ख्रीष्टको विरूद्धमा न्याय सभाहरू

यस पृष्ठलाई छाप्नुहोस्

उहाँको पक्राउपछि, परमेश्वरका निष्कलंक पुत्रलाई एक सामान्य अपराधीलाई झैं इन्साफ गर्न लगियो र मृत्युदण्ड दिइयो। रातीदेखि विहानसम्ममा, तीन पटक यहूदीहरूको र तीन पटक रोमीहरूको गरेर जम्मा छओटा न्याय सभा भए। इन्साफ गर्न बसेका यी सभाहरू अत्यन्तै अन्यायपूर्ण थिए किनभने येशूका शत्रूहरूले आफ्ना मनमा येशूलाई अगाडि नै दोषी ठहराइसकेका थिए र मृत्युदण्ड दिने निर्णय गरिसकेका थिए। दोषी बास्तवमाले थिए र निर्दोषले थिए भन्ने कुरा यी छओटा न्याय सभाहरूको अध्ययन गरेर प्रस्टै जान्न सकिन्छ।

१) पहिलो न्याय सभा -- हन्नासको सामु येशू

येशूको गिरफ्तारीको लगत्तै पछि, उहाँलाई सर्वप्रथम ______________ कहाँ लगियो (यूहन्ना १८:१३। यहूदीहरू हन्नासलाई आदर गर्थे र आफ्नो अगुवाको रूपमा हेर्थे।

यस छोटो सभामा येशूले एउटा न्यायोचित माग राख्‍नुभयो। उहाँ र उहाँको शिक्षाको विषयमा जान्ने साँचा साक्षीहरू ल्याइयोस् भन्ने उहाँको माग थियो (यूहन्ना १८:२१)। यस न्यायोचित मागको लगत्तैपछि एक यहूदी अफसिरको तर्फबाट येशूमाथि ज्यादै अन्यायपूर्ण व्यवहार भयो जसले येशूलाई __________ लगायो (यूहन्ना १८:२२)।

यस अफसिरले आफ्नो हात उठाएर निष्कलंक मुक्तिदातालाई हिर्कायो। उसले हातलाई मुठ्ठी पारेर होइन तर खुल्ला पञ्जाले प्रभुलाई हिर्कायो, या त पञ्जाको तल्लो भागले यात पञ्जा र औंलाहरूले। येशू एक साधारण मानिस मात्र अथवा एक ठूलै अपराधी हुनुभएको भए पनि, उहाँमाथि यस्तो अन्यायपूर्ण व्यवहार गरिनु हुँदैन थियो। त्यसपछिका घडीहरूमा येशूले भोग्नुभएका धेरै पिटाइहरूमध्ये पहिलोचाहिँ यही थियो।

यस सभा र यसपछिका सभाहरू धेरै हिसाबले ज्यादै अन्यायपूर्ण थिए। यी मानिसहरूले प्रभु येशूलाई जुनसुकै उपायले भए पनि नष्ट गर्न खोजे। न्याय सभालाई उनीहरूले रातको समयमा राख्‍नुहुँदैन थियो। इमानदार साक्षीहरूको सुनाइ हुनुपर्थ्यो। येशूका निम्ति एक वकिलको प्रबन्ध गरिनुपर्थ्यो। त्यत्तिकै गालामा थप्पड लगाउनु हुँदैनथ्यो। उनीहरूले जे जति गरे गलत धारणाले गरे। फलस्वरुप उक्त सभा अन्यायपूर्ण थियो। केवल उनीहरू जीवनका प्रभु तथा प्रभुहरूका प्रभुलाई आफ्नो संसारबाट हटाउन चाहन्थे।

दोस्रो न्याय सभा -- कायफाको सामु येशू

हन्नाससितको भेट पछि येशूलाई कहाँ लगियो (यूहन्ना १८:२४) _______________।   दुवै हन्नास र कायफा येशू मारियोस् भनी चाहन्थे। न्यायपूर्ण प्रक्रियाद्वारा फैसला होस् भन्ने कुनै चासो थिएन उनीहरूलाई। यस सभामा यहूदी शासकवर्ग समेत उपस्थित थिए जसलाई सनहेदरीन (“महासभा”, मर्कूस १४:५५) भनिन्थ्यो। येशूको विरूद्धमा बोल्न धेरै झूटा साक्षीहरू खडा गराइए जसले उहाँको विरुद्ध झूटा आरोपहरू लगाए तर एउटा व्यक्तिको साक्षी अर्को व्यक्तिको साक्षीसँग मेल खान सकेन (मर्कूस १४:५६)।

