Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

महम्मद र येशू ख्रीष्टको बीचमा अन्तर

यस पृष्ठलाई छाप्नुहोस्

जर्ज जेलर

महम्मद युद्दका पैगम्बर थिए; ख्रीष्ट शान्तिका राजकुमार हुनुहुन्छ (यशैया ९:६-७)।

महम्मदका शिष्यले आफ्ना विश्वासको खातिर मारे; ख्रीष्टका शिष्यहरू आफ्ना विश्वासका लागि मारिए (प्रेरित १२:२; २ तिमोथी ४:७)।

महम्मदले "विधर्मी" लाई सताउनुपर्छ भनेर सिकाए; ख्रीष्टले सताउनेहरूमध्येका प्रमुखलाई क्षमा दिनुभयो र उसलाई बदलेर मिलापमा ल्याउनुभयो (१ तिमोथी १:१३-१५)।

महम्मदले ज्यान लिने काम गरे; ख्रीष्टले जीवन दिने काम गर्नुभयो (यूहन्ना १०:२७-२८)।

महम्मद र उनका योद्धाहरूले हजारौंलाई हत्या गरे; ख्रीष्टले कसैको हत्या गर्नुभएन, बरु धेरैलाई बचाउनुभयो (यूहन्ना १२:४८)।

महम्मदको तरिका जबर्जस्तीको थियो; ख्रीष्टको उद्देश्य स्वैच्छिक मन परिवर्तनको थियो (प्रेरित ३:१९)।

महम्मदले बलको प्रयोग गरे; ख्रीष्टले विश्वासको प्रचार गर्नुभयो (यूहन्ना ६:२९,३५)।

महम्मद एक लडाकु थिए; ख्रीष्ट एक उद्धारक हुनुहुन्छ (कलस्सी १:१३; १ थेस्सलोनिकी १:१०)।

महम्मदले आफ्ना शत्रुलाई तरवारले जिते; ख्रीष्टले आफ्ना शत्रुलाई अर्कै तरवारले जिते, अर्थात् आत्माको तरवारले जुनचाहिँ परमेश्वरको वचन हो (हिब्रू ४:१२; प्रेरित २:३७)।

महम्मदले भीडहरूलाई भने, "धर्म-परिवर्तन गर कि मर!"; ख्रीष्टले भन्नुभयो, "विश्वास गर र बाँच!" (यूहन्ना ६:४७; ११:२५-२६)।

महम्मद रगत बहाउनलाई छिटो थिए (रोमी ३:१५-१७); ख्रीष्टले धेरैका मुक्तिका लागि आफ्नै रगत बहाउनुभयो (एफेसी १:७)।

महम्मदले प्रचार गरे, "विधर्मीलाई मृत्यु!"; ख्रीष्टले प्रार्थना गर्नुभयो, "पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्" (लूका २३:३४)।

महम्मदले विधर्मीहरूका विरुद्ध पवित्र युद्ध (जिहाद) घोषणा गरे; ख्रीष्टले कलवरीको क्रूसमा पवित्र विजय हासिल गर्नुभयो (कलस्सी २:१४-१५) र उहाँलाई पछ्याउनेहरूले उक्त विजयमा भाग पाउँदछन् (यूहन्ना १६:३३)।

महम्मदले मानिसहरूलाई बलमिचाइँले वशमा ल्याए; ख्रीष्टले मानिसहरूलाई प्रेमले वशमा ल्याए (२ कोरिन्थी ५:१४)।

वर्तमान आतङ्ककारीहरूले महम्मदबाट प्रेरणा लिन्छन् र उनको अल्लाहको नाममा निन्दनीय अत्याचारहरू गर्छन्; ख्रीष्टियनहरूले चाहिँ उहाँबाट प्रेरणा लिन्छन् जसले भन्नुभयो, "मिलाप गराउनेहरू धन्यका हुन्" (मत्ती ५:९)।

आज महम्मदका कतिपय चेलाहरू कुनै आतङ्ककारी आक्रमणको खबर सुन्दा सडकमा उत्रेर हर्षोल्लास प्रकट गर्दछन्; ख्रीष्टका वर्तमान चेलाहरू विगतमा नामधारी "इसाईहरू" ले गरेका अत्याचारहरू -- क्रूसेडहरू (crusades), स्पेनिश इन्क्विजिशन (Spanish Inquisition), आदि -- को बारेमा सुन्दा ज्यादै दुःखित हुन्छन्।

