रोमी १६:२५-२७

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १६:२५-२७ (अन्तिम आशीर्वाद)

यी पदहरू र रोमी १ अध्यायका सुरुका पदहरूमा धेरै समानताहरू छन्। निम्न कुराहरूलाई विचार गर्नुहोस्:


अन्तिम(गाढा कालो अक्षर)मा लेखिएकोचाहिँ वास्तवमा दाँज्दा देखिएकोभिन्नता हो। १ अध्यायमा पावलले परमेश्वरको सुसमाचारको बारेमा बताउँछन् जसको प्रतिज्ञा पहिल्यै पुरानो नियमका अगमवक्ताहरूले गरेका थिए, तर १६ अध्यायमा पावलले सुसमाचारको बारेमा कुरा गर्दा गुप्तमा राखिएको रहस्यको उल्लेख गर्दछन् जुनचाहिँ अहिले नयाँ नियमका अगमवक्ताहरूद्वारा प्रकट गरियो। एक अर्थमा सुसमाचार दुवै पुरानो र नयाँ छन्। सुसमाचारको एउटा पक्ष छ जुन पुरानो हो र जुनचाहिँ पुरानो नियम शास्त्रहरूका पान्नाहरूमा प्रकट गरिएका थिए। सुसमाचारको अर्को पक्ष पनि छ जुन नयाँ हो जुनचाहिँ पुरानो नियमका समयहरूमा गुप्त राखिएको थियो, तर यस वर्तमान युगमा पावल र अन्य नयाँ नियमका अगमवक्ताहरू र प्रेरितहरूद्वारा प्रकट गरिएको छ।

रोमी १६पुरानो सुसमाचार

सुसमाचारको सन्देश ख्रीष्टको व्यक्तित्व र कार्यमा केन्द्रित छ, अझ विशेष गरी उहाँको प्रतिस्थापनकारी मृत्यु र मरेकाहरूबाटको उहाँको स-शरीर बौरिउठाइमा। पावलले १ कोरिन्थी १५:१-४मा सुसमाचारलाई सबभन्दा स्पष्ट रूपमा परिभाषित गर्छन् जहाँ उनले यसो भनेका छन्, “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो...अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो”। क्रूस र रित्तो चिहानको प्रचार हाम्रा आफ्नै विचार र धारणाको आधारमा गरिनुहुन्न, तर शास्त्रहरूमा, अर्थात पुरानो नियमहरूमा यी अति महान् घटनाहरूको बारेमा प्रकट भएको कुराहरूसित एकदम ठीकसँग मेल खाने गरी गरिनुपर्छ। जस्तै, ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको सबभन्दा विस्तृतविवरण र सुस्पष्ट व्याख्या यशैया ५३ मा प्रस्तुत गरिएको छ। उक्त खण्ड ख्रीष्ट क्रूसमा मारिनुभन्दा करिब ७०० वर्ष अगाडि लेखिएको थियो। ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको शिक्षा यशैया ५३ मा जत्तिकै पूर्ण रूपमा सिकाइएको नयाँ नियममा समेत भेट्टाउन कठीन छ (नयाँ नियमका लेखकहरूले तपाईंले यशैया अगमवक्ताले भनेका कुराहरूलाई राम्ररी बुझिसक्नुभएको छ भनी मानिलिन्छन्!)। ख्रीष्टको मृत्यु र बौरिउठाइका महान् सत्यताहरू पुरानो नियममा प्रकट गरिएका थिए भन्ने कुराको प्रमाण पुनरुत्थित प्रभुकै शब्दहरूमा पाउन सकिन्छ, लूका २४:४४-४६ मा।

फिलिपले नपुंसकलाई सुसमाचार प्रचार गर्दा, यशैया ५३ बाट नै सुरु गरे (प्रेरित ८:२८-३५)। प्रेरित २:२४-३२ मा पत्रुसले ख्रीष्टको बौरिउठाइको प्रचार गरे र तिनले आफ्नो सन्देशको आधारको रूपमा भजनसङ्ग्रह १६ लाई प्रयोग गरे। प्रेरित ३:१८ मा पत्रुसले सुसमाचार प्रचार गरे र ख्रीष्टका दु:खहरूको बारेमा परमेश्वरका सबै अगमवक्ताहरूका मुखले पहिल्यै बताइसकेको थियो भनी घोषणा गरे। प्रेरित ४:१०-११ मा पत्रुसले ख्रीष्टको मृत्यु र बौरिउठाइलाई भजनसङ्ग्रह ११८ मा आधारित गर्दै प्रचार गरे। प्रेरित १०:४३ मा पत्रुसले सबै अगमवक्ताहरूले येशू ख्रीष्ट र उहाँमा पाइने पापहरूको क्षमाको विषयमा गवाही दिन्छन् भनी दाबी गरे। प्रेरित १३:३३-३७ मा पावलले सभाघरमा सुसमाचार प्रचार गरे र ख्रीष्टको बौरिउठाइ भजनसङ्ग्रह २ र भजनसङ्ग्रह १६को पूरा हुवाइ हो भनी यहूदीहरूलाई प्रचार गरे।