येशूले केही नबोल्नुभएको देखेरे कायफा छक्क परे (मर्कूस १४:६०)। यसबारे उहाँलाई प्रश्‍न गर्दा प्रभुले एउटै शब्द बोल्नुभएन (मर्कूस १४:६१)। साधारणतया मानिसहरू आफू दोषी छु भन्ने जानेर पनि आफ्नो पक्षमा बोल्ने गर्छन् भने निर्दोष भएको खण्डमा झन् बढ्ता गरी बोल्छन्। यहाँ त प्रभु येशू पूर्णतया निर्दोष हुनुहुन्थ्यो र उहाँको विरुद्धमा बोलिएका अन्यायपूर्ण कुराहरूको विरोधमा बोल्न उहाँको स्वतः अधिकार थियो तर उहाँ चूप बस्नुभयो। यशैया ५३ मा हाम्रो प्रभु आफ्ना शत्रुहरूको सामु मौन बस्नुहुनेछ भनीलेखिएको भविष्यवाणी भेट्टाउन सक्नुहुन्छ? पद _______। दाँज्नुहोस् १ पत्रुस २:२२-२३।

बोल्ने समय एउटा हुन्छ र मौन बस्ने समय अर्को। कस्तो बेलामा मुख खोलेर बोल्नु राम्रो हुन्छ? कस्तो बेला नबोल्नु नै राम्रो हुन्छ? प्रभु येशू जान्नुहुन्थ्यो, उहाँको विरुद्धमा बोलिएका हरेक गलत कुराहरूको ठीक इन्साफ स्वर्गमा बस्नुहुने उहाँको पिताले गर्नुहुन्छ।

आखिरमा महापुजाहारी (कायफा)ले भने, “के तँ परमेश्वरको पुत्र होस्?” (मर्कूस १४:६१ सित दाँज्नुहोस्) अनि यतिखेर येशू चूप बस्न सक्नुभएन। प्रभुले के जवाफ दिनुभयो (मर्कूस १४:६२)? “म ______!”

येशूले यति भन्नुभए पछि महापुजाहारीले आफ्नो फैसला सुनाइहाले (मत्ती २६:६५):

यो इ ____________को दोषी छ। (उनको तात्पर्य, केवल मानिस भएर येशूले आफू परमेश्वर हुँ भनी दावी गर्नु इश्वरनिन्दाको पाप हो)

त्यसपछि महासभाले दण्डको घोषणा गरे (मत्ती २६:६६):

यो ___________________को योग्य छ!

उहाँले त्यस्तो ठूलो अपराध के गर्नुभएको थियो? उहाँ किन मारिनुपर्थ्यो? कारण उहाँले म परमेश्वरको पुत्र हुँ भनी भन्नुभयो! अपराधीहरूलाई क्रूसमा टगाँइदा, शिरको मास्तिर उनीहरूको दोषपत्र टाँसिन्थ्यो। जस्तै, कसैले जानाजानी हत्या गरेको भए, उसको माथि यसरीलेखिनुपर्थ्यो, “यो हत्यारा हो!” येशूको शिरमाथि कुनचाहिँ अभियोगलेखियो (मत्ती २७:३७)? _____________________________________________। उहाँको अपराध यति नै थियो!

येशूलाई मृत्युदण्डको योग्य ठहराएपछि, यी यहूदीहरूले धार्मिकताको मुकुण्डो उतारेर उनीहरूको बास्तविक पशुसमान व्यवहार देखाउन थाले। पहिले त उनीहरूले उहाँको अनुहारमा ________________ (मत्ती २६:६७ )। उनीहरूले उहाँलाई ______________ लगाए (मत्ती २६:६७ ) जसको अर्थ हो, मुठ्ठी कसेर प्रभुलाई हिर्काए। अरुदृअरुले उहाँलाई ________________ लगाए (मत्ती २६:६७ )। अनि उहाँलाई मुक्का र थप्पडले शासना दिने क्रममा, उनीहरूले उहाँलाई गिल्ला गरे र उहाँसित खेल खेल्न थाले।

