रोमी १६:१-६

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय १६

रोमी १६:१

पावलको पत्र आफैलेबोकेर रोमीहरूको हातमाथमाइदिने काम फिबीले गरेको हुन सक्छ। तिनले पावलको हृदयदेखिको तारिफ पाइन्। पावलले उल्लेख गरेका पहिलो पाँच विश्वासीहरू मध्ये (१-६पदहरू), तीतीन जनाचाहिँ स्त्रीहरू हुनुरोचक कुरा छ। ख्रीष्टको सेवा, उहाँको मण्डलीको सेवा गर्ने काममा, स्त्रीहरूको भूमिका पुरुषहरूको भन्दा कुनै हालतले पनि दोस्रो स्थानमा पर्दैन। उनीहरू “जीवनका अनुग्रहका साझा हकदारहरू” हुन् (१ पत्रुस ३:७) र ख्रीष्टको न्यायआसनमा उनीहरूको विश्वासयोग्यताको बापत इनाम दिइनेछ। मालिकका निम्ति विश्वासयोग्य भएर मेहनत गर्ने सम्बन्धमा, ख्रीष्टमा पुरुष र स्त्री भन्ने हुँदैन। हामी उही मुक्तिदाताको सेवा गर्दछौं, उहाँको प्रेमका दासहरूझैं, यद्यपि फरक-फरक भूमिकामा। आलोचकहरू जेसुकै भनून्, बाइबलले नारीत्वलाई सधैं सम्मान गरेको छ र विश्वास गर्ने स्त्रीहरू परमेश्वरको इच्छाबमोजिमकाव्यक्तिहरू बन्न सक्छन् र त्यसमा पूर्ण सन्तुष्टि र आनन्द पाउन सक्छन्। स्त्रीहरूलाई बेसरीदुर्व्यवहार गरिने र थोरै मूल्यको ठानिनेचाहिँ बाइबलीय सिद्धान्तहरूलाई मान्यता नदिइने समाजहरूमा हो।

फिबी बहिनी र सेविका दुवै थिइन् (१ पद)। पावलले तिनलाई ख्रीष्टमा एक बहिनी (पारिवारिक ममता जनाउने शब्द) र मण्डलीका एक सेविका (ग्रीकमा diakonon) भनेर ठान्दथे। उनी केङ्ख्रेयामा भएको मण्डलीकी सेविका थिइन्।केङ्ख्रेया कोरिन्थसँगै टाँसिएको एउटा बन्दरगाह शहर थियो (प्रेरित १८:१८ सित तुलना गर्नुहोस्)।

फिबी मण्डलीका एक “सेविका” वा “डिकनेस” (deaconess) थिइन्। प्रश्न उठ्छ, यो शब्द तिनी साधारण अर्थमा मण्डलीकी नम्र सेविका थिइन् भनी जनाउन प्रयोग गरिएको हो किविशेषअर्थमा मण्डलीमा तिनको कुनै पद थियो? सुरुका मण्डलीहरूमा “स्त्री डिकन” (डिकनेस) भन्ने कुनै पदथियो कि? नयाँ नियममा स्त्री डिकनहरूको कुनै उल्लेख छैन। तरैपनि१ तिमोथी ३ अध्यायमा एउटाखण्ड छ जसलाई कतिले सान्दर्भिक ठान्छन्। उक्त अध्यायले एल्डरहरू (अध्यक्षहरू) र डिकनहरूमा हुनुपर्ने योग्यताहरूको चर्चा गर्दछ। डिकनहरूको योग्यताहरू उल्लेख गरेको सूचीको बीचतिर, पावलले यो पनि भन्छन्: “यही प्रकारले उनीहरूका पत्नीहरू पनि गम्भीर हुनुपर्छ; बदनामी नगर्ने, सतर्क, सबै कुरामा विश्वासयोग्य हुनुपर्छ” (१ तिमोथी ३:११)। “पत्नीहरू” भन्ने शब्दललाई “स्त्रीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसले कि त डिकनहरूका पत्नीहरूलाई जनाउँछकि त मण्डलीका अन्य स्त्रीहरूलाई (“स्त्री डिनकनहरू”?)। यदि यसले डिकनहरूका पत्नीहरूलाई जनाउँछ भने, यस अध्यायमा एल्डरहरूको पत्नीहरूको बारेमा चाहिँ किन त्यसरी नै चर्चा गरिएन भन्ने प्रश्न उठ्छ। एल्डरहरूका पत्नीहरूको कुनै योग्यताको चर्चा नगरिएको अवस्थामा डिकनहरूका पत्नीहरूको चाहिँ किन गरिएको त? त्यसैले पावलले डिकनहरूका पत्नीहरूको नभएर “स्त्री डिकनहरू” मा हुनुपर्ने योग्यताहरूको चर्चा गरेका हुन् भनी कोही-कोहीले भन्छन्।

