साँचो विश्वासीका गुणहरू - भाग ५

यस पृष्ठलाई छाप्नुहोस्

हामीले आत्मिक जीवनका नौओटा लक्षणहरू अध्ययन गरिसक्यौं। जसले साँच्चै मुक्ति पाएको छ उसले आफूले मुक्ति पाएको कुरा जानेको हुनुपर्छ र आफूले मुक्ति पाएको कुरा देखाउनु पर्छ। उसको जीवनले आफ्नो उदेकको मुक्तिदाता, प्रभु येशू ख्रीष्टलाई प्रस्टै दर्शाउनुपर्छ। परमेश्वरको सन्तान भएको हुनाले उसको जीवन प्रभुलाई नचिन्नेहरूको भन्दा बिलकुलै फरक हुनु आवश्यक छ (हेर्नू: १ थेस्सलोनिकी ४:५)। यदि मसँग परमेश्वरको जीवन साँच्चै छ भने त्यो जीवन देखिनुपर्छ। "कोही _________मा छ भने ऊ एउटा ________ ________ हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू ________ भएका छन् (२ कोरिन्थी ५:१७)। निम्न जोडाउने अभ्यासले यस विषयमा हाम्रो यहाँसम्मको अध्ययनलाई पुनःसम्झना गर्नलाई मद्दत गर्नेछ:



एउटा साँचो विश्वासीको जीवनमा ती गुणहरू हुनु आवश्यक छ। यदि तपाईं साँच्चै परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईंले सो कुरा देखाउनुपर्छ र सो अनुसार जिउनुपर्छ। परिवारको स्वरुप तपाईंको जीवनमा झल्किनुपर्छ (१ यूहन्ना ३:९ -१०)। कसैले भनेझैं तपाईं एक ख्रीष्टियन हुनुभएको अभियोगमा पक्राउ पर्नुभएको खण्डमा सोअनुसार तपाईंलाई दोषी सावित गराउन पर्याप्‍त प्रमाण भेटिएला? प्रमाणस्वरुप, धेरै पढेर पुरानो भएको बाइबल प्रकट गर्न सकिएला? तपाईंले आफ्नो प्रभुको बारेमा बताउनुभयो भनी गवाही दिने साक्षीहरू झिकाउन सकिएला? तपाईं एक सक्रिय, स्वस्थ, विश्वासयोग्य, सेवारत विश्वासी र ख्रीष्टलाई आदर गर्ने एक बाइबलीय, स्थानीय मण्डलीका सदस्य हुनुहुन्छ भनी गवाही दिने पास्टर भेटिएला?

यदि उपर्युक्त कुराहरू तपाईंको जीवनमा भेटिँदैनन् भने, यसले तपाईंको जीवनमा गम्भीर आत्मिक समस्या छ भन्ने देखाउँछ। यसको मतलब, हामीले पाठ १७ मा भनेझैं, दुइटामा एउटा साँचो हुनुपर्छः १) तपाईं आत्मिकरूपमा रोगी हुनुहुन्छ। अर्थात्, तपाईं साँचो विश्वासी भएर पनि ज्यादै शारीरिक हुनुहुन्छ अनि पछाडि हटेको अवस्थामा हुनहुन्छ (१ कोरिन्थी ३:१-४)। तपाईं परमेश्वरसित फेरि ठीक हुनु आवश्यक छ। २) तपाईं आत्मिकरूपमा मरेको हुनुहुन्छ। अर्थात्, तपाईं एक साँचो विश्वासी हुनुहुन्न, तपाईंसित परमेश्वरको जीवन छैन। तपाईंले आफूले मुक्ति पाएको दाबी गर्नुहुन्छ, तरैपनि मुक्तिको भागी बन्नुभएको छैन। तपाईंलाई हामी यो आग्रह गर्दर्छौं, तपाईं आफ्नो पास्टर अथवा कुनै परिपक्व ख्रीष्टियनको मदत लिनुहोस् जसले तपाईंलाई सही आत्मिक परामर्श र मदत दिनसक्नुहुन्छ। यो बुझ्नुहोस्, अरु कुनै पनि कुरा ख्रीष्टसँगको तपाईंको सम्बन्ध जत्तिको महत्त्वपूर्ण छैन। यसकारण एक मात्र सत्य परमेश्वरसँग एक वास्तविक, ठीक, स्वस्थ र सुखी सम्बन्ध प्राप्‍त गर्नका लागि तपाईंले जे गर्न आवश्यक छ त्यो तपाईंले गर्नै पर्दछ।

१०. एउट साँचो विश्वासी अन्तसम्मै विश्वासमा लागिरहन्छ (हिब्रू ३:६,१४)

