रोमी १६:७-१५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १६:७

यस पदमा उल्लेखित दोस्रो नामले पुरुष(हुन् भने युनियस)लाई हो कि स्त्री (हुन् भने युनिया) लाई जनाउँछ भन्ने कुरामा केही अनिश्चयता छ, मौलिक ग्रीक शब्दलाई कसरी उच्चारण गरिन्छ त्यसले फरक पर्ने भएकोले।) यदि यी व्यक्ति स्त्री हुन् भने एन्ड्रोनिकस र युनिया पति-पत्नी हुन सक्छन्। यी दुई विश्वासीहरूको बारेमा पावलले हामीलाई ४ ओटा रोचक कुरा बताउँछन्:

1.
तिनीहरू पावलका “आफन्तहरू” थिए। यो शब्द कति ठाउँमा नजिकको रगतको नातेदारलाई जनाउन प्रयोग गरिएको छ, जस्तै: मर्कूस ६:४, लूका १:३६(मरियमकी “नातादार इलिशिबा”, लूका १:५८, लूका २:४४; लूका १४:१२, लूका २१:१६, यूहन्ना १८:२६ र प्रेरित १०:२४। रोमी ९:३ मा पावलले इस्राएलीहरूलाई “शरीर अनुसार मेरा आफन्तहरू” भन्दैमाथिको भन्दा फराकिलो अर्थमा यो शब्दको प्रयोग गर्दछन्। रोमी १६ मा पावलले यो शब्द तीन पटक प्रयोग गर्दछन् (७,११,२१ पदहरू) र उनले आफ्ना आफन्तको रूपमा छ जनालाईउल्लेख गर्छन्। के यसको माने यी मानिसहरू यहूदी भएकाले एकअर्कासित नाता जोडिएका सङ्गी इस्राएलीहरू हुन् भन्ने हो?कि पावलले यहाँ त्योभन्दा नजिकको नाताको कुरा गरिरहेका हुन्? पूर्ख्यौली हिसाबले पावल त टार्ससबाटका थिए अनिरोममा उनका छ-छ जना नजिकका नातेदारहरू हुनु त असाधारण कुरा मान्नुपर्छ, त्यसैले यो शब्दलाई फराकिलो अर्थमा बुझ्नु उचित होला। पावलले प्रत्येक यहूदीलाई आफ्ना “आफन्त” भनी अभिवादनगरेनन् किनभने ३ पदमा प्रिस्किल्ला र अक्विला दुवैजना यहूदीहरू थिए तर पावलले उनीहरूलाई “आफन्तहरू” भनी भनेनन्। यदि यो शब्दावलीले यी छ जना मानिसहरू इस्राएलीहरू हुन् भन्नेकुरा जनाउँदछ भने, यो कुरा रोचक कुरा हो कि पावलले मण्डलीलाई सम्बोधन गर्दा उनले त्यहाँ भएका केही यहूदीहरूलाई विशेष रूपमाउल्लेख गरे। यसले गलाती ६:१६ लाई बुझ्न मदत गर्न सक्छ, जहाँ पावलले “परमेश्वरको इस्राएल” भनी विशेष समूहको उल्लेख गर्दछन्। “परमेश्वरको इस्राएल” भन्नाले अन्यजाति विश्वासीहरू होइनन् (पवित्र-शास्त्रमा अन्यजातिहरूलाई कहिल्यै पनि इस्राएलीहरू भनिएको छैन) तर यहूदी विश्वासीहरू हुन् जोहरू “भित्रबाटका” यहूदीहरू थिए (रोमी २:२८-२९)।

2.
उनीहरू पावलका सङ्गी-कैदीहरू( “मसँगैझ्यालखानामा बस्नेहरू” ) थिए। पावल रोममा दुईपटक कैदमापर्नुभन्दा अगाडि नै यो पत्र लेखिएको थियो, तर २ कोरिन्थी ६:५ र ११:२३ अनुसार पावल घरी-घरी कैदपर्थे, र कैद परेका तिनै समयहरू मध्ये एउटामा एन्ड्रोनिकस र युनियस पावलसँगै तिनको दु:खमा सहभागी भएका हुनुपर्छ।