रोमीको पुस्तकमापावलको मुख्य विषय वस्तु विश्वासद्वाराको धर्मीकरण हो र पावलले यसको उदाहरणस्वरूप अब्राहामलाई अघि सार्छन्, उत्पत्ति १५:६ लाई उद्दरण गर्दै (रोमी ४:१-८)। परमेश्वरको धार्मिकताको प्रकाश सम्बन्धी व्यवस्था र भविष्यवक्ताहरूले पहिल्यै गवाही दिसकेका थिए (रोमी ३:२१)। रोमी १० मा पावलले परमेश्वरको अनुग्रहको सुसमाचारको बारेमा चर्चा गर्छन् र आफ्नाबुँदाहरू स्थापित गर्न तिनले केही पुरानो नियमका खण्डहरूको उद्दरण गर्दछन् (६,७,८,११,१३,१५,१६,१८ पदहरू हेर्नुहोस्)। रोमी १५ मा पावलले केही पुराना नियमका खण्डहरूको उद्दरण गर्दछन् जुन खण्डहरू सुसमाचार अन्यजातिहरूकहाँ पुग्ने कुरासँग सम्बन्धित छन् (९-१२,२१ पदहरू)।

गलातीमा पावलले विश्वासद्वारा धर्मी ठहरिने कुराको नमुनाको रूपमा फेरि अब्राहामलाई प्रयोग गर्दछन् (३:६) र साथै अन्यजातिहरू विश्वासद्वारा धर्मी ठहरिनेछन् र आशिषित हुनेछन् भन्ने कुरा परमेश्वरले पहिल्यै जान्नुभएर उत्पत्ति १२:३ को प्रतिज्ञा दिनुभएको थियोभनी बताउँछन् (गलाती ३:८)। त्यही सन्दर्भमा परमेश्वरले “पहिले नै अब्राहामलाई ... सुसमाचार सुनाउनुभयो” भनी पावलले बताउँछन् (गलाती ३:८)। पावलले विश्वासद्वाराको धार्मिकताको आफ्नो शिक्षालाई समर्थन गर्न हबक्कूक २:४ प्रयोग गर्दछन् (३:११)।

पावलले प्रचार गरेको सुसमाचार “पवित्र-शास्त्रहरूमुताबिक” थियो (१ कोरिन्थी १५:३-४)! क्रूस, रित्तो चिहान र विश्वासद्वारा पाइने धार्मिकता — पावलका यी आधारभूत विषयवस्तुहरू पुरानो नियममा पाइने विषयवस्तुहरू थिए। यसमा कुनै रहस्य थिएन।

नयाँ सुसमाचार

आज सुसमाचारको एउटा “रहस्य” पक्ष छ जुनचाहिँ अन्य युगहरूमा अज्ञात रहेको थियो तर त्यो रहस्य यस युगमा सुसमाचार प्रचारको मुटु भएको छ:

जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ; अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ;... अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर (एफेसी ३:५-८)।

त्यसैकारण, यस युगमा, सुसमाचारको विषयवस्तुमा एउटा विशिष्ट तत्त्व छ जसलाई “सुसमाचारको रहस्य” भनिएको छ (एफेसी ६:१९ हेर्नुहोस् र कलस्सी १:२६-२७; ४:३ सँग तुलना गर्नुहोस्)। यो नयाँ रहस्य यही हो, अन्यजातिहरू शरीरको सह-हकवालाहरू र सह-सदस्यहरू हुन् र प्रतिज्ञाका सह-भागीहरू हुन् (एफेसी ३:६)।यहूदी र अन्यजाति एउटै शरीरमा एक बनाइने जस्तो समानता पहिले अज्ञात थियो। मण्डलीको सुस्पष्ट सन्देश यही थियो, अर्थात् यहूदी र अन्यजातिले सुसमाचार विश्वास गर्नसक्छन् र एउटै शरीरमा एक हुन सक्छन् (१ कोरिन्थी १२:१३); र यसको उद्देश्य हो यस अद्वित्तीय र जिउँदो संरचनाको सावर्भौम शिर अर्थात् ख्रीष्टलाई प्रकट गर्नु र उहाँको साक्षी हुनु।

प्रबन्धवादी लेखकहरूले यस मण्डली युगमा सुसमाचार प्रचारको विशिष्ट तत्त्वलाई धेरै समयदेखि पहिचान गर्दै आएका छन्:

अन्यजातिहरू पनि इस्राएलीहरूसँगै ठीक एउटै तहमा हुने भन्ने कुरा, र साथसाथै, घनिष्ट सम्बन्धमा एउटै शरीरका सदस्यहरू हुने भन्ने कुरा, पुरानो नियमको लागि एकदम पराइ कुरा थियो। यशैया ६१:५,६ मा अन्यजातिहरूलाई दासका रूपमा र इस्राएललाईचाहिँ परमेश्वरका पूजाहारीहरूको रूपमा दर्शाइएको छ। यद्यपि अन्यजातिहरूहरूलाई भविष्यको हजारवर्षीय राज्यमा आशिषहरूको प्रतिज्ञा गरिएको कुरा सत्य हो, तर पुरानो नियममा उनीहरूलाई कहिल्यै पनि यहूदीहरूको समानतामा राखिएको पाइँदैन। (Walvoord, The Church in Prophecy, pp. 46-47)।