जीवनको लक्षणहरूमध्ये अब अर्को एउटा लक्षणलाई अध्ययन गर्न लागिरहेका छौं -- त्यो हो, विश्वासीको विश्वासको निरन्तरता। एउटा साँचो विश्वासीलाई पापसँग लड्नुपर्ने हुन्छ अनि ऊ धेरै हिसाबले लड्न सक्छ। दुःखको कुरा, ऊ लामो समयसम्म प्रभुको सङ्गतिमा नहिँड्न सक्छ (तर हामीले चाँडोभन्दा चाँडो हाम्रा पापहरू परमेश्वरका सामु स्वीकार गर्नुपर्छ - १ यूहन्ना १:९)। तर, एउटा साँचो विश्वासीले ख्रीष्टलाई विश्वास गर्न छाड्न सक्दैन। ऊ विश्वासलाई त्यागेर सत्यत्यागी (apostate) बन्न सक्दैन। ऊ "विश्वासको जहाज" को भुइँमा बेसरी लड्नु सम्भव छ, तरैपनि ऊ जहाजलाई छोडेर बाहिर पानीमा डुब्न भने पुग्दैन, न ता उसले जहाजलाई परित्याग नै गर्नेछ। ऊ पत्रुसजस्तै विश्वासमा नराम्रो गरी चुक्न सक्छ, तरैपनि आखिरमा उसको विश्वास भने टुट्नेछैन (लूका २२:३२)। ऊ विश्वासी हुन छाड्नेछैन्!

१. अनन्त सुरक्षाको माने साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित रहन्छ भन्ने हो। अनन्त सुरक्षाको शिक्षा हिब्रूको पुस्तकमा प्रस्टै सिकाइएको छ। ख्रीष्टमा रहेको हाम्रो अनन्त सुरक्षाको बारेमा निम्न सत्यताहरू सिकाउने पदहरू हिब्रूको पुस्तकमा भेट्टाउनुहोस् (अध्याय दिइएको छ, पद तपाईंले भेट्टाउनुपर्छ):

हिब्रू ५:____ मुक्ति अनन्तका लागि हो ("अनन्त मुक्ति")

हिब्रू ७:____ परमेश्वरले पूर्ण रूपमा मुक्त गर्न सक्नुहुन्छ

हिब्रू ७:____ ख्रीष्टले आफ्नाहरूका निम्ति अन्तर्बिन्ती गर्न कहिल्यै छाड्नुहुन्न।

हिब्रू ९:____ हाम्रो छुटकारा अनन्तका लागि हो ("अनन्त छुटकारा")

हिब्रू ९:____ हाम्रो हक अनन्तका लागि हो ("अनन्त हक")

हिब्रू ९:____ ख्रीष्ट हाम्रा निम्ति (आफ्ना सन्तानका खातिर) परमेश्वरका सामु देखा पर्नुहुन्छ

हिब्रू १०:____ ख्रीष्टले आफ्ना पवित्र जनहरूलाई अनन्तका लागि सिद्घ पार्नुभएको छ ("सदाका निम्ति सिद्घ")

हिब्रू १२:____ परमेश्वर आफ्ना सन्तानहरूलाई ताडना दिने काम गर्नुहुन्छ (दोषी ठहराउने काम होइन)।

हिब्रू १३:____ ख्रीष्टले हामीलाई कहिल्यै छाड्नुहुनेछैन, उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन!

के हिब्रूको पुस्तकका लेखकले साँचो विश्वासी ख्रीष्टमा अनन्तका लागि सुरक्षित रहन्छ भनी सिकाउँछन्? ____________________।

२. हिब्रू ३:६

आज ख्रीष्टको घर भन्नाले के बुझिन्छ (१ तिमोथी ३:१५ र मत्ती १६:१८)? ______________। ख्रीष्ट नै यस घरको निर्माता र शिर हुनुहुन्छ। आज ख्रीष्टको घर भन्नाले को बुझिन्छ (हिब्रू ३:६)? ________________________। यदि एक व्यक्तिले "यस भरोसा र आशाको आनन्दलाई अनन्तसम्म बलियो गरी" पक्रिराख्दैन भने यसले के प्रमाणित गर्छ? ________________________________________________ ______________________। कुनै भवन निर्माण वा मर्मत गरिँदा भवनको वरिपरि खडा गरिने खटलाई विचार गर्नुहोस्। खट केवल एक अस्थायी जडान हो। त्यो वास्तवमा भवनकै भाग होइन। त्यसैले पछिबाट खटलाई हटाइन्छ, त्यसलाई भवनसँगै जोडेर राखिन्न। यदि एक व्यक्ति साँच्चै ख्रीष्टको घरको भाग हो भने, हिब्रू ३:६ अनुसार उक्त व्यक्तिले के गर्नेछ? __________________________________________________________ _________________________________________________________________ _______________।