3.
उनीहरू “प्रेरितहरूका बीचमा नामी” थिए। यसलाई बुझ्न सकिने दुईटा तरिका छन्: कि त १) उनीहरू नामी प्रेरितहरू हुनुपर्छ, अर्थात, उनीहरू प्रेरितहरू मध्येकै थिए। यदि पावलले भन्न खोजेको यही हो भने, तिनले यहाँ “प्रेरित” शब्दलाई कुनै उद्देश्यको निम्ति पठाइएको व्यक्तिझैं साधारण अर्थमा प्रयोग गरेका हुनुपर्छ। अथवा २) प्रेरितहरूको माझमा उनीहरू नामी हुनुपर्छ। सन्तोषजनक अर्थ यही नै हो। यी दुई विश्वासीहरू पावलभन्दा पनि अगाडि ख्रीष्टमा आएका थिए (तल चौथो बुँदा हेर्नुहोस्), त्यसैले उनीहरू यरूशलेमका निकट र प्रेरितहरूद्वारा चिनिएका व्यक्तिहरू थिए अनि उनीहरूको सामु तिनीहरूको उत्तम गवाही थियो।

4.
उनीहरू पावलभन्दा अगाडि “ख्रीष्टमा” थिए। उनीहरू पावलभन्दा, अर्थात् प्रेरित ९ अध्यायभन्दा अगाडि ख्रीष्टमा आएका थिए। आत्मिक वर्षहरूमा, उनीहरू पावलभन्दा वृद्ध थिए! मण्डली कहिले सुरु भयो भन्ने बुझ्नलाई यो चाखलाग्दो कुरा हो। यदि “ख्रीष्टमा” भन्ने शब्द गलाती ३:२७-२८ मा पाइने अर्थसँग मिल्ने शब्द हो भने (“ख्रीष्टमा” हुनु=मण्डलीमा हुनु), रोमी १६:७ अनुसार मण्डली प्रेरित ९ भन्दा अगाडि नै सुरु भएको हुनुपर्छ। हामी यो कुरा पावलले “मण्डलीलाई” सताउने बारेमा बताइएको पदबाट पनि थाह गर्न सक्छौं (१ कोरिन्थी १५:९; फिलिप्पी ३:६; गलाती १:१३)। मण्डली प्रेरित २ अध्यायमा (पेन्टकोष्टमा) सुरु भयो भन्ने तथ्यलाई यसले सहायतागर्छ र प्रेरित १३ (कसैले भनेझैं)मा अथवा प्रेरित २८ (अरूले भनेझैं)मा मण्डली सुरु भयो भन्ने उग्रप्रबन्धवादीको धारणालाई इन्कार गर्छ। गलाती १:२२ मा हेर्नुहोस् जहाँ पावलले “ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरू" को बारेमा कुरा गरेका छन् (र यी “ख्रीष्टमा भएका मण्डलीहरू” प्रेरित १३ भन्दा दसकौं वर्ष अगाडिदेखि अस्तित्वमा थिए)। हामीले यो पनि ध्यान दिन सक्छौं कि यदि “ख्रीष्टमा” हुनु भन्ने शब्दावलीले उहाँको मण्डलीको हिस्सा हुनु भन्ने प्राबिधिक अर्थ बोक्छ भने, १ थेस्सलोनिकी ४:१६ ले (“ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्”) र्याप्चरको समयमा हुने बौरिउठाइमा केवल मण्डली-युगका विश्वासीहरू मात्र पर्छन्, पुरानो नियमका सन्तगणहरू पर्दैनन् (केही पुराना प्रबन्धबादीहरूले त्यस्तै सिकाउने गर्दथे)।