पुरानो नियमले हजार वर्षीयराज्यको कालखण्डमा अन्यजातिहरूलाई दिइने आशिषको बारेमा भविष्यवाणीगरेको त छ (यशैया ६१:५-६; २:१-४), तर ती आशिषहरूमध्येमा अन्यजातिहरूपनि यहूदीहरूकै बराबरीमा राखिनेछन् भन्ने कुरा चाहिँछैन, जब कि आज ख्रीष्टको शरीरमा भनेत्यस्तो छ। पुरानो नियमका अगमवाणीहरूमा अन्यजातिहरूलाई ठूलो आशिषको प्रतिज्ञा गरिएको छ, तर यहूदीहरूको समान दर्जाको आधारमा चाहिँ होइन। यो समानता नै नयाँ नियमका समयहरूमा प्रेरितहरू र भविष्यवक्ताहरूलाई प्रकट गरिएको रहस्य थियो। (Ryrie, Dispensationalism Today p. 134)

रहस्य सम्बन्धी सत्यता रोमीमा उल्लेख विस्तार गरिएको छैन, जसरी एफेसी र कलस्सीमा छ, तर रोमीको पत्रले यसको केही मात्रामा चर्चा भने गर्दछ। ख्रीष्टको शरीरमा हुनुको विशेषताको चर्चा रोमी १२ मा गरिएको छ र “ख्रीष्टमा” भएको हैसियतले दुवै यहूदी र अन्यजातिहरूले ख्रीष्टसँगको अनुपम एकता र सम्मिलिकरणमा आनन्द मनाउन सक्ने कुरालाई रोमी ६ मा सुन्दरढङ्गले चर्चा गरिएको छ। “ख्रीष्ट तिमीहरूभित्र" को महिमित र बहूमूल्य रहस्य रोमी ८:९-१० मा चर्चा गरिएको छ। ख्रीष्टसँग विश्वासीको एकतालाई वैवाहिक सम्बन्धसित (एफेसी ५:२९-३२) तुलना गरिएको कुरालाई रोमी ७:१-४ मा प्रस्तुत गरिएको छ। यहूदीहरू र अन्यजातिहरूले ख्रीष्टमा बराबरी साझेदार बन्न गएका धेरै धनहरूलाई रोमी ८ मा प्रस्तुत गरिएको छ। इस्राएलको अर्ध र अस्थाइ अन्धोपनालाई रोमी ११:२५ मा प्रस्तुत गरिएको छ। साँच्चै, रोमीको पुस्तकले अरू कुनै पनि पुस्तकले भन्दा बढी हामीलाई आज परमेश्वरले अन्यजातिहरूको माझमा के गर्दैहुनुहुन्छ र भविष्यमा उहाँले के गर्नुहुनेछ भन्ने प्रकाशमा (रोमी ९-११) इस्राएलको निम्ति परमेश्वरको उद्देश्य बुझ्न मद्दत गर्दछ। त्यसैले रोमीको पुस्तकले रहस्यमा रहेको सत्यतालाई बुझ्न हामीलाई उल्लेखनीय तरिकाले योगदान दिँदछ। परमेश्वरले हामीलाई यी कुराहरूको असल र विश्वासयोग्य भण्डारीहरू हुन सहायता गर्नुभएको होस् (१ कोरिन्थी ४:१-२)!

अब हामी अन्तिम तीन पदहरूका चाबी शब्दहरू र शब्दावलीहरूको अध्ययन गर्नेछौं।

कसैलाई “स्थिर पार्नु” को मानेनिजलाईस्थापित र अचलबनाउनु, लोट्नबाट जोगाउनु” भन्ने हुन्छ।हाम्रो विश्वास परमेश्वरका वास्तविकताहरूमाथि बसालिएका होस् भन्ने हेतुले विश्वासीहरूलाई सत्यतामा स्थापित गराउन परमेश्वरसित सारा अधिकार रशक्तिछ। रोमीको पुस्तकमा प्रस्तुत गरिएका सत्यताहरूमा राम्ररी जग नबसालिएका विश्वासीहरू जोखिमपूर्ण धरातलमा उभिरहेका छन् र धेरै सन्तापकारी भ्रमहरूका शिकार बन्न सक्छन्। तर पावलको यसउत्कृष्ट शिक्षागत कृतिलाई राम्ररी सिकेका विश्वासीहरूले आफैंलाई यी महान् आधारभूत सत्यताहरूमा सुदृढ पारेकाछन् र आफैंलाई स्थापित गरेको त्यस ठोस चट्टानको जगबाट उनीहरूलाई हल्लाउन र हटाउन गाह्रैपर्छ।

रहस्य सम्बन्धी सत्यताको विषयलाई राम्ररी नबुझीकन विश्वासीहरू सत्यतामा पूर्ण रूपमा स्थापित हुन सक्दैनन्। यस अन्तिम खण्डको विषय यही हो। तर प्रेरित पावलको हृदयकोयति नजिक र प्रिय रहेका पवित्र रहस्यहरूको सम्बन्धमा धेरैजसो विश्वासीहरू अज्ञान रहेको र त्यसलाई बेवास्ता गरेको कुरा दु:खलाग्दो छ। विगतका सबै युगहरूमा परमेश्वरको प्रेमिलो हृदयभित्र थुनिएर, लुकेर बसेको सत्यताको एउटासँगालो छ, तर त्योचाहिँ यस वर्तमान युगमा आफ्ना जनहरूलाई जनाउने इच्छा परमेश्वरले गर्नुहुन्छ। तरैपनि हाम्रो दिनमा रहस्य सम्बन्धी सत्यताहरूप्रतिको बेवास्ता भयङ्कर छ। वचनका सेवकहरूको नियुक्ति परिषदहरू (ordination councils) मा प्रश्न सोध्ने गरिन्छ: “परमेश्वरका रहस्यहरूको भण्डारी हुनु भनेको के हो (१ कोरिन्थी ४:१-२) र यो तपाईंको सेवकाइको निम्ति कतिको महत्त्वपूर्ण छ?” कसै-कसैलाई यसको बारेमा केही पनि थाह नभएको पाइन्छ। हामीलाई थाह गराउन परमेश्वर खुशी हुनुभएका यी रहस्यको धनहरू र महिमाहरू बुझ्ने सवालमा हामी कति अनभिज्ञछौं (कलस्सी १:२७)! पावलको ठूलो बोझ यही थियो, “अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर, र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:८-९)। हाम्रो हृदयको निम्ति पनि यो नजिक र प्रिय हुन सकोस्।

