परिचय - बाँकी भाग

यस पृष्ठलाई छाप्नुहोस्

"प्रबन्ध" भनेको के हो?

प्रबन्ध भन्नाले भण्डारीपन बुझिन्छ। भण्डारीपनको सम्बन्धमा हामीले बुझ्नुपर्ने त्यहाँ तीनओटा कुराहरू छन् जो आपसमा सम्बन्धित हुन्छन्:

  1. घरको मालिक -- भण्डारीपन हुनालाई पहिला त्यहाँ घरको एउटा मालिक वा प्रभु हुनैपर्छ। "घरको नियमहरू" बसाल्ने व्यक्ति त्यहाँ हुनैपर्छ। आशिष र जिम्मेवारीहरू सुम्पने त्यहाँ व्यक्ति हुनैपर्छ। बाइबल पढ्ने क्रममा हामी पत्ता लगाउँछौं, घरको मालिक वा प्रभु चाहिँ जिउँदो परमेश्वर नै हुनुहुन्छ (हिब्रू ३:४)। उहाँ नै सर्वोच्च परमेश्वर हुनुहुन्छ, स्वर्ग र पृथ्वीका प्रभु (उत्पत्ति १४:१९,२२)। परमेश्वर नै मालिक र प्रभु हुनुहुन्छ।
  2. घर -- त्यहाँ प्रभु वा मालिक मात्र नभएर उक्त प्रभुले शासन गर्नालाई र आफ्नो अधिकार प्रकट गर्नालाई त्यहाँ एउटा "घर" पनि हुनैपर्छ। परमेश्वरको घरचाहिँ यो संसार नै हो: पृथ्वी ___________को हो र त्यसको परिपूर्णता, ___________ र त्यसमा बस्ने सबै" भजनसंग्रह २४:१; साथै हेर्नुहोस्, प्रस्थान ९:२९ र उत्पत्ति १८:२५)। संसार उहाँकै हो अनि उहाँ आफ्नो एच्छाअनुसार र बुद्धिअनुसार त्यसमाथि शासन गर्नुहुन्छ।
  3. भण्डारी -- त्यहाँ मालिक हुनुपर्छ, घर हुनुपर्छ र साथै त्यहाँ भण्डारी पनि हुनुपर्छ। भण्डारी त्यो हो जसलाई जिम्मा सुम्पिएको छ। ऊ घरको मालिकले खुलस्त पारेका सबै आज्ञाहरूमा विश्वासयोग्य र आज्ञाकारी हुनु आवश्यक पर्छ। भण्डारीलाई केही निश्चित काम-कर्तव्यहरू तोकिएका हुन्छन् र केही निश्चित काम-कुराहरूमाथि उसलाई जिम्मेवारी वहन गर्न निर्देशन दिइएको हुन्छ वा केही निश्चित कामहरू गर्नलाई उसलाई जिम्मा सुम्पिएको हुन्छ (दाँज्नुहोस्, प्रेरित १७:३० र १ यूहन्ना ३:२३; आज सबै मानिसहरू परमेश्वरप्रति जिम्मेवार छन् भन्ने कुरा यी पदहरूमा बताइएको छ)। भण्डारीले आफ्नो मालिकले दिएका "घरका नियमहरू" को पालना गर्नुपर्छ। "घरका नियमहरू" पालना गर्न चुकेको खण्डमा भण्डारी दोषी हुन्छ। मानव जाति परमेश्वरको भण्डारी हो (हेर्नुहोस्, तीतस १:७; १ कोरिन्थी ४:१-२ र १ पत्रुस ४:१०)।

"प्रबन्ध" होइन,"प्रबन्धहरू"