रोमी १६:८—अम्प्लियस

हेन्ड्रिक्सनको अनुसार अम्प्लियस नाम दासहरूको माझमा प्रायः प्रचलित थियो। सम्भवत: अम्प्लियस रोमको मण्डलीमा सदस्य रहेका एक दास थिए, तर तिनी पावलका प्रिय थिए। जीवनको जुनसुकै स्तर वा समाजको जुनसुकै स्थानमा भए तापनि, विश्वासीहरूको ख्रीष्टसँग अति विशेष सम्बन्ध हुन्छ। सुसमाचारले हरेक विश्वसीलाई एउटै तहमा ल्याउँछ। हामी सबैजना हाम्रा मालिक प्रभु येशूको सेवा गर्ने दासहरू हौं (कलस्सी ३:२३-२४)। अम्प्लियस दास होलान्, तर उनी ख्रीष्टमा पावलका अति प्रेम गरिएका प्रिय भाइ थिए। नयाँ नियम मण्डलीहरूमा महत्त्वकसैको जीवन-स्तरलाई दिइँदैनथ्यो, बरु उसको आत्मिकता र प्रभुसँगको हिँडाइलाई दिइन्थ्यो। जस्तै, १ तिमोथी ३ अध्यायमा कुनै मानिस दास भएकोले एल्डर वा डिकन हुन अयोग्य ठहरिँदैनथियो (यस्तो कुनै कुरा त्यहाँ उल्लेख छैन)। यसले एउटा गजबको सम्भावनालाई ठाउँ दिन्छ; अर्थात्: एउटा दास स्थानीय मण्डलीमा पदाधिकारी हुन सक्थे अनि उसका विश्वासी मालिकचाहिँ मण्डलीमा उसको अधीनमा हुनुपर्ने हुन्थ्यो, जब किमण्डलीबाहिर विश्वासी दास चाहिँ उसको विश्वासी मालिकको अधीनमा बस्नुपर्ने हुन्थ्यो।विलियम क्यारी भारतमा हुँदा मानिसहरू जातिप्रथाको निकै कडा बन्धनमा थिए, तर जब ती मानिसहरूले ख्रीष्टलाईव्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरे र जीवित परमेश्वरको मण्डलीमा प्रवेश गरे, उनीहरूले ख्रीष्टमा, जीवनको अनुग्रहको साझा-हकवालाहरूको हैसियतले समान स्तरमा रमाहट गर्न सके। “अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ” (गलाती ३:२८)।

रोमी १६:९—उर्बानुस र स्टाखुस

“सहकर्मी” शब्द ३ पदमा पनि पाइन्छ। विश्वासीहरू एउटै टीममा काम गर्दछन्, उनीहरूको एउटै महत्त्वाकांक्षा हुन्छ (अर्थात् ख्रीष्टलाई खुशी पार्नु—२ कोरिन्थी ५:९) र एउटै लक्ष्य हुन्छ (अर्थात् परमेश्वरको महिमा—१ कोरिन्थी १०:३१)। जसरी शरीरका अङ्गहरूएकअर्कालाई सहायता गर्दछन्, उसरी नै ख्रीष्टको शरीरको सवालमा पनिसाँचो हुन्छ (१ कोरिन्थी १२:१२,२०-२७)। स्टाखुस पावलका प्रिय थिए। यी पदहरूमा पावलका अभिवादनहरू कति उत्साहदायी छन् भन्ने कुरामा ध्यान दिनुहोस्। यी रोमी विश्वासीहरूका निश्चय पनि कमजोरीहरू र भूलदोषहरू थिए, तर पावलले उनीहरूलाई प्रेममा अभिवादन गरे र “प्रेम दयालु हुन्छ र खराबीको हिसाब राख्दैन” (१ कोरिन्थी १३:४,५)। पावलले यी विश्वसीहरूलाई उनीहरू आफैंमा भएअनुसार हेरेनन् तर उनीहरू “ख्रीष्टमा” भएकाहरूको रूपमा हेरे (३,७,८,९,१०,११,१२,१३ हेर्नुहोस् र “ख्रीष्टमा” “प्रभुमा” भन्ने अभिव्यक्तिहरूलाई ध्यान दिनुहोस्)।