धेरैजना मुस्लिमहरू शान्त र शान्तप्रेमी हुन्छन् किनकि उनीहरूले आफ्ना संस्थापकका शिक्षाहरूलाई कट्टर रूपमा पछ्याउँदैनन्; धेरैजना ख्रीष्टियनहरू शान्त र शान्त-प्रेमी हुन्छन् किनकि उनीहरूले आफ्ना संस्थापकका शिक्षाहरूलाई कट्टर रूपमा पछ्याउँदछन् (रोमी १२:१७-२१)।

महम्मदले आफ्ना सेवकहरूलाई युद्ध गर्न आह्वान गरे; येशूले चाहिँ भन्नुभयो, "मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता... मेरा सेवकहरूले लडाइँ गर्नेथिए; तर अब मेरो राज्य यहाँबाटको होइन" (यूहन्ना १८:३६)।

महम्मदले यहूदीहरूलाई मार्नका लागि आदेश दिए (हेर्नुहोस्, A. Guillaume, The Life of Muhammad, Oxford University Press [1975], p. 369; ख्रीष्टले चाहिँ सुसमाचार "पहिले यहूदीका लागि' प्रचार गर्नका लागि आदेश दिनुभयो (रोमी १:१६)।

कुरानले भन्छ, "अल्लाहको खातिर युद्ध गर" (कुरान २.२४४); बाइबलले भन्छ, "हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौं" र "हाम्रा लडाइँका हतियारहरू शारीरिक छैनन्" (एफेसी ६:१२; २ कोरिन्थी १०:४)।

कुरानले भन्छ, "युद्ध गर र विधर्मीहरूलाई जहाँ-जहाँ भेट्टाउँछौं, त्यहाँ-त्यहाँ मार" (कुरान ९.५); ख्रीष्टले भन्नुभयो, "हरेक प्राणीलाई सुसमाचार प्रचार गर" (मर्कूस १६:१५)।

कुरानले भन्छ, म विधर्मीहरूको हृदयहरूमा आतङ्क उत्पन्न गराउनेछु" (कुरान ८.१२); परमेश्वरले चाहिँ विश्वासीहरूको हृदयहरूमा भय (आदरभावको डर) उत्पन्न गराउनुहुन्छ (यशैया ८:१३)।

कुरान, इस्लाम धर्म ग्रहण नगर्नेहरूको विरुद्धमा युद्ध गर्न, झगडा, आतङ्क र संहारको लहर मच्च्याउनका लागि समर्थन दिने आतङ्कवादी निर्देशिका हो; बाइबलचाहिँ सारा संसारभरि शान्तिको सुसमाचार फैलाउनका लागि एक मिसनरी निर्देशिका हो (रोमी १०:१५)।

महम्मदको लक्ष्य अल्लाहको निम्ति विश्वलाई जित्‍नु थियो; ख्रीष्टको लक्ष्य आफ्नो प्रतिस्थापनकारी मृत्युद्वारा पापको दण्ड र पापको शक्तिलाई जित्‍नु थियो (२ कोरिन्थी ५:२१; १ पत्रुस ३:१८)।

महम्मदले ख्रीष्टलाई एक असल अगमवक्ता ठाने; ख्रीष्टले महम्मदलाई एक झूटा अगमवक्ता भनी घोषणा गरे (यूहन्ना १०:१०; मत्ती २४:११)।

महम्मदले अल्लाह मात्र ईश्वर भएको दाबी गरे; ख्रीष्टले आफू स्वयम् परमेश्वर हुनुभएको दाबी गर्नुभयो (यूहन्ना १०:३०-३३; यूहन्ना ८:५८-५९; यूहन्ना ५:१८; यूहन्ना १४:९)।

महम्मदको चिहान: ओगटिएकै छ! ख्रीष्टको चिहान: रित्तो छ!

[अङ्ग्रेजी पाठकका लागि: इस्लामको रक्तपातपूर्ण इतिहासको उत्कृष्ट दस्तावेजीकरणका लागि पढ्नुहोस्, "The Bloody Legacy of Islam" by Chuck Sligh. E-mail: csligh2001@yahoo.com]


पृष्ठ संशोधन मिति: Friday 07-Oct-11
WordofTruth.com.np © 2017