ख्रीष्टको शरीरमा अस्थायी आत्मिक वरदानहरू

यस पृष्ठलाई छाप्नुहोस्

पाठ १३—ख्रीष्टको शरीरमा अस्थायी आत्मिक वरदानहरू

के केही वरदानहरू अस्थायी छन्?

के वर्तमान समयमा परमेश्वरले दिन छाड्नुभएका दानहरू छन्? अस्थायी दानहरूको दुई उदाहरणहरू हेरौं:

प्रेरित हुने दान:

आज मण्डलीमा प्रेरितहरू छैनन्, यो कुरा धेरैजना, पेन्टेकोष्टलवादका विद्वानहरूले पनि मानिलिएका छन्। मर्मनहरूले साथै अन्य सतही समूहहरूले आज पनि प्रेरितहरू छन् भनी विश्वास गर्छन्, तर यी समूहहरूमध्ये अधिकांशले प्रेरितहरू पहिलो सताब्दीका एकदम विशिष्ट, चुनिएका र दान पाएकाहरूको विशेष समूह थियो भनी मान्दछन्। १ कोरिन्थी ९:१ मा बौरिउठ्नुभएको ख्रीष्टलाई देख्ने मानिस नै साँचो प्रेरित हो भन्ने कुराको सङ्केत छ। वर्तमान समयका विश्वासीहरूको बारेमा यो साँचो हुन सक्दैन, किनभने येशूले भन्नुभयो, “म _______________ जान्छु, अनि तिमीहरूले मलाई ______ ____________” (यूहन्ना १६:१०)। साथै १ पत्रुस १:८ ले भन्दछ, “उहाँलाई _______________ तिमीहरू प्रेम गर्दछौ...”

भविष्यवाणीको दान:

आज मण्डलीमा परमेश्वरद्वारा दान प्राप्त भविष्यवक्ताहरू छैनन्, यद्यपि त्यहाँ धेरै झूटा भविष्यवक्ताहरू भने छन्। धेरै क्यारिज्म्याटिक मानिसहरूले भविष्यवाणीको दान आजको निम्ति पनि हो भनी विश्वास गर्दछन्। यसको बारेमा यही पाठमा चर्चा गर्नेछौं।

भविष्यवक्ताको वरदानका गलत परिभाषाहरू:

१) "परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता" [बिल्ली ग्राहाम,

२) "भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।" [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४। जन म्याकार्थरको शिक्षाअनुसार परमेश्वरले आज अगमवाणीको वरदान दिनुहुन्छ तर अगमवक्ताहरू भने आज छैनन्। उनको शिक्षाअनुसार अगमवक्ताको वरदान (एफेसी ४:११) आज मण्डलीमा पाइँदैन तरैपनि अगमवाणीको वरदान भने पाइन्छ। १ कोरिन्थीको उनको टिप्पणी, पृष्ठ ३२२-३२४ मा हेर्नुहोस् र एफेसीको टिप्पणी पृष्ठ १४१-१४२ मा। यसअनुसार एउटा व्यक्तिसित अगवाणीको वरदान हुन सक्छ र उसले अगमवाणी कहन सक्छ तर ऊ अगमवक्ता होइन। यसको तात्पर्य चाहिँ एउटा व्यक्तिसित शिक्षाको वरदान भएर पनि ऊ शिक्षक नहुन सक्छ वा पास्टरको काम गर्ने वरदान भएर पनि पास्टर नहुन सक्छ।]

यी परिभाषाहरू त्रुटिपूर्ण छन्। यी परिभाषाहरू अनुसार कुनै पनि दानयुक्त बाइबल शिक्षक र कुनै पनि दानयुक्त पास्टरसित भविष्यवाणीको वरदान हुने देखिन्छ। हरेक पास्टरसित परमेश्वरको वचनलाई घोषणा गर्ने र त्यसको व्याख्या गर्ने क्षमता हुनुपर्छ तर त्यसो हुँदैमा पास्टर भविष्यवक्ता बन्दैन।

यी परिभाषाहरूले भविष्यवाणीको वरदान र शिक्षकको वरदानका बीच सठीक भिन्नता राख्दैन। १ कोरिन्थी १२:२८-२९ मा हेर्नुहोस् जहाँ शिक्षकको वरदान भएकाहरू र भविष्यवक्ताको वरदान भएकाहरूका बीच प्रस्ट भिन्नता राखिएको पाइन्छ।

भविष्यवाणीको वरदानको बाइबलीय परिभाषा:

अनि तिमी उसैसँग बोल्नु, र वचनहरू उसको ___________ हालिदेऊ! अनि म तिम्रो मुखको साथमा र उसको मुखको साथमा हुनेछु; र तिमीहरूले जे गर्नुपर्छ, सो म तिमीहरूलाई सिकाउनेछु। अनि ऊचाहिँ तिम्रा निम्ति मानिसहरूसँग बोलिदिने ________ हुनेछ; अनि यस्तो हुनेछ - ऊ, अँ, ऊ नै तिम्रा निम्ति _________ हुनेछ; अनि तिमीचाहिँ उसका निम्ति ईश्वरको स्थानमा हुनेछौ (प्रस्थान ४:१५-१६)।

तब परमप्रभुले मोशालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फराओका निम्ति ईश्वर बनाएको छु; अनि तिम्रा दाजु हारूनचाहिँ तिम्रा ________________ हुनेछन्। म तिमीलाई जे-जे आज्ञा गर्दछु, ती सबै कुराहरू तिमीले भन्नू! अनि तिम्रा दाजु हारूनले फाराओलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई आफ्नो देशबाट पठाइदेओस्! (प्रस्थान ७:१-२)।