स्त्री डिकनहरूको “पद” लाई बाइबलबाट समर्थन गर्न सकौंला वा नसकौंला, तरैपनि हामीले स्त्री डिकनहरूको “काम”लाई भने मान्यता दिनैपर्छ। तिनको त्यस्तो औपचारिक पद होस् वा नहोस् एक ईश्वरीय स्त्री एक नम्र सेविकाको रूपमा सक्रिय हुनु परमेश्वरको इच्छा हो। यदि हामीले पुरुष डिकनहरूको उद्देश्य बुझ्यौं भने, हामीले स्त्री सेविकाहरूको आवश्यकता पनि बुझ्न सक्नेछौं। डिकनहरूको सुरुआत प्रेरित ६:४मा भेटिन्छ। त्यहाँ खाँचोमा परेका विधवाहरूको सेवा गर्नुपर्नेस्थिति थियो र यो समस्या प्रेरितहरूकोकाँधमा भार बन्दैथियो, यहाँसम्मकि यसले प्रार्थना र वचन प्रचारको उनीहरूको सेवकाइबाट खिँच्दैथ्यो। मण्डलीका आत्मिक अगुवाहरू प्रार्थना र प्रचारको प्रमुख कार्यदेखि अन्तै मोडिनुहुन्न। यस्ता विषयहरू सम्हाल्नलाई योग्य “डिकनहरू” नियुक्त गरिए यस उद्देश्यले कि प्रेरितहरू “प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहन” सकून्। विधवाहरूको सेवकाइको जिम्मा डिकनहरूलाई दिइयो ताकि प्रेरितहरूले आफैंलाई परमेश्वरको वचनको सेवकाइमा ध्यान दिलाउन सकून्।

आज डिकनको प्राथमिक कार्य यही हो। ऊएक आत्मिक मानिस हुनुपर्छ, नम्र र सक्षम सेवक हुनुपर्छ जसले अर्थ व्यवस्था, भवन र जायजेथाहरू लगायत अन्य त्यस्ता जुनसुकै कुराहरूमाथि राम्ररी ध्यान दिनसक्छजसले गर्दा बगालका आत्मिक अगुवाहरूले आफूहरूलाई प्रार्थना र वचनको सेवामा निरन्तर लगाइरहन सक्नेछन्। पास्टरले यदि हप्ताको २५ घण्टा मण्डली भवनमा रङ्ग लगाउन, मर्मत कार्य गर्न, सरसफाइ गर्न समय बिताउनुपर्यो भने, वचनको सेवकाइमा ठूलो धक्कापुग्छ। विश्वासयोग्य र दक्ष डिकनहरूले यस्ताधेरैओटा आवश्यक कुराहरू सम्हाल्न सक्नुपर्छ। कल्पना गर्नुहोस्, ठूलो असिना परेर जमिनलाई १५ इन्चले ढाकिदिएको छ। पास्टरले सावेल लिन्छन् र असिनाको ढिक्का सफा गर्ने काम गर्न थाल्छन्। त्यही समय डिकन कपिल आइपुग्छन्, सावेल समात्छन् र भन्छन्, “पास्टर, यो म सम्हाल्छु! तपाई फर्की जानुभएर यो समयलाई प्रचारको निम्ति प्रार्थना गर्न र तयार गर्न खर्चिनुहोस् भन्ने म इच्छा गर्दछु। असिनालाई त डिकहरूले सम्हाल्न सकिहाल्छन्, तर बगाललाई खुवाउनलाई परमेश्वरले केही मानिसहरूलाई मात्र दान दिनुभएको छ (एफेसी ४:११-१२) र तपाईंको आफ्नो मूख्य कामबाट अन्तै ध्यान आकर्षण भएकोचाहिँ हामी चाहँदैनौं!”

