आत्माले कसरी भरिने

यस पृष्ठलाई छाप्नुहोस्

पाठ १० — आत्माले कसरी भरिने

विश्वासीहरूलाई आफ्नो पुत्रको स्वरूपमा बदली गर्नु परमेश्वरको सुन्दर उद्देश्य हो (रोमी ८:२८-२९; २ कोरिन्थी ३:१८)। परमेश्वर विश्वासीमा आत्माको फल फलाएर आफ्नो पुत्रको चरित्र विकास गर्न चाहनुहुन्छ (गलाती ५:२२-२३)। यसो हुनबाट रोक्ने कुरा के हो? यदि परमेश्वरका आत्मा हामीभित्र हुनुहुन्छ भने, र यदि विश्वासीजन फलवान भएको परमेश्वर चाहनुहुन्छ भने, किन कहिलेकाहीँ विश्वासी जन शारीरिक र फलहीन हुन्छ?

यदि आत्माको फल प्रेम हो भने, कुनै कुनै बेला हामी किन प्रेम नगर्ने र स्वार्थी हुन्छौं? किन हामीमा त्यो आनन्द हुँदैन जुन आनन्द हामीमा होस् भनी प्रभु चाहनुहुन्छ? अरूहरूसँग सहनशील हुनुको सट्टा, किन म झोंकले रन्किहाल्छु? किन विश्वासीहरूमा प्राय: जसो आत्मसंयम हुँदैन? हाम्रो जीवन प्राय: परमेश्वरको अधिनतामा हुँदैन, यस्तो किन हुन्छ?

गलाती २:२० मा पढ्छौं, “ख्रीष्ट म_______ जिउनुहुन्छ।” ख्रीष्ट मभित्र हुनुहुन्छ र उहाँ आफ्नो जीवन मभित्र जिउन चाहनुहुन्छ; तर किन प्रभु येशू मभित्र आफ्नो जीवन जिइरहनु भएको छैन जस्तै देखा पर्ने समयहरू आउँछन्? प्रभु येशूले साँच्चै हामीमा र हामीद्वारा आफ्नो जीवन देखाउन चाहनुहुन्छ। समस्या यही हो कि अकसर हामी नै अवरोध बन्न पुग्छौं। अकसर हामीले प्रभुलाई हामीभित्र उहाँको काम गर्न दिँदैनौं। परमेश्वरको आनन्द विश्वासीमा आत्माको फल फलाउनुमा नै छ, तर केही निश्चित परस्थितिहरू मिल्यो भने मात्र परमेश्वरले सो कार्य गर्न सक्नुहुन्छ।

हामी कसरी आत्माले भरिन सक्छौं? ख्रीष्टिय जीवन हाम्रो पकडभन्दा पनि बाहिरको कुनै जटिल प्रकृया होइन। आत्मिक वा आत्माले भरिएको मानिस हुनको निम्ति थाह पाउनैपर्ने कुनै गाह्रो वा गोप्य सिद्धान्त छैन। आत्माले भरिएको हुनका निम्ति परमेश्वरले हामीलाई एकदम सरल आज्ञाहरू दिनुहुन्छ। यस पाठमा ती आज्ञाहरूको अध्ययन गरिनेछ।

चाबी आज्ञा (एफेसी ५:१८)

परमेश्वरलाई प्रसन्न तुल्याउने ख्रीष्टिय जीवन जिउन असम्भव छ। हामी जती कडा प्रयास गर्छौं, त्यती नै विफल हुन्छौं। “जे असल छ, त्यसलाई पूरा गर्नेचाहिँ म ______________” (रोमी ७:१८)। हामीले परमेश्वरलाई प्रसन्न तुल्याउन खोजे तापनि, त्यसो गर्ने शक्ति वा क्षमता हामीमा छैन। तरैपनि खुशीको खबर यो हो, कि परमेश्वरले असम्भवलाई सम्भव तुल्याउन सक्नुहुन्छ! “किनभने _________________ निम्ति कुनै कुरा पनि _______________ हुनेछैन” (लूका १:३७)।