३. हिब्रू ३:१४

"भएका छौं" -- व्याकरणमा यसलाई पूर्णकालिक क्रियापद भनिन्छ। यसको तात्पर्य हामी ख्रीष्टका भागीदारहरू भएका छौं जसको परिणामस्वरुप हामी अहिले पनि ख्रीष्टका भागीदारहरू भइराखेका छौं। "भागीदार" भनेको साझेदार हो जो कसैसँग एउटै कुरामा सहभागी हुन्छ, सम्मिलित हुन्छ। साँचो विश्वासी ख्रीष्टको भागीदार हो। ऊ ख्रीष्टको जीवनको सहभागी बनेको छ। ऊ ख्रीष्टसँग अचम्म रीतिले एक बनेको छ। कतिजना विश्वासीहरू ख्रीष्टको जीवनका भागीदारहरू भएका छन् (हिब्रू ३:१४), अर्थात् कतिजना विश्वासीहरूसँग ख्रीष्ट हुनुहुन्छ र कतिजना उहाँको जीवनको सहभागी बनेका छन् (हेर्नुहोस् १ यूहन्ना ५:१२; यूहन्ना ६:४७)? ____________। तपाईं कहिले ख्रीष्टको भागीदार बन्नुभयो? जुन घडी मैले ______________________। के ख्रीष्टको साँचो "भागीदारी" लाई कहिल्यै ख्रीष्टको भागीदार हुनबाट अलग्ग्याइनेछ (दाँज्नुहोस् फिलिप्पी १:६; १ पत्रुस १:५; रोमी ८:३८-३९ इत्यादि)? ____________________। यदि कोही साँच्चै ख्रीष्टको भागीदार भएको छ भने उसले के गर्नेछ (हिब्रू ३:१४)? ________________________ __________________। "पक्रिराख्यौं भने" भनेर हिब्रू ३:६ मा उल्लेख छ। यदि कसैले आफ्नो भरोसाको शुरूलाई अन्तसम्म बलियो गरी पक्रिराख्दैन भने (हेर्नुहोस्, हिब्रू ३:१४) यो प्रमाणित हुन्छ कि ऊ कहिल्यै साँचो गरी ख्रीष्टको भा____________ भएकै थिएन। ऊ एक अस्थायी जडान मात्र थियो।

४. १ कोरिन्थी १५:२

हिब्रू ३:६ र ३:१४ मा प्रयोग भएकै शब्द यहाँ प्रयोग भएको छ। यदि एक व्यक्तिले पावलले प्रचार गरेको सुसमाचारलाई बलियो गरी पक्रेन भने यसबाट यो बुझिन्छ, उसले मु____ पाएको रहेनछ। अर्को शब्दमा भन्दा, त्यो व्यक्तिले आफ्नो ________ ________________________ विश्वास गरेन (हेर्नुहोस्, हिब्रू १०:३९), तर उसले __________मा विश्वास गर्‍यो (हेर्नुहोस्, १ कोरिन्थी १५:२)। के साँचो (सक्कली) विश्वास र व्यर्थैमा गरिएको विश्वासमा भिन्नता हुन्छ? __________। एक व्यक्तिसँग साँचो विश्वास छ भने उसलाई ____________ गरिएको सुसमाचार उसले बलियो गरी पक्रेको हुन्छ। मुक्ति पाएको बीस-तीस वर्षपछि पनि एक साँचो विश्वासीले यसरी भन्नेछ भनी हामी निश्चित हुन सक्छौं, "म अहिलेसम्म पनि येशू ख्रीष्टमा भरोसा गर्दै छु जो मेरा निम्ति मर्नुभयो र बौरनुभयो।" आफ्नो मृत्युशैयामा पनि उसले भन्नेछ, "मेरो पूर्ण धार्मिकता -- केवल येशूको रगतमा!" तर उसले अन्य नै कुरा वा व्यक्तिमाथि भरोसा गर्दै छ भने त्यो त गम्भीर समस्या हो।

५. कलस्सी १:२२-२३

ठीक कि बेठीकः __________ परमेश्वरले प्रत्येक विश्वासीलाई आफ्ना सामु पवित्र, निष्कलङ्क र निर्दोष उपस्थित गराउनुहुनेछ। (कलस्सी १:२२-२३; हेर्नुहोस्, यहूदा २४-२५)। यदि एक व्यक्ति विश्वासमा लागिरहेन भने (हेर्नुहोस् कलस्सी १:२३) यसले के देखाउँछ (सही जवाफलाई चिन्ह लगाउनुहोस्):

(क) विश्वासीले आफ्नो मुक्ति गुमाउन सक्ने रहेछ।

(ख) विश्वासीलाई परमेश्वरले लोट्नदेखि बचाउन सक्नुहुन्न रहेछ।

(ग) उक्त व्यक्ति वास्तवमा साँचो विश्वासी नै थिएन (केवल एक अस्थायी जडान मात्र थियो); फलस्वरूप ऊ विश्वासमा लागिरहेन।