त्यस्तैगरी, मण्डलीका ईश्वरीय स्त्रीहरूले पनि त्यस्तै कार्यहरूमा साथ दिन सक्छन्। त्यहाँ असङ्ख्य कार्यहरू र आवश्यक कामहरू छन् जुनचाहिँ स्त्रीहरूले सम्हाल्न सक्छन् जसले भार सजिलो गराउँछ र मण्डलीका आत्मिक अगुवाहरूको बोझ कम गराउँछ। नम्र स्त्री सेविकाले यसरी सोध्नुपर्छ, “मैले कसरी पास्टर र एल्डरहरूलाई उहाँको भार कम गराएर वचनको गम्भीर सेवकाइमा उहाँहरूले आफैंलाई पूर्ण रूपमा समर्पण गराउन सजिलो पार्न सक्छु?” हामी उनीहरूलाई स्त्री डिकनहरू भनौं वा नभनौं, “स्त्री डिकनहरूको काम” आज हाम्रो दिनहरूमा निकै खाँचो छ र पूरै बगालले यसबाट फाइदा पाउन सक्छ। औपचारिक पद नपाए तापनि स्त्रीहरूले डिकनको रूपमा कार्य गर्न सक्छन्।

रोमी १६:२

पावलले फिबीलाई ग्रहण गर्न रोमका विश्वासीहरूलाई अर्ती दिए। यसको अर्थ हो उनीहरूले तिनलाई “आफैंकहाँ लिनु, स्वीकार गर्नु, सङ्गति र आपसी कुराका लागि ग्रहण गर्नु” (थेयर)। उनीहरूले तिनलाई उत्सुकतापूर्वक उनीहरूको माझमा स्वागत गर्नुपर्ने थियो (यो “ग्रहण” भन्ने शब्द विश्वासीहरूले दृढतासाथ प्रभुको आगमनलाई पर्खिरहेको कुरा जनाउन प्रयोग गरिएको छ – तीतस २:१३—“बाटो हेर्दै”; यहूदा २१—“बाटो हेर्दै”; र लूका २:२५ सित तुलना गर्नुहोस—“बाटो हेरिरहन्थे” र लूका २:३८—“बाटो हेर्नेहरू”)। फिलिप्पी २:२९ मा फिलिप्पीका विश्वासीहरूले पावलका विश्वासयोग्य सङ्गी-सिपाही एपाफ्रोडिटसलाई ग्रहण गर्ने विषयमा यो शब्दको प्रयोग भएको छ। यो शब्द, प्रभु येशूको बारेमा प्रयोग गरिएको छ जसले पापीहरूलाई ग्रहण गर्नुभएर तिनीहरूसँगै खानु भएको थियो(लूका १५:२)। तिनलाई “प्रभुमा” उनीहरूले ख्रीष्टमा एउटी बहिनीलाई झैं ग्रहण गर्नु पर्नेथियो, जसले परमेश्वरका पुत्रसितको एकत्वमा रमाहट गरेकी थिइन्। उनीहरूले “पवित्र जनहरूलाई सुहाउने प्रकारले”, पवित्र जनहरूको योग्य तरिकाले त्यसो गर्नुपर्ने थियो। विश्वासीहरूको रूपमा, हामीहरू हाम्रो महान्, पवित्र र स्वर्गीय बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१), र यसमध्ये हाम्रो सङ्गी विश्वासीहरू प्रतिको हाम्रो व्यवहार पनि पर्छ। मुक्ति पाउनु भनेको अद्भुत विशेषाधिकार हो, तर यो सँग-सँगै योग्य चालमा हिँड्ने र जिउने अद्भुतजिम्मेवारीहरू पनि हुन्छन्।

पवित्र जनहरू भएको हैसियतले, हामीहरू हाम्रो बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१)।

हामी परमेश्वरको सुसमाचारको योग्य चालमा हिँड्नुपर्छ (फिलिप्पी १:२७)।

हामी उहाँलाई पूरा प्रसन्न गराउनालाई प्रभुको योग्य चालमा हिँड्नुपर्छ (कलस्सी १:१०)।