एफेसी ५:१७ लाई विचार गर्नुहोस्। के परमेश्वरले विश्वासीहरू बुद्धिहीन भएको चाहनुहुन्छ? ________________। प्रभुको __________ के रहेछ सो हामीहरूले ___________ भएको उहाँ चाहनुहुन्छ! परमेश्वरको इच्छा १८ पदमा पाइन्छ। हरेक विश्वासीको निम्ति परमेश्वरको इच्छा यही हो।

“अनि दाखमद्यले ____________, जसमा चरित्रहीनता हुन्छ; तर आत्माले ______________ होओ” (एफेसी ५:१८)। यस पदलाई हामीले यसरी पनि भावानुवाद गर्न सक्छौं, “मद्यको प्रभावमा नरहो, तर तिमीहरूभित्र वास गर्नुहुने परमेश्वरको आशिषमय प्रभाव र अधिनतामा रहो।” मातेको मानिस मद्यको नियन्त्रणमुनि रहन्छ; विश्वासी जनचाहिँ परमेश्वरका आत्माको अधिनता र प्रभावमुनि रहनुपर्छ। मातेको मानिसले मद्यलाई होइन तर मद्यले चाहिँ मातेकोलाई नियन्त्रण गरिरहेको हुन्छ।

“भरिनु” शब्दका दुई उदाहरणहरूलाई हेरौं। लूका ५:२६ मा यी मानिसहरू “__________ले भरिए।” यसको अर्थ हो उनीहरू डरद्वारा नियन्त्रित थिए। यस भावनाले उनीहरूलाई नियन्त्रण गरिरहेको थियो र उनीहरूलाई भिन्नै शैलीमा व्यवहार गर्ने तुल्याइरहेको थियो। लूका ६:११ ले भन्दछ, “उनीहरू ___________ले बौलाए (वा भरिए: अङ्ग्रेजी के.जे.भी. मा “filled”)।” प्रभुका शत्रुहरू रिसको यस भावनाद्वारा नियन्त्रित थिए र यसले उनीहरूलाई भिन्नै तरिकाले व्यवहार गर्ने तुल्याइरहेको थियो। येशूबाट छुटकारा पाउन उनीहरू कुनै पनि हदसम्म जान तम-तयार थिए। यूहन्ना १६:६ लाई पनि तुलना गर्नुहोस्। उनीहरूको हृदय ____________ भरिएको थियो। उनीहरू शोकद्वारा नियन्त्रित र दमन गरिएका थिए।

त्यसैले “भरिनु” शब्दले अकसर कुनै कुराद्वारा नियन्त्रित गरिनु, वा कुनै कुराको प्रभावमुनि रहनु भन्ने कुरालाई सङ्केत गर्दछ।

मद्यले मातिएको मानिसले असामान्य व्यवहार गर्दछ। उसले आफ्नो सामान्य शैली अनुसार व्यवहार गर्दैन, तर उसको व्यक्तित्व नकारात्मक तरिकाले परिवर्तन भएको हुन्छ। मातिएकाहरू अर्कै किसिमले व्यवहार गर्छन्, र कहिल्यै पनि उनीहरूले आफ्नो सामान्य अवस्थामाझैं व्यवहार गर्दैनन्। त्यस्तै गरी, आत्माले भरिएको मानिसले पनि असामान्य व्यवहार गर्दछ। उसले आफ्नो सामान्य शैलीमा व्यवहार गर्दैन। उसले एउटा नयाँ सृष्टिलेझैं व्यवहार गर्छ। ऊ ख्रीष्टमा एउटा “न______ सृ_______” हो (२ कोरिन्थी ५:१७)।