“मेरा सुसमाचार अनुसार” —“मेरा सुसमाचार” भनिने शब्दावली बाइबलका अरू दुई ठाउँमा मात्र पाइन्छ: १)रोमी२:१६—“त्यो दिन, जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ”; २) २ तिमोथी २:८—“मेरो सुसमाचार अनुसार दाऊदका वंशका येशू ख्रीष्टलाई मरेकाहरूबाट बौराइनुभयो भनी सम्झना गर।” पावलले यी पदहरूमा “मेरो सुसमाचार” भनी भन्दा तिनले रोमी १६:२५ मा जस्तै “रहस्यको सत्यता" लाई नै जनाइरहेको हुनुपर्छ भन्ने छैन। मसीह दाऊदको वंशबाट आउनुहुनेछ र उहाँ मरेकाहरूबाट बौराइनुहुनेछ भन्ने सत्यताहरू पुरानो नियममा नै प्रकट गरिएका थिए अर्थात् तीचाहिँ रहस्यहरू थिएनन्।

“मेरा सुसमाचार” भन्नुमा पावलको तात्पर्य के हो? कुन अर्थमा सुसमाचार पावलको थियो? याद गर्नुहोस्, रोमी १:१मा पावलले प्रचार गरेकोसुसमाचार “परमेश्वरको सुसमाचार” हो भनी तिनले एकदम स्पष्टै भनिसके। यो त परमेश्वरको सुसमाचार थियो! कुन अर्थमा यो पावलको सुसमाचार थियो? पावलले उक्त सुसमाचारलाई व्यक्तिगत बनाउनुमा कम्तीमा दुई कारणहरू छन् १) त्यो पावलको सुसमाचार थियो किनकि त्यो उनलाई सुम्पिएको थियो: “परमधन्य परमेश्वरको महिमित सुसमाचार अनुसार, जोचाहिँ मेरो जिम्मामा सुम्पिएको छ” (१ तिमोथी १:११)। “सुसमाचार बाँड्ने काम (भण्डारीपन) मलाई सुम्पिएको छ...किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१७,१६)। पावलले आफ्नो सुसमाचारको जिम्मेवारीलाईएकदम गम्भीरतापूर्वक लिए। २) त्यो पावलको सुसमाचार थियो किनकि उनलाई प्रकाश विशेष किसिमले दिइएको थियो: “जुन सुसमाचार मद्वारा सुनाइएको थियो, त्यो मान्छेअनुसारको होइन। किनकि न ता मैले त्यो मान्छेबाट पाएँ, न ता त्यो मलाई सिकाइएको हो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले त्यो पाएँ” (गलाती १:११-१२)। “मेरा सुसमाचार...त्यस रहस्यको प्रकाशअनुसार” (रोमी १६:२५-२६)। “अनि प्रकाशअनुसार म माथि गएँ, र जुन सुसमाचार म अन्यजातिहरूका बीचमा प्रचार गर्दछु, त्यही उनीहरूलाई बताइदिएँ”(गलाती २:२)। “कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो” (एफेसी ३:३ र ६ पदसँग तुलना गर्नुहोस्—“सुसमाचारद्वारा”)।

पावलको सुसमाचारमा रहस्यसम्बन्धी सत्यता समावेश थियो: “सुसमाचारको रहस्य थाह गराउनाका लागि साहससित मैले आफ्नो मुख खोल्दा मलाई वचन दिइयोस्” (एफेसी ६:१९)। यस कुराको प्रकाशमा, उग्रप्रबन्धवादीहरूको दुईओटा त्रुटिहरूबाट हामी अलग रहनुपर्छ: १) रहस्यको प्रकाश प्राप्त गर्ने मानिस पावल मात्र थिए। यो गलत शिक्षालाई एफेसी ३:५ ले खण्डन गर्दछजसअनुसार उक्त रहस्य परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूकहाँ प्रकट गरिएको थियो। निसन्देहः पावल नै रहस्य सम्बन्धी सत्यताका प्रमुख प्रकाशक थिए तर यो केवल उनलाई मात्र दिइएको थिएन। केवल उनी मात्र परमेश्वरका रहस्यहरूका भण्डारी थिएनन् (१ कोरिन्थी ४:१-२)। २) पावलले प्रकट नगरेसम्म यो रहस्यको सत्यता थाह गराइएको थिएन। पावलका पत्रहरूमा परमेश्वरका रहस्यहरूलाई तिनको पूर्ण सुन्दरतामा प्रकट गरिएका छन्, तर ती रहस्यहरू प्रकट गर्ने पहिलो व्यक्ति नै पावल हुन् भन्ने धारणा गलत हो।