हामी आफूलाई आफ्ना राज्य र महिमामा बोलाउनुहुने परमेश्वरको योग्य चालमा हिँड्नुपर्छ (१ थेस्सलोनिकी २:१२)।

तेस्रो यूहन्नामा गायसलाई पवित्रजनहरूको सेवा “परमेश्वरलाई सुहाउने रीतिले” अथवा परमेश्वरको योग्य रीतिले गर्नलाई अर्ती दिइएको थियो। अर्थात् उनले उनीहरूलाई परमेश्वर आफैं भेट्न आउनुभएको झैं गरी अतिथि सत्कार गर्नुपर्नेथियो। हामीले मुक्तिदातासँग जस्तो व्यवहार गर्नेथियौं, पवित्र जनहरूसँग पनि उस्तै व्यवहार गर्नुपर्छ। ख्रीष्टको खातिर उनीहरू त्यस्तो व्यवहार पाउन योग्य छन्।

प्रभुले हामी ख्रीष्टमा को हौं भन्ने कुरा हामीले कहिल्यै नबिर्सेको चाहनुहुन्छ। हामी पवित्र जनहरू (रोमी १:७)हौं भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा पवित्र बनाउनुभएको छ (१ कोरिन्थी ६:११)। हामी जिवित परमेश्वरको सेवा गर्नलाई अलग गरिएका उहाँका पवित्र जनहरू हौं। हामी पवित्रजनझैं जिएका होऔं। हामीलाई आफ्ना निम्ति अलग गर्नुहुनेको नामलाई निन्दा हुने काम हामीले कहिल्यै नगरेकाहोऔं।

पावललले रोमका विश्वासीहरूलाई फिबीलाई “सहायता” गर भनी भन्छन्। यस शब्दको माने हो, “सहयोग गर्न तत्पर हुनु” (थेयर), “प्रबन्ध गर्नु” (प्रेरित २३:२४ हेर्नुहोस्) उनलाई जुनसुकै कुराको खाँचो किन नपरोस्। उनीहरूले तिनलाई सहायता गर्नुपर्ने कारण के थियो? किनभने तिनी धेरैकी, साथै पावलकी पनि सहायिका भएकी थिइन्। सहायता गर्नेहरू सहायता गरिन लायक हुन्छन्। अरूलाई मदत गर्नेहरू मदत गरिन लायक हुन्छन्। यो सुहाउँदोर उचित कुरा हो। फिबीले पावल र अरू धेरैको सहायता कसरी गरेकीथिइन् हामीलाई बताइएको छैन। तरैपनि पावलले रोमीहरूलाई लेखेका यस पत्रद्वारा शताब्दीयौं देखि आत्मिक सहायता र आशिष पाएका अनगिन्ती मानिसहरूलाई विचार गर्नुहोस्। यो पत्र पुर्याइदिएर, फिबी निश्चय पनि “धेरैकी सहायिका” भएकी छिन्।

रोमी १६:३-४

पावलले पत्नी प्रिस्किल्लाको नाम तिनकापति अक्विलाको भन्दा पहिला उल्लेख गरेको कुरा रोचक छ। यस उल्लेखनीय पति/पत्नीको टोलीको बारेमा नयाँ नियमले दिएका केही जानकारीहरूलाई विचार गर्नुहोस्:

१.
अक्विला र प्रिस्किल्ला उद्यमी थिए। उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विलाएक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलोपटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमारोमबाट आएका थिए (प्रेरित १८:२)।

२.
उनीहरू आतिथि सत्कार गर्न सरीक थिए। उनीहरूले आफ्नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउनेनै थिए। उनीहरूले पावललाई आफ्नो घर मात्र होइन तर आफ्नो हृदय पनि खुल्लागरे (प्रेरित १८:३)।

३.
उनीहरू सिकाउन सकिने स्वभावका थिए। सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्नेज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दाअगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन।उनीहरूले पावललाई आफ्नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलकाख्रीष्टलाई पनि आफ्नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथउनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरूपावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसातगरे।