(घ) उक्त व्यक्ति पवित्र जन हुन छाडेको रहेछ।

विश्वासमा लागिरहनु नै साँचो विश्वासीको एक लक्षण हो। निश्चय नै त्यस्ता घडीहरू हुन्छन् जब हामी ढलपल हुन्छौं, धरमराउँछौं, बाटो बिराउँछौं। पत्रुसलाई याद गर्नुहोस् जसले आफ्नो प्रभुलाई तीन पटक इन्कार गरे। तर प्रभुले उनको विश्वास ________________ भनी पत्रुसका निम्ति प्रार्थना गर्नुभयो (लूका २२:३१-३२)। पत्रुसको विश्वास ढलपल भएकै थियो तर उनी पुनः ठीक अवस्थामा फर्के र अन्तत: उनको विश्वास टुटेन। उनी आफ्नो जीवनको अन्तसम्म एक विश्वासयोग्य विश्वासी भइरहे। यसको अर्थ यो होइन, विश्वासीहरूले आफैलाई सुरक्षित राख्‍नुपर्छ र पर्याप्‍त शक्ति र भक्ति हुने विश्वासी मात्रै स्वर्गको योग्य हुनेछन्। पत्रुसले समेत जान्दथे विश्वासीहरू "परमेश्वरको ________ले" सुरक्षित छन् (१ पत्रुस १:५)। विश्वासीहरू विश्वासमा लागिरहनुको कारण यो हो, परमेश्वरले आफ्ना विश्वासीहरूलाई विश्वासयोग्य राख्‍नुहुन्छ। यद्यपि उहाँलाई सधैं नै बलियो गरी पक्रनुपर्ने हाम्रो कर्तव्य हो, तरैपनि उहाँलाई हामीले बलियो गरी पक्रन सकेको कारणले होइन तर उहाँले हामीलाई बलियो गरी पक्रनुभएको कारणले हामी सुरक्षित हुन्छौं (हेर्नुहोस्, यूहन्ना १०:२८-२९)।

६. लूका ८:६,१३

ढुङ्गेनी जमीनमा खसेको र असल जमीनमा खसेको बीउमा एउटा कुन कुरा उस्तै देखिन्छ (पद ६ र ८ लाई तुलना गर्नुहोस्)? ______________________________________________________।

ढुङ्गेनी जमीन (पद ६) असल जमीन (पद ८)

बाटोमा हिँड्दै गर्दा तपाईंले बढ्दै गरेका मकैका दुइटा विरूवालाई माथिको चित्रमा जस्तै देख्‍नुभयो। शुरुमा ती दुईबीच तपाईंले कुनै भिन्नता पाउनुहुन्छ? ____________________। भिन्नता देख्‍न सक्नलाई कुन कुराको आवश्यकता पर्छ (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

(क) वर्षातको आवश्यकता पर्छ (ग) मलको आवश्यकता पर्छ

(ख) समयको आवश्यकता पर्छ

विश्वासी हुँ भनी दाबी गर्नेहरूको सम्बन्धमा पनि यही कुराको आवश्यकता पर्दछ। शुरुमा तिनीहरूले वचन कसरी ग्रहण गर्दछन् (हेर्नुहोस्, पद १३)? ________________________। के तिनीहरू अन्तसम्मै परमेश्वरको वचन ग्रहण गरिरहन्छन्? __________________________। तिनीहरू कति समयका निम्ति विश्वास गर्छन् (पद १३)? ______________________________। के यो साँचो विश्वास हो कि केवल अस्थायी विश्वास हो? ______________। समस्याहरूको ओइरो लाग्दा यी भनाउँदा विश्वासीहरू के गर्छन्? __________________। के तिनीहरू गहिरो जरा हालेर, स्थिर भएर विश्वासमा लागिरहन्छन् (दाँज्नुहोस्, कलस्सी १:२३)? __________________________। तिनीहरूले "व्यर्थैमा विश्वास गरे" (१ कोरिन्थी १५:२) भनेर भन्न मिल्छ? __________। तिनीहरूसँग गहिरो जराको अभाव रहेछ!

लूका ८:१५ पढ्नुहोस्। असल जमीनकाहरूले वचन सुन्ने मात्र गर्दैनन् तर वचन सुनेर त्यसलाई ______________राख्छन् पनि। "सम्हालिराख्‍नु" भन्ने शब्द ग्रीकमा "काटेखो" हो जसलाई हिब्रू ३:६, हिब्रू ३:१४ र १ कोरिन्थी १५:२ मा "बलियो गरी पक्रनु" भनी अनुवाद गरिएको छ। साँचो विश्वासीले परमेश्वरको वचन सुन्दछ र त्यसलाई सम्हालिराख्छ (अन्तसम्म त्यस वचनलाई बलियो गरी पक्रिराख्छ) जसरी कोरिन्थका विश्वासीहरूले पनि पावलले उनीहरूलाई प्रचार गरेका सुसमाचारलाई बलियो गरी पक्रिराखे (१ कोरिन्थी १५:२)।

यूहन्ना ३:३६ (लगायत अरू थुप्रै अरु पदहरूमा) "विश्वास गर्दछ" भन्ने क्रियापद वर्तमान कालीन क्रियापद हो जसले क्रियाको निरन्तरतालाई सङ्केत दिन्छः "जसले पुत्रमाथि विश्वास गर्दछ (विश्वास गरिरहन्छ), ऊसँग अनन्त जीवन हुन्छ।" यस पदको आधारमा निम्नमध्येका सही जवाफहरूमा चिन्ह लगाउनुहोस्:

(क) यदि एउटा साँचो विश्वासीले विश्वास गरिरहँदैन भने उसले आफ्नो मुक्ति गुमाउनेछ (हेर्नुहोस् यूहन्ना १०:२८)।

