मानिस र पशुबीच समानता र भिन्नताहरू (क)

यस पृष्ठलाई छाप्नुहोस्

मानिस र पशुबीच समानता र भिन्नताहरू

समानताहरू

हामी सबैलाई थाह भएको कुरा हो, मानिस र केही पशुबीच उल्लेखनीय समानताहरू छन्। चिडियाखानामा जानुहोस्, त्यहाँ विशेषगरी वनमान्छे वा भनौं बाँदर आकर्षणको केन्द्र बनिरहेको हुन्छ। किन? किनभने अरू पशुभन्दा बाँदर मानिससित बढी मिल्दोजुल्दो देखिएको हुनाले। यदि वनमान्छे र मानिसको हड्डीहरू हेर्ने हो भने, तपाईंले धेरै समानताहरू भेट्टाउनुहुनेछ। यस्तो समानताहरूको बारेमा हामीले कसरी व्याख्या गर्न सकौंला?

विकासवादीहरूको धारणामा यी समानताहरूले एउटै “पूर्खा”लाई औंल्याउँछन्। पशुहरू एकअर्कासँग सम्बन्धित भएकोले एक-अर्कासँग मिल्न पुग्छन् भनी तिनीहरूको विश्वास छ। त्यसैले एकैजस्तो देखिने गुणले एक-अर्कासँगको सम्बन्धलाई औंल्याउँछ भनी तिनीहरू विश्वास गर्दछन्। मानिस बाँदरको नजिकको नातेदार भएकोले ऊ बाँदरजस्तो देखिन्छ भनी तिनीहरूले भन्दछन् (बाँदर र मानिसको एउटै बाँदर पुर्खा भएकोले)। मानिस एकदम हात्ती जस्तोचाहिँ देखिँदैन, तर माछाभन्दा अझैबढि ऊ हात्तीजस्तोचाहिँ देखिन पुग्छ (किनभने मानिसचाहिँ माछाभन्दा हात्तीको अलि नजिकको नातेदार हो अरे)। विकासवादीहरूको विश्वासमा मानिसको नाता सबै वनस्पति जीव र पशु जीवसित गाँसिएको छ किनकि उनीहरू भन्दछन्, सबै जीवहरू खरबौं वर्ष लगाएर आफ-से-आफ एउटा एक-कोषीय जीवबाट उत्पन्न भएको हो। त्यसैले हामी आफू हिँड्ने घाँससित सम्बन्धित छौं, हामीलाई टोक्ने लामखुट्टेसित सम्बन्धित छौं, माछालाई पक्रन प्रयोग गरिने गड्यौंला वा कीराहरूसित सम्बन्धित छौं र गड्यौंला वा कीरा प्रयोग गरेर पक्रिएको माछासित सम्बन्धित छौं भनी विकासवादीहरूले विश्वास गर्दछन्! यसरी सबै जीवहरूको नाता पहिलो एक कोषीय जीवसित गाँसिएको छ भनी विकासवादीहरू विश्वास गर्छन्। अनि कसो गरेर हो, त्यो एक कोषीय जीवचाहिँ निर्जिव रसायनबाट विकास भयो भनी तिनीहरू विश्वास गर्दछन् (तर योचाहिँ कहिल्यै पनि प्रमाणित नगरिएको र विज्ञान प्रयोगशालामा पनि पुन: अनुलिपी बनाउन नसकिएको विचार हो)।

अर्को पृष्ठमा, विकासवादीहरूको विचार अनुसारको पारिवारिक हाँगाहरूका रूख देखाइएको छ। “रूखको फेदले सबै वनस्पति र पशुहरू सुरु गर्ने जीवनको अपरिचित, प्राथमिक रूपको सङ्केत गर्दछ” (Zoology, A Golden Science Guide, p.6). कसरी सबै वनस्पतिहरू र पशुहरू एक अर्कासँग सम्बन्धित छन् भनेर विकासवादीहरूले विश्वास गर्छन् भनी यस रूखले देखाउँदछ। (सायद तपाईंको वा तपाईंका आफन्तमध्ये कसैको विज्ञान किताबमा यस्तो चित्र देख्न पाउनुहुनेछ)।