स्मरण होस्, रहस्यको सत्यता हाम्रा प्रभु येशू ख्रीष्टले अर्थात् सबभन्दा मूल प्रकाशकले सुक्ष्म रूपमा प्रकट गरिसक्नुभएको थियो। यो कुरा विशेषगरी मत्ती १३का रहस्यहरूमा र यूहन्ना १४-१७ को माथिल्लो कोठाको प्रवचनमा देखिन्छ। यहाँ केही उदाहरणहरू छन्:

  1. मण्डलीको रहस्य मत्ती १३:४५-४६मा प्रतीक्षा गरिएको पाइन्छ।
  2. “ख्रीष्ट तिमीहरूभित्र" को रहस्य(कलस्सी १:२७) यूहन्ना १४:२० र १७:२३मा प्रतीक्षा गरिएको थियो।
  3. ख्रीष्ट र उहाँको मण्डलीको सम्मिलिकरण (एकता) को रहस्य (एफेसी ५:३१-३२) यूहन्ना १७:२१-२३ मा प्रतीक्षा गरिएको थियो।
  4. र्याप्चरको रहस्य (१ कोरिन्थी १५:५१-५२) यूहन्ना १४:१-३ मा प्रतीक्षा गरिएको थियो।
  5. इस्राएल जातिको वर्तमान अवस्थाको रहस्य (रोमी ११:२५) मत्ती १३:४४ मा प्रतीक्षा गरिएको थियो।
  6. अधर्मको रहस्य जसले यस वर्तमान युगमा काम गरिरहेकोछ (२ थेस्सलोनिकी २:९) रायोको दाना र खमीरको दृष्टान्तमा प्रतीक्षा गरिएको थियो।
  7. यहूदीहरू र अन्यजातिहरू एउटै शरीरमा एक बनाइने रहस्य (एफेसी ३:५-६) यूहन्ना १०:१६ मा प्रतीक्षा गरिएको थियो।
  8. लुइस् स्पेरी चेफर (Lewis Sperry Chafer) ले पनि मत्ती १३मा वर्णन गरिएका “स्वर्गको राज्यका रहस्यहरू” र नयाँ नियमका पत्रहरूमा पावलद्वारा प्रकट गरिएका रहस्यहरूको बीचमा उल्लेखनीय सामञ्जस्यतापत्ता लगाएका छन्।

    मत्ती १३ मा ख्रीष्ट आफैंले सातओटा दृष्टान्तहरूमा यस युगकालक्षणहरू प्रस्तुत गर्नुभएको छ। शास्त्रको यस खण्डमा यो युग स्वयं एउटा रहस्य वा परमेश्वरले पहिलेका युगहरूमागुप्त राख्नुभएकोकुरा हो भनिएको छ (१३:११), र यस युगभरिमा तीनओटा मुख्य लक्षणहरू हाजिरहुनेछन् भन्ने सत्यतालाई यी दृष्टान्तहरूले क्रमिक रूपमा प्रस्तुत गर्दछन्, ती हुन्: (क) जो ग्रहणयोग्य छन्—गहुँ, मोती, र असल माछा; (ख) जसले अन्धो पारिएको इस्राएलको चित्रण गर्दछ (१४-१५ पदहरू), जोहरू बारीमा लुकाइराखेको गाडधनहरू हुन्—बारी भनेको संसार हो र (ग) खराबको उपस्थिति—सामाहरू, खराब चराहरू, खमीर, र खराब माछा। यो ध्यान दिइनुपर्छ कि, नयाँ नियममा, यी तीनओटै पक्षहरू रहस्य वा परमेश्वरले पहिला गुप्त राख्नुभएका कुरा हुन्, भनी बताइएका छन्: (क) यहूदी र अन्यजाति एकै शरीरमा मिलेर बनेको मण्डली (एफेसी ३:४-६), (ख) मण्डलीको बोलावटकोसमयावधिभरि इस्राएल अन्धो पारिने (रोमी ११:२५; प्रेरित १५:१३-१८), र (ग) यस युगमा खराबको उपस्थिति र त्यसको चरित्र (२ थेस्सलोनिकी २:७)। (सिस्टमेटिक थिओलोजी, भोल्यूम ४, पेज. ४४)

    हामीले भनिसक्यौं, उग्र-प्रबन्धवादअनुसार रहस्य सम्बन्धी सत्यताहरूपावलभन्दा अगाडि प्रकट भएको थिएन र केवलपावलद्वारा मात्र ती प्रकट गरिए। डा. अर्नेस्ट पिकरिङ्गले यसको जवाफ दिएका छन्: “मण्डलीसम्बन्धी सत्यता पावल भन्दा अगाडि कहिल्यै पनि प्रकट गरिएको थिएन भन्नुचाहिँ प्रभु आफैंले त्यस्ता सत्यताहरू सिकाउनुभएको शास्त्रका खण्डहरूलाई इन्कार गर्नु हो। माथिल्लो कोठाकोप्रवचन (यूहन्ना १३-१७) निश्चयपनि मण्डलीलाई [किटान गरी मण्डलीलाई र मण्डलीलाई मात्र]नै लागु हुन्छ। ख्रीष्टमा पवित्र जनहरूको आशिषमय ओहोदा, प्रार्थनामा पहुँच, पवित्र आत्माको सेवकाइ, मण्डलीको र्याप्चरसम्बन्धी — यी सबै शिक्षाहरू साथै अधिक कुराहरू माथिल्लो कोठाको प्रवचनमा सिकाइएका छन्। (Distinctive Teachings of Ultra-Dispensationalism)।

