Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

यूसुफका दोषी दाज्यूहरू

यस पृष्ठलाई छाप्नुहोस्

पछुतोको पीडा हरेक व्यक्तिले भोगेकै हुन्छ। पछुतोकै कारण यूसुफका दाज्यूहरू कायल बनेका थिए भन्ने कुरा हामी यस पाठमा अध्ययन गर्नेछौं। आफ्नै गल्तीले गर्दा तिनीहरूले वर्षौंसम्म आफ्ना मन-मस्तिष्कमा कष्ट भोगे।

तर पछुतोको समस्या परमेश्वरमा समाधान हुन सक्छ भन्ने कुराको पनि हामी अध्ययन गर्नेछौं। मानव दोषको समस्यालाई समाधान गर्न परमेश्वरले एउटा काम गरिसक्नुभएको छ। अब मानिसले गर्नुपर्ने एउटा काम छ।

दोष र पछुतो

दोषपछुतो दुई भिन्न कुराहरू हुन्। दोष एउटा तथ्य हो भने पछुतोचाहिँ एउटा भावना हो। हामी पहिले दोष भन्ने तथ्यलाई परिभाषित गर्नेछौं, त्यसपछि पछुतो भन्ने भावनालाई परिभाषित गर्नेछौं।

१) दोष भन्ने तथ्य

कुनै अपराध हुन गएको खण्डमा त्यहाँ दोष भन्ने तथ्य हुन्छ। अर्थात् कुनै गल्ती काम भएको छ भने उक्त तथ्यलाई दोष भनिन्छ। पाप गरेको हुनाले र परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको हुनाले एक व्यक्तिको दोष छ (ऊ दोषी छ)। कुनै गलत काम गर्नु दोषी बन्नु हो। उक्त व्यक्तिको दोष भएको हुनाले (उसले गल्ती गरेको हुनाले), ऊ दण्डको योग्य हुन्छ।

जस्तै, कुनै अपराधीको सम्बन्धमा यसरी भनियो, "सत्य-तथ्यले उसको दोष प्रमाणित गर्‍यो"। अर्थात्, सत्य-तथ्यले, उक्त व्यक्तिले साँच्ची नै कानून उल्लङ्घन गरेको र ऊ कुनै अपराधको दोषी भएको प्रमाणित गर्‍यो।

उत्पत्ति २६:६-१० पढ्नुहोस्। इसहाकको ढाँट्ने कामले अबीमेलेकको प्रजामाथि कसो दोष आइपरेन भनेर पद १० मा अबीमेलेकले बताउँछन्। किनकि कसैले रिबेकालाई आफ्नी पत्नी बनाएको भए उसले सो कुरा अनजानमा गरेको भए तापनि ऊ व्यभिचारको दोषी बन्नेथ्यो।

मत्ती २६:६६ अनुसार यहूदीहरूले कसलाई मृत्युदण्डको योग्य ठाने? ________________। उहाँको अपराध के थियो (पद ६५ मा हेर्नुहोस्)? ______________। उहाँले आफू परमेश्वरको पुत्र हुँ भन्ने दाबी गर्नुभयो (मत्ती २६:६३-६४)! के उहाँ साँच्चै नै दोषी हुनुहुन्थ्यो? ____________। यदि यस प्रकारको दाबी तपाईंले गर्नुभयो भने के तपाईं दोषी ठहरिनुहुन्छ?____________

प्रस्थान २०:७ मा हेरौं। परमेश्वरको नाउँ व्यर्थैमा लिने व्यक्ति नि______________ ठहरिनेछैन। त्यसैले उक्त व्यक्ति दो____ ठहरिनेछ। याकूब २:१० अनुसार, कसैले १० आज्ञाहरूमध्ये सबै आज्ञाहरू पालन गरे तापनि एउटै मात्र भङ्ग गर्दछ भने ऊ सबै कुरामा ________ ठहरिन्छ। सिक्रीको एउटै मात्र कडी चुँडिएको छ भने पनि के त्यो सिक्री चुँडिएकै ठहरिन्छ? __________। मानौं तपाईं एउटा डोरीको भरमा कुनै ठाडो भीरबाट झुण्डिरहनुभएको छ। तपाईंको डोरी कति ठाउँमा चुँडियो भने तपाईं तल खस्नुहुन्छ? __________। त्यो डोरी एउटै ठाउँमा चुँडियोस् वा दस ठाउँमा, त्यसले तपाईंलाई कुनै फरक पार्छ? ____________। दुवै परिस्थितिमा के तपाईं मृत्युको मुखमा खस्नुहुनेछैन? ______________। परमेश्वरको व्यवस्थालाई भङ्ग गर्नेहरूको दोष छ। यो एक तथ्य हो! तिनीहरू दोषी छन्!