(ख) एउटा साँचो विश्वासीले विश्वास गरिरहनेछ। साँचो विश्वासी कहिल्यै विश्वासी हुन छाड्दैन। साँचो विश्वासी कहिल्यै अविश्वासी बन्दैन (यद्यपि आफ्नो दिन-दिनको हिँडाइमा परमेश्वरमाथि भरोसा राख्‍न ऊ कतिपटक चुक्ला)। एक साँचो पवित्र जन ख्रीष्टमा विश्वास गरिरहन्छ।

(ग) एउटा साँचो विश्वासीले ख्रीष्टलाई पक्रन्छ र पक्रेर उहाँलाई कहिल्यै छाड्दैन। ऊ जीवित परमेश्वरसित सदाका लागि लङ्गरले झैं पक्का गरी बाँधिएको हुन्छ (हिब्रू ६:१९)।

(घ) मुक्ति पाएको दिनदेखि बाचुञ्जेल एउटा साँचो विश्वासीले ख्रीष्टलाई आफ्नो मुक्तिदाता, परमेश्वरलाई आफ्नो पिता, पवित्र आत्मालाई आफ्नो शान्तिदाता र स्वर्गलाई आफ्नो घर भनेर स्वीकार गर्दछ। कहिलेकाहीँ ऊ आत्मिक रूपमा अस्वस्थ होला, शारीरिक भएर पनि हिँड्ला, तर आफ्नो मुक्तिदाता को हुन् भनेर उसले बताउन सकेकै हुन्छ। उसको आशा केवल येशूको रगत र उहाँको धार्मिकतामै रहेको हुन्छ।

के लूका ८:१३ मा बयान गरिएका व्यक्तिहरू विश्वास गरिरहनेहरू हुन्? ________________________। के तिनीहरू साँचा विश्वासीहरू हुन्? ________________। के साँचो विश्वासी अनन्त विनाशतिर मोडिने गरी विश्वासदेखि पछि हट्ने गर्छन् (हिब्रू १०:३९)? ______________________। हिब्रूको पुस्तकका लेखकको भनाइ सबै साँचा विश्वासीहरूका निम्ति साँचो छ, "तर हामी तिनीहरूमध्येका ____________, जो ________ हुनलाई ________ ________________" (हिब्रू १०:३९) तर बरु, साँचो पवित्र जन त्यो हो जसले आफ्नो "________ ________________लाई विश्वास गर्छ।" लूका ८:१५ को "धैर्य" (हिन्दीमा धीरज) शब्दको माने संकष्ट र जीवनमा आइपर्ने परीक्षाका चेपमा पर्दा पनि "सहने क्षमता" भन्ने हो। ____________ जमीनले मात्रै वचनलाई बलियो गरी पक्रिराखेको र अन्तसम्म धैर्यता राखेको छ। यसले हामीलाई अब सातौं बुँदामा ल्याउँछ जुन तल प्रस्तुत छ।

७. मत्ती २४:१३ (दाँज्नुहोस् मत्ती १०:२२)

के भविष्यवाणीमा उल्लेखित संकष्टकाल (Tribulation Period) परमेश्वरका साँचा पवित्र जनहरूका निम्ति कठिन जाँच र भयानक परीक्षाको समय हुनेछ (मत्ती २४:२१-२२)? ____________। त्यत्रो कठीनाइ आइपर्दा साँचो गरी विश्वास नगरेकालाई के हनेछ (लूका ८:१३)? __________________________________। तपाईंको सङ्गति मण्डलीमाथि अग्निरुपी सतावट आइपर्‍यो भने साँचा विश्वासी को-को रहेछन् भनी प्रकट हुनेछ होला? ____________। सतावटको परिस्थितिमा मण्डली सभाहरूमा उपस्थिति संख्या घट्नेछ होला (यदि जीउ-ज्यानकै खतरा छ भने)? ____________। संकष्टको समयमा कसैले अन्तसम्म सहने काम (उही शब्द लूका ८:१५ मा "धैर्य" भनिएको छ) गरेन भने यसले के प्रमाणित गर्छ (मत्ती २४:१३)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:

(क) उसको पछि-हटाइले उसले आफ्नो मुक्ति गुमाएको प्रमाणित गर्‍यो।

(ख) उसको पछि-हटाइले उसले कहिल्यै मुक्ति नपाएको प्रमाणित गर्‍यो।

जो साँच्चै नै पवित्र जनहरू हुन् उक्त संकष्टको समयमा उनीहरूले के गर्नेछन् (मत्ती २४:१३)? __________ __________________________________________________________। ठीक कि बेठीक छुट्ट्याउनुहोस्:

__________ संकष्टकाल (Tribulation Period) मा एउटा मुक्ति नपाएको व्यक्तिले मुक्ति पाउनका निम्ति अन्तसम्म सहनुपर्छ (हेर्नुहोस्, प्रेरित १६:३०?३१)।

__________ संकष्टकालमा मुक्ति पाएको व्यक्ति अन्तसम्म सहन्छ।

__________ संकष्टकालमा मुक्ति पाएको व्यक्ति परमेश्वरको शक्तिले बचाइएकोले र सुरक्षित राखिएकोले नै अन्तसम्म सहन सक्नेछ।

__________ संकष्टकालमा विश्वासी हुँ भनी दाबी मात्र गर्ने व्यक्ति अन्तसम्म सहँदैन; ख्रीष्टविरोधीको चिन्हलाई ग्रहण गर्ने काम गरीकन उसले ख्रीष्टविरोधीलाई स्वीकार गर्नेछ र फलस्वरूप उसको दाबी झूटा सावित हुन्छ।