एफेसी ५:१८ को “भरपूर होओ” कृयापद कर्मवाच्यमा छ। यसको अर्थ हो हामीले आफैंलाई भर्दैनौं, तर हामीलाई भर्नको निम्ति हामीले आत्मालाई सम्पिनुपर्छ। उहाँले नै भर्ने काम गर्नुहुन्छ र हामीले आफैंलाई भर्नको निम्ति उहाँलाई सुम्पिनपर्छ। उहाँले हाम्रो जीवनलाई नियन्त्रण गर्न चाहनुहुन्छ र हामी उहाँको आशिषमय प्रभावमुनि रहेनु नै उहाँको इच्छा हो।

एफेसी ५:१८ को “भरपूर होओ” भन्ने कृयापद हरेक विश्वासीले पालन गर्नैपर्ने आज्ञा हो। यस आज्ञालाई पालन गर्न चुक्नु चाहिँ पाप हो। जसरी जसरी मत्त हुनु भनेको अनाज्ञाकारिता हो ठीक त्यसरी नै आत्माले भरपूर नहुनु पनि अनाज्ञाकारिता हो। यदि कुनै मानिस मत्त हुन्छ भने, उसले १८ पदको पहिलो भागलाई पालन गरिरहेको हुँदैन; यदि ऊ आत्माले भरपूर हुनबाट विफल हुन्छ भने, उसले १८ पदको दोस्रो भागलाई पालन गरिरहेको हुँदैन। आत्माले भरपूर हुनु भनेको ऐच्छिक कुरा होइन; यो अत्यावश्यक कुरा हो र यो महत्त्वपूर्ण कुरा हो। यसमा यी कुराहरू पर्छन्, परमेश्वरसित हामी ठीक सम्बन्धमा हुनु र हामीले आफ्नो जीवनमा उहाँको कामलाई बाधा नदिनु।

आत्माले भरिनु हरेक विश्वासीको निम्ति परमेश्वरको इच्छा हो। आफ्नो सन्तानको निम्ति यो उहाँको इच्छा हो (एफेसी ५:१७ सित तुलना गर्नुहोस्—“प्रभुको ___________ के रहेछ, सो बुझ्ने होओ”)।

तपाईंसँग आत्माको कति भाग छ? के तपाईंसँग आत्माको ५% छ? के तपाईंसँग आत्माको ८०% छ? यदि तपाईं ख्रीष्टमा एउटा विश्वासी हुनुहुन्छ भने, तपाईंसँग आत्मा पूरापूर हुनुहुन्छ! उहाँ तपाईं भित्र भरपूर हुनुहुन्छ र पूर्ण रूपले वास गर्नुहुन्छ (२ तिमोथी १:१४)। उहाँ तपाईंमा अर्ध रूपमा वास गर्नुहुन्न; उहाँ तपाईंमा पूर्ण रूपले वास गर्नुहुन्छ। त्यसैले वास्तविक प्रश्न यो होइन, “तपाईंमा आत्माको कति भाग हुनुहुन्छ?” तर यो हो, “आत्माले तपाईंको कति भाग पाउनुभएको छ?” के तपाईंले आफैंलाई पूर्ण रूपमा परमेश्वरको निम्ति दिनुभएको छ? कि केवल अर्ध रूपमा मात्र दिनुभएको छ?

पवित्र आत्माले भरिन एउटा व्यक्तिले पूरा गर्नैपर्ने तीनओटा आज्ञाहरू छन्, र यी तीन आज्ञाहरू नयाँ नियमका तीन खण्डहरूमा पाइन्छन्, र हरेक आज्ञा पवित्र आत्मासँग सम्बन्धित छ:

१) पवित्र आत्मालाई शोकित नपार (एफेसी ४:३०)।

“अनि परमेश्वरका ___________ आत्मालाई _____________ नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ” (एफेसी ४:३०)।