परमेश्वरले आफ्नो घरको प्रशासन बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै तरिकाले संचालन गर्नुभएको छ। यसको मतलव परमेश्वरका घरायसी नियमहरू सधैं उस्तै रहेका छैनन्। आदम, नूह, अब्राहाम, मोशा, पावल सबै उही संसारमा उही परमेश्वरको अधीनमा जिए तर बेग्लाबेग्लै घरायसी नियमहरू अन्तर्गत जिए। जुन घरायसी नियमहरू अन्तर्गत अब्राहाम जिए ती पत्रुसको समयका घरायसी नियमहरू भन्दा फरक थिए। यदि घरायसी नियमहरू बेग्लाबेग्लै थिए भने प्रबन्धहरू बेग्लाबेग्लै थिए।

तर प्रबन्ध भनेको केवल "घरायसी नियमहरू" मात्र होइन। प्रत्येक प्रबन्धमा परमेश्वरले मानिसलाई घरायसी नियमहरू मात्र दिनुभएको छैन तर केही मात्रामा सत्यता पनि दिनुभएको छ जसलाई मानिसले विश्वास गर्न, जसको आज्ञापालन गर्न र सठीक प्रकारले त्यसको प्रयोजन गर्न मानिस जिम्मेवार छ। परमेश्वरले मानिसको हातमा उहाँको सत्यतालाई सुम्पिनुभएको कारण नियमहरूको साथसाथै त्यहाँ आशिष र मौकाहरू र जिम्मेवारीहरू छन्।

साथै, "बेग्लाबेग्लै घरायसी नियमहरू" भन्नाले हरेक प्रबन्ध अन्तर्गतका नियमहरू र जिम्मेवारीहरू र आशिषहरू पूर्ण रूपमा बेग्लै हुन्छन् भन्ने होइन। कतिपय नियमहरू र आशिषहरू उस्तै रहन्छन् तर कुनै परिवर्तित हुन्छन्।

निम्न उदाहरणलाई विचार गर्नुहोस्। एउटा बाबु छन् जसले बेग्लाबेग्लै समयहरूमा बेग्लाबेग्लै छोराहरू जन्माएका छन्। दीपकजी एउटा बाबु हुनुहुन्छ जसले आफ्नो घरमा तीनओटा बेग्लाबेग्लै "घरायसी नियमहरू" बनाउनुभएको छ। यो किन गरियो भने, उनका तीनजना बेग्लाबेग्लै छोराहरू छन् जो बेग्लाबेग्लै उमेरका छन्। यस बाबुले जेठाको हातमा बढी सुम्पिनुभएको छ किनभने उसैले बढी सम्हाल्न सक्छ। जेठाको सौभाग्य बढी छ तर उनका जिम्मेवारी पनि बढी छन्। उनका तीनओटा बेग्लाबेग्लै "घरायसी नियमहरू" यी हुन्:

दस वर्षको छोराका लागि घरायसी नियमहरू
  • उसले आफ्ना बाबुआमाको आज्ञा उल्लङ्घन गर्नु हुँदैन
  • उसले आफ्ना बाबुआमालाई आदर गर्नुपर्छ
  • उसले झूट बोल्नु हुँदैन, चोर्नु हुँदैन इत्यादि
  • ऊ साँझ साँढे आठ बजेसम्म नसुतेर बस्न सक्नेछ
  • खर्च गर्नलाई उसले हरेक हप्ता केही पैसा पाउनेछ
  • पढाइसम्बन्धी उसलाई केही नियमहरू छन्
  • मोटरसाइकल चलाउने अनुमित उसलाई छैन, इत्यादि
पन्ध्र वर्षको छोराका लागि घरायसी नियमहरू
  • उसले आफ्ना बाबुआमाको आज्ञा उल्लङ्घन गर्नु हुँदैन
  • उसले आफ्ना बाबुआमालाई आदर गर्नुपर्छ
  • उसले झूट बोल्नु हुँदैन, चोर्नु हुँदैन इत्यादि
  • ऊ साँझ दस बजेसम्म नसुतेर बस्न सक्नेछ
  • खर्च गर्नलाई उसले हरेक हप्ता अलिक बढी पैसा पाउनेछ
  • पढाइसम्बन्धी उसलाई अरू थप नियमहरू छन्
  • मोटरसाइकल चलाउने अनुमित उसलाई छैन, इत्यादि
बीस वर्षको छोराका लागि घरायसी नियमहरू
  • उसले आफ्ना बाबुआमाको आज्ञा उल्लङ्घन गर्नु हुँदैन
  • उसले आफ्ना बाबुआमालाई आदर गर्नुपर्छ
  • उसले झूट बोल्नु हुँदैन, चोर्नु हुँदैन इत्यादि
  • सुत्न जाने नियम उसको बेग्लै छ
  • खर्च गर्नलाई उसलाई पैसा दिइनेछैन – ऊ आफैले कमाउनुपर्छ
  • पढाइसम्बन्धी उसलाई नियमहरू छैनन् किनकि उसले अब स्कूलको पढाइ सकिसक्यो
  • उसले मोटरसाइकल चलाउन सक्छ, इत्यादि

