Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

भाषाहरूको वरदान

यस पृष्ठलाई छाप्नुहोस्

पाठ १४—भाषाहरूको वरदान


यस विवादास्पद वरदानको बारेमा बाइबलले के सिकाउँछ?

१) के तपाईंले पवित्र आत्मा पाउनुभयो?

क्यारिज्म्याटिक व्यक्तिहरूले प्रायः यो प्रश्न् सोध्ने गर्छन्। उनीहरूको यस प्रश्नएको तात्पर्य वास्तवमा यो हो — "के तपाईंले आत्माको बप्तियस्मा पाउनुभयो, अन्य भाषा बोल्ने जस्ता क्यारिज्म्याटिक अनुभव पाउनुभयो?"

हामी त्यस आधारभूत प्रश्न मा नै फर्कौं, "के तपाईंले पवित्र आत्मा पाउनुभयो?" बाइबलले दिने जवाफ के हो त? १ कोरिन्थी ६:१९-२० अनुसार कोरिन्थका सबै विश्वासीहरूभित्र, अँ, शरीरअनुसार हिँड्ने विश्वासीहरू (१ कोरिन्थी ४:१-३) भित्र समेत, पवित्र आत्मा हुनुहुन्थ्यो — "के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर _________________________________________ हो, जो __________ भित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ।" यो प्रस्ट छ, तिनीहरूले जुन घडी मुक्ति पाए त्यही घडी नै उनीहरूले पवित्र पाएका थिए। ख्रीष्टमा हरेक विश्वासको सवालमा यही सत्य हो।

यूहन्ना ७:३८-३९ महत्त्वपूर्ण छ। पवित्र आत्मा पाउने विषयमा त्यहाँ जे भनिएको छ त्यसमा राम्ररी ध्यान दिनुहोस्। विश्वास गर्नेहरू नै पाउनेहरू हुन्। यदि तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईंले पवित्र आत्मा पाइसक्नुभएको छ। तसर्थ, चाबी प्रश्न "के तपाईंले पवित्र आत्मा पाउनुभयो?" भन्ने नभएर "के तपाईंले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो?" भन्ने हो (हेर्नुहोस् यूहन्ना १:१२)। तपाईंसँग ख्रीष्ट हुनुहुन्छ भने तपाईंसँग पवित्र आत्मा पनि हुनुहुन्छ!

२) पवित्र आत्मा तपाईंभित्र वास गर्नुहुन्छ भनेर तपाईं कसरी जान्नुहुन्छ?

क्यारिज्म्याटिक जवाफ:

"पवित्र आत्मा मभित्र वास गर्नुहुन्छ भनेर म कसरी जान्दछु?" क्यारिज्म्याटिक नवीकरण (Charismatic Renewal) को जवाफ छ — "पवित्र आत्माको बप्तिुस्माले अर्थात् एउटा यस्तो शक्तिशाली अनुभवले जसले यसको प्रापकलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनेर विश्वस्त तुल्याउँदछ" (रिचार्ड कबीडो, दि न्यू क्यारिज्म्याटिक्स् प्रथम संस्करण, पृष्ठ २)।

अर्को शब्दमा, "यो साँचो हुनुपर्छ किनकि मैले त्यो अनुभव गरेको छु। ममा त्यो भावना आएकै हो। यो त म आफैले अनुभव गरेको कुरा हो।"

बाइबलीय जवाफ रोमी ८:९ मा पाइन्छ, "तर साँच्चै परमेश्वरका __________ ___________भित्र ___________ गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रीष्टका __________ हुनुहुन्न भने त्यो उहाँको होइन।"

यदि कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो व्यक्ति उहाँको होइन। ऊ ख्रीष्टको होइन। ऊ एक ख्रीष्टियन होइन। यदि म मुक्ति पाएको व्यक्ति हुँ भने मसँग पवित्र आत्मा हुनुहुन्छ। म यो कसरी जान्दछु? म यो जान्दछु, किनभने परमेश्वले सो भन्नुभएको छ। ख्रीष्टमा विश्वास गर्ने प्रत्येकले पवित्र आत्मा पाइसकेका हुन्छन् (यूहन्ना ७:३९)। पावल भन्छन्, "हामी_______ पवित्र आत्मा वास गर्नुहुन्छ" (२ तिमोथी १:१४) अनि यो कुरा परमेश्वरको रगतले किनिएको हरेक जनको सम्बन्धमा साँचो हुन्छ। परमेश्वरको परिभाषा (१ कोरिन्थी ६:१९, रोमी ८:९, यूहन्ना ७:३९ आदि) अनुसार ख्रीष्टियन भनेको त्यो व्यक्ति हो जसभित्र पवित्र आत्माले वास गर्नुहुन्छ अर्थात् जसले पवित्र आत्मा पाइसकेको हुन्छ। विश्वासद्वारा धर्मी ठहरिएको हुनु तर पवित्र आत्मा नपाएको हुनु असम्भव कुरा हो। पवित्र आत्माको प्राप्तिि र उहाँको हामीभित्रको उपस्थिति कुनै आत्मगत (subjective) र शंकास्पद अनुभवमा आधारित छैन। यो त परमेश्वरको वचनको स्पष्ट अभिव्यक्तिहरूमा आधारित छ।

३) मुक्ति पाउनुहुँदा के तपाईंले पवित्र आत्मा पनि पाउनुभयो?