याद राख्‍नुहोस्, अन्तसम्म सहने काम मुक्ति पाउनलाई गरिने काम होइन तर एउटा मुक्ति पाएको व्यक्तिले गर्ने काम हो। अर्थात्, यो मुक्तिको एउटा प्रमाण हो, कारक होइन।

८. विश्वासको जहाजको चित्रण (प्रेरित २७:२२-२५,३१,४४)

प्रेरित २७ मा पावल लगायत अन्य यात्रुहरू एउटा पानी जहाजमा यात्रा गर्दै जाँदा एउटा आँधी आइपरेको घटनाको विवरण पढ्दछौं। आँधीबेरी यति डरलाग्दो थियो कि बाँच्ने कुनै आशा थिएन। तर परमेश्वरको योजना अर्कै थियो जसअनुसार जहाजका कतिजना मल्लाहहरू नष्ट हुनेवाला थिए (प्रेरित २७:२२)? ________________________। कतिजना बचाइनेवाला थिए (प्रेरित २७:२४)? ________। सो कुरा कसले भनेका थिए (प्रेरित २७:२५)? ____________________। जहाज चढ्ने सबैको सुरक्षाको "ग्यारेण्टी" को प्रतिज्ञा परमेश्वरले दिनुभएको थियो तरैपनि, पद ३१ मा पावलले उनीहरूलाई जहाजमा र________लाई चेताउनी दिन्छन्। उक्त चेताउनी आवश्यक थियो किनकि पद ३० मा हामी देख्‍छौं कि जहाजका मल्लाहहरू जहाजलाई त्याग्नै लागिसकेका थिए। यदि जहाजलाई त्यागेका भए तिनीहरू बचाइन्थे (पद ३१)? ____________________। के तिनीहरू सबै नै पावलको निर्देशन (पद ३१) बमोजिम जहाजमै रहिरहे? ______________। के तिनीहरू सबै नै बचाइए (पद ४४)? ________________।

आज विश्वासीहरू पनि विश्वासको जहाजमा यात्रा गर्दै छन् (यूहन्ना ६:४७; प्रेरित १६:३१)। के तीमध्ये कुनै विश्वासी नष्ट हुनेछन् (यूहन्ना १०:२८-३०)?________________। सो कसले भनेका हुन्? ____________________। यद्यपि सबै साँचा विश्वासीहरूको सुरक्षाको "ग्यारेण्टी" परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, तरैपनि परमेश्वरले विश्वासीहरूलाई होसियार रहन कडा चेताउनीहरू दिनुहुन्छ ताकि उनीहरू जीवित परमेश्वरदेखि टाढा नजाऊन् र उनीहरूमा अविश्वासको खराब हृदय नहोओस् (हिब्रू ३:१२)। परमेश्वरले विश्वासीहरूलाई जहाजमा रहनलाई हौसला दिनुहुन्छ (हेर्नुहोस्, कलस्सी १:२३ -- "विश्वासमा ____________________ भने"; प्रेरित १३:४३( "परमेश्वरको अनुग्रहमा ________________________"; प्रेरित १४:२२("विश्वासमा ______________________")

पावलको चेताउनी मल्लाहहरूलाई बचाइराख्‍ने परमेश्वरको एउटा माध्यम थियो। त्यस्तै गरी परमेश्वरका थुप्रै चेताउनीहरू (जस्तै, हिब्रू ३:६,१२,१४; १ कोरिन्थी १५:२; हिब्रू १०:३८ आदि) विश्वासीजनलाई ख्रीष्टमा अनन्तसम्म सुरक्षित राख्‍ने परमेश्वरका माध्यम हुन्। त्यस्तै गरी बाबुआमाले आफ्ना प्रिय छोराछोरीलाई सडकमा निस्कँदा आइपर्न सक्ने खतराका बारेमा कडा चेताउनी दिन सक्छन्। ती चेताउनीका लक्ष्य आफ्नो बाबु वा नानीलाई सुरक्षित राख्‍नु हो। बाबुआमाले नानीलाई सान्त्वना दिँदै फेरी यसो भन्न सक्छन्, "तिमी सडकमा गएनौं भने अझ सडकको नजिक समेत गएनौ भने तिमीलाई गाडीले किच्नेछैन।" तर "तिमीलाई गाडीले किच्नेछैन त्यसैले तिमी जतासुकै जाऊ" भन्नु त मूर्खतापूर्ण हुन्छ। त्यस्तै गरी परमेश्वरले यसरी कहिल्यै भन्नुहुन्न, "तिमीले मुक्ति पाएकोले र तिमी अनन्तसम्म सुरक्षित भएकोले तिमीले जस्तोसुकै जीवन बिताए पनि हुन्छ अनि तिमीले चाह्यौ भने ख्रीष्टलाई परित्याग गर्न र विश्वासलाई परित्याग गर्न पनि सक्छौ।"

