- मण्डली इतिहासबाट केही पाठहरू - सीजर कि ख्रीष्ट? (अध्याय २)
- प्रकाशको पुस्तकका सात मण्डलीहरू (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - पत्रुस कि चट्टान? (अध्याय १)
- बाइबल कि सपना-दर्शन (योएल २)
- विकृत ईसाई सङ्गीतको आवाज (अडियो)
- असल ख्रीष्टिय सङ्गीतका बाइबलीय सिद्धान्तहरू (अडियो)
- यूहन्नाको पहिलो पत्र (अडियो)
- ड्रग्सदेखि ख्रीष्टसम्म - एउटा परिवर्तित जीवन (भिडियो)
- ख्रीष्टियन सतावटको एक ऐतिहासिक झलक (अडियो)
बाइबलकालीन नापहरू
लम्बाइ, दूरी, क्षमता, तौल र मूल्य
लम्बाइको नाप
हामी सबैलाई नाप्ने इकाइ इञ्च, फुट र गजको बारेमा थाहै छ तर हात, बित्ता र चार अङ्गुल भनेको चाँहि के हुन्। हामी रुलर, गज नाप्ने र टेपसँग परिचित छौ तर बाइबलीय समयका मानिसहरूले नाप लिँदा यी कुराहरूको प्रयोग गरेनन्।
के तपाईंलाई थाह छ मानिसको शरीरलाई पनि रुलर जस्तै प्रयोग गर्न सकिन्छ, हेरौ, यो कसरी हुन्छः
| चार अङ्गुल– | यो चाँहि चार औंलाहरूलाई सँगै जोड्दा निस्किने चौडाई हो, यो चाँहि ३ र ४ इञ्चको बीचमा पर्छ। हेर्नुहोस् प्रस्थान ३७:१२। यो लेखिएको नोटको पन्नाको लम्बाइ विचार गर्नुहोस्। यो नोटको पन्नाको लम्बाइ कति अङगुल छ होला? ____________________। आफ्नो जीवनको सबै दिनहरूलाई जोड्दा तपाईंको जीवनको लम्बाइ कति होला? हेर्नुहोस् भजनसङ्ग्रह ३९:५ __________________। जीवन ज्यादै छोटो छ। |
| बित्ता– | बुढी औंला देखि कान्छी औंला सम्म तन्काउदा निस्किने चौडाइ बराबर एक बित्ता हुन्छ। एक वयस्कको एक बित्ता करिव ९ इञ्च जति हुन्छ। हेर्नुहोस् प्रस्थान २८:१६ मा पूजाहारीको छातीपाता। यो नोटको पन्नाको चौङ्गाइ करिव एक बित्ता हुनुपर्छ। |
| हात– | यो कुहिनो देखि माझी औंलासम्मको लम्बाइ हो जुन एक वयस्कको करिव १८ इञ्च अथवा डेर फिट जति हुन्छ। तिम्रो साथीहरू मध्ये सबै भन्दा अग्लो साथी कति हात छ होला? कति बित्ताको एक हात हुन्छ? यो अचम्म लाग्दो छ कि एक बित्ताका बराबर आधा हात हुन्छ। विशाल गोल्यात कति अग्लो थियो? ____________________ १ शमूएल १७:४। |
व्यवस्था ३:११ मा उल्लेख गरिएको खाट कति ठूलो थियो?_________
तपाईं कसरी नाँप्नुहुन्छ?