यस पदमा दुईओटा चाबी शब्दहरू छन्। पहिलो, त्यहाँ “पवित्र” भनिने शब्द छ। हामी भित्र वास गर्नुहुने चाहिँ पवित्र आत्मा हुनुहुन्छ भनी हामीले कहिल्यै पनि नबिर्सेका हौं। पवित्र परमेश्वर हामी भित्र वास गर्नुहुन्छ, र उहाँ हरेक पापपूर्ण र अशुद्ध कुराहरूबाट पूर्णरूपमा अलग हुनुहुन्छ। अनि याद राख्नुहोस्, हामी भित्र हुनुहुने पवित्र परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ! जसरी चिकित्सकले फोहोर, दुषित र किटाणुयुक्त पन्जाको प्रयोग गर्दैन, त्यसरी नै पवित्र आत्माले पनि पापद्वारा दुषित भएको मानिसलाई भर्नुहुँदैन।

यस पदको दोस्रो चाबी शब्द हो, “शोकित”। यो शब्दले प्रेम र घृणा दुवैलाई सङ्केत गर्दछ। यसको निम्ति एउटा उदाहरण: एकजना प्रहरी आफ्नो विभागको लागुऔषध शाखामा काम गर्छ। उसले यस अनैतिक लागुऔषधिद्वारा असङ्ख्या मानिसहरू माझ भएको विशाल क्षतिहरूलाई देखेको छ र उक्त लागुऔषधिले धेरै जनाको जीवनलाई तहस-नहस पारेको कुरालाई ऊ घृणा गर्दछ। त्यसैले, उसले जवानहरूलाई यी खतराहरूको बारेमा शिक्षा दिन र उनीहरूलाई यो खतरापूर्ण बाटोमा जानबाट रोक्न आफैंलाई समर्पण गर्दछ। त्यसपछि एकदिन उसले आफ्नै छोरा लागुऔषधमा डुबेको थाह पाउँछ। त्यसप्रतिको शोकचाहिँ उसको प्रतिकृया हो। उसले लागुऔषधिलाई घृणा गर्दछ, तर उसको आफ्नै प्रिय छोरा त्यस्ता कुराहरूमा संलग्न रहेकोमा ऊ शोकित भएको छ। जब तपाईंले प्रेम गर्नुभएको व्यक्तिले तपाईंले घृणा गर्नुहुने काम गर्दछ, तपाईं शोकित (पीडित, दु:खित) बन्नुहुन्छ।

पवित्र आत्मालाई पनि यस्तै हुन्छ। उहाँले विश्वासीलाई अति प्रेम गर्नुहुन्छ, तर जब एउटा विश्वासीले उहाँले घृणा गर्नुहुने काम (उहाँको पवित्रताको कारणले) गर्दछ, उहाँ शोकित बन्नुहुन्छ। पापले पवित्र आत्मालाई शोकित तुल्याउँछ र अशुद्ध भाँडालाई भर्न उहाँ इन्कार गर्नुहुन्छ। यूहन्ना १३:८ हेर्नुहोस् (“भाग” शब्दको मतलब हो “साझेदारी” वा “सङ्गति”)। दुषित खुट्टा भएको चेलासँग कुनै पनि कार्य गर्न ख्रीष्टले इन्कार गर्नुहुन्छ। थप अध्ययनको निम्ति यूहन्ना १३ को टिप्पणी अध्ययन गर्नुहोस्।

एफेसी ४ अध्यायको सन्दर्भ अनुसार, पवित्र आत्मालाई शोकित तुल्याउने पापहरू के-के हुन्?
२५ पद
________________________________________________
२८ पद
_________________________________________________
२९ पद
__________________________________________________
३१ पद
___________________________________________________
३२ पद—क्षमाशील नभएको हृदय।

१ यूहन्ना १:५ पढ्नुहोस्, “अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौं, र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो – _______________ ______________ हुनुहुन्छ, र उहाँमा ________________ छँदै छैन।”