के तपाईंले परमेश्वरका १० आज्ञाहरूलाई पूर्णरूपमा पालन गर्नुभएको छ?______। हामीले गरेका हरेक अपराध र पापलाई देख्नुहुने पवित्र परमेश्वरका सामु के तपाईं दोषी हुनुहुन्छ? ________

संसारमा भएका कतिजना मानिसहरू दोषी छन् (रोमी ३:१९)? ____________________________________

२) पछुताउ

दोषले गर्दा उत्पन्न हुने पछुताउचाहिँ एउटा भावना हो। कुनै भूल गर्नाले एक व्यक्तिमा उत्पन्न हुने शर्म र अनुतापको भावनालाई बयान गर्ने शब्द हो, पछुताउ। एकातिर दोष भन्ने तथ्य छ: "मैले पाप गरें, मैले गलती गरें।" अर्कोतिर पछुताउको भावना छ: "मैले जे गरें, त्यसको कारण मलाई थकथकी भइरहेको छ। मेरो पापले गर्दा मलाई पछुतो लाग्दैछ!"

पछुताउको भावना ज्यादै कडा हुन सक्दछ। दोषी व्यक्तिले आफूले गलती गरेको कुराको महसुस गर्दा उसलाई आफू भित्रपट्टि असजिलो लाग्दछ। त्यो एउटा भित्री आवाजजस्तै हो जसले भन्दछ, "तिमी दोषी छौ, दोषी! तिमीले पाप गर्‍यौ, गलती गर्‍यौ।" बाहिरबाट हेर्दा उसलाई केही नभएको जस्तै देखिएला, तर अन्तस्करणमा उसलाई आफ्नो दोष महसुसको भावनाले थकथकी लागिरहेको हुन सक्छ किनकि आफूले गलती गरेको कुरा उसले जान्दछ अनि त्यो दोषलाई उसले बिर्सनै सक्दैन।

मानिसलाई पछुतो किन लाग्छ? धेरैजसोलाई त दोषकै कारण पछुतो लाग्छ। दोषको तथ्यबाट पछुताउको भावना उत्पन्न हुन्छ। कहिलेकाहीँ एक व्यक्तिलाई अनावश्यक पछुतो लाग्न सक्छ। उदाहरणको लागि, कुनै व्यक्ति आफू परीक्षामा परेको कारण उसलाई आफू दोषी भएजस्तै लाग्न सक्छ, अनि उसलाई पछुतो लाग्न सक्छ। के परीक्षामा पर्नु नै पाप हो? __________। के प्रभु येशू परीक्षामा पर्नुभयो (मत्ती ४ अध्याय)?______________। के शैतानले, प्रभु येशूलाई पापमा फसाउन उहाँलाई उस्काउने, फुस्ल्याउने, फकाउने, मनाउने प्रयास गर्‍यो (मत्ती ४)? ________। के प्रभु येशूले पाप गर्नुभयो? ________________। परीक्षामा पर्दैमा एउटा व्यक्ति दोषी बन्दैन अनि उसले पछुतोको भावना लिनुहुँदैन। हाम्रो सामु कुनै परीक्षा आइपर्नु एउटा कुरा हो भने, उक्त परीक्षामा आफूलाई सुम्पनु, त्यसलाई आफ्नो मनले स्वागत गर्नु र विचारले पछयाउनु बेग्लै कुरा हो। हाम्रो मस्तिष्कमा परीक्षासित खेलबाड गर्नाले त्यहाँ खराब विचारहरू उत्पन्न हुन्छन्, अनि फलस्वरूप खराब भावनाहरू उत्पन्न हुन्छन्, पछुताउका भावनाहरू उत्पन्न हुन्छन्। यदि परीक्षालाई मेरो मस्तिष्कमा खेलिरहन दिएँ, त्यसलाई स्थान दिइरहेँ भने त्यसले मलाई मेरो परमेश्वरसितको सम्बन्धदेखि अलग गर्नेछ; म पापको दोषी बन्नेछु। परीक्षामा आफूलाई सुम्पने, त्यसलाई पछ्याउने र त्यसमा पछारिने व्यक्ति दोषी ठहरिन्छ (तथ्य) अनि उक्त व्यक्तिलाई पछुतो लाग्नु पनि पर्दछ (भावना)।