मानौ बास्केट बल कोचले ५ फिट १० इञ्च अथवा त्यो भन्दा माथिको मात्र टिममा रहनसक्ने बताए भने के तपाईंको उचाई पुग्ला वा नपुग्ला त? के तपाईं टिममा समावेश हुन सक्नुहोला? अथवा ९० वा त्यो भन्दा बढी अङ्क ल्याउनेले मात्र —"ए" पाउनेछ भनेमा कक्षाको सबै जनाको यो उच्च स्तर र मागमा पुग्न अवश्य सक्दैनन्। परमेश्वरको पनि धेरै उच्च माग छ, स्वर्ग प्रवेशको गर्नको लागि। परमेश्वर भन्नुहुन्छ, —जो मेरो पुत्र येशू ख्रीष्ट जस्तै धर्मी छन् तिनीहरू मात्रै मेरो पवित्र स्वर्गमा प्रवेश गर्नेछन्। हामी मध्ये कति जना धर्मी छौ (रोमी ३:१०)? ___________ के तपाईं परमेश्वरको धार्मिकताको मागको नाप सम्म पुग्नुहुन्छ अथवा पुग्नुहुन्न (रोमी ३:२३)? _________________
हामी स्पष्ट देख्छैं कि हामी मध्ये कोही पनि परमेश्वरको पवित्र स्वर्गमा प्रवेश पाउँदैनौं तर परमेश्वरले आफ्नो पुत्र जस्तै धर्मी बनाउन हाम्रो निम्ति एउटा मार्ग बनाईदिनुभएको छ: किनकि उहाँमा हामी परमेश्वरका ____ ____________बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनुभयो।२ कोरिन्थी ५:२१ हामी सबै पापी र अधर्मी छौ। उहाँको त्यो नापसम्म पुग्न सक्दैनौं तर ख्रीष्टमा हामी पूर्ण रूपले धर्मी छौ र परमेश्वरले हामीलाई पूर्ण रूपमा धर्मी देख्नुहुन्छ। के तपाईं ख्रीष्ट भित्र हुनुहुन्छ कि ख्रीष्ट बाहिर? अथवा बचाईएको हुनुहुन्छ कि हराएको हेर्नुहोस् २ कोरिन्थी ५:१७?
दूरीको नाप
हामीहरू दूरीलाई प्राय किलोमिटरको हिसाबमा नाप्दछौ। तर बाइबल को समयमा भिन्न प्रकारले नाप्ने गर्दथे। यहाँ केही उदाहरणहरू छन्।
| फरलोङ्– | (ग्रीक स्ट्याडियन) यो करिव ६०० फिटको दूरी हो। यरुशलेमबाट इम्माउस कति टाढा होला (लुका २४:१३)?_________। चेलाहरूले कति टाढासम्म डुंगा खियाए? (यूहन्ना ६:१९)__________ |
| माइल– | (ग्रीक मिलियन) नँया नियम समयमा जिउँनेहरू पनि दूरीलाई माइलले नाप्दथें। ८ फरलोङ् बराबर एक माइल हुन्छ। (मत्ती ५:४१) |
| एक दिनको यात्रा– | एक व्यक्तिले एक दिनमा हिँड्न सक्ने दूरी हो, साधारणातय २० देखि ३० माइल तर ठूलो संख्यामा स्त्री, बालबच्चासहित हिँड्दा भने १० माइल जति हुन्छ।प्रस्थान ३:१८ यूसुफ र मरियम कति टाढा हिडिँसकेका थिए जब उनीहरूले येशू हराएको थाह पाएँ (लुका २:४४)?_______ |
तपाईं कसरी परमेश्वरकहाँ पुग्नुहुन्छ?
तपाईंको हजुरबुवा, हजुरआमा वा आफन्तहरू टाढामा बस्नुहुन्छ होला, सायद मुस्ताङमा जुनचाँहि तपाईंको ठाँउबाट हजारौं माइल टाढा छ भने तपाईं कसरी उहाँसम्म पुग्नुहुन्छ? अवश्य कि बस नभए हवाइजहाजबाट त्यो दूरीलाई पार गर्नुहुन्छ।
पापले गर्दा मानिस परमेश्वरबाट अलगिएको छः
| पापी मानिस | अलग
| पवित्र परमेश्वर |
मानिस कसरी परमश्वरकहाँ पुग्न सक्छ? उहाँकहाँ पुग्नलाई न कुनै हवाइजहाज वा रकेट नै छ।तब कसरी मानिस र परमेश्वरबीच मिलाप ल्याउन सकिन्छ?