पारिवारिक रूखहरूको जङ्गल “जीवनको एउटा टुक्राबाट विशाल रूख बनेको उदाहरण दिएर, यस ग्रहका सबै जीवित थोकहरू खरबौं वर्ष लगाएर विस्तारै विकास हुँदै आए भनिने विकासवादी धारणाको ठीक उल्टो, बाइबलीय नमुनालेचाहिँ परमेश्वरले स्थाई रूपमा सोझै विशाल सङ्ख्यामा अलग-अलग ‘जीवनका रूखहरू’ सृष्टि गर्नुभयो भनी हामीलाई बताउँछ। सृष्टिवादीको यस दृष्टिकोण अनुसार, अस्तित्वमा रहेका जीवित थोकहरूका सबै मूल “जातिहरू” (जस्तै मानिसहरू, बाँदरहरू, कुकुरहरू र बिरालोहरू) एक हप्ताभन्दा कम समयमा सृष्टि गरिएका हुन् र त्यस समयदेखि यता, “आफ्नो-आफ्नो जाति अनुसारको” पुनर्उत्पादन हुँदै आइरहेका छन् (उत्पत्ति १; लेवि ११)। परमेश्वरले यी “जातिहरू”लाई विभिन्न प्रजातिहरू, किसिमहरूमा उत्पादन हुनसक्ने क्षमता दिनुभयो” – जोन सि. व्हिट्कम्ब, द अर्ली अर्थ, पृ. ९४। एउटै “जाति” भित्र अचम्मका परिवर्तनहरू र भिन्नताहरू हुन सक्छन्, तर कहिल्यै पनि एउटा जातिबाट अर्को जाति उत्पादन हुन सक्दैन, जस्तै सहस्रीबबाट पंक्षीहरूमा परिवर्तन हुने अथवा सुङ्गुरबाट व्हेल माछामा परिवर्तन हुने वा बाँदरबाट मानिसमा परिवर्तन हुने।


अब, कहिलेकाहिँ समानताको कारणचाहिँ नाता हुन सक्छ भनी सृष्टिवादीहरू जान्दछन् (तर जहिल्यै पनि हुँदैन)। उदाहरणको निम्ति, किन जुम्ल्याहाहरू निकै समान देखिन्छन्? किनभने निश्चय पनि उनीहरू एकदम नजिकका नाता पर्छन्। तर अर्कोतर्फ, त्यहाँ अन्य मानिसहरू पनि छन् जोहरू नजिकका नाता नभए तापनि उस्तै देखिन्छन्। एउटै परिवारका दुई दाजुभाइहरू अलिक भिन्न नै देखिन्छन्! उस्तै र समान देखिने कुराहरूले जहिल्यै पनि नजिकको नाता औंल्याउँदैनन् भनी सृष्टिवादीहरूले विश्वास गर्दछन्।

मोटरगाडीहरू एक-अर्कासँग सरोकार नै नराख्ने एकदम भिन्ना-भिन्नै कारखानाहरूमा बनाइएका हुन्छन्। केही मोटरगाडीहरू अमेरिकामा बनाइन्छन्, अरूहरू जापानमा बनाइन्छन्, अन्यचाहिँ जर्मनीमा बनाइन्छन्। अर्कै-अर्कै कारखनामा बनाइएका भए तापनि मोटरगाडीहरूका बीच निकै समानताहरू हुन्छन्। तपाईंलाई थाह भएका केही समानताहरूको सूची बनाउनुहोस्:

__________________________ ____________________________ __________________________ ____________________________ __________________________ ____________________________