के तपाईंले मुक्ति पूर्ण रूपमा पाउनुभएको छ कि तपाईंले केही कुरा पाउन अझ बाँकी नै छ? परमेश्वरको वचनअनुसार हाम्रो मुक्ति एक पूर्ण मुक्ति हो। जुनबेला तपाईंले विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नुभयो त्यसबेला तपाईंले ख्रीष्टसँगै पाइने सबै कुराहरू प्राप्त गरिसक्नुभयो, जस्तै —

      • तपाईंले पापहरूका पूर्ण क्षमा पाउनुभयो (एफेसी १:७)
      • तपाईं ख्रीष्टको शरीरको एउटा अङ्ग बन्नुभयो (१ कोरिन्थी १२:१३)
      • तपाईं परमेश्वरको परिवारको एउटा सदस्य बन्नुभयो (यूहन्ना १:१२)
      • तपाईंले अनन्त जीवनको वरदान पाउनुभयो (१ यूहन्ना ५:११-१२)
      • अनि अरू थुप्रै कुराहरू पाउनुभयो!!

[निम्न सामग्रीलाई अध्ययन गर्नुहोस्: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु -- २१५ ओटा सत्यताहरू]

हामीले पवित्र आत्मालाई मुक्ति पाएकै घडीमा पाउँछौं कि मुक्ति पाएको केही समय पछि पाउँछौं? रोमी ५:५ मा यसको जवाफ पाइन्छ — "अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन किनभने हामीलाई दिइनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ।" यस पद अनुसार, पवित्र आत्मा हामीलाई कुन घडीमा दिइनुभएको थियो?
___________________________________________ ______________________

हाम्रा क्यारिज्म्याटिक मित्रहरू "फुल गस्पेल" (पूर्ण सुसमाचार) को प्रायः कुरा गर्छन्। उहाँहरूको विचारमा अरूहरूको सुसमाचार अपूर्ण छ — "केवल ख्रीष्ट र क्रूसको प्रचार पर्याप्त) छैन। ख्रीष्टमा सरल रूपमा मुक्ति पाउनु पर्याप्ता होइन। तपाईंहरूलाई अझ अरू कुराको आवश्यकता छ। तपाईंहरूले अन्य भाषा बोल्ने आदि जस्ता पेन्टेकोस्टको अनुभव पाउन खाँचो छ।" तर यस्तो भनाइलाई १ कोरिन्थी २:२ सित तुलना गर्नुहोस्।

जवाफमा हामी भन्छौं, उल्टो क्यारिज्म्याटिकहरूसँग नै पूर्ण मुक्ति नभएको जस्तै देखिन्छ। त्यसमा घटी छ, अभाव छ। त्यसमा केही अति महत्त्वपूर्ण कुराहरू छुटेका देखिन्छन्। तिनीहरू भन्छन्, पवित्र आत्मा नपाइकनै एक व्यक्तिले मुक्ति पाउन सक्छ। मुक्ति पाएर पनि एक व्यक्तिले केही आवश्यक दानहरू नपाएको हुन्छ, अरे।

येशू ख्रीष्टमा पाइने मुक्ति एक पूर्ण र सिद्ध मुक्ति हो। ख्रीष्टलाई ग्रहण गर्दा एउटा व्यक्तिले ख्रीष्टको साथ-साथ पाइने सबै कुराहरू प्राप्त गर्दछ। "उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु्भएन, तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो त कसरी उहाँले उहाँको साथमा ________ _____________ पनि हामीलाई सित्तैमा दिनुहुनेछैन र (रोमी ८:३२)?" ख्रीष्टियन जीवन जिउने चाबी थप वरदान र आशिषहरू पाउन खोज्नु होइन। ख्रीष्टियन जीवनको चाबी त ख्रीष्टमा बढ्दै जानु र उहाँमा हामीलाई सित्तैंमा दिइएका कुराहरू पत्ता लगाउँदै जानु हो। ख्रीष्टियन जीवनको चाबी त हामी ख्रीष्टमा कति धनाढ्य छौं भनेर सिक्नु हो। आत्मिक करोडपतिहरू भएर पनि प्रायः जसो ख्रीष्टियनहरूले सो कुरा जानेका छैनन्।

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई म एउटा चुनौति दिन चाहन्छु — "म एक विश्वासीलाई आवश्यक परेको कुनचाहिँ कुरा छ होला जुन कुरा मैले येशू ख्रीष्टमा पाइसकेको छैन र पाउन बाँकी नै छ? मलाई साँच्चै कुन कुरा आवश्यक छ जुन कुरा मैले ख्रीष्टमा पाइसकेको छैन?"