४.
उनीहरू बाइबलमुखी थिए। उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनिथिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमासामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धीसत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूकोसम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरकोमार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यसवार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमाप्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय पत्नीहरूआफ्ना पतिहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्यागर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचितछ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनीपरमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमाकसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। पति र पत्नीको यो टोलीपरमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्नयोग्यका थिए।

५.
उनीहरू स्थानीय मण्डलीमुखी थिए। १ कोरिन्थी १६:१९ र रोमी १६:५ - यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम रएफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूकोलागि भेला हुने ठाउँ थियो - उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गतिगर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६.
उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए। प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनकोपतिको नाम पनि सँगै भेटिन्छ। पतिसँगै उनको नाम सधैं उल्लेख भएको छ।यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ।उनी आफ्नो पतिसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाकोसेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७.
उनीहरूको परमेश्वरबाट दान पाएको व्यक्तिसित ठीक सम्बन्ध थियो। रोमी १६:३ - यस पदमा तिनीहरूलाई पावलका "सहकर्मीहरू" भनी जनाइएको छ। जबअक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, "यीप्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।" के तपाईंकोपाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्तव्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी४:११)? तपाईं आफ्नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईंउहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँलेतपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यीपति-पत्नीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाकोरूपमा देख्ने गरेका थिए।

८.
उनीहरू साहसी थिए। रोमी १६:४ - स्पष्ट रूपमा पावलको जीवन यी साहसी पति-पत्नीप्रतिऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनैकिसिमले आफ्नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ।तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्नै गर्दन दिएका थिए, रपरिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादकोऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदिप्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो रअन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो।प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचोप्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छकि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमापार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्कोबुँदातर्फ लैजान्छ।

९.
प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्। यी पति/पत्नीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीनठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीकपाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चारठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब किसूचीमा पतिको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएकोछैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढीफुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्टजोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनलेपावलको लागि आफ्नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिकाखेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्।उनीसँग विशेषवरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्तिभएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्नो पतिलाई यस्तोप्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्।नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकालेआफ्नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनकोकहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनकोपतिसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकीपत्नी थिइन्।

१०.
उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए। २ तिमोथी ४:१९ - यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँगभएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरूविश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाकोकुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाएअनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनितिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंकोबारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीलेहाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यैनगुमाऊँ।

रोमी १६:५

पावलले अक्विला र प्रिस्किल्लाको घरमा भएको मण्डलीलाईअभिवादन पठाए। यहाँ हामीलाई “घरेलु मण्डली"भन्ने रोचक विषयमा सोच्न कर लाग्छ। पहिलो शताब्दीमा हिजोआजका जस्ता मण्डली भवनहरू थिएनन्। विश्वासीहरू जहाँ सक्थे त्यहीँ जुट्थे—घरहरूमा, चउरहरूमा (प्रेरित १६:१३ जहाँ यहूदीहरू नदीको किनारमा भेला भएको देखिन्छ), सुरुङ्गहरूमा इत्यादी। उनीहरूसित ख्रीष्टको यो प्रतिज्ञा थियो, “किनकि जहाँ दुई वा तीनजना मेरो नाममा भेला हुन्छन्, त्यहाँ तिनीहरूका माझमा म हुन्छु” (मत्ती १८:२०)। यातायातको सुविधा पनि आजको जस्तो सजिलो थिएन। आज हामी कुनैठूलो शहरको एक छेऊदेखि अर्को छेऊमासजिलैपुग्न सक्छौं, तर प्राय:जसो पैदलै यात्र गर्नुपर्ने पहिलो शताब्दीको समयमा, त्यसो गर्नु खासै सजिलो हुनेथिएन।

“घरेलुमण्डलीहरू” (house churches)को सवालमा निम्न खण्डहरू महत्त्वपूर्ण छन्:

अक्विला र प्रस्किल्ला एफेससमा रहँदा “आफ्नो घरमा भएको मण्डली” भनी उल्लेख गरिएको थियो (१ कोरिन्थी १६:१९)।

रोमी १६:१४ मा पावलले केही विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका भाइहरूलाई” भनी उल्लेख गर्छन्। रोमी १६:१५मा पावलले अरू विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई” भनी उल्लेख गर्छन्। के यसले विश्वासीहरू जुट्ने गरेका अरू दुई स्थानहरूको सङ्केत गरेको हुन सक्छ?