हारून मोशाका निम्ति प्रवक्ता तुल्याइए। अगमवक्ता र परमेश्वरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै हारूनमोशाको सम्बन्ध तुल्याइयो। यसको मतलब? हारूनले मोशाका वचनहरू बोल्थे जसरी अगमवक्ताले परमेश्वरका वचनहरू बोल्थे। हारून मोशाको मुख तुल्याइए जसरी अगमवक्ता परमेश्वरको मुख तुल्याइएका हुन्थे्। हारून मोशका प्रवक्ता थिए जसरी अगमवक्ता परमेश्वरका प्रवक्ता हुन्थे, परमेश्वरको मुखको रूपमा काम गर्थे, परमेश्वरकै सन्देश घोषणा गर्ने काम गर्थे ("परमप्रभु यसो भन्नुहुन्छ!")। अगमवक्ताको ईश्वरीय परिभाषा यही हो। तसर्थ अगमवाणीचाहिँ परमेश्वरबाटको दान हो जसद्वारा एक व्यक्तिले परमेश्वरको सन्देश घोषणा गर्न सक्दछ र परमेश्वरकै वचन बोल्न सक्दछ। प्रत्येक अगमवाणीले यो छाप बोकेको हुन्छ — " किनकि परमप्रभुको मुखले यसो भनेको छ!"

नयाँ नियमका निम्न खण्डहरूबाट अगमवाणीको दान बुझ्न हामीलाई मदत मिल्छ: "किनकि कुनै पनि समयमा ___________ मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा __________ पाएर बोले" (२ पत्रुस १:२१)। पवित्र आत्माद्वारा चलाइएर नै अगमवक्ता (भविष्यवक्ता) हरूले ठीक त्यही कुरा बोले (र लेखे) फलस्वरूप उनीहरूले जुन परमेश्वरले चाहनुभएको थियो। त्यो परमेश्वरकै सन्देश थियो, परमेश्वरकै वचन थियो। “अब प्रभुले भविष्यवक्ताद्वारा भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो” (मत्ती १:२२)। बोल्नेचाहिँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले कसरी बोल्नुभयो? उहाँले अगमवक्ताको मुख प्रयोग गर्नुभयो (यस उदाहरणमा यशैयाको मुखलाई)। त्यो परमेश्वरकै सन्देश र वचन थियो तर एउटा मान्छेको मुखद्वारा घोषणा गरियो।

अगमवक्ता सयमा सय प्रतिशत अचूक हुनुपर्थ्यो। भविष्यवक्ताको पूर्वसूचना साँचो नभएको खण्डमा, त्यसको अर्थ के हुनेथियो? (व्यवस्था १८:२१-२२ हेर्नुहोस्)? ____________________________________________ __________________ यदि परमेश्वरको सन्देश अगमवक्ताको मुखद्वारा घोषणा गरिन्छ भने त्यो सयमा सय प्रतिशत अचूक हुन्छ। अगमवक्ताले अगमवक्ताको हैसियतमा बोल्दाखेरि उसले परमेश्वरको वचन बोल्दछ ("परमप्रभु यसो भन्नुहुन्छ!") , र त्यो सन्देश त्रुटिरहित हुन्छ र सयमा सय प्रतिशत अचूक हुन्छ। एउटा शिक्षक (वा पास्टर-शिक्षक) ले परमेश्वरबाट दिइसकिएको परमेश्वरको वचनको व्याख्या गर्दछ। सबैभन्दा अस बाइबल शिक्षक पनि त्रुटिरहित हुँदैन, ऊ चुक्न सक्दछ।

अगमवाणी (भविष्यवाणी) के हो? अगमवाणी भनेको प्रेरणायुक्त बोली हो। यो बोली वा लिखतमा परमेश्वरकै वचन हो। मीकायाको परिभाषाअनुसार अगमवाणी के हो, २ इतिहास १८:१३ मा हेर्नुहोस्, “मेरा ________________ मलाई जे भन्नुहुन्छ, त्यही मात्र _____________।”

अगमवक्ता (भविष्यवक्ता) के हो? अगमवक्ता भनेको परमेश्वरको मुख हो जसद्वारा परमेश्वर बोल्नुभयो र उहाँले आफ्नो सिद्ध र अचूक प्रकाश दिनुभयो।

के वर्तमान समयमा पनि साँचो अगमवक्ताहरू छन्?

अगमवाणीको दान आज पनि दिइँदै छ भन्ने धेरैजनाको दाबी छ। यदि यो साँचो हो भने यसको तात्पर्य के हुनेथ्यो विचार गरौं त। यसको मतलब परमेश्वरले आज पनि आफ्नो वचन दिँदैहुनुहुन्छ र त्यसैले पवित्रशास्त्र अपूरो छ भन्ने हुन्थ्यो। यदि आज पनि वर्तमान अगमवक्ताहरूद्वारा परमेश्वरले थप प्रकाश दिँदै हुनुहुन्थ्यो भने बाइबलका ६६ पुस्तकहरू पर्याप्ति छैनन् भन्ने बुझिन्थ्यो। यी आधुनिक अगमवक्ताहरूले आपूर्ति गरिदिने अत्यावशक सत्यताहरू र तथ्यहरूबिना बाइबल अपूरो छ भन्ने बुझिन्थ्यो। बाइबल पर्याप्तस छैन भन्ने बुझिन्थ्यो! हामीलाई बाइबलबाहेक यी नयाँ अगमवाणीहरू चाहिन्थ्यो!

