पास्टरीय अधिकार

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पास्टरीय अधिकारको सम्बन्धमा स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूको सेरोफेरोमा मैले दुईटा समस्या बारम्बार देख्ने गर्ने गरेको छु: पहिलो, त्यहाँ कतिपय मण्डली सदस्यहरूको तर्फबाट पास्टरीय अधिकारको विरुद्धमा विद्रोह हुने गर्छ; अनि दोस्रो, त्यहाँ कतिपय पास्टरहरूको तर्फबाट पास्टरीय अधिकारको दुरुपयोग हुने गर्छ।

पास्टरहरूसित निश्चय पनि परमेश्वरबाटको अधिकार छ। परमेश्वरको वचनले भन्दछ, "तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र आफूलाई उनीहरूको अधीनतामा सुम्प; किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्; र यो काम उनीहरूले दुःख मान्दै होइन, तर आनन्दसाथ गरून्; किनकि यसबाट तिमीहरूलाई केही फाइदा हुँदैन" (हिब्रू १३:१७)। मण्डलीहरूमा तिनका सदस्यहरूसित त्यस्तै अधिकार हुँदैन। पास्टरसित नेतृत्व गर्ने अधिकार हुन्छ, र जोहरू पास्टरहरू होइनन् उनीहरू उक्त अधिकारको मुनि आफूहरूलाई राख्‍नुपर्छ। आज पास्टरीय अधिकारको विरुद्धमा विद्रोह व्यापकरूपमा हुने गर्छ, यो वास्तविकता हो। असल फन्डामेन्टल ब्याप्टिष्ट चर्चहरू छाड्ने धेरैजना मानिसहरू पास्टरीय अधिकारलाई नबुझेकाले वा त्यसको अधीनमा बस्न अस्वीकार गरेकाले त्यसो गर्ने गर्छन्। मण्डलीमा निर्णयहरू गर्ने सवालमा तिनीहरूसित पास्टरहरूसित जत्तिकै अधिकार हुन्छ भन्ने उनीहरू ठान्छन्, तर यो साँचो होइन। [यद्यपि राय लिइनुपर्ने विषयवस्तुको सवालमा बहुमतको राय नै मान्य हुन्छ — अनुवादकको टिप्पणी]

तर अर्कोतिर, पास्टर वा एल्डरले अभ्यास गर्ने अधिकार संसारका शासकहरूले अभ्यास गर्ने भन्दा सुस्पष्ट रूपमा पृथक हुनुपर्छ, तर त्यहाँ पास्टरहरू छन् जोहरूले आफ्नो अधिकारको दुरुपयोग गरिरहेकाछन्। पास्टरको अधिकार असीमित र निर्विवाद हुँदैन, त्यो प्रश्नै गर्न नसकिकने खालको हुँदैन। सदस्यहरूले आँखा चिम्लेर अगुवाको कुरा मान्नुपर्छ भनी माग गर्नेहरू कल्ट (झूटा सम्प्रदाय) का अगुवाहरू हुन्, अनि आँखा चिम्लेर कुरा मान्नेहरू येशू ख्रीष्टप्रति विश्वासयोग्य भइरहेका छैनन् किनकि उहाँले मात्र त्यस्तो आज्ञा पालनको माग गर्न सक्नुहुन्छ।

कुनै प्रश्न नगरी मण्डली अगुवाहरूप्रति अन्धो भक्ति देखाउनुपर्छ भन्ने धारणालाई निम्न पदहरूले झूटा ठहराउँछन्:

"सबै कुरा जाँच; जुन कुरा असल छ, त्यसलाई बलियो गरी समातिराख" (१ थेस्सलोनिकी ५:२१)।

बाइबलले भन्दछ, सबै कुरा परमेश्वरको वचनले जाँचिनुपर्छ। मण्डली अगुवाहरू पवित्रशास्त्रबाटको यस दायित्व भन्दा माथि हुँदैनन्।

"यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे; र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे" (प्रेरित १७:११)।

बेरियालीहरूको यहाँ सराहना गरियो र उनीहरूलाई उत्तम भनियो किनकि तिनीहरूले सबै कुरा पवित्रशास्त्रहरूद्वारा जाँचे, पावलका शिक्षाहरूलाई समेत।

"बोधो मान्छेले हरेक कुरा विश्वास गर्छ; तर समझदार मानिसले आफ्‍नो पाइलामा ध्यान दिन्छ" (हितोपदेश १४:१५)।

बुद्धिमान मानिस उसले सुनेको सबै कुराको विषयमा होशियार हुन्छ भनेर यो हितोपदेशले सिकाउँछ जब कि बोधो वा सीधा-साधा वा मूर्ख व्यक्ति त्यो हो जसले जाँचबुझै नगरीकन "हरेक कुरा विश्वास गर्छ" र सबै कुरा पवित्रशास्त्रहरूद्वारा जाँच्न मान्दैन। कुनै मण्डली अगुवालाई अन्धो भएर पछ्याउनेहरू हितोपदेश १४:१५ का बोधोहरू हुन्।

"दुई वा तीन साक्षी नभएसम्म प्राचीनको विरोधमा लगाइएको कुनै दोष स्वीकार नगर। पाप गर्नेहरूलाई सबैका सामु हप्काऊ, र अरू पनि डराऊन्" (१ तिमोथी ५:१९-२०)।

मण्डली अगुवाहरूको विरूद्धमा मण्डली अनुशासनको कार्यान्वयन कसरी गरिनुपर्छ भनेर माथिको खण्डले बयान गर्छ। यो काम होशियारीपूर्वक र बुद्धिमानीपूर्वक गरिनुपर्छ, तर यो स्पष्ट छ कि मण्डली अगुवाहरू अनुशासन र सुधारभन्दा माथि हुँदैनन्।