परमेश्वर विशुद्ध ज्योति (शुद्धता, पवित्रता) हुनुहुन्छ। पापले दुषित विश्वासीलाई भर्न परमेश्वर इन्कार गर्नुहुन्छ। तपाईंको दाँत माझ्ने ब्रश फोहोरको थुप्रोमा खस्यो भने, तपाईंले त्यो प्रयोग गर्नुभन्दा अगाडि निश्चय पनि त्यसलाई धुनुहुन्छ। मिठो खाना खानेबेला, के तपाईंले फोहोर थाल र फोहोर भाँडाहरू निकाल्नुहुन्छ? तपाईं भोजमा जानुहुँदा आफूले उठाएको प्लेटमा तरकारीको लेदो भेट्टाउनुभयो भने तपाईं के हुन्छ? तपाईंलाई तरकारी त मनपर्ला, तर तपाईंले त्यो अरूको भागबाट आएको चाहिँ पराउनुहुन्न! के त्यो तपाईंको निम्ति घिनलाग्दो हुँदैन र? रेष्टुरेन्टमा खान जाने सबै मानिसहरूले केवल सफा प्लेटमात्र प्रयोग गर्छन्।

हामी सामान्यतया फोहोर कुराहरू प्रयोग गर्न इन्कार गर्छौं, र परमेश्वरले पनि त्यसै गर्नुहुन्छ। खुशीको खबर यो हो कि एउटा तरिकाद्वारा परमेश्वरले आफूमा विश्वास गर्नेहरूलाई शुद्ध गर्नुहुन्छ, “हामीले आफ्ना पापहरू _____________ गर्यौं भने हामीलाई हाम्रा पापहरू __________ गर्न र हामीलाई _______ अधर्मबाट ____________ पार्नाका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:९)। यदि हामीले स्वीकार गर्ने काम गर्यौं भने, परमेश्वरले क्षमा गर्ने र शुद्ध पार्ने काम गर्नुहुन्छ। (टिप्पणी: यहाँ क्षमा शब्दले मुक्ति दिलाउने क्षमाको कुरा गर्दैन, तर यहाँ यस्तो किसिमको क्षमाको कुरा गरिएको हो जसद्वारा पाप गर्ने विश्वासी पितासँगको सङ्गतिमा पुनर्स्थापित गराइँदछ।)

विश्वासीहरूले प्राय: पापलाई गम्भीरतापूर्वक लिँदैनन्। हामी पापलाई सहन अभिमुख हुन्छौं। हामी पापसित खेल्छौं र त्यसलाई ढाक्छौं। हामी पापलाई सामना गर्न र मानिलिन इन्कार गर्छौं। परमेश्वरले पापलाई अति गम्भीरतापूर्वक लिनुहुन्छ, यति गम्भीरतापूर्वक कि उक्त समस्याको समाधान गर्न उहाँले आफ्नो पुत्रलाई क्रूसमा पठाउनुभयो! पापलाई स्वीकार गर्नु भनेको परमेश्वरको सामु इमानदार हुनु र आफूले गरेको पापलाई पाप नै हो भनी मानिलुनु हो। परमेश्वरले जसरी पापलाई हेर्नुहुन्छ, हामीले पनि त्यसरी नै हेर्नुपर्छ र परमेश्वरले जसरी पापलाई घृणा गर्नुहुन्छ, त्यसरी नै घृणा गर्नुपर्छ। पापहरू स्वीकार गर्दा, विश्वासीजन परमेश्वरको सामु आउँछ र यसो भन्छ, “हो, प्रभु, मैले पाप गरेको छु र मैले गरेको यही (पाप) हो। तपाईंलाई धन्यवाद छ किनभने १ यूहन्ना १:९ मा तपाईंले मेरा सबै पापहरूबाट मलाई शुद्ध गर्ने र मलाई तपाईंको सङ्गतिमा पुनर्स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छ। तपाईंको प्रयोगको निम्ति म एउटा सफा भाँडो हुन चाहन्छु।”