यस प्रकारको शिक्षा, हाम्रो विश्वास र अभ्यासको लागि बाइबल नै यथेष्ट छ भन्ने सत्यतामाथि एउटा गम्भीर प्रहार हो। हामी परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नुपर्छ (मत्ती ४:४), र यी वचनहरू बाइबलका ६६ पुस्तकहरूमा पाइन्छन्।

"होइन, मण्डलीलाई आज स्वर्गबाट नयाँ प्रकाश चाहिएको होइन! हामीसँग पूरो बाइबल छँदै छ, र यसको अर्थ खुलाउन र यसलाई व्यावहारिक बनाउन हामीसँग पवित्र आत्मा हुनुहुन्छ। मण्डलीलाई चाहिएको को हो? मण्डलीलाई चहिएको यो हो — आफ्नो परमेश्वरलाई साँच्ची नै चिन्ने र उहाँको एकमात्र लिखित प्रकाशलाई आदर गर्ने व्यक्तिहरूद्वारा अधिकार र प्रेमले पवित्र आत्माको सामर्थ्यमा घोषणा गरिएको परमेश्वरको सारा मनसायको एउटा नयाँ चुनौती। तब मात्र हाम्रा सबैभन्दा गहिरा खाँचोहरू पूरा हुने र यस पुस्तामा उहाँको मण्डलीको लागि परमेश्वरको उद्देश्य पूरा हुने आशा गर्न सक्छौं।" [डाक्टर जन सी. ह्विटकम्ब, डज गड वान्ट क्रिश्चियनस् टु परफोर्म मिराकल्स टुडे? (BMH Books, 1973), pages 12-13]

अगमवाणीको वरदान शुरूको मण्डलीलाई आवश्यक रहेको तर बाइबल पूरा भएपछि आवश्यक नरहेको एउटा अस्थायी वरदान थियो भन्ने स्पष्ट सङ्केतहरू नयाँ नियममा पाइन्छन्।

भविष्यवाणीहरू बितेर जानेछन् तर विश्वास, आशा र प्रेम रहिरहनेछन् भनेर १ कोरिन्थी १३:८ र १३ ले बताएको छ। यो भविष्यवाणी पहिलो शताब्दीको अन्ततिर पूरा भयो।

प्रेरितहरू र नयाँ नियमका अगमवक्ताहरू जगका मानिसहरू थिए भन्ने कुरा एफेसी २:२० ले सिकाएको छ: "अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।" जग भनेको निर्माणको पहिलो चरणमा एकैपटक मात्र बसालिने कुरा हो। जगलाई फेरि-फेरि बसालिने काम गरिँदैन। यी मानिसहरू जगमा मानिस थिए किनकि उनीहरूद्वारा नै हामीले नयाँ नियमका लेखोटहरू प्राप्त। गरेका हौं। जगलाई फेरि बसाल्न आवश्यक छैन तर जगमाथि चाहिँ बसाल्न खाँचो छ। सम्भवत: आज परमेश्वरको निर्माण कार्य मानौं "धुरी-चरण" मा पुगिसकेको हुन सक्छ, र चाँडै नै आखिरी "जिउँदो पत्थर" (१ पत्रुस २:५) लाई त्यसको ठाउँमा राखिन सक्छ अनि तब ख्रीष्ट आफ्नो मण्डलीलाई आफूकहाँ लिनलाई आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८)।

अगमवाणीको वास्तविक वरदान बितेर जानेछ भन्ने सङ्केत २ पत्रुस २:१ ले दिएको देखिन्छ। "तर जसरी मानिसहरूका बीचमा झूटा भविष्यवक्ताहरू हुन्थे, उसरी नै तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झूटा शिक्षाहरू भित्र हुल्नेछन्, र आफूमाथि चाँडै आउने विनाश ल्याउँछन्।"

यहाँ ध्यानपूर्वक पढ्नुहोस्: "झूटा भविष्यवक्ताहरू हुन्थे" "झूटा शिक्षकहरू हुनेछन्"

शैतानले साँचो कुराको नक्कल गर्ने गर्छ। पत्रुसले यी वचन लेख्दाहुँदी त्यहाँ साँचो अगमवक्ताहरू थिए र शैतानले झूटा अगमवक्ताहरू खडा गरी तिनीहरूको सामना गरे। अगमवक्ताको वरदान बितेर गएपछि नक्कलद्वारा सामना गर्नलाई त्यहाँ साँचो अगमवक्ताहरू थिएनन्। तर त्यहाँ साँचो शिक्षकहरू थिए त्यसैले शैतानले अब झूटा शिक्षकहरू खडा गरी तिनीहरूको सामना गरे।

के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?

क्यारिज्म्याटिक जवाफ:

"नव-पेन्टेकोस्टलहरू (Neo-Pentecostals) को मान्यतामा बाइबल (लिखित वचन) को अधिकार जहिले पनि आत्माको वर्तमान सक्रियताबाट प्रकट गरिएको परमेश्वरको जीवित, "गतिशील" वचनको अधिकारभन्दा निम्नस्थानमा हुन्छ भन्ने छ। क्यारिज्म्याटिक जागृति अन्तर्गत, माण्डलिक अभ्यासमा अगमवाणीको वरदानको आज पनि स्थान छ भन्ने मान्यतालाई पनि पवित्र शास्त्र अर्थात् लिखित वचनलाई पवित्र आत्माको अधिकारभन्दा निम्नस्थानमा राखिएको उदाहरणस्वरूप लिन सकिन्छ। नव-पेन्टकोस्टलवाद (साथै पुरानो पेन्टेकोस्टलवाद) को दृष्टिकोणमा, परमेश्वर बाइबलका लेखकहरूसित जुन प्रकारले आधिकारिक रूपमा बात गर्नुभयो ठीक त्यसरी नै आज पनि बात गर्नुहुन्छ। बाइबल लेखिने काम पूरा भए तापनि परमेश्वरबाटको प्रकाश भने अन्त भएको छैन (revelation did not cease with the closing of the canon) भन्ने हिसाबमा परमेश्वरको वचनलाई हेरिएको छ (existential understanding of the Word of God)। क्याथरिन मार्शल (Catherine Marshall) ले यसलाई अर्को शब्दमा यसरी व्यक्त गरेकी छिन्: "येशूले 'थप सत्यता' (further truth) को प्रतिज्ञा गर्नुभएकोबाट ख्रीष्टले हामीलाई दिन चाहनुभएको सबै सत्यता तथा निर्देशन पुरानो र नयाँ नियमभित्र सीमित छैन भन्ने कुरा विश्वास गर्न हामीलाई स्पष्ट आधार मिल्दछ।" त्यसैले नव-पेन्टेकोस्टलवादअनुसार आत्मिक अधिकार आखिरमा बाइबलमा निहित नभएर पवित्र आत्माको वर्तमान क्रियाकलाप र शिक्षणमा रहेको मानिन्छ… परमेश्वरले आफ्नो प्रकाशलाई केवल बाइबलमा सीमित गर्नुहुन्न (अर्थात् प्रकाश पूरा भएको छैन)। [रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ११०-११२]

उपर्युक्त भनाइअनुसार क्यारिज्म्याटिकहरू बाइबलीय प्रकाश पर्याप्तप छैन भन्ने विश्वास राख्छ न्; त्यसैले उनीहरूको दृष्टिकोणमा परमेश्वरको वचन नै अन्तिम अधिकार होइन। परमेश्वरले आज मण्डलीलाई अझै पनि थप प्रकाश दिने गर्नुहुन्छ जुन प्रकाश बाइबल जत्तिकै वा अझ बाइबलभन्दा पनि बढी आधिकारिक हुन्छ भनेर उनीहरू विश्वास गर्दछन्।

यसकारण परमेश्वरको वचनको पर्याप्तवता (SUFFICIENCY of the Word of God) नै हाम्रो मुख्य मुद्दा हो भन्ने देखिन्छ। के बाइबल साँच्चै पर्याप्त( छ त? हामीलाई जे जति आवश्यक छ के सबै बाइबलमै पाइन्छ कि हामीलाई अन्य थप कुरा पनि चाहिन्छ? मानिसलाई परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा केवल बाइबलमै पाइन्छ, कि हामी अन्यत्र पनि हेर्नुपर्छ? बाइबल पूर्ण छ, कि बाइबल विश्वासीहरूका निमित्त अत्यावश्यक सूचनामा घटी छ?

१) सत्यको आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ भनी ख्रीष्टले आफ्ना प्रेरितहहरूलाई प्रतिज्ञा गर्नुभयो (यूहन्ना १६:१३)। आत्माले उनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुभएकै हो, र यो सत्यताको सँगालो नयाँ नियम पवित्र शास्त्रहरूमा समाहित छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

२) परमेश्वरद्वारा निश्वासित यी लेखोटहरू शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकता सम्बन्धी तालिमका निम्ति लाभदायक छ जसद्वारा एउटा परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा सुसज्जित होऊन् भनेर पावलले हामीलाई बताएका छन् (२ तिमोथी ३:१६-१७)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

३) एउटा प्रेरितकै प्रत्यक्ष साक्षीभन्दा पनि अझ पक्का वचन, अर्थात् आत्माद्वारा प्रेरणा गरी दिइएको अचूक परमेश्वरको वचन, हामीसँग छ भनेर पत्रुसले बताएका छन् (२ पत्रुस १:१५-२१)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

४) हामीलाई एकैचोटी सदाका निम्ति सुम्पिएको "विश्वास" (सत्यताको सँगालो) का लागि हामीले यत्नापूर्वक सङ्घर्ष गर्नुपर्छ भन्दै यहूदाले हामीलाई अर्ती दिएका छन् (यहूदा ३)। उक्त सत्यताको सँगालो एकैचोटी सदाका निम्ति पहिलो शताब्दीका पवित्र जनहरूलाई सुम्पिएको थियो जुनचाहिँ लिखित रूपमा आज हाम्रो बाइबलमा पाइन्छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

५) पूर्णतामा आइपुगेको परमेश्वरको प्रकाशको पुछारमा अन्तिम "पूर्णविराम चिन्ह" ठड्याउँदै यूहन्नाले यस पुस्तकमा केही नथप्न, केही नघटाउन हामीलाई चेताउनी दिएका छन् (प्रकाश २२:१८-१९)। जुन घडी यूहन्नाले प्रकाशको पुस्तकको अन्तिम वाक्यलाई लेखी भ्याए, त्यही घडी बाइबल (६६ आधिकारिक पुस्तकहरू) पूरा भयो। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र? पवित्र शास्त्रको आधिकारिक सँगालो (canon of Scripture) बन्द भएको छ, र जुन कुरालाई परमेश्वरले बन्द गर्नुभयो, कुनै मानिसले नखोलोस्। "बाइबल नै पर्याप्तद छ!" भनेर परमेश्वरले भन्नुभइसकेपछि, मानिसले "हामीलाई अझ अरू चाहियो!" भनी नभनोस्।