यी तीनैजना छोराका लागि कतिपय कुराहरू उस्तै भएको देख्‍नुभयो? त्यो किन होला? उमेर बढ्दै गएपछि त्यहाँ केही भिन्नताहरू पनि भएको देख्‍नुभयो? त्यो किन होला?

बेग्लाबेग्लै प्रबन्धहरूको सम्बन्धमा पनि यस्तै पाइन्छ। जसरी बेग्लाबेग्लै समयमा जन्मेका बेग्लाबेग्लै छोराहरूका एउटै बाबु (दीपकजी) को सम्बन्धमा हेर्यौं, त्यस्तै गरी त्यहाँ उही परमेश्वर का बेग्लाबेग्लै समयमा जन्मेका बेग्लाबेग्लै विश्वासी जनहरू छन्। त्यहाँ कतिपय नियमहरू र आशिषहरू एकैसमान रहन्छन् भने अरूचाहीँ नयाँ र बेग्लाबेग्लै पनि हुन्छन्। यी तीनजना विश्वासी जनहरूको विचार गरौं जो बेग्लाबेग्लै समयहरूमा जन्मेका थिए र जो बेग्लाबेग्लै प्रबन्धअन्तर्गत बाँचेका थिए:

नूह (जलप्रलय पछि)
  • परमेश्वरले भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवार थिए
  • परमेश्वरको साथ-साथ हिंड्ने सौभाग्य (आशिष) उनलाई थियो (उत्पत्ति ६:९)
  • परमेश्वरको आज्ञापालन गर्न उनको जिम्मेवारी थियो (दाँज्नुहोस् हिब्रू ११:७)
  • हत्यारालाई मृत्युदण्ड दिइनुपर्थ्यो (उत्पत्ति ९:६)
  • पशुको बलिदानहरू चढाइनुपर्थ्यो (उत्पत्ति ८:२०)
  • विश्रामदिन पालन गर्न वा शिशु बालकहरूलाई खतना गर्न वा विश्वास गर्नेहरूलाई पानीमा बप्ति्स्मा दिन उनलाई आज्ञा दिइएन
दाऊद (मोशाको व्यवस्था अन्तर्गत)
  • परमेश्वरले भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवार थिए (उनलाई नूहलाई भन्दा बढी बताउनुभएको पनि थियो)
  • परमेश्वरको साथ-साथ हिंड्ने सौभाग्य उनलाई थियो
  • परमेश्वरको आज्ञापालन गर्न उनको जिम्मेवारी थियो (व्यवस्था ८:१)
  • हत्यारालाई मृत्युदण्ड दिइनुपर्थ्यो (व्यवस्था २१:१२)
  • पशुको बलिदानहरू चढाइनुपर्थ्यो (लेवी १-५)
  • विश्रामदिन पालन गर्न वा शिशु बालकहरूलाई खतना गर्न उनलाई आज्ञा दिइएको थियो (व्यवस्था ५:१२-१४ र लेवी १२:३)
  • पानीमा बप्ति्स्मा दिन उनलाई आज्ञा परमेश्वरले दिनुभएन
पावल (अनुग्रह अन्तर्गत एक नयाँ नियम विश्वासी जन)
  • परमेश्वरले भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवार थिए (उनलाई नूहलाई भन्दा, दाऊदलाई भन्दा बढी बताउनुभयो)
  • परमेश्वरको साथ-साथ हिंड्ने सौभाग्य उनलाई थियो
  • परमेश्वरको आज्ञापालन गर्न उनको जिम्मेवारी थियो (१ यूहन्ना २:३-५)
  • हत्यारालाई मृत्युदण्ड दिइनुपर्थ्यो (रोमी १३:१-४)
  • पशु बलिदानहरूको आवश्यकता अब रहेन (हिब्रू १०)
  • विश्रामदिन पालन गर्न वा शिशु बालकहरूलाई खतना गर्न उनलाई आज्ञा दिइएन
  • पानीमा बप्ति्स्मा दिन उनलाई आज्ञा परमेश्वरले दिनुभयो (मत्ती २८:१९-२०)