पहिलो आज्ञाको संक्षिप्त रूप: पापलाई स्वीकारै नगरी त्यसै नछोड्नुहोस्। तपाईंभित्र वास गर्नुहुने पवित्र जनलाई शोकित नपार्नुहोस्। जसरी चिकित्सकले अशुद्ध पन्जालाई प्रयोग गर्न इन्कार गर्छ, त्यसरी नै उहाँले अशुद्ध भाँडालाई भर्न इन्कार गर्नुहुन्छ।

२) पवित्र आत्मालाई ननिभाओ (१ थेस्सलोनिकी ५:१९)।

जाडोमा ताप्नको लागि बालिएको आगोको बिचार गर्नुहोस्। आगोले धेरै कुरा गर्न सक्छ। वरिपरि बसेकाहरूलाई न्यानो गराउँछ, त्यहाँ पानी पनि तताउन सकिन्छ, केही कुराहरू पोल्न पनि सकिन्छ। यदि कोही आएर एक बाल्टिन पानी त्यस आगोमाथि खन्याइदियो भने, त्यसपछि आगोले केही पनि गर्न सक्दैन। आगो निभाइएको छ।

परमेश्वरका आत्मा शक्तिशाली आगो हुनुहुन्छ र विश्वासीलाई परमेश्वरको निम्ति चहकिलो भएर बल्नलाई सहायता गर्न उहाँले सामर्थी हुनुहुन्छ। उहाँले हामीलाई प्रभुको निम्ति आगोमा भएझैं गराउन चाहनुहुन्छ। उहाँले हामीभित्र काम गर्नुहुँदै हाम्रो जीवनमा आत्माको फल फलाउने कार्यमा हामीलाई सहायता गर्न चाहनुहुन्छ। उहाँ हामीलाई परमेश्वरको पुत्रको रूपमा बदल्न हामीभित्र शक्तिशाली कार्य गर्न चाहनुहुन्छ। उहाँ हामीभित्र प्रभु येशू ख्रीष्टको जीवन जिउन चाहनुहुन्छ।

पवित्र आत्मालाई हामीभित्र उहाँको सुन्दर कार्य गर्न नदिँदा हामीले उहाँलाई निभाउँदछौं। हामीले कसरी आत्मालाई निभाउँछौं? कसरी हामीले उहाँको आगोलाई निभाउँछौं र हामीभित्र उहाँको कामलाई बाधा दिन्छौं? हरेकपटक परमेश्वरलाई “हुँदैन” भन्दा, उहाँप्रति समर्पित हुन र उहाँको इच्छा पालन गर्न अनेच्छुक हुँदा हामीले त्यसो गर्दछौं।

आफ्नै बाटोमा जान खोज्ने जिद्दीवाल खच्चरको बारेमा बिचार गर्नुहोस्। हामीले जे गरेको परमेश्वर चाहनुहुन्छ, त्यसलाई हामी इन्कार गर्छौं र आफ्नै बाटोमा हिँड्न जिद्दी गर्छौं भने परमेश्वरले कसरी हामीलाई नियन्त्रण गर्न सक्नुहुन्छ त?

त्यसकारण जब-जब हामी उहाँको इच्छालाई प्रतिरोध गर्छौं, उहाँको वचनको विरोध गर्छौं र उहाँकहाँ आफूलाई सुम्पिन इन्कार गर्छौं हामीले परमेश्वरका आत्मालाई निभाइरहेका हुन्छौं।