मोटरगाडीहरू निर्माण गर्दा, सबै गाडीहरूको उही स्रोत हुँदैन, तर ती सबैको उही बनावट हुन्छ। लगभग सबै गाडीहरूमा मोड्ने स्टियरीङ्ग, ब्रेकहरू र सिसा पुछ्ने वाइपर इत्यादी हुन्छन्। बाटोहरूमा यात्रा सुरक्षित होओस् भनेर ती सबैको निर्माण गरिएको हुन्छ र ती सबैमा मानव यात्रीहरू बोक्ने क्षमता हुनुपर्छ। सबै गाडीहरू उही स्रोत नभए तापनि बाटोहरूमा काम गर्नसक्नलाई एउटै सामान्य किसिमको बनावट हुनुपर्छ। हवाइजहाजहरूको विषयमा पनि यस्तै कुरा हो। हवाइजहाजहरू पनि विभिन्न कम्पनीहरूमा निर्माण भएको भए तापनि सबै उड्ने उद्देश्यले बनाइएको हुँदा धेरै कुराहरूमा समानताहरू हुन्छन्।

तब मानिस र पशुहरूबीच किन समानताहरू छन् त? एउटा कारण उत्पत्तिको पुस्तकको सुरुका भागहरूमा पाइन्छ। उत्पत्ति २:७ अनुसार मानिस केबाट बनाइयो? ____________। उत्पत्ति २:१९ अनुसार पशुपंक्षीहरू केबाट बनाइए? _____________। उपदेशक ३:२० अनुसार सबै नै (मानिस र पशु) _______ बाट बनाइए र मृत्यु भएपछि सबै नै _________मै फर्किजानेछन्। मानिस र पशु एउटै पद्धार्थले बनेका हुनाले र एउटै पृथ्वीमा बाँच्नको निम्ति बनाइएको हुनाले तिनीहरूको बीच कतिपय समानताहरू हुनु स्वभाविक हो!

साथै सृष्टिवादीहरूले, परमेश्वरले सबै जीवलाई एउटै संसारमा वास गर्न बनाउनुभयो भन्ने तथ्यलाई बुझेका छन्। उदाहरणको निम्ति, गोरिल्लालाई पनि मानिसलाई झैं सास फेर्न वायु चाहिन्छ। दुवैलाई रक्तसंचारको निम्ति मुटु चाहिन्छ, शरीरका अङ्गहरू चलाउनका निम्ति मांशपेशीहरू चाहिन्छन्। बाँदरले जस्तै मानिसले पनि केरा खान सक्छ र दुवैका पाचन प्रणालीमा समानताहरू छन्। मानिसलाई बाँच्न पानी चाहिन्छ, पशुलाई पनि। हो, परमेश्वरले प्रत्येक प्राणीलाई पृथ्वीमा बाँच्नको लागि सुहाउँदो किसिमले बनाउनुभयो। जसरी मोटरगाडी बाटोमा गुड्न बनाइन्छ, हवाइजहाज आकाशमा उड्नलाई बनाइन्छ, त्यस्तै गरी मानिस र पशु पृथ्वीमा बाँच्नको लागि बनाइएका हुन्। यसर्थ सृष्टिवादीको विश्वासमा समानताको कारण साझा पूर्खा नभएर साझा वातावरण र साझा बनावट हो।

विकासवादीहरूका लागि समस्या

बाहिरी समानताले नाता देखाउँछ भन्ने विकासवादी तर्कलाई वास्तविक जगतमा खण्डन गर्ने थुप्रै उदाहरणहरू छन्। जस्तै:

१.व्हेलहरू (साथै डल्फिन र पोर्पसहरू), शार्कजस्ता माछासँग मिल्दाजुल्दा छन्। तर एक विकासवादीले जान्दछ, व्हेलको नाता शार्कसित छैन किनकि व्हेल स्तनधारी (mammal) हो भने शार्कचाहिँ माछा हो। बाहिरी बनोटमा केही समानता भए तापनि त्यहाँ ठूला भिन्नताहरू पनि छन्। धेरैजसो माछाहरूले अण्डा पार्छन् तर बच्चा व्हेलहरू अण्डाबाट आउँदैनन्। माछाको शरीरको तापक्रम पानीको तापक्रमसँगै बदली हुन्छ (cold-blooded) तर व्हेलको एकनास (warm-blooded) रहन्छ। व्हेलका बच्चाले अरू स्तनधारीहरूलेझैं आमाको दूध चुस्छन् तर माछाका भुराहरूले त्यसो गर्दैनन्। माछा र व्हेलको बीच समानता हुनुको कारण समान पूर्ख्यौली होइन, समान वातावरण हो। दुवै व्हेल र माछा एउटै समुद्री वातावरणमा जिउँछन्। माछालाई जस्तै व्हेललाई पनि पानीमा पौडनुपर्छ त्यसैले सृष्टिकर्ताले दुवैलाई पानीमुनि जिउन र चलहल गर्न सक्ने गरी रचना (design) गर्नुभयो। फलस्वरूप दुवैका शरीर समुद्री यात्राका निम्ति सिद्धरूपमा सुसज्जित छन्।

२.उड्ने प्राणीहरू उड्न सक्ने भएकोले पखेटाहरू र अन्य समानताहरू हुन्छन्, तर यसको अर्थ ती प्राणीहरू नजिकका नाता हुन् भन्ने चाहिँ होइन। चरा र चमेरो दुवैका पखेटाहरू हुन्छन् र दुवै उड्न सक्छन्, तर चरा भनेको चरा नै हो, चमेरोचाहिँ स्तनधारी हो र दुवै उड्नको निम्ति रचना गरिएको भए तापनि कुनै पनि विकासवादीले उनीहरू नजिकका नातावाल हुन् भनी भन्न सक्दैन। यद्यपि, विकासवादीहरूले उड्न सक्ने अचम्मको क्षमता कुनै अलौकिक रचनाकारबाट आएको नभइ केवल अन्धा-धुन्धा संयोगले हुन आयो भनी भन्छन्। र यो उडान क्षमताको आश्चर्यकर्म, जसलाई तिनीहरू कुनै अलौकिक शक्तिको रचनाबाट भएको होइन भनी भन्दछन्, एकचोटी मात्र भएको हुनुहुँदैन, तर बारम्बार भएको हुनुपर्छ। साथै केवल चराहरू र चमेराहरू मात्र होइन, तर थुप्रै कीराहरू उड्छन् र केही लोप भएका रेप्टाइल (प्टेरोसारस) पनि उड्न सक्थे। फेरी, सबै प्राणीहरू उस्तै तरिकाले उड्ने गर्दैनन्। सबै उड्ने प्राणीहरूको आफ्नै भिन्न किसिमको रचना हुन्छ। हमीङ्ग बर्डको उड्ने शैली चीलहरूको भन्दा निकै भिन्न हुन्छ। लामखुट्टे उडे जसरी चमेरो उड्दैन। सामान्य झीङ्गाको आफ्नै विशेष पखेटाको रचना र उड्ने शैली हुन्छ। हाँसको पखेटा मौरीको पखेटाभन्दा बिल्कुलै फरक छ। हरेक उड्ने प्रजातिहरू विशिष्ट किसिमका छन्। अन्य उड्ने प्राणीहरूसँग केही मिल्दोजुल्दो भए पनि, हरेक उड्ने प्राणीको आफ्नै विशेष रचना हुन्छ। यी सबै कुनै अलौकिक सामर्थ्यभन्दा बाहेक अन्य कुनै अन्धा-धुन्धा संयोगले हुन आए भन्ने कुरालाई स्वीकार गर्न मुश्किल पर्छ।

३. टास्मानियन व्वाँसो (Tasmanian wolf) कुकुरजस्तै देखिन्छ। टास्मानियन व्वाँसोको हड्डीहरूको बनावट दुरुस्तै कुकुर र व्वाँसोको जस्तै हुन्छ। यो कुकुरझैं दगुर्छ र भेँडाहरूको शिकार गर्छ। तरैपनि विकासवादीलाई टास्मानियन व्वाँसो कुकुरसँग सम्बन्धित छैन भनी थाह छ किनकि तिनीहरू “मारसुपियल” (marsupial) प्रजाति अन्तर्गत पर्दछन्। तिनका बच्चाहरू अपरिपक्व जन्मन्छन् र अलि परिपक्व होउन्जेल कुनै कङ्गारूले जस्तै आफ्नो बच्चालाई आमाको झोलामा बोक्नुपर्छ। यहाँ पनि हामी बाहिरी समानताले नातालाई जनाउँदैन भनी देख्दछौं।