यी तीनैजना व्याक्ति लागि कतिपय कुराहरू उस्तै भएको देख्‍नुभयो? त्यो किन होला? उमेर बढ्दै गएपछि त्यहाँ केही भिन्नताहरू पनि भएको देख्‍नुभयो? त्यो किन होला?

जब नयाँ प्रबन्धको शुरु हुन्छ यसको मतलव सबै नै नियमहरू वा परिस्थितिहरू बदलिन्छन् भन्ने होइन। कतिपय कुराहरू उस्तै रहन्छन्। उदाहरणका लागि, हरेक प्रबन्धअन्तर्गत झूट बोल्नु, हत्या गर्नु र चोर्नु गलत नै छन्। साथै हरेक प्रबन्ध अन्तर्गत परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नु सही नै छ (हिब्रू ११ अध्याय पढ्नुहोस्)। बेग्लाबेग्लै प्रबन्धहरूका बीच कतिपय कुराहरू उस्तै छन्, साझा छन्। तर जसरी यस अध्यायमा हेरिसकेका छौं, त्यहाँ महत्त्वपूर्ण भिन्नताहरू पनि छन् जसलाई हामीले स्वीकार गर्नुपर्छ। जुन कुराहरू फरक छन् र जुन कुराहरू परिवर्तन भएका छन्, ती कुराहरूलाई हामीले ध्यान दिनु आवश्यक छ।

यहोशू, दाऊद र यशैया एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए। यसको मतलब उनीहरू एउटै प्रबन्ध अन्तर्गत जिए। उनीहरूसित सम्बन्धीत घरायसी नियम तथा सौभाग्यहरू उनीहरूका लागि मोशाको व्यवस्थामा प्रस्टै उल्लेख गरिएका थिए। पत्रुस, पावल, यहून्ना र तिमोथी एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए। उनीहरूसित सम्बन्धीत घरायसी नियम तथा सौभाग्यहरू उनीहरूका लागि नयाँ नियममा प्रस्टै उल्लेख गरिएका छन् (रोमी देखि प्रकाश १-३ सम्म)। अब्राहाम, इसहाक, याकूब र यूसुफ एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए अनि उनीहरू एउटै प्रबन्ध अन्तर्गत जिए। यी मानिसहरू परमेश्वरले उनीहरूलाई दिनुभएको प्रतिज्ञाहरूलाई विश्वास गर्न जिम्मेवार थिए।

 

माथिको चार्टमा प्रत्येक प्रबन्धको नाउँसँगै उक्त प्रबन्ध अन्तर्गत जिउने एउटा व्यक्तिको नाउँ उल्लेख गरिएको छ (राज्यको प्रबन्धबाहेक जुनचाहिँ भविष्यमा आउन बाँकी नै छ)।

