Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

उत्तर कोरियामा प्रचारकको गिरफ्तारी

यस पृष्ठलाई छाप्नुहोस्

तलको खबर प्रकाश गरिएदेखि यता निजको छुटकाराको निम्ति अवश्य पनि धेरैजनाले प्रार्थना गर्नुभयो। अनि हिजो सोमबार, फागुन १९ गतेका दिन, उहाँ उत्तर कोरियाबाट निष्कासित गरिनुभई बेजिङ्गमा आइपुग्‍नुभएको खबर समाचार माध्यमहरूमा देखिएको छ।

(२०७० साल फागुन ७ गतेका दिन अष्ट्रेलियामा सेवारत ख्रीष्टका सेवक दाजु बडि स्मिथबाट प्राप्त इ-मेल, उहाँको अनुमतिले wordoftruth.com.np द्वारा अनूदित र यस वेबसाइटमा प्रकाशित)

प्रिय प्रार्थनारत मित्रहरू,

प्रभुलाई चिन्नुहुने सबैलाई ख्रीष्टमा एकजना प्रिय दाजु, जोन शोर्ट (John Short), का निम्ति अन्तर्विन्ती गरिदिनुहुन म अनुरोध गर्दैछु। आज हामीले मण्डली सभा अगाडि सुन्यौं (र फेरि घर फर्कँदै गर्दा एबीसी रेडियो (ABC Radio) मा पनि सुन्यौं) कि दाजु जोनलाई, सुसमाचारीय पाठ्य सामग्री उहाँको साथमा भेटिएकोले र उहाँले त्यहाँ ती सामग्रीहरू वितरण गर्नुभएकोले, गत आइतवार उत्तर कोरियाको प्योङ्गयाङ्गमा गिरफ्तार गरिएको छ।

जोन करीब २०-२२ वर्षको उमेरमा अष्ट्रेलियाको आडलेडमा रहनुहुँदा ख्रीष्टमा आउनुभएको हो। त्यसको थोरै समय पछि नै उहाँ हङ्गकङ्ग भ्रमणमा जानुभएको थियो र त्यहाँ रहेको हङ्गकङ्ग ख्रीष्टिय बुक रुम (Hong Kong Christian Book Room) को सेवकाइ देख्‍नुभएर यति प्रभावित हुनुभयो कि उहाँले आफ्‍नो सम्पूर्ण जीवन त्यहीँ काम गर्नलाई स्वेच्छापूर्वक अर्पण गर्नुभयो। त्यो त पचास वर्ष अघिको कुरा हो। उहाँ र उहाँकी पत्नी क्यारेन (Karen) ले हङ्गकङ्गमै तीनजना छोराहरूलाई हुर्काउनुभयो जोहरू ब्रेद्रेन मण्डलीहरू (Brethren Assemblies) मा सुसमाचार प्रचारकार्यमा सक्रिय हुनुहुन्छ, केवल हङ्गकङ्गमा मात्र होइन तर चीनका भित्री प्रान्तहरूमा समेत। उहाँहरूको साक्षी अति उत्तम छ र उहाँहरू चिनीयाँ मानिसहरूलाई ख्रीष्टमा ल्याउनलाई बेसरी परिश्रम गर्नुहुन्छ।

हामीले १५ महिना जति अगाडि जोन र क्यारेनलाई भेट्ने सुअवसर पाएका थियौं जब हामी नेपालमा एउटा मिसन कन्फरेन्समा भाइ डेविड क्लाउडसित सँगै सेवा गर्नलाई हङ्ग कङ्गको बाटो भएर गएका थियौं। हामी बुकरुम सेवकाइको अावासलयमा बस्यौं र उहाँहरू लगायत बुकरुमका कारिन्दाहरूसित खानपान गर्ने आनन्दपूर्ण अवसरहरू पायौं।

दाजु जोनले ख्रीष्टको निम्ति आफ्‍नो ज्यान दिनलाई आफ्‍नो तत्परता भएको व्यक्त गर्नुभयो। तपाईं यदि उत्तर कोरियाको परिस्थितिसित र हाम्रा प्रभुलाई चिन्नुहुनेहरूको भयङ्कर दुःखहरूसित परिचित हुनुहुन्छ भने तपाईंले यो बुझ्नुहुनेछ कि दाजु शोर्ट सायद फेरि कहिल्यै स्वतन्त्र मानिस भएर हिँड्न पाउनुहुनेछैन। परमेश्वरले उहाँलाई ख्रीष्टमा असल अङ्गिकारको गवाही दिनलाई [१ तिमोथी ६:१३] र साथै अरूहरूलाई ख्रीष्टको बारेमा बताउन उहाँलाई रिहा गर्नु प्रभुलाई असल लागोस् भनेर के तपाईं कृपया प्रार्थना गरिदिनुहुन्छ कि?

अनि हामीले यो प्रार्थना गर्नुपर्छ कि प्रभुले दाजु शोर्ट जस्ता अझ धेरै खेतालाहरू उठाउनुभएको होस्।

कृपया प्रार्थना गर्नुहोस्,
पास्टर बडी स्मिथ्


पृष्ठ संशोधन मिति: Tuesday 04-Mar-14
WordofTruth.com.np © 2017