बाइबलले बताएको छ कि परमेश्वर हामी हरेकबाट _______ हुनुहुन्न (प्ररित १७:२७)। परमेश्वर सबै ठाउँमा हुनुहुन्छ तर हामी पापी मानिसले कसरी परमेश्वरलाई भेटाउन सक्छ त? रेडियो, मोबाइलको तरङ्गहरू जाहीतही हुन्छ तर तपाईंसँग रेडियो वा मोबाइल नै छैन भने कसरी ती तरङ्गहरू टिप्नसक्छन् त? अनि आवाज सुन्नलाई रेडियो वा मोबाइल पनि त राम्रोसित जोडिएको हुनुपर्यो नि। परमेश्वर हामी मध्ये कोहीबाट पनि टाढामा हुनुहुन्न तर समस्या चाँहि सबै मानिस परमेश्वरमा ठीक तरिकाले नजोडिएको कारणले हो।
परमेश्वरकहाँ पुग्ने एक मात्र बाटो छः "येशूले तिनलाई भन्नुभयो, ______, सत्य र जीवन म नै हुँ, _____द्बारा बाहेक कोही पिताकहाँ आउँदैन" (यूहन्ना १४:६)।
| पापी मानिस | ![]() | पवित्र परमेश्वर |
केवल मुक्तिदाता येशू ख्रीष्टद्बारा मात्रै मानिससँग परमेश्वरको मिलाप हुन्छ।
क्षमताको नाप
सुख्खा थोकको नपाइ
हामीहरू सुख्खा कुराहरू नाप्नलाई ग्राम पाउ अनि केजीको प्रयोग गछौं।अनि बाइबलका समयमा प्रयोग हुने केही नाप इकाइ बारे चर्चा गरौः
| मुठ्ठी– | मानव हातमा अटाउने क्षमतालाई मुठ्ठी भनिन्छ। (जस्तै जब तपाईंको साथीले ठूलो झोलाबाट मकैं लिन आग्रह गर्दा हातमा अटाउन सक्ने एक मुठ्ठी) लेवी २:२ |
| ओमेर– | एक ओमेर बराबर दुई लिटर हुन्छ। परमेश्वरले प्रत्येक इस्राएलीलाई दिनको कति मन्ना दिनुहुन्थ्यो (प्रस्थान १६:१६)? ________________________ |
| होमेर– | यसले एक गघाले बोक्न सक्ने भारी बराबरको तौललाई अल्याउँछ। इस्राएलीहरूले थोरैभन्दा थोरै कति मुरी बट्टाई चराहरू बटुले (गन्ती ११:३२)?_______________________________ |
तरल पदार्थको नाप
तरल पदार्थलाई नाप्दा हामी माना लिटर प्रयोग गर्छौ। यहाँ केही बाइबलका समयमा प्रयोग गरिएका नापका उदाहरणहरू हेरौं।
| लग– | आधा माना (हेर्नुहोस लेवी १४:१० - आधा माना तेल) |
| हिन– | एक माना। अगमवक्ता इजकिएलले कति माना पानी खानुपर्थ्यो (इजकिएल ४:११)?_____________________________ |
| बाथ– | यो पूरानो नियममा यहूदीहरूले प्रयोगमा ल्याएका सबैभन्दा ठूलो तरलको नाप हो। यसको क्षमता लगभग २३ दखि ३६ लिटरको हुन्छ। सुलेमानले मन्दिरको निम्ति बनाएको विशाल खड्कुँलोमा कति लिटर पानी अटाउथ्यो(१ राजा ७:२६)?________________________ |
| फिरकिन– | (ग्रीक-मेटरेटेस) लगभग ४० लिटर बराबरको नाप। यूहन्ना २:६ मा उल्लेखित एउटै घ्याम्पामा कति पाथी अटाउन सक्ने क्षमता सक्थ्यो?__________________ |
तपाईं के कुराले भरिनुभएको छ?
के तपाईंमा केही यस्तो अमुल्य कुरा छ? तपाईंको शरीरमा लगभग ४५ लिटर रगत, २०० हाडहरू, ६०० मांसपेशी र अरु धेरै भरिएको छ! तर पनि अझै केही छुट्यो कि?
यदि हामी साच्चै बचाईएका छौ भने बाइबलले बताउँदछ कि,—______________ हामीमा बास गर्नुहुन्छू (१ यूहन्ना ४:१२)। हरेक विश्वासीमा जिउँदो परमेश्वर बास गर्नुहुन्छ। उहाँ आफैले हामीलाई भर्नुहुन्छ। अचम्मलाग्दो कुरा यो छ कि सुलेमानले बनाएको त्यो ठूलो मन्दिरमा पनि यति ठूलो र महान परमेश्वर हुनुहुन्थेन न ता यो विशाल ब्रमाण्डमा नै हुनुहुन्छ (२ इतिहास ६:१८)। बरु परमेश्वर हरेक विश्वासीमा आफैलाई नै राख्न चाहनुहुन्छ र हाम्रो ह्दयलाई आफ्नो घर बनाउनुहुन्छ।
तपाईंसँग परमेश्वरको कति अंश छ? के एक विश्वासीमा परमेश्वरको केही सानो भाग मात्र हुन सक्छ र? अहँ, हामीहरू उहाँको थोरै भागले भरिएका छैनौं बरु हामीहरू —परमेश्वरको सारा _________________ भरिएका छौं। (एफिसी ३:१९)। हामीसँग परमेश्वरको केवल थोरै भाग छैन तर परमेश्वरको सारा परिपूर्णतामा हामीमा छ। हरेक विश्वासीमा त्यहाँ ठूलो धन छ (२ कोरिन्थी ४:७) - जिउँदो परमेश्वर आफै नै!