प्रत्येक प्रबन्ध एउटा अवधि हो जसभित्र परमेश्वरबाटका बेग्लै घरायसी नियम र सौभाग्यहरू हुन्छन् अनि उनीहरूलाई परमेश्वरबाट दिइएका सत्यता र प्रकाशको आधारमा मानिसहरूलाई बेग्लै जिम्मेवारीहरू दिइन्छन्। प्रत्येक नयाँ प्रबन्धमा परमेश्वरले त्यस अघिको प्रबन्धमा भन्दा थप प्रकाश र सत्यता दिनुहुन्छ। यसरी इतिहासभरि नै प्रकाशको प्रगति (PROGRESS OF REVELATION) भएको पाइन्छ, अर्थात् परमेश्वरको सत्यता मानिसलाई क्रमिकरूपमा र प्रगतिशील ढङ्गले प्रकट गरिएको पाइन्छ।

यी प्रत्येक प्रबन्धहरूलाई आगामी अध्यायहरूमा (अध्याय ३ देखि) गहिरिएर अध्ययन गरिनेछ। त्यसबेला माथिको तालिकामा उल्लेखित केही भनाइहरूलाई अझ ब्याख्या गरिनेछ र प्रस्ट्याइनेछ।

चारओटा कुराहरूलाई ध्यान दिनुपर्ने

यी प्रबन्धहरूलाई एक-एक गरी अध्ययन गर्ने क्रममा हामी निम्न चारओटा कुराहरूलाई ध्यान दिनेछौं:

  1. प्रारम्भमा मानिसको अवस्था – उक्त प्रबन्धको प्रारम्भिक अवस्था कस्तो थियो? मानिसको जिम्मेवारी के थियो? परमेश्वरले मानिसलाई के प्रकट गर्नुभयो? मानिसको हातमा परमेश्वरले कुन सत्यता सुम्पिनुभयो? मानिसबाट परमेश्वरले के माग राख्‍नुभयो?
  2. मानिसको जिम्मेवारी – उक्त प्रबन्ध अन्तर्गत परमेश्वरले मानिसलाई के कस्ता जिम्मेवारीहरू र आज्ञाहरू दिनुभयो? मानिसलाई के गर्न वा नगर्नलाई भनियो?
  3. मानिसको विफलता – आफ्नो जिम्मेवारीहरूमा मानिस कसरी चुके? कुन हिसाबमा मानिसले "घरायसी नियमहरू" उल्लङ्घन गरे? अध्ययन गर्ने क्रममा हामी प्रत्येक प्रबन्धमा मानिस नराम्ररी चुकेको देख्‍नेछौं। घरीघरी हामीलाई यो स्मरण गराइन्छ कि मानिस ठूलो पापी हो जसलाई ठूलो मुक्तिदाताको दरकार छ!
  4. परमेश्वरको इन्साफ – जब परमेश्वरले मानिसको हातमा कुनै कुरा सुम्पिनुहुन्छ र मानिस त्यसलाई सठीक प्रकारले संचालन गर्न चुक्छ, तब इन्साफ अपरिहार्य छ। हामी देख्‍नेछौं, प्रत्येक प्रबन्ध मानिसको विफलता र परमेश्वरको इन्साफमा अन्त हुन्छ।

एक प्रबन्धवादी - परमेश्वरले यथार्थ बताउनुहुन्छ र उहाँको वचन यथार्थ हो अनि परमेश्वरको मुखबाट निस्केको वचनलाई घटबढ नगरीकनै, जस्ताको तस्तै, नम्र भएर स्वीकार्नु नै (यशैया ६६:१-२) हरेको विश्वासीको जिम्मेवारी हो भनी विश्वास गर्ने व्यक्ति एक प्रबन्धवादी हो।

A Dispensationalist is one who believes that God means what He says and says what He means, and that it is the responsibility of every believer to humbly take God at His Word (Isaiah 66:1-2)