै एउटा पापीलाई चाहिएको केवल येशू ख्रीष्ट हो। ख्रीष्टले ऊ बाँच्नेछ, ख्रीष्टबिना ऊ नष्ट हुनेछ (यूहन्ना ३:१६)। ख्रीष्ट नै पापीको एउटै उपाय हो। पापीले आफूलाई बचाउन केही गर्न सक्दैन (तीतस ३:५; एफेसी २:८-९)। उसले केवल विश्वास गर्नुपर्छ कि उसलाई बचाउन ख्रीष्ट मर्नुभयो, ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ र उसको आत्मा बचाउनलाई येशूलाई सब काम गर्न दिनुपर्छ।

के तपाईंले सो गर्नुभयो?

के तपाईं येशू ख्रीष्टले पूरा गरिसक्नुभएको काममा भरोसा गर्दै हुनुहुन्छ?