पाठकवर्गलाई सूचना: कृपया info@wordoftruth.com.np लाई आफ्‍नो contact list मा add गर्नुहोला नत्र हाम्रो ईमेल पाठकको inbox मा नआइपुग्ने सम्भावना छ।

सङ्गीत विवेचना (भाग २)

यस पृष्ठलाई छाप्नुहोस्

प्रदेश श्रेष्ठ

ङ्गीत निष्पक्ष वस्तु होइन। सङ्गीत असल वा खराब हुन सक्छ। शब्दबिना नै सङ्गीतले बोल्छ अनि बोल्ने कुरा निष्पक्ष हुँदैन। त्यसले कि खराब बोल्छ कि असल।

सङ्गीतकारहरूको भनाइ अनुसार केवल सङ्गीतलाई बदलेर श्रोताहरूलाई फरक-फरक भावनामा डुबाउन सकिन्छ। एउटा सङ्गीतले शान्ति र आरामको अनुभुति दिन सक्छ। अर्को सङ्गीतले जोश र जागरुकताको। सङ्गीत भावनाको भाषा हो!

हार्वर्ड विश्वविद्यालयका मनोवैज्ञानिक तिमोथी लियरीले भने, "शब्द सुन्ने पट्टी नलाग्नुस्, सङ्गीत आफैमा सन्देश हुन्छ।" सङ्गीत विशेषज्ञ (musicologist) रबर्ट पामरले भने, "रक सङ्गीतमा भएको परिवर्तनकारी शक्ति त्यसको सङ्गीतमै रहेको हुन्छ - त्यसको आवाजमै, सबभन्दाचाहिँ त्यसको ताल (beat) मा।"

सङ्गीतको आफ्‍नै सन्देश हुन्छ किनकि सङ्गीत भावनाको भाषा हो। यो कुरा बुझ्न एउटा छोटो भिडियो हेरौं:



सङ्गीत एक भाषा हो!

अब बुझ्नुपर्ने कुरा यो हो। रक सङ्गीतको भाषा शारीरिक अभिलाषा, सेखी, विद्रोह, घमन्डको भाषा हो। Blondie ग्रुपकी डेबोरा ह्यारी (Deborah Harry) ले भन्छिन्, "रक सङ्गीतका प्रमुख तत्त्व भनेको यौन र अभद्र बात हुन्।" फ्रान्क जाप्पा (Frank Zappa) ले भने, "रक सङ्गीत भनेको यौन हो। त्यसको ठूलो बीट शरीरको तालसँग मिल्छ।" KISS ग्रुपका जीन सिम्मन्स् (Gene Simmons) भन्छन्, "रक सङ्गीतको मुख्य कुरा यति हो -- १०० मेगा टन बमसहितको यौन।" जीम्मी हेन्ड्रीक्स (Jimmy Hendrix) ले भने, "सायद मेरो सङ्गीत कामुक छ होला - तर ठूलो बीट भएको कुन चाहिँ सङ्गीत कामुक नहोला र?"

साथै रक सङ्गीत नशालु छ। Aerosmith का स्टिभन टेलर (Steven Taylor) ले भने, "रक सङ्गीत संसारकै सबभन्दा कडा अम्मल हो।" Janis Joplin ले भनिन्, "मैले विश्वासै गर्न सकिनँ, त्यो बीट र शक्ति कति हो कति। म त त्यसको अनुभूतिले मत्त भएँ, मानों यो नै संसारको सबभन्दा उत्तम मादक पदार्थ थियो। त्यो यति कामुक थियो, यति जोशपूर्ण, कोलाहलपूर्ण, पागलपूर्ण।"

संसारले कामवासनाकै लक्ष्य राखेर रचेको सङ्गीत पवित्र परमेश्वरको आराधनाको लागि सुहाउँदैन। परमेश्वरले आज्ञा गर्नुहुन्छ कि हाम्रो सङ्गीत आत्मिक हुनुपर्छ (एफेसी ५:१९)।

आत्मिक सङ्गीत कस्तो हुन्छ? त्यो कस्तो हुँदैन? रक सङ्गीतलाई शारीरिक र नशालु बनाउने सिन्कोपेशन (syncopation) अथवा अक्षरलोप खास के हो? आदि विषय निम्न अडियो प्रवचनमा चर्चा गरिएको छ।



प्रतीक्षा गर्नुहोस् - अरू पनि अडियोहरू थप्ने योजना छ।

उपर्युक्त अडियो प्रस्तुतिहरू तयार गर्नका लागि म दाजु डेविड क्लाउडको Music For Good or Evil शीर्षक रहेको भिडियो प्रस्तुतिका निम्ति पूर्णरूपमा ऋणी छु। उक्त खोजमूलक अध्ययन बिना मेरा प्रस्तुतिहरू सम्भव हुने थिएनन्। उहाँको अनुमतिले मैले केवल तिनलाई नेपालको सन्दर्भमा ढाल्ने प्रयास गरेको छु।