दाऊदले आफैलाई परीक्षाको वशमा सुम्पे अनि फलस्वरूप उनी व्यभिचारको पापमा फसे (२ शमूएल अध्याय ११)। दाऊद दोषी थिए (तथ्य) अनि उनी कायल बने (भावना)। भजनसङ्ग्रह ३२:३-४ मा देख्छौं, दाऊद कडा पछुताउको भावनाले ग्रस्त थिए- "दिनरात तपाईंका बाहुलीको __________ ममाथि रहयो" (पद ४) भनजसङ्ग्रह ५१:३ मा दाऊद भन्छन्, "मेरा पाप ______ मेरो सामुन्ने छ।" यूसुफका दाज्यूहरूका विषयमा अध्ययन गर्ने क्रममा हामी देख्नेछौं कि वर्षौँ बितेर पनि तिनीहरूको पाप सदा तिनीहरूकै सामुन्ने थियो। एक व्यक्तिले आफ्नो दोषलाई परमेश्वरको उपायबमोजिम समाधान नगरेसम्म उक्त दोष ऊसँगै रहिरहन्छ।

जघन्य अपराध

यूसुफका दाज्यूहरूको जघन्य अपराध उत्पत्ति ३७ अध्यायमा पाउँछौं। पापले पापलाई जन्माउँछ भन्ने कुरालाई हामीले कयिन (पाठ २) र याकूब (पाठ ३) को अध्ययनमा पनि देख्यौं। एउटा पापले अर्को पापलाई निम्त्याउँछ। यूसुफका दाज्यूहरूले पापमाथि पाप थप्दै-थप्दै तिनीहरू पापमा यस्तो किसिमले डुबे कि तिनीहरू वास्तवमा तिनीहरूले यूसुफलाई खसालेका भन्दा गहिरो खाल्डोमा परे! तिनीहरू पापको भुमरीमा झन् झन् फसेको कुरालाई उत्पत्तिको ३७ अध्यायमा अध्ययन गरौं। तल सूचीत गरिएका तिनीहरूका पापहरू कुन-कुन पदहरूमा उल्लेख छन्, पत्ता लगाउनुहोस्:

उत्पत्ति ३७:__ डाहा
उत्पत्ति ३७:__ घृणा
उत्पत्ति ३७:__ कडा घृणा
उत्पत्ति ३७:__ षड्यन्त्र (उत्पत्ति ५०:२० –"तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौं")
उत्पत्ति ३७:__ सुनियोजित हत्या (शिमियोन र लेवी रक्तपात गर्न अभ्यस्त भाइसकेका थिए – उत्पत्ति ३४:२५-२६)
उत्पत्ति ४२:२१ गुहारको निम्त यूसुफको चिच्च्याहटलाई सुन्न इन्कार (आफ्नै भाइप्रतिको निर्दयी व्यवहार)
उत्पत्ति ३७:__ आफ्नै भाइलाई दासत्वमा बेचेका
उत्पत्ति ३७:__ छलकपट (आफ्नो अपराधलाई बाबुको सामु ढाकछोप गरेका)
उत्पत्ति ३७:__ झूट

ती दाज्यूहरू दोषी थिए भन्ने कुरा प्रस्ट देखिन्छ। तिनीहरू माथि उल्लेखित एक-एक अपराधका दोषी थिए! तिनीहरूले कुर्कम गरे जसको फलस्वरूप तिनीहरू दण्डको योग्य बने। यूसुफ विरुद्धको तिनीहरूका अपराध र त्यसपछि उक्त अपराधलाई आफ्ना बाबुबाट ढाकछोप गर्ने कार्य, बाइबल इतिहासका पन्नाहरूमा एउटा अँधेरो अध्यायको रूपमा रहेको छ।

ती दाज्यूहरूले के गरे त? के तिनीहरूले आफ्नो पाप र दुष्कर्मलाई आफ्ना बाबुको सामु स्वीकार गरे? के तिनीहरूले आफ्नो पापको पश्चात्ताप गरे? के तिनीहरूले आफ्नो पापलाई ढाकछोप गर्न छोडे? के तिनीहरूले आफ्ना बाबुलाई आफूहरूले गरेको कामलाई स्वीकार गरे? तिनीहरूले आफ्नो पापप्रति गर्नुपर्ने व्यवहार कहिल्यै नगरेका हुनाले परमेश्वर आफैंले तिनीहरूको सामना गर्नुभयो!