रोमी १६:१०—अपेल्लेस र अरिस्तोबुलस

“योग्य” शब्द अन्य ठाउँहरूमा पनि पाइन्छ, जस्तै: रोमी १४:१८; १ कोरिन्थी ११:१९; २ कोरिन्थी १०:१८; १३:७ र २ तिमोथी २:१५ (तिमोथीले आफूलाई शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो परमेश्वकहाँ “ग्रहणयग्य” तुल्याउने हर प्रयत्न गर्नुपर्थ्यो)। यो शब्द याकूब १:१२ मा पाइन्छ—“धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच (जाँच गरिएर योग्य भेट्टाउनु) भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ।” १ कोरिन्थी ९:२७ मा उहि शब्दको नकारात्मक अभिव्यक्ति (“अयोग्य”) पाइन्छ (“बेकम्मा”) र यसको अर्थ हुन्छ “अयोग्य, निकम्मा, इन्कार गर्नु” (रोमी १:२८; २ कोरिन्थी १३:५,६,,७; तीतस १:१६; हिब्रू ६:८; २ तिमोथी ३:८)। अपेल्लेस यस्तो व्यक्ति थिए जो परीक्षाहरू, सङ्कष्टहरू र कठीन परिस्थितिहरूबाट जाँचिएका थिए, तर तिनले परमप्रभुमा भरोसा राखे र ख्रीष्टमा सत्य भइरहे। एउटा विश्वासीले कसरी उसको मार्गमा परमेश्वरले पठाउनुभएको अग्निमय जाँचहरूमा खडा रहन्छ भन्ने कुराचाहिँ अति महत्त्वपूर्ण हुन्छ।

कोही-कोही (लाइटफूट, हेन्ड्रिक्सन)ले अरिस्तोबुलसचाहिँ हेरोद महान(हेरोद अग्रिप्पा प्रथमको भाइ) को नाती हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दछन्, यद्यपि यो कुरा साँचो हो भनी किटान गर्नु कठीन छ। यदि यो हो भने, पावलले सम्भवत: तिनको घरका विश्वासी दासहरूको कुरा गरिरहेको हुनुपर्छ। आशै नगरिएको स्थानहरूमा पनि विश्वासीहरूको बारेमा जान्न हामी मौन रहनुहुँदैन। हेरोदको परिवार मानवजातिकै इतिहासमा सबैभन्दा भक्तिहीन परिवार थियो, तर परमेश्वरले कुख्यात अविश्वासीहरूको ढोकाहरू र पर्खालहरूभित्र पनि आफ्नो अनुग्रहको उदेकको काम गर्न सामर्थी हुनुहुन्छ। आज हाम्रै दिनहरूमा पनि बीसौं शताब्दीका पछिल्ला वर्षहरूमा बाँचेका उच्च सम्मान पाएका र नाम चलेका नास्तिकहरूको छोरा ख्रीष्टियन भएको घटनाहरू छन्!

रोमी १६:११ हेरोदियन, नर्किस्सस

हेरोदियन पावलका आफन्त थिए,जसले सम्भवतःउनीएक यहूदी थिए भन्ने कुरा जनाउँछ (७ पद अन्तर्गतको टिप्पणीहेर्नुस्)। हामी सबै विश्वासीहरू पनिएकअर्काका “भाइहरू” हौं र हाम्रो बीचमा नजिककोसम्बन्ध छ भन्ने कुरा सम्झनुपर्छ। भाइभन्दा नजिकको नातेदार अर्को त हुँदैन! “हेरोदियन” नामलेनिजको हेरोदको परिवारसँग कतै सम्बन्ध भएको जनाएको हुन सक्छ। हेन्ड्रिक्सनले उक्त व्यक्ति हेरोदको परिवारसँग “आवद्ध भएको” वा त्यो परिवारप्रति “सराहना भएको” हुन सक्ने राय व्यक्त गरेका छन्। मुर्रेले उक्त व्यक्ति हेरोदकै परिवार वा घरानाहरूमध्येको हुन सक्ने राय व्यक्त छन्। सायद तिनी अरिस्तोबुलसको घरानाहरूसँग पनि आवद्ध थिए (१०पद)।