४) के विश्वासीहरूले "दोस्रो आशिष" को खोजी गर्नुपर्छ?

"हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा __________ आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ" (एफेसी १:३)।

सबै आत्मिक आशिषहरू हाम्रा भइसकेका छन् र ती सब ख्रीष्टमा पाइन्छन्। [यीमध्ये केही आशिषहरूको झलक पाउनलाई पाठकले निम्न सामग्रीलाई अध्ययन गर्न सक्नुहुन्छ: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु -- २१५ ओटा सत्यताहरू] एउटा विश्वासीले यसरी जवाफ दिए, "हजुरचाहिँ केवल दोस्रो आशिषमा पुग्नुभयो? कठै!"

विश्वासीहरू कत्तिको आशिषवान् पारिएका छन्? ख्रीष्ट गरिब बन्नुभयो, उहाँमा हामी धनवान् बन्न सकौं भनेर (२ कोरिन्थी ८:९)। पवलले आत्मिक समस्याहरूले जेलिएका कोरिन्थीहरूलाई यसरी लेख्ना सके, "हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ यसैकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ" (१ कोरिन्थी १:५,७)।

विश्वासीहरूलाई भनिएको छ,

"उहाँमा नै तिमीहरू पूर्ण छौ" (कलस्सी २:१०)। [पाठकले अङ्ग्रेजीमा उपलब्ध Ye are Complete in Him भन्ने अध्ययन पढ्न सक्नुहुन्छ]

यदि हामी ख्रीष्टमा पूर्ण छौं भने हामीमा दोस्रो आशिषको अभाव हुन सक्छ र? बाइबलले रोमी ८:३२ मा परमेश्वरले हामीलाई ख्रीष्टको साथमा सबै कुराहरू सित्तैंमा दिइसक्नुभयो भनेर सिकाउँछ। हाम्रो अभाव दोस्रो आशिषको अनुभवको अभाव होइन तर हामीलाई दिइसकेका परमेश्वरको अनुग्रहको धनलाई अपनाउन सक्ने विश्वासको अभाव हो। हामी आफ्ना सम्पत्तिहरूलाई व्यवहारमा आफ्नो बनाउन चुकिरहेका हुन्छौं।

५) पवित्र आत्मा पाइएको प्रमाण के हो?

आफूले पवित्र आत्मा पाउनुभएको प्रमाण तपाईं कसरी दिनुहुन्छ? हाम्रा क्यारिज्म्याटिक मित्रहरूले आफूहरूले अन्य भाषामा बोलेका ("आत्माको बप्ति्स्मा") कुरालाई पवित्र आत्मा पाएको प्रमाणस्वरूप औंल्याउँछन्।

तर पवित्र शास्त्रले के भन्दछ?

"तर _____________ ________ हो: प्रेम, आनन्द, शान्ति, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम" (गलाती ५:२२)।

यदि तपाईंले पवित्र आत्मा साँच्चै पाउनुभएको छ भने के हामीले तपाईंको जीवनमा आत्माको फल देख्नेल अपेक्षा राख्नश सक्दैनौं? यदि तपाईं आफूलाई स्याउको बोट भएको दाबी गर्नुहुन्छ भने, स्याउ देखाउनुहोस् न त। यदि तपाईंसँग परमेश्वरको पवित्र आत्मा हुनुभएको दाबी गर्नुहुन्छ भने आत्माको फल देखाउनुहोस् न त।

"किनकि परमेश्वरको इच्छा यही हो — तिमीहरूको पवित्रता। तिमीहरू व्यभिचारबाट अलग बस...किनकि परमेश्वरले हामीलाई अशुद्धताका निम्ति होइन, तर __________का निम्ति बोलाउनुभएको छ। यसकारण जसले यस कुरालाई तुच्छ ठान्छ, त्यसले मानिसलाई होइन, तर परेमेश्वरलाई तुच्छ ठान्छ, जसले हामीलाई आफ्ना पवित्र ___________ पनि दिनुभएको छ" (१ थेस्सलोनिकी ४:३,७,८)।

एक व्यक्तिले पवित्र आत्मा पाएको प्रमाण उसको पवित्र जीवनले नै दिन्छ। यदि मैले पवित्र आत्मा साँच्चै पाएको छु भने के मैले पवित्र जीवन बिताउनुपर्ने होइन र? (तुलना गर्नुहोस् २ तिमोथी २:१९ — "ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्।"