करीब २२ वर्षसम्म ती दाज्यूहरूले आफ्नो पापलाई ढाकछोप गर्दै झूटमा जीवन बिताए! तिनीहरूले आफ्ना बाबुलाई सत्य-तथ्य कहिल्यै बताएनन्। साथै आफूहरूले गरेको अपराधको निम्ति उनीहरू पछुतो (भावना) को असह्य पीडामा तड्पिरहे। अझ, याकूबको मृत्यु हुँदासम्म पनि (उत्पत्ति ५०:१५-१७), अर्थात् झण्डै ४० वर्ष बितिसक्दा उनीहरू अझै पनि पछुतोको पीडाले ग्रस्त थिए। यूसुफ केवल थोरै बेरका लागि खाडलमा परे। उनका दाज्यूहरू भने पछुताउरूपी खाडलमा झण्डै ४० वर्ष बिताए।

हृदयभित्र रहेको पछुतोको भावना बाहिर निस्कन्छ

हामी यूसुफको जीवन वृत्तान्तसित परिचित छौं। यूसुफ खाडलबाट पोतिफरकहाँ पुगे, त्यसपछि कैदखाना पुगे अनि अन्तमा फारोकहाँ पुगे। त्यसपछि यूसुफले भविष्यवाणी गरेबमोजिम अनिकाल पर्‍यो अनि अनिकालले यूसुफका दाज्यूहरूलाई मिश्र देश पुर्‍यायो।

ती दस भाइ मिश्रमा आइपुगेका मात्र के थिए तिनीहरूमाथि एकपछि अर्को समस्या आइपर्‍यो! तिनीहरूलाई आरोप लगाइयो (उत्पत्ति ४२:९,१२,१४), परीक्षा गरियो (उत्पत्ति ४२:१५-१६) अनि कैद गरियो (४२:१७,१९)! यी सबै कुराहरू तिनीहरूमाथि किन आइपरे? के तिनीहरू निर्दोष र ईमानदार मानिस थिए? ________। के यस किसिमका कष्टहरू तिनीहरूले भोग्नैपर्ने कुरा थिए? अपराध गरेको करीब २० वर्षपछि मात्र (यूसुफ अब कम्तीमा ३७ वर्ष पुगेका छन्) तिनीहरूले (आपस-आपसमा मात्र भए पनि) आफ्नो दोषलाई स्वीकार गर्दछन्। "साँच्ची नै हाम्रो भाइको विषयमा हामी ______ (तथ्य) छौं!" (उत्पत्ति ४२:२१)।

यसबेलासम्म तिनीहरूले अपराध गरे तापनि दण्डबिना उम्कन सफल भइयो भन्ने सोचेका थिए सायद! तर हाय, वर्षौं अघि तिनीहरूले खाडलमा खसालेका आफ्ना साना भाइ यूसुफका चिच्च्याहटको झझल्कोले तिनीहरूका हृदयहरूलाई अब घोच्न थाल्छ-- "त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं, यसकारण यो ________________ हामीमाथि पर्न आएको हो" (४२:२१)! "हामीले उसलाई व्याकुल गरायौं, अब हामी व्याकुल भएका छौं! हामीले यूसुफलाई गरेको जुन दुर्व्यवहार गर्‍यौं त्यसकै फल पाइरहेका छौं!"