१ यूहन्ना ४:१-३, १ तिमोथी ४:१, २ तिमोथी ३:१३, ४:२-४, मत्ती ७:१५-२४ र २४:४-५ को चेताउनीहरूलाई विचार गर्दा, प्रभुबाट दर्शनहरू र प्रकाशहरू पाएको दाबी गर्ने त्यहाँ थुप्रैजना पाइनु अचम्मको कुरा होइन। प्रभु येशू आफ्नो मण्डलीलाई लिन (१ थेस्सलोनिकी ४:१३-१८) आउनुहुनुभन्दा ठीक अगाडिका यी अन्तिम दिनहरूमा आत्मगत, अनुभव-केन्द्रित धर्म प्रणालीको बिगबिगी हुने हामी प्रतीक्षा गर्न सक्छौं: "मैले यस्तो-यस्तो अनुभव गरें त्यसैले यो कुरा साँचो हुनुपर्छ!" तर हामीलाई वस्तुगत र असन्दिग्ध सत्यतामा आधारित प्रकाशपूर्ण धर्मको खाँचो छ: "यो साँचो हुनुपर्छ किनकि परमेश्वरले आफ्नो वचनमा सो कुरा भन्नुभएको छ।"

आज हामीलाई परमेश्वरको वचन सुनेर काँप्ने नम्र व्यक्तिहरूको खाँचो छ (यशैया ६६:१-२)। आजको हाम्रो खाँचो नयाँ प्रकाशको होइन। आजको हाम्रो खाँचो त हामीसित भएकै प्रकाशको आज्ञापालन गर्नु र त्यसलाई सुहाउँदो जीवन जिउनु हो। आज हामीलाई थप प्रकाश चाहिएको छैन। हामी एक दिन ख्रीष्टको सामु उभिएर हामीसित भएकै प्रकाशप्रति कस्तो कसिमको प्रतिक्रिया देखायौं भन्ने कुराको लेखा दिनेछौं।


एक अर्थमा मण्डलीलाई आज दर्शनको अनिवार्य जरुरत छ। हामीलाई परमेश्वरको ताजा दर्शनको खाँचो छ। हामीले प्रभुलाई सर्वोपरि उचाइमा देख्नज खाँचो छ (यशैया ६:१-९)। परमेश्वर आफ्नो पूर्णतामा को हुनुहुन्छ भन्ने कुराको अर्थात् उहाँको सर्वश्रेष्ठताको झलकको हामीलाई खाँचो छ (यशैया ४३:१०-११)। ख्रीष्टलाई उहाँको वास्तविकतामा हामीले जति देख्नल सक्छौं त्यति नै हामी उहाँजस्तै बनिनेछौं (१ यूहन्ना ३:२)। लिखित वचनमा दर्शाइनुभएको ख्रीष्टमाथि हाम्रा आँखाहरूलाई लगाइरहने क्रममा, र येशूलाई निश्चल हेराइले नियालिरहने क्रममा (हिब्रू १२:१-२), हाम्रो जीवन उहाँको रूपमा एउटा महिमादेखि अर्को महिमामा बदली हुँदै जानेछ र यसरी हाम्रो जीवनमा हामीले प्रभुको महिमालाई प्रतिबिम्बित गर्नेछौं (२ कोरिन्थी ३:१८)।

क्यारिज्म्याटिक दर्शनका केही उदाहरण

उदाहरण #१--ओरल रबर्टस् (Oral Roberts)

एक समय ओरल रबर्टस्‌ले आफूले ९००-फुट येशूसित बातचित गरेको दाबी गरे जुन "दर्शन" को कथाले गर्दा उनका अनुयायीहरूबाट लाखौं डलरको अनुदान सङ्कलन भयो जसबाट उनले आफ्नो ६०-तले रोग-अनुसन्धान क्लिनिक र ३०-तले अस्पताल निर्माण गरे। पछि गएर रबर्ट्‌सले आफूले परमेश्वरबाट अर्को सूचना प्राप्ता गरेको दाबी गरे। यस पटक चाहिँ मानिसहरूले ओरल रबर्ट्‌सलाई उनको ८० लाख डलर अनुदान उठाउने दौडानलाई पूरा गर्न ४५ लाख डलर "शीघ्र रकम" उपलब्ध गरियोस् भन्ने परमेश्वरले चाहनुभएको छ भन्ने कुरा आयो। यति रकम उनले नउठाएको खण्डमा परमेश्वरले उनलाई स्वर्गे घरमा झिकाउनुहुने अरे। फ्लोरिडाको घोडे-दौड रङ्घशाला (एक किसिमको जुवाको खेल) का मालिक जेरी कलिन्स्‌ले बल्लतल्ल अन्तिम १३ लाख डलर बुझाएपछि, उनको छुटकाराको दामको मूल्य पूरा भयो, र भविष्यमा यस्तै नयाँ-नयाँ आकर्षक चालबाजीहरू आविष्कार गर्नलाई ओरलको जीवनमा म्याद थपियो।

सेन्ट पिटर्सबर्ग टाइम्स् अनुसार ओरल रबर्टस्‌सित व्यक्तिगत सम्पत्ति नभएको होइन। पाम स्प्रिङ्ग्स्‌मा २८५,००० डलरको घर, बेभर्ली हिल्स्‌मा २४ लाख डलरको घर, टुल्सामा आफ्नो विशिष्ट घर, र प्राय: धनाढ्यहरूसित मात्र हुने ३५,००० डलरको "कन्ट्री क्ल्ब सदस्यता" रबर्टस्‌सित भएको कुरा उक्त पत्रिकाले बताएका छन्।