“नर्किस्सस” नामले हामीलाई एकजना काल्पनिक जवानको सम्झना गराउँछ जो यति सुन्दर थियो कि सबै युवतीहरू उसको हुने इच्छा गर्थे, तर उसले सबैलाई बेवास्ता मात्र गर्थ्यो। उसलेकसैलाई चाहना गरेन। अन्त्यमा उसले हृदयमा चोट पुर्याएको एकजना युवतीलेदेउताहरूसित यसरी प्रार्थना गरी, “जसले कसैलाई प्रेम गर्दैन, उसले आफैंलाई प्रेम गरोस्”। नेमेसिस देवीले उसको बिन्ती पूरा गरिदिई। जब नर्किस्सस एउटा कुवाको पानी पिउनलाई निहुरेको थियो र उसले कुवाकोकञ्चन पानीको सतहमा आफ्नैप्रतिबिम्ब देख्यो, तबऊ तुरुन्तै त्यससित प्रेममाफस्यो। ऊ आफैंप्रति प्रेमले जल्न थाल्यो र त्यो पानीमा देखिएको रूपलाई हेरिराख्यो र त्यसलाई छोड्नै सकेन। ऊ त्यहीँ बसिरह्यो, र उसको यो चाहनाले रोगी हुँदै-हुँदै आखिरमा त्यहीँ मरेर गयो। त्यसैलेआफैंलाई गरिने प्रेम, आफ्नै रूप, आफ्नै सुखसयल, महत्त्व, क्षमताआदि प्रति अति चासो राख्ने कामलाई नर्किस्सस (narcissism, नर्किसवाद) को संज्ञा दिने गरिन्छ। खेदको कुरा, अन्तिम दिनहरूको एउटालक्षण यही हो, “किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने... हुनेछन्” (२ तिमोथी ३:२)।

लाइटफूटको रायअनुसार नर्किस्सस एक धनाढ्य र शक्तिशाली स्वतन्त्र व्यक्ति हुन सक्छन् जो सम्राट क्लाउडियससित(उसको सचिव भएको नाताले)निकट सम्बन्धमाथिए जसलाई नीरोलेआफू सम्राट बनेको थोरै अवधिभित्रै मृत्युदण्ड दिए। यदि अरिस्तोबुलस हेरोदहरूसँग नाता गाँसिएका व्यक्ति हुन् भने (१० पद हेर्नुहोस्), तिनी क्लाउडियसका नजिकको मित्र पनि भएको हुनुपर्छ। यी दुई सम्भावनाहरूले हामीलाई फिलिप्पी ४:२२ बुझ्न केही मद्दत गर्नसक्छ (“सबै पवित्र जनहरूले, विशेष गरेर सिजरका घरानाकाहरूले”), किनभने दरबारमा कम्तीमा दुईओटा घरानाहरू हुनेथिए जसमा विश्वासीहरू थिए।

रोमी १६:१२ ट्रिफैना, ट्रिफोसा, पेर्सिस—तीन महिला कामदारहरू!

यी तीनजना विश्वासीहरू उनीहरूकामेहनतका निम्ति परिचित थिए। यो शब्दको माने हो, बेस्सरी कडा परिश्रम गर्नु, यहाँसम्म कि थकित र लल्याकलुलुक हुने अवस्थामा पुग्ने गरी। मेहनतको बीचमा पनि, विश्वासीले विश्राम गर्न सिक्नुपर्छ (मत्ती ११:२८)। यी तीन महिलाहरूले “प्रभुमा” मेहनत गरेका थिए र हामीलाई थाह छ प्रभुमा हाम्रो परिश्रम व्यर्थ हुँदैन (१ कोरिन्थी १५:५८)। उहाँ जो हुनुहुन्छ, त्यसको कारणले उहाँको महान् नामको खातिर हाम्रो मेहनत “प्रभुमा” हुनुपर्छ (प्रकाश २:३)। जसको निम्ति हामी मेहनत गर्छौं, उहाँ हाम्रो सर्वोत्तम शक्ति र परिश्रमको योग्य हुनुहुन्छ। उहाँ हाम्रो सर्वोत्तमभन्दा कमको योग्य हुनुहुन्न। यदि कसैले परिश्रम गरेका छन् भने, प्रेरित पावलले गरेका छन्: “तर मे जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छे; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१० र कलस्सी १:२९; २ कोरिन्थी ११;२३ सित पनि तुलना गर्नुहोस्)। यो यस्तो मेहनतथियो जो परमेश्वरको अनुग्रहद्वारा अभिप्रेरित र उर्जापूर्ण बनाइएको थियो। हाम्रो मेहनत पछाडि प्रेमको प्रेरणापनि हुनुपर्छ—मुक्तिदाताको र विश्वासीहरूको साथै सम्पूर्ण मानवजातिको निम्ति प्रेम। परमेश्वर हाम्रो प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न (हिब्रू ६:१०)।