आफ्ना बोराभित्र आफैले तिरेका पैसा फेला पार्दा ती दाज्यूभाइहरू झनै व्याकुल बन्छन्। फेरि पनि आफ्नै विवेकहरूद्वारा तिनीहरू दोषी ठहरिन्छन् र परमेश्वरले तिनीहरूलाई त्यो जघन्य अपराधको बदला दिइरहनुभएको छ भन्ने कुराको महसुस गर्छन् -- "____________ले हामीलाई यो के गर्न लाग्नुभयो? (४२:२८)। दोषको भारले आफूहरू बेसरी थिचिएको महसुस गर्दछन्।

ती दाज्यूहरू दोस्रोचोटि मिश्र जानुपर्दा उनीहरू फेरि समस्यामा जेलिन्छन्। यूसुफको कचौरा बेन्यामीनको बोरामा पो फेला पर्छ (उत्पत्ति ४४:११-१३)! उत्पत्ति ४४:१६ मा यहूदाको भावुक भनाइलाई विचार गरौं। उनी भन्छन्, "हजूरका दासहरूको _______________ परमेश्वरले प्रकट गर्नुभएको छ।" के त्यतिखेर उनले यूसुफको कचौरा आफूहरूले चोरेको कुरा गर्दै थिए? ______________। पक्कै पनि उनको भनाइको तात्पर्य त्यो थिएन किनकि तिनीहरूले कचौरा चोरेकै थिएनन्। उनले आफूहरूबाट भएको उही पुरानो अपराधकै विषयमा स्वीकार गर्दै थिए। उक्त अपराधको दण्डबाट उम्कन सफल भयौं भन्ने मूर्ख विचार तिनीहरूले वर्षौँसम्म लिएका थिए, तर अब तिनीहरू त्यसैद्वारा पक्राउ पर्छन् र त्यसलाई तिनीहरूले स्वीकार नगरी सक्दैनन्। गन्ती ३२:२३ अनुसार हामी कुन कुरा नश्चित गरी जान्न सक्छौं? ________________________________________

पछुतोको भावनाले वर्षौं ग्रस्त

यूसुफले तिनीहरूलाई हृदयदेखि नै क्षमा दिइसके भनेर उनका दाज्यूहरूले विश्वासै गर्न सकेनन् (उत्पत्ति ४५:१-१५)। केवल आफ्ना बाबु याकूबका खातिर यूसुफले तिनीहरूसित दयालु व्यवहार देखाएको हुनुपर्छ भनेर उनीहरूले सोचेका थिए। तर अब त याकूब मरिसके त्यसैले अब यूसुफले बदला लिनेछन् भनेर उनीहरू निश्चित थिए (उत्पत्ति ५०:१५)! तिनीहरूको हृदयको यस्तो विचार थाह पाएर यूसुफ अति दुःखित बने (उत्पत्ति ५०:१७)। कति दुःखदायी कुरा – ३९ वर्षपछि पनि त्यो पापको भारले उनीहरूको हृदयलाई बोझिलो बनाउन छोडेको थिएन (यूसुफ इ.पू. १८९७ तिर मिश्रममा बेचिएका अनि याकूब इ.पू. १८५८ तिर मरेका हुन्)।

कति दुःखदायी कुरा छ यहाँ – आज पनि परमेश्वरबाटको पाप क्षमाको प्रतिज्ञालाई धेरैजसो मानिसहरूले विश्वासै गर्दैनन्। उहाँको पुत्रमाथि विश्वास गर्ने सबैलाई सबै पापहरूको पूरै क्षमा मिल्ने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ -- प्रेरित १०:४३; मीका ७:१२; यर्मिया ५०:२०; भजनसङ्ग्रह १०३:१२; यशैया ३८:१७; यशैया १:१८; हिब्रू १०:१७; यूहन्ना १:२९; हिब्रू ९:२५; एफेसी १:७)। यस्तै गरी आफ्ना पापहरू स्वीकार गर्ने विश्वासीलाई पूरै क्षमा दिने र शुद्ध पारिदिने परमेश्वरको प्रतिज्ञा छ -- १ यूहन्ना १:९। उनका दाज्यूहरूले यूसुफको क्षमालाई अविश्वास गरेझैं हामीले पनि परमेश्वरको प्रतिज्ञाहरूलाई असत्य ठानी उहाँ झूटो भएको आरोप नलगाऔं!