    “येशू ख्रीष्टको प्रचार” (रोमी १६:२५): पावलको सुसमाचार प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा केन्द्रित थियो। उनले केवल ख्रीष्ट प्रचार मात्र गरेनन् (२ कोरिन्थी ४:५) तर अरूले ख्रीष्ट प्रचार गर्दा पनि उनले आनन्द मनाए(फिलिप्पी १:१८)। पावलले यस पत्रको सुरुबाट नै सुसमाचारको केन्द्र र मियो भनेको परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पारेका थिए (रोमी १:१-४)। अनि जब पावलले अन्यजातिहरूको माझमा सुसमाचारको रहस्य प्रचार गर्दथे उनले ख्रीष्टको खोजेर नसकिने धनको पनि प्रचार गर्न छोड्दैनथिए (एफेसी ३:८)। जब हामीहरू प्रभु येशू ख्रीष्टको व्यक्तित्वतर्फ अलग र समर्पित हुन्छौ, तब मात्र हामीहरू सुसमाचारतर्फ अलग र समर्पित हुन सक्छौं (रोमी १:१)।

    “त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो” —एकसमय गुप्त राखिएको यो रहस्य अब प्रकट भएको छ! यो अब उसो रहस्य होइन! जुन कुरा लुकाइएको थियो थाह गराइएको छ! “यो विगतको लामो युगहरूमा गुप्त राखिएको थियो, तर अब बताइएको छ” (जी सी मूल)। “संसारको उत्पत्तिदेखि” भन्ने वाक्यांशलाई अक्षरशः “युगहरूका समयमा” (जोन डार्बी) र “अनन्तकालहरूमा” (विलियम केली) भनेर पनि अनुवाद गरिकएको छ। यो रहस्य युग-युगदेखि र पुस्ता-पुस्ताहरूदेखि गुप्त राखिएको थियो (कलस्सी १:२६)।

    नयाँ नियम अन्तर्गतको रहस्य भन्नाले के बुझिन्छ, यसलाई सुस्पष्टपरिभाषित गर्ने पाँचओटा खण्डहरू छन्। तीनिम्नानुसार छन्:

    1. “जसद्वारा तिमीहरूले पढेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञान थाह पाउन सक्छौ; जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू, र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:४-५)।
    2. “र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:९)।
    3. “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई, जुनचाहिँ युग-युगदेखि र पुस्ता-पुस्तादेखि लुकाई राखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरूकहाँ प्रकट गरिएको छ” (कलस्सी १:२६)।
    4. “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु; संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु” (मत्ती १३:३५)।
    5. “त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ” (रोमी १६:२६)।

    यी पाँच खण्डका आधारमा हामीले नयाँ नियमको रहस्यलाई यसरीपरिभाषितगर्न सक्छौं: नयाँ नियमको रहस्य भनेको त्यो हो जुन लुकाइएको थियो, गुप्त राखिएको थियो र पहिलेका पुस्ता(पावलका पुस्ताभन्दा अघिका) का मानिसहरूलाई थाह गराइएको थिएन तर नयाँ नियमको युगमा नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरूलाई थाह गराइएको छ र उनीहरूद्वारा प्रकट गरिएर प्रकाशमा ल्याइएको छ।

    यस बाइबल-आधारितपरिभाषा मुताबिक, प्रबन्धवादीहरूले धेरै समयदेखि यो मान्दै आएका छन् कि नयाँ नियमको रहस्य भनेको यस्तो कुरा हो जुनचाहिँ विगतका पुस्ताहरू (पुरानो नियमको युगका मानिसहरू)लाई कहिल्यै पनि प्रकट गरिएको थिएन तर जसलाई पावलको समयमा प्रकट गर्न परमेश्वरलाई असल लाग्यो। अघि बताइए अनुसार, यस्ता रहस्यहरू पहिले ख्रीष्टद्वारा (आंशिक रूपमा) र त्यसपछि उहाँको प्रेरित पावलदारा (पूर्ण रूपमा) थाह गराइएको थियो। यस मान्यताको विपरीतमा रिफर्म्डईश्वरशास्त्र (अथवा कभनेन्ट ईश्वरशास्त्र) ले यस्तो भन्ने गर्दछ कि नयाँ नियमका रहस्यहरू पुरानो नियममै प्रकट गरिएका थिए, तर आजका दिनमा जस्तो स्पष्ट रूपमा बुझिएका थिएनन्। उनीहरू यो सिकाउँछन् कि यस्ता रहस्यहरू पुराना नियममा बिलकुलै थिएनन् भन्ने होइन। त्यसैले उनीहरू यो सिकाउँछन्कि रहस्यहरू आंशिक रूपमा प्रकट गरिएका थिए, यद्यपि पछिबाट मात्र तिनलाई बुझ्न सकिएको हो। तर यस्तो मान्यता अघि सूचित गरिएका पाँचओटा खण्डहरूको विपरीत छ। यी पदहरूले ती रहस्यहरू आंशिक रूपमाप्रकटित थिए भन्दैनन् तर बरु ती त बिलकुलै प्रकट गरिएका थिएनन् भनी बताउँछन्। यसलाई परमेश्वरको प्रेमिलो हृदयभित्र लुकाइएको र गुप्त राखिएको थियो।