रोमी ६:१३ मा चाबी शब्द भेट्टाउनुहोस् (यो “सु” बाट सुरु हुन्छ): ___________। समर्पित (वा सुम्पिने) हृदय भएको विश्वासीले यसो भन्छ, “हो प्रभु, तपाईं जे चाहनुहुन्छ म त्यही गर्नेछु; तपाईं जहाँ चाहनुहुन्छ म त्यहीं जानेछु; तपाईं जे चाहनुहुन्छ, म त्यही बोल्नेछु र तपाईं जस्तो चाहनुहुन्छ म त्यस्तै हुनेछु।” परमप्रभुमा समर्पित हुनु भनेको आफ्नो मार्गमा उहाँलाई मान्नु हो, परमेश्वरको इच्छा (जे, जसरी, जुनसुकै बेला, जहाँसुकै भए तापनि) पूरा गर्न पूर्ण रूपमा इच्छुक हुनु हो।

परमेश्वरलाई हुन्छ भन्ने हो भने, हामीले आफैंलाई हुँदैन भन्नुपर्छ, “जसले मेरो पछि आउने इच्छा गर्दछ, उसले आफैलाई _____________ गरोस्, दिनहुँ आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्” (लूका ९:२३)। आफैलाई हुँदैन भनी भन्दा, मैले आनन्दसाथ परमेश्वरलाई हुन्छ भनी भन्दछु र उहाँलाई मेरो जीवनमाथि उहाँकै मार्ग र आधिपत्यलाई पूरा गर्न दिन्छु।

चिकित्सकको पन्जाबाट एउटा उदाहरण लिऔं: आत्मालाई निभाउनु भनेको चिकित्सकोक त्यो पन्जाजस्तै हो जुन कुर्सीमा वा अन्य कुनै वस्तुमा टाँसिएर बसेको छ, र चिकित्सकद्वारा प्रयोग गरिन इन्कार गरिरहेको छ। चिकित्सकले यसो भन्छ, “तिमीभित्र मेरो हात हाल्न देऊ ताकि म एउटा उदेकको कार्य गर्न सकूँ!” तर पन्जाले इन्कार गर्छ!

परमेश्वरको इच्छा जेसुकै भए तापनि, के म त्यो गर्न तयार छु, वा के म आफ्नै बाटोमा हिँड्न र आफैलाई खुशी पार्ने काम गर्न जिद्दी गर्दैछु?


३) आत्मामा हिँड (गलाती ५:१६)।

“तर म यो भन्दछु: ___________मा ____________, र तिमीहरूले शरीरको ______________ (बलियो इच्छा) कुनै रीतिले पूरा गर्नेछैनौ” (गलाती ५:१६)। आत्मामा हिँड्नुको मतलब हो आत्मामा भर परेर हिँड्नु, आत्माद्वारा हिँड्नु अथवा आत्माको माध्यममा हिँड्नु। हामीभित्र वास गर्नुहुने पवित्र आत्मा परमेश्वरको सामर्थ्यमा हामी निरन्तर हिँडिरहनु वा जिइरहनुपर्छ।

आत्मामा हिँडिरहनु भन्नु मतलब हो कि म परमेश्वरको बाटोमा हिँड्नको निम्ति सहायता पाउन आत्मामा भर परिरहेको छु। म आफैले यसो गर्न सक्दिन। येशूले भन्नुभयो, “____बाट अलग भएर तिमीहरूले _________ पनि गर्न सक्दैनौ” (यूहन्ना १५:५)। यदि मैले आफ्नै सामर्थ्यमा ख्रीष्टिय जीवन बिताउन खोजेँ भने, म निश्चय लड्नेछु र विफल हुनेछु।

डोरीमा समातेर पर्खाल चढिरहेको मानिसलाई बिचार गर्नुहोस्। उक्त मानिसले यसो भन्यो भने के होला, “मैले यो डोरीलाई समातिराख्नु पर्दैन। यो नभए पनि म राम्ररी नै चढ्न सक्छु।” उसले डोरी छोड्न बित्तिकै ऊ तल भुईंमा खस्नेछ।