"अनि परमेश्वरका ___________ आत्मालाई शोकित नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ" (एफेसी ४:३०)। यदि तपाईंले पवित्र आत्मालाई पाउनुभएको छ र परमेश्वरको सन्तान बन्नुभएको छ भने, आफू प्रभुको अनाज्ञाकारी बन्न पुग्दा र उहाँलाई मन नपर्ने काम गर्न पुग्दा तपाईंलाई कस्तो अनुभव हुन्छ? के तपाईंलाई अप्ठेरो महसुस हुँदैन, दोष महसुस हुँदैन, अशान्ति हुँदैन? २ पत्रुस २:७-८ मा बयान गरिएको धर्मी लूतको अवस्थासित तुलना गर्नुहोस्। विश्वासीभित्र वास गर्नुहुने पवित्र आत्माले विश्वासीलाई आफ्नो शोकित उपस्थितिको महसुस दिलाउने काम गर्नुहुन्छ। पापमय जीवन बिताउने व्यक्ति, जसले आफू पापमय जीवन बिताइरहेछु भनेर जान्दछ र त्यसरी नै जिउन रमाउँदछ र त्यहीअनुसारको पापमय जीवन बिताइरहने अभिप्राय राख्दछ, उसभित्र पवित्र आत्मा हुनुहुन्न। पापमा जिउन उसलाई कुनै अप्ठेरो नलाग्नु नै पवित्र आत्मा उसभित्र उपस्थित हुनुहुन्न भन्ने कुराको प्रमाण हो। [R.Gene Reynolds, Assurance of Salvation, page 73]

६) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?

हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?

"क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको, सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ" ("क्यारिज्म्याटिक रिनुवल", मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।

"विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्नुरहुन्छ:

'पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु...मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'" (द क्यारिज्म्याटिक्स्, पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।

अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।

यी कथित "अन्य भाषाहरू" त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:

"तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भा_________ तिनीहरूलाई बोलिरहेका सुन्यो...अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?" (प्रेरित २:६,८)।

यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने "आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार" (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो "किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो" (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:

"अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: "हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?" (पद ७)।

अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:

तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य

१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्याभउँछन्। मत्ती १:२३ मा "अर्थ" (interpretation) को माने "अनुवाद" हो भनेर देख्नत सकिन्छ (हिब्रूमा "इम्मानुएल" लाई नेपालीमा "परमेश्वर हामीसित" भनेर अनुवाद गरिन्छ)।

हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि "अमेजिङ्ग ग्रेस" शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर "फा ला ला ला ला ला ला ला ला" भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।

निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।

तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य

१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — "तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्दबोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले _____________ ___________ बोल्नु नै म चाहन्छु।" यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा "शब्द" हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती त शब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।

अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकले बाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।

७) के नयाँ नियमका समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?

के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?

१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्नर गरिएको छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन्?" यो यस्तो खाले प्रश्न। हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन् र?" यसको जवाफ हुन्छ, "बोल्दैनन्!" सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ के नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? _______

त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?

८) अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?

त्यस्तो आज्ञा कतै छ त? "पवित्र आत्माले ____________ होओ" (एफेसी ५:१८) भन्ने आज्ञा त छ। "आत्मामा _______" (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: "यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।"

अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:

"[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। 'के भन्ने होला' भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।" [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]

प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:

मार्कस: "'आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।' यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।" [Irenaeus Against Heresies]

आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ? ___________

९) नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?

"म मेरा परमेश्व्रलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा ______ ___________ शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले ______________ शब्द बोल्न नै म चाहन्छु" (१ कोरिन्थी १४:१८-१९)।

गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्। बाइबल अध्ययनमा पनि यही सिद्धान्त लागु हुन्छ। छिट्टो-छिट्टो १० अध्यायहरू पढेर त्यसबाट केही पनि लाभ नहुनु भन्दा त बुझेर आफ्नो जीवनमा लागु गर्दै बरू दुई वा तीन पदहरू पढ्नु नै उत्तम हो।

दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।

१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: "अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।" यस सूचीको अन्त्यमा कुनचाहिँ वरदानको उल्लेख गरिएको छ?_____________________

१०) अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?

क्यारिज्म्याटिक जवाफ:

१) "अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।"

वा,
२) "अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि आजका आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।"

बाइबलीय जवाफ:

"प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती ______________ हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ" (१ कोरिन्थी १३:८)।

अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई रोक्नुहुनेछ। समस्या के छ भने पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले "अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्" भनेनन्। उनले "अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्" भनेनन् वा उनले "अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्" भनेनन्।


पृष्ठ संशोधन मिति: Tuesday 20-Oct-15
WordofTruth.com.np © 2017