    यसलाई एउटा ठोस उदाहरणले दर्शाऔं। १ कोरिन्थी १५:५१-५२ मा पावलले एउटा रहस्य प्रकट गर्छन् जुनचाहिँ विगतका युगहरूमा गुप्त राखिएको थियो। उनले प्रकट गरेको रहस्य यस्तो थियो, त्यहाँ जिउँदो विश्वासीहरूको एउटा सिङ्गो पुस्ता हुनेछ जसले शारीरिक मृत्युको स्वाद चाख्नेछैनन्। पुरानो नियमले कतै पनि त्यस्तो घटनाको बारेमा केही बताउँदैन। मोशा, एलिया, दाऊद र यशैयालाई एकदिन त्यस्तो घटना घट्नेछ भन्ने कुराको छनक समेत थिएन। यो कुरा पूर्ण रूपमा उनीहरूबाट लुकाइएको थियो र सो बारेमा उनीहरूको पवित्र शास्त्रहरूमा भेट्टाउन सकिँदैन। नयाँ नियमको समयहरूमा हाम्रो प्रभुले थोरै मात्रामा (यूहन्ना १४:१-३) र पावलले पूर्ण रूपमा (१ कोरिन्थी १५:५१-५२ र १ थेस्सलोनिकी ४:१३-१८) वर्णन नगर्नुभएसम्म परमेश्वरले यसको बारेमा एक शब्द पनि निस्वासित गर्नुभएको थिएन। नयाँ नियमको रहस्य भनेको खास यो हो।

    रोमी १६ मा पावलले बताइरहेका रहस्य यो थियो कि, यहूदी र अन्यजातिहरूलाई अब परमेश्वरले पूर्ण समानताको आधारमा व्यवहार गर्दैहुनुहुन्छ र ख्रीष्टमा विश्वास गरेपछि उनीहरू एउटै शरीरमा एकसाथ जोडिएका हुन्छन् यस उद्देश्यले कि उनीहरूले अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनुहुने प्रभुका सर्वश्रेष्ठताहरू प्रकट गरून्। दुईजनाबाट, परमेश्वरले एउटा नयाँ मानिस (एफेसी २:११-१८) र एउटा नयाँ बगाल (यूहन्ना १०:१६) बनाउनुभयो। आज हामी बाँचिरहेका दिनहरूमा अरूलाई यो रहस्य थाह गराउनु, गुप्त कुरा प्रकट गर्नु र एक समय लुकाइएको प्रकाशलाई खोल्नु हाम्रो विशेष अधिकार हो। यो एउटा कुरामा हामीले गुप्त कुराहरू प्रकट गरेको परमेश्वर चाहनुहुन्छ (यद्यपि हितोपदेश ११:१३ ले गुप्त कुरा प्रकट गर्नेलाई दोषी ठहराइएको छ)।

    रोमी १६:२६
    “तर अहिले प्रकट भएको छ... भविष्यवक्ताहरूका पविरत्रशास्त्रहरूद्वारा..बताइएको छ”

    एकसमय गुप्त राखिएको रहस्य अहिले प्रकट गरिएको छ। “भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा” लाई “भविष्यवाणीका पवित्रशास्त्रहरू” भनेर अनुवाद गर्न सकिन्छ (नेपाली टि.बि.एस. बाइबलमा उक्त पदको फुटनोट हेर्नुहोस्)। परमेश्वरले यो रहस्य उहाँका अगमवक्ताहरूका लेखहरूद्वारा प्रकट गर्नुभएको छ।

    पावलले भर्खरै मात्र ती रहस्यहरू विगतका युगहरूमा गुप्त राखिएका थिए भनेर भनिसकेपछि पनि प्रबन्धवादलाई नमान्नेहरूले कसरी ती लेखहरू भन्नाले पुरानो नियमकै लेखहरू हुन् भनी ठान्न सकेका होलान्,यो बुझ्न कठिन छ। पावलले यहाँ नयाँ नियमका अगमवक्ताहरूको बारेमा भनेको हुनुपर्छ। एफेसी ३:५मा हामी सिक्दछौं, अरू युगहरूमा मानिसका सन्तानहरूलाई प्रकट नगरिएका रहस्यहरू अब परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई प्रकट गरिँदैछ। यीचाहिँ नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरू हुन् जोहरू एफेसी २:२० मा उल्लेख गरिएका उही व्यक्तिहरू नै हुन् (१ कोरिन्थी १२:१०,२९; एफेसी ४:११ पनि हेर्नुहोस्)। निश्चय पनि, यी रहस्यहरूलाई सबभन्दा स्पष्ट र पूर्ण रूपमा प्रस्तुत गर्ने भविष्यवाणीका लेखोटहरूचाहिँ पावलका पत्रहरू नै हुन्, यो कारणले कि पावल रहस्यका सत्यताहरूका प्रमुखप्रकाशक हुन्, यद्यपि यस सवालमा पावलको एकलौटी भूमिका थियो भन्ने होइन। रहस्य सम्बन्धी सत्यताको सवालमा, पुरानो नियमका अगमवक्ताहरू पूर्ण रूपमा अन्धकारमा थिए। पुरानो नियमको कालखण्डमा रहस्यहरूको बारेमा जान्नुहुने एक मात्र व्यक्ति परमेश्वर आफैं हुनुहुन्थ्यो।