दोषको समस्याको समाधान परमेश्वरमा छ

मानिसका दोषका निम्ति दुःख भोग्न र मानिसका अपराधहरूका सजाँय (मृत्यु) पूर्णरूपमा तिरिदिन लागि परमेश्वरले आफ्नै प्रिय पुत्रलाई संसारमा पठाउनुभएको हो। येशू ख्रीष्टले क्रूसमा आफ्नो प्राण दिनुभएको कारण परमेश्वरले मानिसलाई उसको दोषको समस्या समाधान गर्ने एउटै मात्र उपाय उपलब्ध गर्नु सम्भव भयो- त्यो हो, क्षमा! दोषको समस्यालाई समाधान गर्ने अन्य कुनै उपाय छैन। परमेश्वरबाटको क्षमा नै एउटै मात्र समाधानको उपाय हो। पापलाई ढाकछोप गरेर समस्या समाधान हुन सक्दैन। दोषको समस्या कसरी समाधान हुँदैन भन्ने कुरा यूसुफका दाज्यूहरूको अध्ययनले प्रस्टै देखाउँछ।

पापलाई स्वीकार गरिनैपर्छ। मुक्ति पाउन चाहने व्यक्तिले आफू एक दोषी, पापी हुँ भनी स्वीकार गर्नैपर्छ- "हे परमेश्वर, म ________माथि दया राख्नुहोस्" (लूका १८:१३)। एउटा व्यक्तिले यस सत्यतालाई महसुस नगरेसम्म र स्वीकार नगरेसम्म उसले मुक्ति पाउन सक्दैन।

दोषको समस्याले एउटा विश्वासीकै जीवनमा समेत गम्भिर रूप लिन सक्छ। विश्वासी जनले आफ्नो पापलाई स्वीकार गर्नुपर्छ। भजनसङ्ग्रह ३२ को कुन पदमा दाऊदले त्यसो गरे? पद:________। परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो?______________________________। भजनसङ्ग्रह ५१ को कुनचाहिँ पदमा दाऊदले आफ्नो पाप स्वीकार गरेको देखिन्छ? पद:______। भजनसङ्ग्रह २८:१३ पनि पढ्नुहोस्। तब विश्वासीले भन्न सक्दछ, "हो, म दोषी थिएँ अनि मैले पाप गरेकै हो अनि मेरो अपराध ठूलो छ तर मेरा परमेश्वरले मलाई पूर्णरूपमा क्षमा दिनुभएको छ। मैले क्षमा पाइसकेको हुनाले, म कायल हुनुपर्ने त्यहाँ कुनै कारण छैन!"

साथै, हाम्रो पापले अरूहरूलाई पनि असर पारेको छ भने, हामीले तिनीहरूका सामु गएर पनि पापलाई स्वीकार गर्ने काम गर्नुपर्छ। यूसुफका दाज्यूहरूले तिनीहरूका अपराधलाई यूसुफसामु र तिनीहरूका बाबुको सामु स्वीकार गर्नुपर्थ्यो। हाम्रो पाप सधैं परमेश्वरकै विरुद्धमा हुन्छन्, तर कहिलेकाहीँ हाम्रो पाप अरू मानिसहरूको विरूद्धमा पनि हुन्छ।

‌‌‍‍‍‍

माथिको चित्रका काँडहरूले तपाईंको जीवनमा भएका ती पापहरूलाई सङ्केत गर्छन् जुन पापहरू हालसम्म क्षमा भएका छैनन्। यी पापहरूले गर्दा तपाईंमाथि पापको दोषको र पछुताउको भारी गह्रौं छ। यदि तपाईंले आफ्ना पापहरूलाई स्वीकार गर्न थाल्नुभयो भने तपाईंको भारी पनि हल्का हुँदै जान्छ, अनि तपाईं सीधा खडा हुन सक्नुहुन्छ। तपाईं आफ्ना सम्पूर्ण दोषहरूदेखि मुक्त हुन सक्नुहुन्छ! तपाईं आफ्नो घायल र कायल विवेकदेखि मुक्त हुन सक्नुहुन्छ! प्रभु येशू बोलाउँदै हुनुहुन्छ, "हे सबै परिश्रम गर्नेहरू र ________ले ______________हरूहो, ____कहाँ आ____ अनि म तिमीहरूलाई ____________ दिनेछु" (मत्ती ११:२८)। तपाईंलाई विश्राम दिन परमेश्वर तयार हुनुहुन्छ, इच्छुक हुनुहुन्छ। के तपाईँ येशू ख्रीष्टकहाँ आउन तयार हुनुहुन्छ?


पृष्ठ संशोधन मिति: Tuesday 13-Apr-10
WordofTruth.com.np © 2017