उदाहरण #२--डा. पर्सी कोलेट (Dr. Percy Collet)

डाक्टर कोलेट, एक चिकित्सक, झण्डै ५० वर्षसम्म दक्षिण अमेरिकाको आमाजोन खाडी (Amazon River Basin) का बासिन्दाहरूका बीच काम गर्नुभयो। १९८२ मा आफू साँढे पाँच दिनसम्म स्वर्गमा लगिएको भन्ने उनको दाबी छ। उनले परमेश्वर पिता, पुत्र पवित्र आत्मा, एलिया, एलिशा, अब्राहाम, मोशा, पावल र अरूसित कुराकानी गरे अरे। उनले पवित्र जनहरूका दरवारहरू र हाल निर्माणाधीन भवनहरूको अवलोकन गरे अरे। उनी शहरको जगभन्दा ७०० माइल माथि रहेको "आफ्नो" दरवारमा लगिए अरे। उनले स्वर्गको प्रत्येक तहको सफर गरे र तिनका विभिन्न विभागहरू र क्रियाकलापहरूको अवलोकन गरे अरे। येशूले उनीसित पृथ्वीमा चाँडै हुन लागेको घटनाहरूको बारेमा कुरा गर्नुभयो अरे—अर्थात् इजकिएल ३८ को युद्ध, र्याप्चसर र हार्मागेडोन (Armageddon) को बारेमा। आफ्नो सेवारत क्षेत्रबाट विदा लिई आफूले देखेका र सुनेका कुराहरूको घोषणा गर्नू भन्ने निर्देशनसहित आफू पृथ्वीमा फिर्ता पठाइए अरे।

एक सय डलरको अनुदान दिएबापत उक्त स्वर्ग-यात्राको भिडियो प्रस्तुति प्राप्त> गर्न सकिन्छ। यस भिडियोको विज्ञापनमा यसरी लेखिएको पाइयो, "डाक्टर कोलेट पावलजस्तै तेश्रो स्वर्गमा उठाइनुभएको थियो। फरक यतिमा छ, पावललाई आफूले देखेका र सुनेका कुराहरू बताउन अनुमति दिइएन तर त्यसको झण्डै २००० वर्ष पछाडि डाक्टर कोलेटलाई भने सो गर्न आदेश दिइयो।" यसलाई २ कोरिन्थी १२:१-१० सित तुलना गर्नुहोस्। स्वर्गको यात्रा गरेको वा स्वर्गको दर्शनहरू देखेको दाबी अरू थुप्रैले गर्दै छन्। सिओल, कोरियाका "संसारको सबभन्दा ठूलो मण्डलीका पास्टर" डाक्टर पावल योङ्गि चो (Dr. Paul Yonggi Cho) ले समेत आफू तेस्रो स्वर्गमा ३ घण्टा बिताएको दाबी गरेका छन्।

१ कोरिन्थी १३:८ र अस्थायी वरदानहरू

१ कोरिन्थी १२:८-११ मा पावलले सूचीकृत गरेका आत्मिक वरदानहरूलाई तीन समूहमा विभाजन गरिएको छ:


अबको पाठमा, पावलले प्रेमको स्थायीत्वको बारेमा चर्चा गर्दा यी मध्ये तीन वरदानहरूलाई पुन: उल्लेख गरेका छन्:

प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ (१ कोरिन्थी १३:८)।

हरेक समूहबाट पावलले एउटा वरदानलाई चुनेका छन्। के एउटा वरदानले पूरै समूहलाई प्रतिनिधित्व गरोस् भनी पावलले चाहेका हुन् त? पवित्रशास्त्रमा प्राय: पूरै भागलाई निम्ति एउटा हिस्साले समेटेको हुन्छ जसलाई “अलङ्कार” भनिन्छ। अघिल्लो अध्याय (१ कोरिन्थी १२ ) मा गरेको जस्तै, सबै वरदानहरूलाई सुचीकृत गर्न समय लगाउनुभन्दा पावलले प्रत्येक समूहको प्रतिनिधित्व गर्ने एउटा वरदानलाई सजिलै उल्लेख गर्ने सक्थे।

यदि यो व्याख्या सहि हुन्छ भने, पावलले कुनै एउटा वरदानको बारेमा भनेको कुरा उक्त समूहका सबै वरदानहरूका निम्ति सत्य ठहरिन्छ। उदाहरणको निम्ति, यदि भाषाहरू बन्द हुने हो भने, निश्चय पनि भाषाहरूका अनुवाद पनि बन्द हुने नै छ। भाषाहरू बन्द भए पछि, अनुवादको पनि कुनै औचित्य रहँदैन। त्यसैले, १ कोरिन्थी १३:८ अनुसार समूह १ र २ का वरदानहरू बितेर (खारेज भएर) जानेछन्, र तेस्रो समूहको वरदानहरू बन्द हुनेछन्। त्यसैले १ कोरिन्थी १२:८-११ का सबै वरदानहरू अस्थायी वरदानहरू भनी मानिलिनुपर्छ।

ज्ञानको र बुद्धिको वरदानहरू नयाँ नियम पूरा हुनुभन्दा अगाडि मण्डलीमा आवश्यक प्रकाश दिनका निमित्त विशेष वरदानहरू थिए (१ कोरिन्थी १३:२ सित तुलना गर्नुहोस्)। कुनै स्थानीय मण्डलीको कल्पना गर्नुहोस् जोचाहिँ आफूलाई अगुवाइ गर्न र नमूना देखाउनको निम्ति नयाँ नियमको शास्त्र बिना नै बाँच्न खोजिरहेको छ! सुरुको मण्डलीको शिशु अवस्थामा ईश्वरीय ज्ञान र बुद्धि अति आवश्यक थियो। आज विश्वासीहरू ईश्वरीय पाइलामा हिँड्नलाई “सबै सत्यता” हरू पूर्ण रूपमा दिइएको बाइबलमा लिखित गरिएका छन् (तुलना गर्नुहोस् यूहन्ना १६:१३)।