ट्रिफैना र ट्रिफोसाका नामहरू सुन्नमा एउटै छन् र उनीहरू सम्भवत: दिदी-बहिनी थिए (कहिलेकाहीँबाबुआमाले आफ्ना छोराछोरीलाईउस्तै-उस्तै सुनिने नामहरू दिन्छन्, जस्तै सुनिता र सुभिना इत्यादि)। पेर्सिसको मेहनतलाई भूतकालमा बताइएको छ जुनचाहिँ असाधारण हो (अन्य दुई स्त्रीहरूको मेहनतचाहिँ वर्तमान कालमा बताइएको छ)। हेन्ड्रिक्सनले सम्भावित कारण बताउँछन्: “भूतकाल र वर्तमानकालहरूको भिन्नता पेर्सिसलाई वृद्धापनको दुर्बलताहरूले भेटेको सङ्केत हो कि, जसले गर्दा ऊ पहिले जस्तो अहिले कडा मेहनत गर्न असक्षम भएकी छिन्? यदि यस्तो हो भने, तिनका विगतका मेहनतहरू नबिर्सिऊन् भन्ने पावलको चाहना देखिन्छ। यो हामी सबैले सम्झनु पर्ने एउटा पाठ हो।” महिला विश्वासी जनलाई उल्लेख गर्नु पर्दा पावल होशियार थिए। ९ पदमा उनले स्टाखुस (एक पुरुष)लाई “मेरा प्रिय” भनेका छन् तर उनले पेर्सिसलाई “प्रिया” मात्र भनी उल्लेख गर्छन्। यस्ता कुराहरूको बारेमा होशियार हुनु महत्त्वपूर्ण छ, नत्र मानिसले आफू कुनै स्त्रीसँग एकदम घनिष्टहुन खोजेको सन्देश जान सक्छ।

रोमी १६:१३ रूफस र उनकी आमा

पावलले यहाँ मर्कूस १५:२१ मा उल्लेख गरिएकै व्यक्ति, अर्थात् हाम्रो प्रभुको क्रूस बोक्ने सिमोनका छोरा “रूफस”लाई अभिवादन पठाइरहेको हुनसक्छ। मर्कूस १५:२१ मा उल्लेखित “रूफस"काएकजना अलेक्जान्डर नामका भाइ थिए। पावलले रूफसकी आमालाई “उनकी र मेरी आमा” भनी बयान गरे। रूफसकी आमालाई पावलले एक अर्थमा आफ्नै आमा भनेर दाबी गर्दैथे जुन कुराले हामीलाई मर्कूस १०:२९-३० पुनर्सम्झना गराउँछ। निःसन्देह, तिनले पावललाई आफ्नै छोरालाई झैं वास्ता गर्ने अवसर पाएकी थिइन्। जब हामीले मुक्ति पाउँछौं र परमेश्वरको परिवारका सदस्य हुन्छौं, तब हाम्रा थुप्रै भाइबहिनीहरू अनि आमाबुबाहरू भएको कुरा हामीलेचाँडै थाहागर्छौं! रगतले किनिएकापरमेश्वरका सन्तानहरूको एक-अर्कासितएउटा विशेष सम्बन्ध हुन्छ। “ख्रीष्टिय आमाहरूले यहाँ सेवा गर्ने ठूलो अवसर देख्न सकून् — स्वभावैले प्रेमिलो वास्ता राख्ने सुन्दर हृदय हुनु आमामा हुने विशेषता हो जसलाई उनीहरूले आफ्नो परिवारभित्र सीमित नराखीन सबै ख्रीष्टियनहरूप्रति देखाऊन्, विशेष गरी ख्रीष्टका सबै सेवकहरूप्रति। प्रभुले यो कुरा उहाँको आगमनमा सम्झनुहुनेछ!” (विलियम न्यूवेल)।