उहाँलाई तिनीहरूले अनुहारमा _________ (लूका २२:६४) र उहाँलाई आँखामा पट्टी बाँधेर एक निर्दयी खेल खेले। “तँ परमेश्वरको पुत्र होस् भनी दावी गर्छस् भने, मेरो नाम के हो, भन्!” भन्दै पालैसित उहाँलाई थप्पड दिए र मुक्का हाने (मर्कूस १४:६५)। ख्रीष्टले सजिलैसित उनीहरूको नाम बताइदिन सक्नुहुन्थ्यो (उनीहरूलाई ताजुब पार्नेगरी), तर उहाँ चूपै बस्नुभयो।

यी सबै कुरा उहाँलाई आइपर्नेछन् भनी के प्रभुले अघिबाट नै जान्नुहुन्थ्यो (मर्कूस १०:३४; लूका १८:३२)? _____________________।

तेस्रो न्याय सभा -- कायफा र सनहेदरीनको सामु येशू

(बिहानीपखको औपचारिक न्याय सभा)

यहूदी अगुवाहरूको महासभा (सनहेदरीन)ले बैठक एक पटक फेरी बस्यो। उक्त बैठक कतिखेर बसेको थियो (मत्ती २७:१)? ________________________________________। स्मरण होस्, येशू रातभर जागा हुनुहुन्थ्यो र निद्राबिना धेरै समय गुजारिसक्नुभएको थियो। कहिलेकाहीँ जब हामी पनि सुत्‍न पाउँदैनौं र थकित हुन्छौं, त्यसबेला याद गरौं, शरीरमा थकित हुनु भनेको कस्तो हुन्छ सो हाम्रो मुक्तिदाताले जान्नुहुन्छ।

यहूदी अगुवाहरू जान्दथे, उनीहरूको रातको न्याय सभा अन्यायपूर्ण र गलत थियो भनेर, यसकारण बिहान हुनासाथ उनीहरूले ख्रीष्टलाई दोषी ठहराए र उहाँलाई ____________ मतो गरे (मत्ती २७:१)। तर प्रभुका शत्रुहरूको एउटा समस्या थियो। येशूलाई उनीहरूले मार्न चाहे तापनि, उनीहरू सो गर्न सक्दैनथे। सो गर्नु गैरकानूनी कार्य हुन्थ्यो (यूहन्ना १८:३१)। मृत्युदण्ड दिने काम रोमीहरूले मात्र गर्न सक्थे। यहूदीहरू आफैले मृत्युदण्ड दिनसक्ने भएको भए उनीहरूले ख्रीष्टलाई सम्भवत: ढुङ्गा हानेर मार्ने थिए (यूहन्ना १०:३१ हेर्नुहोस्), तर रोमीहरूले भने अपराधीहरूलाई काठको क्रूसमा झुण्डयाएर मार्ने गर्थे।

चौथो न्याय सभा -- पिलातसका सामु येशू प्रथम पटक

यहूदीहरूले येशूलाई बाँधेर रोमी रा _____________ पिलातसकहाँ लगे (मत्ती २७:२)। उनीहरू उहाँलाई एक अपराधीको रूपमा मृत्युदण्ड दिलाउन पिलातसको अनुमति चाहन्थे।

पिलातसको विचारमा येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष हुनुहुन्थ्यो (लूका २३:४)? _______________। पिलातस येशूलाई छोडिदिन चाहन्थे तर यहूदी अगुवाहरू भने येशू नमारिएसम्म चूप बस्नेवाला थिएनन्।

अन्तमा पिलातसले येशूलाई अर्कै शासककहाँ पठाए जो त्यसबखत संजोगवश यरूशलेम शहरमै थिए जसको नाम ______________ थियो (लूका २३:७)। बप्‍तिस्मा दिने यूहन्नाको हत्या गर्ने हेरोद यिनी नै थिए (मर्कूस ६:१६,२७)।

पाँचौं न्याय सभा -- हेरोदका सामु येशू

हेरोद येशूलाई देखेर एकदमै खुशी भए कारण उनले येशूको विषयमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा गरिएका केही __________ हेर्न चाहे (लूका २३:८)। के येशूले हेरोदका निम्ति नानाथरीका चिन्हहरू गरेर देखाउनुभयो (लूका २३:९-११)? _____________। के येशूले हेरोदसित कुनै बातचीत गर्नुभयो (लूका २३:९)? ________________।

हेरोदको विषयमा बोल्नुहुँदा एक पटक येशूले उनलाई “त्यस ________” भन्नुभएको थियो (लूका १३:३२)। लूका २३:११ अनुसार हेरोदले आफ्ना सिपाहीहरूसँगै मिलेर येशूलाई अपमान गरे, खिसी गरे र एउटा भड्किलो वस्त्र पहिराइदिएर उहाँलाई पिलातसकहाँ फर्काइदिए। आखिरमा तिनीहरूले उहाँलाई फेरि ________________ कहाँ फर्काइदिए (लूका २३:११)?

