- युवा सम्मेलन २०७५ (अडियो)
- मिशन कन्फरेन्स २०७५ (अडियो)
- १ शमूएल १-३ (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - सीजर कि ख्रीष्ट? (अध्याय २)
- प्रकाशको पुस्तकका सात मण्डलीहरू (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - पत्रुस कि चट्टान? (अध्याय १)
- बाइबल कि सपना-दर्शन (योएल २)
- विकृत ईसाई सङ्गीतको आवाज (अडियो)
- असल ख्रीष्टिय सङ्गीतका बाइबलीय सिद्धान्तहरू (अडियो)
नरक
नरक, परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरूका लागि बनाइएको दण्ड-स्थान र कारागार हो। यो ठाउँ शैतान र त्यसका विद्रोही दूतहरूका निम्ति तयार पारिएको थियो (मत्ती २५:४१)। मुक्ति नपाएका मानिसहरू पनि त्यहीँ जानेछन् (मत्ती २५:४१-४६)। पुरानो नियममा प्रयोग गरिएको नरक (शिओल)भन्ने शब्दका दुईटा माने छन्। कुनै-कुनै ठाउँमा यसले मृतकको शरीर विसाइएको स्थान [अथवा चिहान] लाई जनाउँदछ (भजनससङ्ग्रह ६:५; उपदेशक ९:१०; यशैया ३८:१८,१९)। तर, प्रायः यसले [शरीरबाट] विदा भएका आत्माहरू जाने ठाउँलाई जनाउँदछ (उत्पत्ति ३७:३५; व्यवस्था ३२:२२; भजनसङ्ग्रह ९:१७; १६:१०; ५५:१५; ३०:३; हितोपदेश ९:१८; १५:२४; २३:१४; यशैया ५:१४; १४:१५; इजिकिएल ३१:१६; ३२:२१,२७)।
नरक कस्तो स्थान हो?
- दण्डको स्थान (मत्ती २५:४६)
- निर्वासनको स्थान (२ थेस्सलोनिकी १:९)
- आगोको स्थान (मत्ती १३:४२,५०; मर्कूस ९:४४-४८; प्रकाश २०:१५; १४:१०)
- पीडाको स्थान (लूका १६:२३; प्रकाश २०:१०)
- किराहरूको स्थान (मर्कूस ९:४४,४६,४८; यशैया ६६:२४)
- अन्धकारको स्थान (२ पत्रुस २:१७; यहूदा १३)
- चेतना र संवेदनाको स्थान (लूका १६:२३)
- तिर्खाको स्थान (लूका १६:२४)
- उम्कने आशा नभएको स्थान (लूका १६:२६)
- अपूरा अभिलाषाहरू हुने र विन्तीका सुनाइ नहुने स्थान (लूका १६:२७-३१)
- रूवाबासी र दाह्राकिटाइको स्थान (मत्ती २५:३०; २४:५१)
- पछुतो लागिरहने स्थान (लूका १६:२७-२८)
नरकमा के के हुनेछैन?
निम्न कुराहरू नरकमा हुनेछैन: परमेश्वर, बाइबल, ख्रीष्टियनहरू, भजनहरू, आफ्ना साथी तथा प्रियजनहरूसँगको सङ्गति, उज्यालो, उम्कने आशा, प्रेम र दया, सुख, सान्त्वना, सुसमाचारको प्रचार, विश्राम, दुख्ने कम गराउने औषधी, पुस्तकहरू, पशुपक्षीहरू, पैसा, मनोरञ्जन, स्वतन्त्रता, रोजाइ, सहानुभूति, खेलकूद, आशा, कृपा।
के दुष्टहरू नरकमा अस्तित्वहीन भई जानेछन्?
- पापीले नरकमा अनन्तसम्म कष्ट भोग्नेछ भन्ने कुरा बाइबलका सरल खण्डहरूले बताउँदछन् (मत्ती २५:४६; मर्कूस ९:४३-४८; प्रकाश १४:१०-११; १९:२०; २०:१०)
- मुक्ति नपाएकाहरूको दण्ड बल प्रयोग गरी मारिनुभन्दा पनि कडा हुनेछ भनेर बाइबलले बताउँछ (मर्कूस ९:४२)। यस कुराले उक्त दण्ड अनन्त पीडा हो भन्ने बुझिन्छ, अस्तित्वहीन भएर जानु होइन।
- येशूले भन्नुभयो, यहूदा कहिल्यै नजन्मेका भए बरू उसका लागि असल हुनेथ्यो (मत्ती २६:२४)। यहूदाको अस्तित्व यदि अन्त हुनेथ्यो भने येशूको भनाइ अर्थहीन हुनेथ्यो।
साभार: Way of Life Encyclopedia of the Bible & Christianity (1993), Edited by David W. Cloud.