प्राय: जसो कठिन कुराहरूका लागि हामी परमेश्वरमा भर पर्छौं, तर त्यहाँ यस्ता कुराहरू पनि छन् जुनचाहिँ हाम्रा निम्ति सहज हुन्छन् र ती कुराहरू हामी आफैंले राम्ररी संचालन गर्न सक्छौं भनी हामी बिचार गर्छौं। स्त्रीले भन्न सक्छिन्, “भाँडा माझ्न र लुगा धुन कसलाई प्रभुको खाँचो पर्छ र? यी कुराहरू म आफैंले सजिलै गर्न सक्छु। तर प्रभु, म यदि समस्यामा परिहालेँ भनेचाहिँ, तपाईंलाई म जानकारी गराउनेछु।” पुरुषहरूको पनि जिम्मेवारीका यस्ता क्षेत्रहरू हुन्छन् जहाँ उनीहरू आफैंले सजिलै कार्य सम्पादन गर्न सक्छु जस्तो महसुस गर्छन्, जस्तै सामानहरू मर्मत गर्ने, गाडी चलाउने। यहाँ ठूलै खतरा छ। धेरै जसो हाम्रो समयहरू हामीलाई सजिलो लाग्ने र धेरै कठिन नभएका कार्यहरू गर्नमा बित्दछ, र हामीले सजिलै परमेश्वरमा भरपर्ने आचरण गुमाउन सक्छौं र हामीलाई हर समय परमेश्वरको खाँचो पर्छ भन्ने बिचार गुमाउन सक्छौं।

चिकित्सकको पन्जाबाट पनि हामी त्यही सिक्न सक्छौं। आत्मामा नहिँड्नु भनेको त्यो पन्जाले चिकित्सकलाई यस्तो भन्नु जस्तै हो, “मलाई तपाईंको कुनै खाँचो छैन। म आफैंले शल्यकृया गर्न सक्छु।” कति मूर्खतापूर्ण। पन्जाले त यस्तो भन्नुपर्ने हो, “मलाई भर्नुहुने र प्रयोग गर्नुहुने चिकित्सकको हातबिना म केही पनि गर्न सक्दिनँ!”

के म पलपलमा सहायता र सामर्थ्य पाउन परमेश्वरमा भर परिरहेको छु, वा के कामकुराहरूमा सफल हुने प्रयासमा म मेरो आफ्नै सामर्थ्य र मेरो शरीरको ऊर्जामा भर परिरहेको छु? के म परमेश्वरप्रति सचेत छु? के म परमेश्वरमा भरोसा गरिरहेको छु?

निश्कर्ष

आत्माले भरिएको हुन र परमेश्वरद्वारा नियन्त्रित हुन मैले पालन गर्नैपर्ने तीनओटा आज्ञाहरू छन्:

पवित्र आत्मालाई शोकित नपार।
पवित्र आत्मालाई ननिभाओ।
पवित्र आत्मामा (माध्यममा) हिँड।

विश्वासीहरूको जिम्मेवारीलाई औंल्याउने यी प्रत्येक पदहरूलाई एउटा चाबी शब्दमा सारांश निकाल्न सकिन्छ:

पवित्र आत्मालाई शोकित नपार (स्वीकार)।
पवित्र आत्मालाई ननिभाओ (सुम्प)।
पवित्र आत्मामा (माध्यममा) हिँड (भर पर)।

हामीले कुनै पनि पापलाई परमेश्वरको सङ्गतिदेखि हामीलाई वञ्चित पार्न नदिएका हौं। हामीले परमेश्वरको इच्छा पालन गर्न इन्कार गरेर उहाँको विरुद्ध विद्रोह नगरेका हौं। हामीले आफ्नै सामर्थ्यमा परमेश्वरको सेवा गर्न नखोजेका हौं, तर बरू हामीमा परमेश्वरले मात्र गर्न सक्नुहुने कुराहरूका लागि हामी निरन्तर रूपमा परमेश्वरमा भर परेका हौं।