    “अनन्तका परमेश्वरको आज्ञाअनुसार”

    “आज्ञा” को माने आदेश हो। प्रेरित १:२ मा प्रभुको महान् आज्ञालाई (बौरिउठाइ पश्चात् र स्वर्गारोहण आफ्ना चेलाहरूलाई दिनुभएको प्रभुका ती आज्ञाहरू) जनाउने उही शब्दचाहिँ यो होइन।

    पावलले यो शब्दलाई आफ्नोसेवकाइको सन्दर्भमा अन्य दुई ठाउँमा मात्र प्रयोग गर्दछन्: १) “हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशू ख्रीष्टको आज्ञा (आदेश वा हुकुम)द्वारा येशू ख्रीष्टका प्रेरित पावलको तर्फबाट” (१ तिमोथी १:१)। पावल जीवित परमेश्वरको आदेशद्वारा एक प्रेरित (“पठाइएको” व्यक्ति) थिए, र यो कुरा हरेक विश्वासीको हकमा पनि सत्य हो: “जसरी तपाईंले मलाई संसारमा पठाउनुभएको छ, उसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु” (यूहन्ना १७:१८)। हामीले उहाँलाई संसारमा उचित तरिकाले प्रतिनिधित्व गर्नु र उहाँको महिमित सुसमाचारलाई हरेक जातिलाई प्रकट गर्नु नै परमेश्वरको आज्ञा र आदेश हो। २) “तर ठीक समयहरूमा प्रचारद्वारा आफ्नो वचन प्रकट गर्नुभएको छ, जुनचाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञा (आदेश वा हुकुम) अनुसार मलाई सुम्पिइएको छ” (तीतस १:३)। आफूलाई सुसमाचारको र प्रचारको जिम्मेवारी सुम्पिइएको छ भनी पावल जान्दथे। उनी प्रचारद्वारा परमेश्वरको वचन प्रकट गर्ने आज्ञाहरूको अधिकारमनि थिए।

    निश्चय पनि यीभनाइहरू महान आज्ञासित एकदम मेल खान्छन् जसमा ख्रीष्टका विभिन्न आज्ञाहरू समाविष्ट थिए, जस्तै: सारा संसारमा गएर हरेक प्राणीलाई सुसमाचार सुनाउने (मर्कूस १६:१५), सबै जातिहरूलाई चेला बनाउने (मत्ती २८:१९-२०), यहूदीहरूबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पापहरूको क्षमाको विषयमा प्रचार गर्ने (लूका २४:४७) र इस्राएलबाट सुरु गरेर संसारभरी नै ख्रीष्टको निम्ति गवाही हुने (प्रेरित १:८; र रोमी १:१६को “पहिले यहूदीका लागि” सित तुलना गर्नुहोस्)। तर समय बित्दै जाँदा सुरुका चेलाहरूले मण्डली सम्बन्धी सत्यता र रहस्य सम्बन्धी सत्यताको बारेमा झन्-झन् सिक्दै गए, र यी थप प्रकाशहरूले अनुग्रहको सुसमाचार र यस युगका निम्ति परमेश्वरको उद्देश्यको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो र गहकिलो बनाउन उनीहरूलाई थप मद्दत गर्यो। तर यी थप प्रकाशहरूमध्ये कुनैले पनि बौरिउठाइ र स्वर्गारोहण बीचको ४० दिनको अवधिभित्र उनीहरूलाई दिइएको ख्रीष्ट र उहाँको सुसमाचार प्रचार गर्नुपर्ने जिम्मेवारीको वास्तविक आदेशलाई कमजोर तुल्याउने काम गरेन।

    “विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ”

    यहाँ प्रयोग गरिएको भाषाझण्डै रोमी १:५को जस्तै-जस्तै छ —“सबै जातिहरूका बीचमा विश्वासप्रति आज्ञापालन पैदा गराऔं भनेर”। सबै जातिबाटका सबै मानिसहरूलाई विश्वास गर्न र मुक्ति पाउन आज्ञा गरिएको छ (प्रेरित १७:२१ र १ यूहन्ना २:२३क)। जहाँसुकैका हरेक मानिसहरू प्रभु येशू ख्रीष्टमा विश्वास गरेर सुसमाचारको आज्ञा मान्न गर्न जिम्मेवार छन्। सुसमाचारको अवज्ञा गर्नेहरू अनन्त विनाशको दण्ड पाउनेछन् (२ थेस्सलोनिकी १:८-९)। परमेश्वरले उनीहरूलाई मुक्ति पाउन आज्ञा गर्नुभएको छ भनी हामीले मानिसहरूलाई जनाइदिनुपर्छ, र सुसमाचारको आज्ञा सुनेर सही प्रत्युत्तर दिन उनीहरूसितगम्भीरतापूर्वक बिन्ती गर्नुपर्छ (२ कोरिन्थी ५:१८-२१ सित तुलना गर्नुहोस्)।

    रोमी १६:२७
    एक मात्र बुद्धिमान् परमेश्वरलाई नै येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्। आमेन

    सुसमाचारको योग्यको हिँडाइ आवश्यक छ।

    “केवल तिमीहरूको चालचलन ख्रीष्टको सुसमाचारको योग्य होओस्” (फिलिप्पी १:२७)।

    “कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ” (कलस्सी १:१०)।

    “हामीलाई तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्