 

प्ररित २७ को उदाहरणलाई फेरि विचार गरौं। मल्लाहहरूलाई वास्तवमा कसले सुरक्षित राखेका हुन् (ठीक जवाफलाई चिन्ह लगाउनुहोस्):

(क) मल्लाहहरूले आफैलाई सुरक्षित राखेका हुन् किनकि तिनीहरू जहाजमै रहिरहे (पद ३१)।

(ख) परमेश्वरले मल्लाहहरूलाई सुरक्षित राख्‍नुभएको हो (पद २४)।

अब यस चित्रणको साथसाथै विश्वासीको सम्बन्धमा विचार गर्नुहोस् र ठीक जवाफलाई चिन्ह लगाउनुहोस्:

(क) विश्वासमा लागिरहेर एउटा विश्वासीले आफूलाई ख्रीष्टमा सुरक्षित राख्दछ।

(ख) परमेश्वरले विश्वासीलाई ख्रीष्टमा सुरक्षित राख्‍नुहुन्छ (१ पत्रुस १:५; यूहन्ना १७:१२)।

ठीक कि बेठीकः

__________ साँचो विश्वासीलाई जहाजको यात्रुसँग दाँज्न सकिन्छ। जहाजको तलामा ऊ घरीघरी पछारिए तापनि ऊ जहाजमै रहन्छ, पानीमा खस्दैन, डुब्दैन।

__________ यहूदाको लोटाइ (ख्रीष्टलाई धोका दिने काम) प्राणघातक थियो। ऊ कहिल्यै साँचो विश्वासी थिएन भन्ने कुरा त्यसैबाट प्रकट भयो।

__________ पत्रुसको लोटाइ (ख्रीष्टलाई इन्कार गर्ने काम) प्राणघातक थियो। ऊ कहिल्यै साँचो विश्वासी थिएन भन्ने कुरा त्यसैबाट प्रकट भयो।

पत्रुस जहाजको तलामा बेसरी पछारिए, तर के उनी उठे (लूका २२:३१-३२)? ________। के परमेश्वरले हामीलाई बिनाविश्वास नै सुरक्षित राख्‍नुहुन्छ (चाहे हामी उहाँमाथि विश्वास गरिराखौं वा नराखौं) कि विश्वासद्वारा सुरक्षित राख्‍नुहुन्छ (१ पत्रुस १:५)? ____________________________________________। परमेश्वरले हामीलाई विश्वासयोग्य बनाइ राख्‍नुहुन्छ!

९. यूहन्ना १०:२७-३० ( पद २८-३० मा दिइएका प्रतिज्ञाहरूलाई कसले मात्र दाबी गर्न सक्छन् (पद २७ मा हेर्नुहोस्)? ____________________________। पद २७ अनुसार साँचो भेडाले दुइटा काम गर्दछः १)______________________________________________ २) ________________________________________________। कसैले परमेश्वरको वचनलाई सुन्दैन भने र ख्रीष्टलाई पछयाउँदैन भने उसको बारेमा हामी के भन्न सक्छौं? ________________________________________।

१०. केही व्यावहारिक उदाहरणहरू

(१) "म एक समय युवा प्रचार झुण्डमा आवद्घ थिएँ। हामी सबै मुक्ति पाएकाहरू नै थियौं अनि हाम्रो प्रचार कार्य केही हदसम्म सफल नै मान्नुपर्छ। तर झुण्डको एक युवा सांसारिक सङ्गतमा फसे। उनले सांसारिक केटीलाई विवाह गरे। उनले आफ्नो इसाई विश्वासलाई परित्याग गरे अनि पियक्कड भई मरे। हुन त उनी ख्रीष्टियन नै थिए; उनी स्वर्ग नै गए; तर उनी एक शारीरिक ख्रीष्टियन थिए र एक आत्मिक ख्रीष्टियनको इनाम पाउन सक्नेछैनन्।" अब, हामीले गरेको अध्ययनको आधारमा तपाईं के भन्नुहुन्छ? उक्त व्यक्तिले मुक्ति पाएका थिए कि थिएनन्? ____________________________________।

टिप्पणीः के कोरिन्थका विश्वासीहरू शारीरिक थिए (१ कोरिन्थी ३:१-४)? ________। के कोरिन्थका ती विश्वासीहरू अन्तसम्म विश्वासमा लागिरहनेवाला थिए (१ कोरिन्थी १:८)? ________। होसियार, हामीले शारीरिक जीवनलाई बहानाको रूपमा प्रयोग नगरौं। आफू शारीरिक विश्वासी हुँ भनी बताउने धेरै व्यक्तिहरू वास्तवमा अनन्त विनाशतर्फ लम्किरहेका हुन सक्छन्। आफूले प्रचार गरेको सुसमाचार कोरिन्थका विश्वासीहरूले बलियो गरी पक्रिराखेका छन् भनी पावलले मानिलिएका थिए (१ कोरिन्थी १५:२)। आफूहरू शारीरिक भएको र आगोबाट उम्केझैं बचाइने सोचाइ राखेका कतिपय व्यक्तिहरू वास्तवमा आगोले (आगोको झीलभित्र) नष्ट हुनेछन्।