यदि हाम्रो देशको प्रधानमन्त्री तपाईंको घरमा केही हप्ताको लागि बस्न आउँदै हुनुहुन्छ भने अब के तपाईंको बसाईंमा केही परिवर्तन आउँला? पक्कै पनि तपाईंले आफ्नो उत्तम व्यवहार देखाउनुहुन्छ होइन त? तपाईंले अवश्य पनि आफ्नो दाजुभाई दिदीबहिनीसँग झगडा गरेको देखाउनुहुन्न बरु आदरणीय पाहुनालाई आदर साथ पूर्ण रूपले खुशी पार्नुहुन्छ होइन त? परमेश्वर आदरणीय पाहुना हुनुहुन्छ जो हरेक विश्वासीको ह्दयमा वास गर्न आउनुभएको छ। यदि हामी यो सत्यतालाई विश्वास गछौं भने यसले हाम्रो जीवनमा ठूलो भिन्नता पक्कै ल्याउनेछ(१ कोरिन्थी ६:१९-२०)।
तौलको नाप
तौल नाप्दा हामी ग्राम, केजी र मनको कुरा गछौं। पूरानो नियमका समयमा यहुदीहरूले शेकेल र त्यालेन्टको कुरा गर्थ।
| शेकेल– | शेकेलको तौलमा केही माथितल छ तापनि यो करिव २८ ग्राम जति हुन्छ। उदाहरणको लागि, एक शेकेल चाँदी बराबर केही टुक्रा चाँदी हुन्छ जसको तौल २८ ग्राम हुन्छ। २ इतिहास १:१७ अनुसार, मिश्रका रथहरू कतिमा बेचिए?______________________ |
| ट्यालेन्ट– | यो हिब्रुहरू बीच सबैभन्दा ठूलो तौल हो।एक ट्यालेन्ट बराबर करिब ३००० शेकेल (लगभग ४५ केजी)। हामी २ राजा ५:२३ मा हेर्दा एक ट्यालेन्ट चाँहि एक व्यक्तिले बोक्न सक्ने ठूलो भारी थियो। १ राजा १०:१० पढ्नुहोस् - यदि एक ट्यालेन्ट बराबर एक व्यक्ति बोक्न सक्ने ठूलो भारी हुन्छ भने राजा सुलेमानको सबै सुन बोक्न कति जना मान्छेको आवश्यकता पर्छ होला?___________________ प्रकाश १६:२१मा कुन चाँहि बस्तुको एक ट्यालेन्ट हुन्छ___________ के तपाईं ती मध्ये एकले हिर्काईएको चाहनुहुन्छ?__________ |
तपाईं परमेश्वरको आज्ञाहरू कसरी नाप्नुहुन्छ?
कोही व्यक्तिहरू परमेश्वरको आज्ञाहरूलाई साह्रै गाह्रो र अति बोझको रूपमा सोच्छन्। तिनीहरू भन्छन्,—यदि मैले परमेश्वरले भने अनुसार गर्दछु भने म ज्यादै दुखी व्यक्ति बन्नेछु, जुन कुरा परमेश्वर मैले गरेको चाहनुहुन्छ त्यो मेरो लागि अति बढी, गह्रौ र असहय छ‘।
तर यो कदापि सत्य होइन। बाइबलले यसको ठीक विपरित बताउँछ कि —उहाँका आज्ञाहरू कष्टपूर्ण छैनन्।(भारी बोझ)‘ १ यूहन्ना ५:३।येशूले भनुभयो,—मेरो भारी __________ छ‘ (मत्ती ११:३०)। परमश्वरले हामीलाई उहाँको आफ्नो आज्ञाहरू हामीलाई दबाउन दिनुभएको होइन तर आशिष दिनलाई हो: —परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो ताकि हाम्रो __________________ होस्‘ (व्यवस्था ६:२४)।
सबैभन्दा दु:खी व्यक्ति त्यो हो जसले परमेश्वरको आज्ञापालन गदैन।पापले नै हो जसले मानिसलाई आज भारी बोकाइरहेको छ।हामी एउटा भजन गाउँछौ,—हे सबै परिश्रम गर्ने हो भारीले दबिएका हो‘ येशूले त्यो भारी बोक्नुभयो र मलाई शान्ति दिनुभयो। अहिल्य म खुशी छु कारण येशूले मेरो सारा बोझ बोकिदिनुभयो।‘
मोलको नाप (पैसा)