सबै विश्वासीहरू “प्रभुमा चुनिएका” हुन्छन्। हामी सबै परमेश्वरका चुनिएकाहरू हौँ (यी पदहरूमा यही शब्द प्रयोग गरिएको छ, कलस्सी ३:१२; रोमी ८:३३; २ तिमोथी २:१०; १ पत्रुस १:२; २:९)। एफेसी १:४ सित पनिदाँज्नुस्। यो शब्दावली यस ठाउँमा एउटा छुट्टै अर्थमा प्रयोग गरिएको छभनी कतिलेठान्छन्, अर्थात्, रूफस एक “विशिष्ट” विश्वासी थिए (कुनै विशेष गुण भएका एक असाधारण विश्वासी) भन्ने अर्थमा। थेयर भन्छन् यसको एउटा अर्थ “रोज्न लायक, छनौट गरिएको, कुनै समूह वा वर्गमा सर्वोत्तम, सर्वोत्कृष्ट” भन्ने पनि हुन सक्छ। तर, हामीलाई प्रश्न उठ्छ, रूफस यदि यतिसम्मउत्कृष्ट, असाधारण विश्वासी थिए भने किन उनीयस ठाउँमा बाहेक पवित्रशास्त्रको अन्यठाउँमा उल्लेख नगरिएका? (जस्तै, अक्विला र प्रिस्किल्ला नयाँ नियममा पटक-पटक उल्लेख गरिएका छन्।) त्यसैले पावलले यहाँ “प्रभुमा चुनिएका” भन्ने शब्दावलीलाई सम्भवतः यसको सामान्य, साधारण अर्थमै प्रयोग गरेका हुन्। सायद पावललेउनको चुनाउको महिमित तथ्यलाई सम्झना गराएर रूफसको हृदयलाई उत्साह दिन चाहन्थे।यो तथ्यले त प्रत्येक विश्वासीको हृदयबाटको धन्यवाद प्रशस्त बनाउनुपर्ने हो (२ थेस्सलोनिकी २:१३)। हुन सक्छ, एक समय रूफसख्रीष्टमा आउलान् भनेर अरूले सम्भावना देख्दैनथे तर एक दिनकुनै असाधारण तरिकाले ख्रीष्टमा आए। हामी सबैले त्यस्ता मानिसहरू चिन्छौं जो मानवीय दृष्टिकोणमा मुक्तिका निम्ति असम्भव उम्मेदवारको रूपमादेखिन्थे: “त्यो मान्छेले त कहिले विश्वास गर्ला र!” तर टार्ससको शाउलको जीवन परिवर्तन गर्नुहुने परमेश्वरले हामीलाई गजबसँग चकित तुल्याउन सक्नुहुन्छ। “रूफस, परमेश्वरले तिमीलाई बोलाउनुभएर, चुन्नुभएर र आफैकहाँ खिँच्नुभएर गर्नुभएको उदेकको कामलाई कहिल्यै पनि नबिर्स! तिमी मुक्ति दिलाउने परमेश्वरको सार्वभौम अनुग्रहलाई प्रकट गर्नेभाँडो हौ!”

रोमी १६:१४-१५ दसजना विश्वासीहरू

१४ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू" को उल्लेख गरिएको छ। १५ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू" को उल्लेख गरिएको छ। रोमी १६:५ मा “घरेलुमण्डली” भन्ने शीर्षकमा गरिएको लामो टिप्पणीलाई अध्ययन गर्नुहोस्। नेरेयसचाहिँ दुई चर्चित रोमी नागरिकहरूको मुक्तिको निम्ति साधन बनेको व्यक्ति हुन सक्छ। ई. सं. ९५ मा दुईजना चर्चित रोमी नागरीकहरूलाई उनीहरू ख्रीष्टियन बनेकोमा दोषी ठहराइएको थियो: फ्लाभियस क्लिमेन्स (Flavius Clemens) र तिनकी पत्नी डोमाटिल्ला (Domatilla, तिनी चाहिँ भूतपूर्व सम्राट भेस्पासियनका नातिनी र तात्कालीन सम्राट डोमिटियनकी भतिजी/भान्जी थिइन्)। फ्लाभियसलाई मृत्युदण्ड दिइयो र तिनकी पत्नीलाई एउटा टापुमादेशनिकाला गरियो। फ्लाभियस र तिनकी पत्नीको घरमा एकजना नेरेयस नाम गरेका दास थिए (१५ पद हेर्नुहोस्)। हुन त “नेरेयस” नामएउटा सामान्य चलनचल्तीकै नाम थियो, तर पनि यदि पावलले यहाँ भनेका व्यक्तिउही फ्लेभियसका घरका दास हुन् भने, नेरेयस नै ती दुई चर्चित व्यक्तिप्रभुमा आउनुको पछाडि एउटा प्रभावकारी माध्यम भएको हुनुपर्छ।