दोस्रो समूहमा विभिन्न व्यक्तिगत वरदानहरू थिए—विश्वास, निको पार्ने वरदानहरू, सामर्थ्यको काम गर्ने क्षमता, भविष्यवाणी र आत्माहरू खुट्ट्याउने क्षमता। निश्चय पनि भविष्यवाणीको वरदान बितेर गयो (१ कोरिन्थी १३:८), आत्माहरू खुट्ट्याउने क्षमताको पनि तब उसो कुनै आवश्यकता रहेन। यदि त्यहाँ साँचो भविष्यवक्ताहरू छैनन् भने, झूटोलाई खुट्ट्याउन कुनै पनि क्षमताको खाँचो पर्दैन! साँचो भविष्यवक्ताहरू छैनन् भने, आफूलाई भविष्यवक्ता भनी दाबी गर्ने सबै झूटा भविष्यवक्ता हुनेछन्।

आश्चर्यकर्मका वरदानहरू (निको पार्ने वरदान र आश्चर्य कर्महरू) को अस्थायी गुणलाई हिब्रू २:३-४ मा व्याख्या गरिएको छ:

यदि हामीले यति ठूलो मुक्तिको वास्ता गरेनौं भने हामी कसरी उम्कन्छौं ता? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट शुरु भयो, र उहाँलाई सुन्नेहरूद्वारा हाम्रा निम्ति यो कुरा पुष्टि गरियो; साथै परमेश्वरले पनि आफ्नै इच्छामुताबिक दुवै चिन्ह र अचम्मका कामहरूद्वारा, अनि अनेकौं सामर्थ्यका काम र पवित्र आत्माका दानहरूद्वारा उनीहरूका साथमा गवाही दिनुभयो।

यी चिन्ह र आश्चर्यकर्मका वरदानहरू प्रेरितहरूका वचनहरूलाई आधिकारिता दिन र सुनिश्चिय गर्न दिइएको थियो (तुलना गर्नुहोस मर्कूस १६:१७,२०)।

विश्वासको दानचाहिँ विशेष किसिमको “आश्चर्यकर्म गर्ने सक्ने” विश्वास थियो भन्ने कुरामा अधिकांश बाइबल टिप्पणीकारहरू सहमत छन् (तुलना गर्नुहोस् १ कोरिन्थी १३:२; मत्ती १७:१९-२०; २१:२१)। विश्वासको दान केही विश्वासीहरूमा मात्र हुन्थ्यो, र यो हरेक विश्वासीमा हुने ख्रीष्टिय गुण नै हो भनेर हामी अल्मलिनुहुँदैन (१ कोरिन्थी १३:१३)। “आश्चर्यकर्म गर्ने सक्ने” विश्वासलाई प्रेरित ३ अध्यायमा जन्मकै लङ्गडो मानिसलाई निको पारिएको घटनामा प्रष्ट्याइएको छ:

अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ (प्रेरित ३:१६; तुलना गर्नुहोस् प्रेरित ६:८)।

पत्रुसलाई यस उल्लेखनीय आश्चर्यकर्मको निम्ति ख्रीष्टमाथि भरोसा पर्न यो विशेष किसिमको विश्वासको दान दिइएको थियो!

जब निको पार्ने र आश्चर्यकर्म गर्ने वरदानहरू बन्द भए, “आश्चर्य कर्म गर्ने” विश्वासको विशेष दानको पनि आवश्यकता रहेन। त्यसैले, समूह २ का सबै दानहरू पहिलो शताब्दीको अन्त्यतिर बितेर गएको हुनुपर्छ।

हाम्रो यो पाठको अनुसार, ज्ञान, भाषा र भविष्यवाणीका वरदानहरू (१ कोरिन्थी १३:८) वरदानहरूका तिन ओटै समूहरूका प्रतिनिधिहरू हुन्। यदि यो सत्य हो भने, १ कोरिन्थी १२:८-११ मा सूचीकृत गरिएका नौ ओटै वरदानहरू अस्थायी वरदानहरू थिए र प्रेरितका समयहरूमा ती बन्द भए वा बितेर गए।

१ कोरिन्थी १३ र अस्थायी वरदानहरू

१ कोरिन्थी १३:८-१३ मा पावलका आधारभूत तर्कहरू यस प्रकार छन्:
तीन कुराहरू छन् जो टल्नेछन् (८ पद)। यी कम महत्त्वका कुराहरू हुन्।
तीन कुराहरू छन् जो रहन्छन् (१३ पद)। यी बढी महत्त्वका कुराहरू हुन्।
एउटा कुरा छ जो कहिल्यै टल्दैन (८ पद)। यो सदासर्वदा रहनेछ (१३ पद)। यो सबै भन्दा महत्त्वपूर्ण कुरा हो (१३ पद) र त्यसैले हामी यसको पछि लाग्नुपर्छ (१ कोरिन्थी १४:१)।