प्रेरित १२:१२ मा मर्कूस उपनाम भएको यूहन्नाकी आमा मरियमको घरमा “धेरैजना भेला भएर प्रार्थना गरिरहेका थिए” भनी बताइएको छ।

लिडियाको घरलाई विश्वासीहरू जुट्ने स्थानको रूपमा प्रयोग गरिन्थ्यो (प्रेरित १६:१५, ४०)।

लाओडिसियामा नुम्फसले ठाउँ दिएको घरेलुमण्डली थियो “उनको घरमा भएको मण्डलीलाई सलाम भनिदेओ”—कलस्सी ४:१५)। फिलेमोन २ मा हामी पढ्दछौं, “साथै हाम्री प्रिया अप्फिया, र हाम्रो सङ्गी सिपाही अर्खिप्पस, र तिम्रो घरमा भएको मण्डलीलाई”।

विश्वासीहरू विभिन्न स्थानहरूमा जुट्ने गरेको भए तापनि, यो कुरा ध्यानमा राख्नु खाँचो छ कि, परमेश्वरको दृष्टिकोणमा, हरेक प्रमुख शहरमा एउटा स्थानीय मण्डली हुन्छ। त्यसैले रोमको शहरमा थुप्रै मण्डलीहरू थिएनन्; त्यहाँ एउटा मण्डली थियो। हरेक शहरमा एउटै मात्र मण्डली हुने गर्थ्यो। उदाहरणको निम्ति, १ कोरिन्थी १:२ मा हामीले "कोरिन्थमा भएको परमेश्वरको मण्डली (एकवचन)” भनेर पढ्दछौं। एफेसस निकै ठूलो शहर थियो तर त्यहाँ पनि केवल एउटा मण्डली थियो, यद्यपि त्यस शहरमा थोरैमा पनि एउटा “घरेलुमण्डली” थियो भन्ने कुरा हामीलाई थाह छ (१ कोरिन्थी १६:१९)। तरैपनि यदि हामीलाई कोरिन्थीका विश्वासीहरू विभिन्न घरहरूमा भेट्नेगर्थे भनी हामीले मानिलिए तापनि, यस्तो समयहरू पनि थियो जब “सारा मण्डली” “एक ठाउँमा भेला” हुने गर्दथ्यो (१ कोरिन्थी १४:२३ र ११:२० हेर्नुहोस्)।

आज, अत्याधुनिक सवारी साधनहरू हुँदा-हुँदै पनि, एउटा शहरमा क्षेत्रफल र जनसङ्ख्याको कारणले एकभन्दा धेरै मण्डली हुने कुरालाई हामी न्यायसङ्गत तुल्याउने गर्दछौं। “एउटा मण्डली ती सबै मानिसहरूकहाँ पुग्न सक्दैन। यस शहरमा एकभन्दा धेरै मण्डलीहरूको निम्ति पर्याप्त ठाउँ छ।” यस कुराको प्रकाशमा नयाँ नियमको समयहरूका केही शहरहरूमा उल्लेखनीय जनसङ्ख्या भएको बिचार गर्नु चाखलाग्दो हुन्छ:

यरूशलेम

निस्तार चाडको बेलामा (जब त्यहाँ हजारौं हजारौं यात्रीहरू र पाहुनाहरू हुने गर्दथ्यो), यस शहरमा २७,००,००० मानिसहरू हुन्थे भनी जोसेफसले बताउँछन्। इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इन्साइक्लोपिडीयाले बताउँदछ कि ई.सं. ७०मा यरूशलेमको सङ्ख्या झण्डै २,५०,००० थियो (सायद त्यो भन्दा थोरै)। तर त्यहाँ कम्तीमा १,००,००० मानिसहरू थिए भनी भन्नु ठीकै होला।

यरूशलेमको मण्डलीमा कतिजना विश्वासीहरू थिए (प्रेरित २:४१; ४:४; ५:१४; इत्यादी हेर्नुहोस्)? यरूशलेममा कतिओटा मण्डलीहरू थिए (प्रेरित १५:४)?

