- युवा सम्मेलन २०७५ (अडियो)
- मिशन कन्फरेन्स २०७५ (अडियो)
- १ शमूएल १-३ (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - सीजर कि ख्रीष्ट? (अध्याय २)
- प्रकाशको पुस्तकका सात मण्डलीहरू (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - पत्रुस कि चट्टान? (अध्याय १)
- बाइबल कि सपना-दर्शन (योएल २)
- विकृत ईसाई सङ्गीतको आवाज (अडियो)
- असल ख्रीष्टिय सङ्गीतका बाइबलीय सिद्धान्तहरू (अडियो)
किन सबैलाई मुक्तिको खाँचो छ? - भाग १
परिचय
लूका ५:२७-३२
लूका ५:३१ अनुसार कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्छ? ________________________। कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्दैन? ____________________। लूका ५:३२ पढ्नुहोस्। के धर्मीहरूलाई मुक्तिको आवश्यकता छ? ________। कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ? ________________।
येशू किन संसारमा आउनुभयो?
यस प्रश्नको जवाफ निम्नलिखित चारओटा पदहरूले दिन्छन्।
- १ तिमोथी १:१५
"ख्रीष्ट येशू ________________लाई ________ दिनलाई संसारमा आउनुभयो।" - लूका १९:१०
"किनभने मानिसका पुत्र _____________लाई _________ र ________ गर्न आएका हुन्।" - मत्ती १:२१
"र तिमीले उहाँको नाम ________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका ________________बाट ________ गर्नुहुनेछ।" - यूहन्ना ३:१७
"किनभने संसारलाई दोषी ठहराउन (दण्ड दिन) का निम्ति होइन, तर उहाँद्वारा संसारले ________ ____________ भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।"
लूका ५:३२ अनुसार प्रभु येशू संसारमा कस्ता मानिसहरूलाई मुक्त गर्न आउनुभयो? ________________________। धर्मी मानिसहरूलाई मुक्तिको आवश्यकता छैन। तर रोमी ३:१० पढ्नुहोस् त। संसारमा कतिजना मानिसहरू धर्मी छन्? __________________। त्यसकारण कतिजना मानिसहरूलाई मुक्तिको आवश्यकता छ? ________________। लूका ५:३० पढेर सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:
(क) फरिसी तथा शास्त्रीहरू धर्मी मानिसहरू थिए।
(ख) फरिसी तथा शास्त्रीहरू हामी धर्मी छौं भनी सोच्दथे।
लूका १८:९-१४ पढेर निम्न प्रश्नहरूको जवाफ लेख्नुहोस्:
कुनचाहिँ मानिसले आफू धर्मी छु भनेर सोच्थ्यो? ________________। कुनचाहिँ मानिसले आफू पापी छु भनेर स्वीकार गर्यो? _______________________________। कुनचाहिँ मानिसले मुक्ति पायो? ____________________________________। मुक्ति पाउन एउटा मानिसले र्सवप्रथम के महसुस गर्नैपर्छ? ___________________________ ________________________________।
(१) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू पापी छन्
क) भजनसंग्रह १४:१-३ (भजनसंग्रह ५३:१-३ पनि हेर्नुहोस्)
भजनसंग्रह १४:२ अनुसार स्वर्गबाट मानिसका सन्तानलाई कसले हेर्नुभयो? ________________________। पद ३ अनुसार उहाँले कतिजना असल र धर्मी मानिसहरू भेट्टाउनुभयो? ________________________________________। हामीले मानिसको नजरमा धर्मी, असल, दयालु व्यवहार देखाउन सक्छौं। १ शमूएल १६:७ पढ्नुहोस्। के परमेश्वरले मानिसले जस्तै हेर्नुहुन्छ? __________________। "मानिसले ________ हेरेर विचार गर्छ, तर परमप्रभुले ____________ हेरेर विचार गर्नुहुन्छ।" हिब्रू ४:१३ पढ्नुहोस्। के परमेश्वरको दृष्टिबाट हामीले कुनै कुरा लुकाउन सक्छौं? ______________। यसकारण परमेश्वरले हामीलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हामीले आफूलाई हेर्नुपर्छ!
ख) रोमी ३:१०-१८ र रोमी ३:२३
हामीहरू परमेश्वरको नजरमा वास्तवमा कति पापी देखिन्छौं भन्ने कुरा रोमी ३:१०-१८ पढेर थाह गर्न सकिन्छ!
पद १० धर्मीहरू कतिजना छन्? __________________________
पद ११ बुझ्ने र परमेश्वरलाई खोज्ने कतिजना छन्? ___________________
पद १२ असल मानिसहरू कतिजना छन्? __________________________
पद १८ परमेश्वरको डर मान्ने कतिजना छन्? _______________________
हितोपदेश ८:१३ र हितोपदेश ३:७ अनुसार परमेश्वरको डर मान्नु भनेको के हो? ________________________________________________________________। रोमी ३:२३ पढ्नुहोस्। कतिजनाले पाप गरेका छन्? ____________। तीमध्ये तपाईं पनि पर्नुहुन्छ? __________। रोमी ३:२३ को तथ्यको एकमात्र अपवाद को हुनुहुन्छ (१ पत्रुस २:२१-२२ र २ कोरिन्थी ५:२०-२१)? ____________________। (टिप्पणीः लूका १:४६-४७ मा कन्या मरियमले परमेश्वरलाई आफ्नो ________________ भनी स्वीकारिन्। कस्तो व्यक्तिलाई मुक्तिदाताको आवश्यकता पर्छ? ________________। यसर्थ मरियम कस्तो प्रकारकी व्यक्ति थिइन्? ________________। के रोमी ३:२३ ले कन्या मरियमलाई समेट्छ? __________________)।
हामीले रोमी ३:१०-१८ र ३:२३ बाट पाएको शिक्षाअनुसार कतिजना मानिसहरू (पूरुष, महिला, बालक वा बालिका) लाई मुक्तिको खाँचो छ? ________________।
ग) १ राजा ८:४६
पापै नगर्ने मानिस कतिजना छन्? ______________________। "किनकि __________ ____________ मानिस कोही पनि छैन"। यसकारण म ____________________________ (आफ्नै नाम लेख्नुहोस्) समेत पापी छु।
घ) १ यूहन्ना १:८-१०
यी पदहरूमा यूहन्ना विश्वासीहरूलाई लेख्दै छन्। पद ८ अनुसार यदि हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामी कसलाई छल्ने काम गर्र्छौं? ________________। पद १० अनुसार यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी परमेश्वरलाई ________ तुल्याउँछौं (१ यूहन्ना ५:१० पढ्नुहोस्)। जतिखेर हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, त्यतिखेर हामी परमेश्वरलाई ________ तुल्याउँछौं। अर्थात् उहाँले भन्नुभएको कुरालाई विश्वास नगर्दा हामी वास्तवमा परमेश्वरलाई नै झूटो हुनुभएको आरोप लगाइरहेका हुन्छौं! १ यूहन्ना १:८ र १ यूहन्ना १:१० को कुरा विश्वासीहरूको सम्बन्धमा साँचो हो भने (हो पनि), अविश्वासीहरूको सम्बन्धमा पनि के त्यो साँचो हो? ____________।