छैंटौं न्याय सभा -- दोस्रो पटक पिलातसका सामु येशू

येशूलाई भेट्न हेरोद त खुशी थिए (लूका २३:८ ) तर पिलातस भने खुशी थिएनन्! सही न्याय गर्न उनी चाहन्थे तर उनी यहूदीहरूलाई रिस उठाउन पनि चाहँदैनथे।

पिलातसले येशूलाई दोषी भेट्टाए कि निर्दोष (लूका २३:१३-१४)? ____________। के पिलातसले येशूलाई मृत्युदण्डको योग्य भेट्टाए (लूका २३:१५)? ____________। पिलातस उहाँलाई क्रूसमा टाँग्न चाहन्थे कि छोडिदिन चाहन्थे (लूका २३:१६)? ______________। यहूदीहरू भने पिलातसले के गरोस् भन्ने चाहन्थे (लूका २३:२१)? ___________________ ________________________।

त्यसपछि पिलातसले येशूलाई कोर्रा लगाउने योजना गरे। यसो गर्नाले यहूदीहरूको मनमा येशूप्रति सायद दया पलाउला कि अनि “उसलाई दण्ड पर्याप्‍त भो! होस् जान दिनुहोस्!” भनी उनीहरूले भन्लान् कि भन्ने पिलातसको आशा थियो। अनि पछि येशूलाई छाडिदिऊँला भन्ने उनको विचार थियो। त्यसैले पिलातसले येशूलाई लगे र _________ लगाए (यूहन्ना १९:१)।

रोमीहरूको कोर्रा जस्तै क्रूर चीज अरू पाइन्नथ्यो। अपराधीहरूलाई यातना दिन प्रयोग गरिने त्यो कोर्रा एउटा अति निर्दयी साधन थियो। त्यो काठको छोटो बीटले बनेको हुन्थ्यो जसमा केही डोरीहरू बाँधिएका हुन्थे अनि डोरीहरूका टुप्पाहरूमा तीखा-तीखा धातु वा हड्डीका टुक्राहरू हुन्थे। कोर्राले व्यक्तिको नाङ्गो ढाडलाई हिर्काउँदा त्यसलाई छिया-छिया पार्दै उसलाई असह्य पीडा हुन्थ्यो। त्यसको पिटाइले कतिपय मानिसहरू बेहोश हुन्थे भनेकोही त मर्थै नै। उनीहरूले यही कोर्रा प्रयोग गरे प्रभु येशूमाथि--धर्मी, पवित्र र निर्दोष ख्रीष्टमाथि! हामी (दोषीहरू)लाई बचाउन र परमेश्वरकहाँ ल्याउन येशू दुःख सहन, रगताम्य हुन र मर्न तयार हुनुभयो (१ पत्रुस ३:१८)!

ती रोमी सिपाहीहरूलाई भने येशूलाई कोर्रा लगाएर पुगेन। हेरोदजस्तै उनीहरू पनि येशूसित खेल खेल्न चाहेः