हामी सबैलाई सुका मोहर र रुपियाँ थाह छ तर बाइबलमा उल्लेख गरिएको केही पैसाहरूको बारे हेरौ।
| दुई पैसा | कोड्रान्टेस (ग्रीक) यो रीमीहरूले प्रयोग गर्ने सबैभन्दा सानो पैसा अर्थात १/६४ दिनार हो। एक दिनार चाँहि एक ज्यालादारले एक दिनमा कमाउने पैसा हो। मानौ एउटा मान्छेले एक दिनमा ६४ रुपियाँ कमाउँछ भने त्यो कति कोड्रान्टेस हुन्छ?__________________ |
| एक सुका | लेप्टोन (ग्रीक) यो यहुदीहरूले प्रयोग गर्ने सबैभन्दा सानो पैसा हो र यसको मुल्य आधा कोड्रान्टेस हुन्छ (मर्केस १२:४२)। कति लेप्टोन पैसा त्यो गरीब विधवासँग थियो(मर्केस १२:४२)?________ के येशू तिनकी भेटीमा खुशी हुनुभयो?________ किन?_______ |
| एक रुपियाँ | दिनार (ग्रीक) यो रोमीहरूको चाँदीको पैसा हो जुन चाँही एक दिनको ज्याला हो (हेर्नेहोस मत्ती २०:२,४,७ आदि)। यूहन्ना १२:५ मा उल्लेखित किम्मती सुगन्धित तेलको मुल्य ३०० दिनार थियो जुन चाँहि साधारणतय कामदारको ३०० दिनको ज्याला हो (झण्डै एक कामदारले एक वर्षमा कमाउने पैसा)। |
तपाईं कत्तिको मुल्यवान् हुनुहुन्छ?
त्यहाँ कोही न कोही व्यक्ति हुन्छ जसले तपाईंलाई केही मोलको गन्दैन। स्कूलमा तपाईंको साथी होलान जसले तपाईंलाई केही मुल्य नै नभएको जस्तै गरी होचाएर व्यवहार गर्छन होला।मानिसहरूले तपाईंलाई अवश्य केही मोलको गन्दैन होला।
मत्ती १०:२९-३१ मा पढ्नुहोस्। यो पदहरू अनुसार तपाईं __________________ मा ज्यादै मुल्यवान हुनुहुन्छ।
प्रयाजसो हामी केही बनाउछौ, हाम्रो निम्ति त्यो चीजको मुल्य हुन्छ। जब एउटी केटीले एउटा सुन्दर लुगा बनाउछे अथवा केटाले काठको डुंगा बनाउँछ भने तिनीहरूले त्यो केही मुल्यको छैन भनेर फ्याक्दैनन्। ब ती चीजहरूको मोल छ किनभने त्यो व्यक्तिले बनाएको हो।
जस्तै हामीले केही बस्तु किन्छौ भने हाम्रो निम्ति त्यसको मोल हुन्छ। यदि हामी नयाँ साइकल किन्छौ भने त्यसलाई हामी केही मुल्यको नठानी फोहर फाल्ने कन्टेनर अवश्य पनि फाल्दैनौं। हाम्रो निम्ति त्यो मुल्यवानको हुन्छ किनभने तपाईंले त्यो किन्नुभएको हो।यदि त्यो तपाईंको निम्ति मुल्यवान अथवा महत्त्वको नभएको भए तपाईंले त्यो किन्नु पनि हुन्न थियो होला।
के परमेश्वरले तपाईंलाई बनाउनुभएको हो (यहुन्ना १:३)?________ के परमेश्वर तपाईंलाई ठूलो मोल तिरेर किन्नुभएको छ (१ कोरिन्थी ६:२०)?________ के तपाईं परमश्वरमा बहुमूल्य हुनुहुन्छ?________
साच्चै के म बहुमूल्य छु त? परमेश्वरले हामीलाई उहाँको पुत्र जस्तै धर्मी हुन एउटा बाटो बनाईदिनुभएको छ। परमेश्वरले म पापीको निम्ति उहाँ (पवित्र परमेश्वर) कहाँ पुग्न बाटो बनाईदिनुभएको छ। के म बहुमूल्य छु? परमेश्वर आफै मेरो हृदयमा बास गर्न आउनुभएको छ। के म बहुमूल्य छु? परमेश्वरले मलाई उहाँको आफ्नो वचन र आज्ञा निरन्तर मेरै भलाइको निम्ति दिनुभएको छ।