रोम

पहिलो शताब्दी (ई.सं.) ताका यस शहरका बासिन्दाहरूको जनसङ्ख्या १२००००० र २०००००० बीचमा हुनुपर्छ भनी पहिले अनुमान गरिएको थियो। तरैपनि १९४१ मा, ओस्टियामा एउटा लेख भेट्टिएको थियो जसमा १४ ई.सं. मा, अर्थात अगस्टसको मृत्यु भएको समयमा रोम शहरका बासिन्दाहरूको जनसङ्ख्या ४१,००,०००० रहेको तथ्य उल्लेखित गरिएको थियो” (An Introduction to the New Testament, D. Edmond Hiebert, Vol. 2, page 164 साथै Introduction to the New Testament by Everett F. Harrison, p. 299).

अलेक्जान्ड्रिया

रोमी सम्राज्यको दोस्रो विशाल शहर अलेक्जान्ड्रिया थियो जसमा तीन प्रमुख समूहहरू पर्दथे: मिस्रीहरू, यहूदीहरू र ग्रीकहरू। Schaff-Herzog Encyclopedia को अनुसार, “ख्रीष्टियन युगको सुरुतिर अलेक्जेन्ड्रियाको शहरमा ३,००,००० स्वतन्त्र मानिसहरू थिए”। यो उचाइमा यस शहरमा १० लाख जनसङ्ख्या हुनुपर्छ भनी The World Book Encyclopediaले बताउँदछ।

एफेसस

यस प्रमुख शहरमा एउटा मात्र मण्डली थियो (प्रकाश २:१)। यसको जनसङ्ख्या यति धेरै थियो कि दोस्रो शताब्दीमा यस शहरले जनसङ्ख्याको हिसाबमा अलेक्जेन्ड्रियासित प्रतिस्पर्धा नै गरेको थियो।

एन्टिओक
यस शहरमा कतिओटा मण्डलीहरू थिए (प्रेरित १४:२६-२७)? त्यस सम्राज्यको ठूला शहरहरूमध्ये यो पनि एउटा पर्दथ्यो। यसको जनसङ्ख्या पनि मिश्रित झुण्ड थियो। Schaff-Herzog Encyclopedia को अनुसार नयाँ नियमको समयमा त्यसको जनसङ्ख्या ५००००० थियो।
थेस्सलोनिका

यस शहरमा कतिओटा स्थानीय मण्डलीहरू भेट्टाउन सकिन्थ्यो (१ थेस्सलोनिकी १:१)? पावलको दिनमा यस शहरमा २००००० मानिसहरू भएको हुन सक्छ (Introduction to the New Testament by Everett F. Harrison, page 260).

कोरिन्थ

यो विशाल व्यवसायीक शहरमा केवल एउटै स्थानीय मण्डली थियो (१ कोरिन्थी १:२)। यो शहर समिश्रित थियो (सबै कुराहरूका मिश्रण)। मानिसहरू त्यहाँ पैसा कमाउन र खर्च गर्न जानेगर्थे। साझा व्यसाय, व्यापार र साझा मोजमस्तीका तरिकाहरू नै तिनीहरूलाई एकसाथ जोड्ने एउटै कडी थियो। यो शहर पाप र अनैतिकताको शहर थियो र यसको जनसङ्ख्या धेरैमा ७००००० हुन सक्छ (कतिलेचाहिँ ५,००,००० थियो भनी अनुमान गर्छन्)। Zondervan Pictorial Encyclopediaले त्यहाँ २,००,००० स्वतन्त्र मानिसहरू र ५,००,००० दासहरू थिए भनी बताउँदछ।

अवलोकनहरू: आजका आधुनिक जनसङ्ख्याको हिसाबमा पनि यी निकै ठूला-ठूला शहरहरू थिए, तरैपनि त्यहाँ हरेक शहरमा केवल एउटै स्थानीय मण्डली थियो। आज हामीहरू नयाँ नियम पद्दतीबाट निकै टाढा छौं। यस्तै हुनेछ भनी प्रभुले रायोको दानाको दृष्टान्तमा बताउनुभएको थियो (मत्ती १३:३१-३२)। साँचो इसाईमतबाट असाधारण, अनियमित, बढ्दो धार्मिक पद्दतीहरू हुर्किए जसलाई कतिले “ख्रीष्टियनमत” भन्छन्। हामी यसलाई “मण्डलीवाद” भन्न सक्छौं। शैतानले एकसमयमा भएको स्पष्ट गवाहीलाई बिगार्ने, कठिन पार्ने, अलमल पार्ने र अस्थव्यस्त गर्ने काममा सफलता पाएको छ। उसले भद्रगोल गराएको छ!