टिप्पणी: “ज्ञान” (८ पद) र सामान्य ज्ञानसँग झुक्किनुहुँदैन। यस पदले ज्ञानको विशेष वरदानलाई जनाउँछ (१ कोरिन्थी १२:८ र १३:२ हेर्नुहोस्)। ज्ञानको र बुद्धिको वरदानहरू नयाँ नियम पूरा हुनुभन्दा अगाडि मण्डलीमा आवश्यक प्रकाश दिनका निमित्त विशेष वरदानहरू थिए (१ कोरिन्थी १३:२ सित तुलना गर्नुहोस्)। कुनै स्थानीय मण्डलीको कल्पना गर्नुहोस् जोचाहिँ आफूलाई अगुवाइ गर्न र नमूना देखाउनको निम्ति नयाँ नियमको शास्त्र बिना नै बाँच्न खोजिरहेको छ! सुरुको मण्डलीको शिशु अवस्थामा ईश्वरीय ज्ञान र बुद्धि अति आवश्यक थियो। आज विश्वासीहरू ईश्वरीय पाइलामा हिँड्नलाई “सबै सत्यता” हरू पूर्ण रूपमा दिइएको बाइबलमा लिखित गरिएका छन् (तुलना गर्नुहोस् यूहन्ना १६:१३)।

टिप्पणी: १ कोरिन्थी १३:१० मा “सिद्ध” भनिने शब्दावली छ। यस शब्दलाई बुझ्न नयाँ नियममा यो कसरी प्रयोग गरिएको छ भनी हेर्नुपर्छ।

यसलाई निम्न खण्डहरूमा प्रयोग गरिएको छ: मत्ती ५:४८ (दुईपटक); १९:२१; रोमी १२:२; १ कोरिन्थी २:६; १३:१०; १४:२० (“मानिस”); एफेसी ४:१३; फिलिप्पी ३:१५; कलस्सी १:२८; ४:१२; हिब्रू ५:१४ (“पूरा बढेका”); ९:११; याकूब १:४ (दुईपटक); १:१७,२५; ३:२; १ यूहन्ना ४:८।

यी प्रयोगहरूको आधारमा, यो शब्दले दुई मूल अर्थहरू बोकेको देखिन्छ:

) परिपक्वताको अर्थमा (हेर्नुहोस् विशेषत: १ कोरिन्थी २:६; १४:२०; एफेसी ४:१३; कलस्सी १:२८; ४:१२; हिब्रू ५:१४; याकूब ३:२)। प्राय: यस अर्थलाई बालकको अपरिपक्वतासित तुलना गरिएको छ (हेर्नुहोस् १ कोरिन्थी १३:११; १४:२०; एफेसी ४:१३-१४; हिब्रू ५:१३-१४)।

२) पूर्णताको अर्थमा (हेर्नुहोस् कलस्सी ४:१२; याकूब १:४)।
यो शब्दलाई याकूब १:२५ मा बाइबलको व्याख्या गर्न पनि प्रयोग गरिएको छ भनी हामीले ध्यान दिनुपर्छ—“स्वतन्त्रताको सिद्ध व्यवस्था।”

यस अध्ययन सामाग्रीको अर्को चित्ररेखाले १ कोरिन्थी १३:८-१३ मा पावलको तर्कलाई बुझ्न सहायता गर्नेछ।


यी दुई ढाँचाहरूलाई तुलना गर्नुहोस्।

कुन ढाँचाले बाइबलीय र ऐतिहासिक तथ्यहरूलाई सर्वोत्तम व्याख्या गर्छ?

आधारभूतवादीको दृष्टिकोण
(तीन वरदानहरू अस्थायी हुन्)


      क:- भविष्यवाणी, भाषाहरू र ज्ञानका वरदानहरूको अन्त्य
      ख:- विश्वास र आशाको अन्त्य (जब विश्वासी प्रभुसँग हुनेछ)
      ग:- समयको यस्तो अन्तराल जहाँ भविष्यवाणी, भाषाहरू, ज्ञान हुनेछैनन् तर त्यहाँ विश्वास, आशा र प्रेमचाहिँ हुनेछन्।
समय अन्तरहरूको पहिचान:
  1. प्रेरितहरूको समय (पहिलो शताब्दी) – यस्तो समय जब त्यहाँ भविष्यवाणी, भाषाहरू र ज्ञान हुनेछन्।
  2. वर्तमान समय (पहिलो शताब्दीको अन्त्यदेखि मण्डली उठाइलैजाने समयसम्म), चित्रमा “ग” लाई हेर्नुहोस्।
  3. भविष्यको समय जब विश्वासीहरू प्रभुसँग हुनेछन् (र त्यहाँ विश्वास र आशाको आवश्यकता हुनेछैन)।

क्यारिज्म्याटिकको दृष्टिकोण
(तीन वरदानहरू स्थायी हुन्)


दुई स्पष्ट समयहरूको पहिचान:

१) वर्तमान समय (पेन्टेकोष्ट देखि प्रभुको आगमनसम्म) यस वर्तमान समयमा हामीहरूले भविष्यवाणी, भाषाहरू, ज्ञानको वरदानहरू र साथसाथै विश्वास, आशा, प्रेमका गुणहरूको आपेक्षा गर्न सक्छौं।

२) भविष्यको समय जब विश्वासीहरू प्रभुसँग हुनेछन्। त्यस पश्चात त्यहाँ भविष्यवाणी, भाषाहरू, ज्ञान, विश्वासर र आशाको खाँचो हुनेछैन।

यी दुई दृष्टिकोणहरू (आधारभूतवादी दृष्टिकोण अथवा क्यारिज्म्याटिक दृष्टिकोण) मध्ये कुनचाहिँले १ कोरिन्थी १३:८-१३ का पदहरूलाई उचित व्याख्या गर्दछ?