(२) एकजनाले यसरी प्रचार गरे, "प्रिय युवा भाइ बहिनीहरूहो, स्वर्ग जाने दुइटा मार्ग छन्, आत्मिक मार्ग र शारीरिक मार्ग। आत्मिक मार्ग रोज्नु नै अति उत्तम हुन्छ!" एक युवाले मन-मनै सोचे, "म एक ख्रीष्टियन हुँ, तर मलाई केवल दर्शकको रूपमा जीउनु ठीकै लाग्छ। म त शारीरिक मार्गद्वारा स्वर्ग जान रोज्दछु!" हाम्रो अध्ययनको आधारमा, तपाईंलाई यस व्यक्ति मुक्ति पाएकै व्यक्ति हुन् भन्ने लाग्छ? ______________।

(३) आफू ख्रीष्टियन भएको दाबी गर्ने अनेक थरी मानिसहरू व्यवहारिक जीवनमा विश्वास नगरेका हजारौं मानिसहरूका भन्दा खासै फरक हुँदैनन्। प्रार्थना सभाहरूमा तिनीहरू विरलै भेटिन्छन्। तिनीहरूको घरमा पारिवारिक आराधना गरिँदैन; तिनीहरू बाइबल विरलै पढ्छन्; बातचीत गर्दा तिनीहरू परमेश्वरका कुराहरू गर्दैनन्; तिनीहरूको हिँडाइ पूर्ण रूपमा सांसारिक हुन्छ; तरैपनि तिनीहरू आफू पक्कै पनि स्वर्ग पुग्ने सोचाइ राख्छन्! कसरी मुक्ति पाउनुभयो भन्ने प्रश्‍नको जवाफमा, आफूले धेरै वर्ष अगाडि ख्रीष्टलाई "ग्रहण" गरेको कुरा गर्छन्। कसैको पछि-पछि दोहोर्‍याउँदै एउटा प्रार्थना गरेको कुरा बताउँछन् कतिले। "त्यस घडी मुक्ति पाइयो, सधैंको निम्ति पाइयो" भनी त्यसैमा भरोसा राख्छन्। आफूहरूले मुक्ति साँच्चै पाएको प्रमाण के तिनीहरूले दिँदै छन्? ______________। कसैले मुक्ति पाएपछि उसले मुक्ति कहिल्यै गुमाउँदैन भन्ने कुरा साँचो हो तरैपनि एक व्यक्तिले र्सवप्रथम आफूले परमेश्वरको अनुग्रहले सदाका लागि मुक्ति साँच्चै नै पाएको निश्चय गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो!

(४) थोमस क्रान्मर सोह्रौं शताब्दीको बीचतिर बेलायतको प्रोटेस्टेन्ट अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका एक व्यक्ति थिए। इ.सं. १५५५ मा रोमन क्याथोलिक चर्चद्वारा उनी बहिष्कृत गरिए। दबाव बढ्दै जाने क्रममा क्रान्मर कमजोर बनी उनले इसाई विश्वासको विरूद्घमा लेखिएको एउटा लेखोटमा हस्ताक्षर गरे। महारानी मेरी (एक कट्टर क्याथोलिक जसले झण्डै तीन सयलाई आगोमा जलाउन लगाइन् जसको कारण उनले "ब्लडी मेरी" भन्ने उपनाम कमाइन्। तर आफू पनि आगोले जलाइनु अघि क्रान्मरले आफ्नो अघिल्लो इन्कारोक्तिलाई फिर्ता लिए र बडो उत्साहका साथ ख्रीष्टमाथिको आफ्नो विश्वासको गवाही दिए। प्रोटेस्टेन्ट अभियानका बाइबलीय सिद्घान्तहरूलाई एकपटक आफूले इन्कार गर्न पुगेकोमा उनलाई पछिबाट कस्तो लाग्यो भन्ने कुरालाई उनले यसरी प्रकट गरे -- इन्कारोक्तिमा हस्ताक्षर गर्ने आफ्नो हातलाई उनले आगोको ज्वालामा राखेको राखै गरे जबसम्म त्यो खरानी भएन। त्यसपछि ज्वालाले उनको शरीरलाई खाइदियो र यसरी उनी एक सहीदको मरण मरे। के तपाईंले एक दिन थोमस क्रान्मरलाई स्वर्गमा भेट्नुहुनेछ होला (प्रकाश २:१०-११)? ________________।


यस अध्ययनमा तपाईंले सयौंओटा बाइबल पदहरू अध्ययन गर्नुभयो! हाम्रो विश्वास छ परमेश्वरले तपाईंलाई उहाँको वचनबाट अनमोल सत्यताहरू सिकाउनुभएको छ। कलस्सी १:९-११ पढ्नुहोस् -- तपाईंको निम्ति हाम्रो प्रार्थना पनि यही नै छ। तपाईंको निम्ति ख्रीष्टमा परमेश्वरको जुन सिद्घ योजना छ त्यो पूरा होस्!

- समाप्त -