तर जब पत्रुस एन्टिओक आए, तब मैले आमनेसामने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए। किनकि याकूबकहाँबाट कति मानिसहरू आउनुभन्दा पहिले उनी अन्यजातिहरूसँग खान्थे; तर जब तिनीहरू आए, तब ती खतना हुनेहरूसँग डराएर उनी पछि हटे र आफूलाई अलग पारे; अनि उनका साथमा अरू यहूदीहरूले पनि कपट गरे, यहाँसम्म कि बर्नबास पनि तिनीहरूको कपटद्वारा भड्काइए। तर जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार ठीकसँग नचलेका देखें, तब ती सबैका सामु मैले पत्रुसलाई भनें: 'तपाईं यहूदी भएर पनि यहूदीजस्तो होइन, तर अन्यजातिजस्तो चल्नुहुन्छ भने, किन तपाईं अन्यजातिहरूलाई यहूदीको चालअणुसार चल्नू भनी कर लाउनुहुन्छ? हामी जन्मैका यहूदीहरू हौं, र अन्यजातिहरूबाटका पापी होइनौं (गलाती २:११-१५)।

यहाँ पावलले पत्रुसलाई उनको कपट र छलका निम्ति सार्वजनिक रूपमा नै हप्काएको कुरा देख्छौं।

"म, जो एउटा सङ्गी-प्राचीन र ख्रीष्टका दुःखहरूको साक्षी, साथै प्रकट हुने महिमाको भागीदार हुँ, तिमीहरूको बीचमा भएका प्राचीनहरूलाई अर्ती दिन्छु - तिमीहरूका बीचमा भएको परमेश्वरको बगाललाई देखरेख गर्दै गोठाला गर, करले होइन, तर इच्छापूर्वक; नीच कमाइका निम्ति होइन, तर तयार मनले; परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन" (१ पत्रुस ५:१-३)।

परमेश्वरको वचनले पास्टरहरूलाई परमेश्वरको सम्पत्तिमाथि प्रभुहरू भएझैं व्यवहार गर्न सख्त मनाही गरेको छ। पास्टरहरूले कुनै कुराको माग गर्दा उनीहरूको कुरा निर्विवाद रूपमा मान्नुपर्छ भन्ने अवधारणालाई यस खण्डले झूटा सावित गर्छ। पत्रुसले पास्टरहरूलाई यो कुराको सम्झना गराउँछन् कि मण्डली उनीहरूको सम्पत्ति होइन; यो परमेश्वरको हो। उनीहरू मण्डलीको शिर होइनन्; येशू ख्रीष्ट हुनुहुन्छ। उनीहरूले ख्रीष्टको बगाललाई कोमलतापूर्वक अधीनस्थ गोठालाहरूको रूपमा नम्रतापूर्वक देखरेख गर्नुपर्छ, यो कुरा स्मरण गर्दै कि बगाललाई गरिएको कुनै पनि दुर्व्यवहारका निम्ति उनीहरूले मुख्य गोठालालाई लेखा दिनेछन्।

तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो: "तिमीहरूलाई थाह छ, अन्यजातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुता जमाउँछन्, र ठूला-ठूलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तर तिमीहरूका बीचमा चाहिँ त्यस्तो हुनेछैन; तर तिमीहरूका बीचमा जो ठूलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको सेवक बनोस्; अनि तिमीहरूका बीचमा जो पहिलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको दास बनोस्" (मत्ती २०:२५-२७)।

तिनीहरू सांसारका शासकहरूले जस्तै व्यवहार गर्नुहुँदैन भन्नुहुँदै प्रभु येशू ख्रीष्टले प्रेरितहरूलाई चेतावनी दिनुभयो जोहरूले आफ्‍ना मानिसहरूमाथि आडम्बरसहित "अधिकार जमाउँछन्"। आज ठीक यस्तै गर्दैछन् धेरैजना पास्टरहरूले, अनि उनीहरूले यसको निम्ति परमेश्वरलाई जवाफ दिनेछन्।

"हे प्रिय, खराब कुराको पछि होइन, तर भलो कुराको पछि लाग। जसले भलाइ गर्दछ, ऊ परमेश्वरबाटको हो; तर जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन" (३ यूहन्ना ११)।

यस पदले हामीलाई खराब कुराको पछि नलाग्नू भनेर चेतावनी दिन्छ। यो आज्ञा पालन गर्न सक्नलाई एउटा ख्रीष्टियनले हरेक परिस्थितिलाई होशियारपूर्वक मूल्याङ्कन गर्नुपर्छ र जुन कुरा खराब छ त्यसलाई इन्कार गर्नुपर्छ, त्यसको स्रोत जुनसुकै किन नहोस्। यसले हायल्स-एन्डर्सन (Hyles-Anderson) सिद्धान्तलाई विस्फोटन गराईकन नष्ट पार्दछ। उक्त सिद्धान्तअनुसार आफ्‍ना मण्डली अगुवाहरूले ठीक या बेठीक के गरिरहेका छन् भनेर विश्लेषण गर्नु कुनै ख्रीष्टियनको सरोकार होइन किनकि जे गर्नुपर्छ परमेश्वरले गर्नुहुनेछ। तर बाइबल अनुसार "खराब कुराको पछि होइन, तर भलो कुराको पछि" लाग्नु हरेक ख्रीष्टियनको जिम्मेवारी नै हो।