  1. उनीहरूले उहाँलाई एक लाल-बैजनी पोशाक पहिर्‍याइदिए (मर्कूस १५:१७; मत्ती २७:२८)। कोर्रा खाएपछि पोशाक आलो घाउमा रगडिँदा येशूलाई कति दुःख्यो होला!
  2. उनीहरूले उहाँलाई _______को मुकुट गाँथेर लगाइदिए (मर्कूस १५:१७) र उहाँको शिरमा थिचिदिए।
  3. तिनीहरूले उहाँको हातमा राजदण्ड राखिदिए। उनीहरूले उहाँलाई जबरजस्ती बस्न लगाएपछि उहाँको दाहिने हातमा एउटा ____________ राखिदिए (मत्ती २७:२८ )। राजाले समाउने राजदण्ड उनको अख्तियार र शक्तिको चिन्ह हो भने उनीहरूले येशूलाई खिसी गर्दै यसो गरेका थिए।
  4. उनीहरूले खिसी गर्दै उहाँलाई दण्डवत् गरे। पालैपालो सिपाहीहरू घुँडा टेक्दै “स __________, य _____________का ________!” भन्न थाले (मत्ती २७:२९)।
  5. उनीहरूले उहाँलाई थुके। उनीहरू झन् झन् खराब व्यवहार गर्दै पशु जस्तै भए (मत्ती २७:३०)। प्रत्येक सिपाही आफ्नो पालो आउँदा घुँडाबाट उठेपछि उसले परमेश्वरको एकमात्र पुत्रको अनुहारमा थुक्थे।
  6. उनीहरूले उहाँलाई खुल्ला हातले बेस्सरी थप्पड लगाए (यूहन्ना १९:३), त्यही अनुहारमा जहाँ अलिक अघि यहूदीहरूले पटक-पटक थप्पड लगाएका र मुड्कीले हिर्काएका थिए। के अब हामी यशैया ५२:१४ र ५३:२लाई अलिक बुझ्न सक्छौं?
  7. उनीहरूले उहाँलाई हिर्काए। पालैपालो, सिपाहीहरू येशूको सामु आउँदा, उनीहरूले येशूको हातबाट निगालो लिएर उहाँको शिरमाथि हिर्काए (मत्ती २७:३०)।

तर, पर्खनुहोस्, येशूका लागि “बिचरा” भन्न थाल्नु अगाडि, हामीले एउटा कुरा याद गरौं कि वास्तवमा “बिचरा” भन्नु पर्ने त यी सिपाहीहरूका लागि हो। एउटा अर्को दिन आउँदै छ जब यिनै मानिसहरूले राजा ख्रीष्टको सामु दण्डवत् गर्नुपर्नेछ जसलाई उनीहरूले खिसी गरे र दुर्व्यवहार गरे (फिलिप्पी २:९-११ हेर्नुहोस्)। के त्यस दिन तपाईंले पनि राजा येशूको सामु आफ्नो घुँडा टेक्नुहुनेछ? ______________।

अन्तमा, यी सब भइसकेपछि, पिलातसले येशूलाई सबैले देखून् भनी मानिसहरूको सामु ल्याए (यूहन्ना १९:५)। तब यहूदीहरूले के भने? (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

  1. “येशूलाई दण्ड दिन पुग्यो अब! भो, कृपया उहाँलाई अब अरु दण्ड नदिनुहोस्।”
  2. “येशू निर्दोष व्यक्ति हुनुहुन्छ भनेर हामीले महसुस गर्‍यौं! उहाँ मृत्युदण्डको योग्य हुनुहुन्न! हाम्रो भूल भएछ!”
  3. “उसलाई क्रूसमा टाँगिदिनुहोस्!”
  4. “हामीले परमेश्वर र उहाँको पुत्रको विरूद्धमा पाप गरेका छौं! हे परमेश्वर, यो ठूलो पापको लागि हामीलाई क्षमा गर्नुहोस्!”

पिलातसका सबै प्रयास बिफल भए र अन्तमा भीडको जे इच्छा थियो उसले त्यही नै गरे। येशूलाई क्रूसमा टाँग्न पठाइयो।

* * * * *

के तपाईंले पनि कहिलेकाहीँ अर्काको दुर्व्यवहार भोग्नु परेको छ? सायद, स्कूलमा वा छरछिमेकमा? के अरुले तपाईंको खिसी वा ठट्टा गर्छन्? मैले असल नै गरेको छु भनी आफ्नो हृदयमा थाह हुँदा पनि अरुले तपाईंलाई गल्ती गरेको दोष लगाउँछन्? मित्र वा शत्रुले तपाईंलाई शरीरमा कहिल्यै चोट पुर्‍याएका छन् (हातले वा कुनै कुराले हिर्काएर)?

त्यस प्रकारको व्यवहार भोग्नु कस्तो हुन्छ भनी के प्रभु येशू राम्ररी जान्नुहुन्छ? खिसी गरिनु, चोट पाउनु, झूटा आरोप लगाइनु कस्तो हुन्छ के उहाँ जान्नुहुन्छ? त्यस्तो समयमा के उहाँ हामीलाई बुझिदिने हाम्रो साथी बन्न सक्नुहुन्छ (हिब्रू ४:१५; २:१७-१८)। त्यस्तो समयमा हामीले कसरी व्यवहार गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभएको छ (१ पत्रुस २:२०-२३) र त्यति मात्र होइन, त्यस्ता समयहरूमा उहाँले हामीलाई मदत पनि गर्न सक्नुहुन्छ!