४.अस्ट्रेलियाको डक्-बिल्ड प्लाटिपस (duck-billed platypus) वर्गीकरण गर्नलाई निकै कठिन पशुहरूमध्ये पर्दछ। यसको चुच्चो र खुट्टा हाँसका जस्तै भएका हुन्छन्। यसले अन्य चराहरूलेझैं अण्डा पार्छ र ओथारो बस्छ। के यो चरा हो? अर्को तर्फ यसका चार ओटा खुट्टाहरू हुन्छन्, जीउ रौंले ढाकिएको हुन्छ, पुच्छर हुन्छ र कति स्तनधारीका जस्तै नङ्राा हुन्छन्। यसको बच्चाले आमाको दूध चुस्छ। सानोमा त्यसको दाँत रूख ढाल्ने ओंत (वन बिरालोजस्तो जन्तु) को जस्तै हुन्छ। के यो स्तनधारी हो? सृष्टिकर्ताले कस्तो गजबको प्राणीको रचना गर्नुभयो!


५.समुद्रको अक्टोपस (र स्क्वीड) को आँखा मानिसको आँखासित मिल्दाजुल्दो हुन्छ तर मानिस अक्टोपसको नजिकको नाता हो भनेर कुनै पनि विकासवादीले भन्न सक्दैन। “आँखाहरू बीचको समानतालाई विकासवादीहरूले सजिलै थाह गर्दछन्, तर तिनीहरूले यस्ता समानताहरूको व्याख्या गर्ने त्यस्ता समान विशेषताहरू भएका समान पुर्खा कदापी भेट्टाउन वा कल्पना गर्न पनि सक्दैनन्। त्यसैले यी आँखाहरूलाई समजातीय अङ्गहरू (homologous organs) भनेर भन्नुभन्दा, तिनीहरूले तिनलाई ‘अभिसारी विकासवाद’का (convergent evolution) नमूनाहरू भनी भन्दछन्। त्यसको अर्थ यो हो कि हामीसँग बनावटको समानताको अर्को नमूना उपलब्ध छ जसलाई एउटै पूर्खाबाट विकासवाद हुँदै आएको भनी व्याख्या गर्न सकिँदैन” (ग्यारी पार्कर)। कुनै पनि प्राणीले आँखा जस्तो जटिल अंग (complex organ) लाई कसरी विकास गर्न सक्ला र जब कि त्यसका एक-एक जटिल पार्टपूर्जाहरू आ-आफ्नै स्थानमा सिद्ध र सुनियोजित रूपमा सम्मिलित नभएसम्म त्यसले काम गर्नै सक्दैन? त्यस्तै एउटा प्राणीले पखेटालाई, जो उड्डयनका निम्ति सिद्धरूपमा सुसज्जित नहोउन्जेल बिनाकामको हुन्छ, कसरी विकास गर्न सक्ला र? जुन परमेश्वरले आँखाको रचना गर्नुभयो, उहाँले नै पखेटाको पनि रचना गर्नुभएको हो! यदि एउटा माकुरालाई जालो हाल्ने कला विकास गर्न हजारौं वर्ष लाग्यो भने, त्यतिका वर्षसम्म त्यो माकुराले एउटै पनि शिकार समात्न नसक्ने अवस्थामा कसरी बाँच्न सक्यो होला र? (हाम्रो पाकेको खाना खान एक घण्टा मात्र पर्खँदा पनि हामीलाई समस्या हुन्छ भने झन् हजारौं वर्षसम्म कसरी पर्खन सकिएला त?)