रोमी १६:५--एपाइनेतुस

अखैयामा प्रभुको सेवा गर्दाखेरि पावललेआत्मिक फसलको कटनी गरे। त्यस फसलको पहिलोफल (प्रभुमा आउने प्रथमविश्वासी) एपाइनेतुस थिए, जो प्रेरितको हृदयका अति प्रिय थिए।

पावलले निश्चयपनि म्यासिडोनियाको पहिलोफललाई (वास्तवमा यूरोपकै पहिलोफल) सम्झेर पनि आनन्दित हुन्थे जोचाहिँ लिडिया नाम गरेकी एकजना स्त्री थिइन्, जसको हृदय परमेश्वरले खोल्नुभएको थियो (प्रेरित १६:१४)। समयलाई फर्केर हेर्दा कुनै पनिइलाकामा प्रभुमा विश्वास गर्ने पहिलो व्यक्तिलाई सम्झनु सधैं आनन्दको कुरा हुन्छ यो जानेर किउक्त असल काम सुरु गर्नुहुने परमेश्वरलेआफ्नो काम अगाडि अझै बढाउनुहुनेछ। फसलको सम्बन्धमा “पहिलोफल’ले त्यसको सुरुआतलाईसङ्केत गर्दछ र अरू धेरै फलहरू आउँदैछ भन्ने कुराकोजनाउ दिन्छ। के तपाईं आफूसँग परमेश्वरमा डोर्याउनुभएको पहिलो व्यक्तिको बारेमा रमाइलो सम्झनाहरू छन्? के अझै अरू पनि छन् कि?

रोमी १६:६—मरियम

मरियमको बारेमा हामीलाई थोरै मात्र कुरा बताइएको छ। यति कि तिनले पावल र उनका सहकर्मीहरूका निम्ति “खुबै मेहनत गरेकी छन्” । ग्रीक शब्दको अर्थचाहिँ तिनले थकित र लल्याकलुलुक हुने अवस्थासम्म बेस्सरी कडा परिश्रम गर्दै मेहनत गरिन् भन्ने हुन्छ। त्यहाँ धेरै विश्वासीहरू हुन्छन्जसले ख्रीष्टका निम्ति बेस्सरी कडा परिश्रम गर्छन्तर कति पटक त्यसमाथि मानिसको नजर परेको हुँदैन, उनीहरूले मानिसबाट कुनै स्याबासी वा इनाम पाएका हुँदैनन्। तर परमेश्वरले निश्चय पनि ख्याल राख्नुहुन्छ (हिब्रू ६:१० हेर्नुहोस्)। मुक्तिदाताको निम्ति र उहाँको कामको निम्ति हामीले हाम्रो सम्पूर्ण दिएका होऔं:

“सर्वोत्तम देऊ मालिकलाई जवानको सामर्थ्य देऊ प्राणको ताजा बल्दो जोश लिई सत्यको युद्धमा आऊ!”

मरियम नाम नयाँ नियममा निकै प्रचलित नाम थियो र विभिन्न स्त्रीहरूको यही नाम थियो:

  1. ख्रीष्टकी आमा मरियम (मत्ती १:१६)।
  2. मरियम मग्दलिनी (लूका ८:२)।
  3. यूहन्ना उपनाम भएको मर्कूसकी आमा (प्रेरित १२:१२)।
  4. बेथानीकी मरियम, मार्थाकी बहिनी (लूका १०:४२)।
  5. क्लिओफसकी पत्नी मरियम (यूहन्ना १९:२५; याद गर्नुहोस्, यस पदमा उल्लेखित ४ जना स्त्रीहरूमध्ये ३ जना स्त्रीहरूको नाम “मरियम” थियो)।
  6. रोमी १६:६ मा उल्लेख गरिएकी मरियम।