Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १२:३-१०

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १२:३

पद २ मा हामीले सिक्यौं कि हामीले परमेश्वरको आत्मालाई हामीलाई ख्रीष्टको रूप र समानतामा बदली गर्न दिनुपर्छ (२ कोरिन्थी ३:१८ सित दाँज्नुहोस्)। हामी यदि ख्रीष्ट जस्तै हुने हो भने हामी नम्र हुनुपर्छ (दाँज्नुहोस् फिलिप्पी २:५-८), र यो नै ३ पदमा पावलको बुँदा हो। “म भन्दछु” — यो चाहिँ एउटा विनीत र नम्र आज्ञा दिने पावलको तरिका हो। “मलाई दिइएको अनुग्रहद्वारा” — पावलले प्रेरित हुनाका लागि अनुग्रह (परमेश्वरको अनर्जित निगाह) पाएका थिए (रोमी १:५), र अब उनले एउटा प्रेरितको हैसियतले लेख्दैछन् यी रोमी विश्वासीहरूलाई र उनीहरूलाई नम्रता सम्बन्धी एउटा विनीत, प्रेमिलो आज्ञा दिँदैछन्।

“आफ्‍नो विषयमा जति सोच्नुपर्छ, त्योभन्दा बढी नसोच” — हामीले आफ्‍नो विषयमा ठीकसँग सोच्नुपर्छ, र हाम्रो आफ्‍नै महत्त्व र उत्कृष्टता (श्रेष्ठता, महानता) को अतिरञ्जित र अवास्तविक सोचाइद्वारा घमन्डले फुलेको हुनुहुँदैन। हामीले आफ्‍नो विषयमा उच्च, अल्गो, घमन्डपूर्ण हेराइ राख्नुहुँदैन, तर हामीले आफूलाई परमेश्वरको हेराइले हेर्नुपर्छ। “सचेत” — स्वस्थ मन भएको, विवेकी, गम्भिरतापूर्वक आफ्‍नो विषयमा सन्तुलित र सठीक मूल्याङ्कन हुनु, आफूलाई परमेश्वरले जस्तै देख्नु।

गलाती ६:३ लाई विचार गर्नुहोस्। हामी केही हौं भनी हामी ठान्छौं; परमेश्वर भन्नुहुन्छ, हामी केही होइनौं! हामी एउटा ठूलै अङ्क हौं भनी ठान्छौं, तर वास्तवमा हामी शून्य हौं, परमेश्वरबिना। तर हामी आफ्‍नो शून्यता र महत्त्वहीनता देखेर निराश बन्नुहुन्न। असल खबर यो हो कि परमेश्वरले उहाँको अनुग्रहमा मलाई शून्यबाट केही न केही बनाउन सक्नुहुन्छ। मार्टिन लुथरले एक पटक भने,
“परमेश्वरले संसारै शून्यबाट सृष्टि गर्नुभयो (उत्पत्ति १:१; हिब्रू ११:३) र जबसम्म हामी शून्य भएर बस्छौं तबसम्म उहाँले हामीबाट केही न केही बनाउन सक्नुहुन्छ।” साथै, १ कोरिन्थी ४:७ को हामीलाई नम्र तुल्याउने सत्यतालाई पनि विचार गर्नुहोस् — तपाईंसँग के छ जो तपाईंले पाउनुभएन?

एक दृष्टान्त:

जबतिमीआफ्‍नैमहत्त्वकोभावनालेगमक्कफुल्नथाल्छौ
जबतिम्रोअहमहिमशिखरकोचुचुरोमापुग्दछ
जबतिमीआफूभीआइपीहुँभन्नेकुरालाईस्वयंसिद्धतथ्यकोरूपमामानिलिन्छौ
जबतिमीमा “मनभएमेरोरिक्तस्थानकसैगरीभरिन्न” भन्नेभावनाआउँदछ
तबयोसरलनिर्देशनलाईपछ्याऊ, रतिम्रोप्राणलाईक्षुद्रतालेझुकेको हेर।
एउटा बाल्टीन लिएर त्यसलाई पानीले भर
आफ्‍नो हातलाई नाडीसम्म डुबाऊ
अब हातलाई झट्टै बाहिर निकाल अनि बाँकी रहेको रिक्त स्थान नै त्यो नाप हो जुन नापले तिमीलाई गुमाइएको अनुभव हुनेछ।
हात छिराउँदा जतिसुकै छप्ल्याङ्ग छुप्लुङ्ग गरौला
अनि पानीलाई जतिसुकै हल्लाऊला
तर रोक अनि एक मीनेटमा नै जान्नेछौ
त्यो पहिला जस्तो थियो त्यो त्यस्तै हुनेछ।

अर्को कविताले पनि साँचो नम्रताको दृष्टिकोण कस्तो हुन्छ भनेर प्रस्तुत गर्छ:

“एउटा सानो रूख, होचो तर आफूमै सन्तुष्ट,
एकनजर जमिनतिर लायो र त्यसको शिर ठाडो पार्‍यो र करायो,
“हेर, म कति अल्गो छु, जमिनभन्दा कति माथि छु!”
अनि यसरी धाक दिँदै त्यो गिल्लापूर्ण आनन्दले हल्लियो।
जङ्गलको एउटा अल्गो सल्लाले स्वर्गतिर आफ्‍नो शिर उठायो
र हेर्दै गर्दा त्यसले सुस्केरा हाल्यो,
“हाय! म कति सानो छु, र विशाल आकाशहरू कति टाढा;
कति प्रकाश वर्ष दुरी छ मदेखि परको तारा।”
हाम्रो उचाइ, नाप्ने कुरामा भर पर्छ
जमिनबाट मास्तिर कि आकाशदेखि तलतिर!”

होचो मानिस त्यो हो जसले उच्च र अल्गोको एक झलक पाएको छ (यशैया ६:१,५; ५७:१५)। आफूलाई बढी ठानेर सोच्ने विश्वासीले आफूलाई अरूसित दाँज्छ र अरूभन्दा आफूलाई उचाल्छ जब उसले आफू अर्कोभन्दा बढी महत्त्वपूर्ण छु भनी घमन्ड गर्छ। रोमी १२:३ मा पावल हरेक विश्वासीले यो बुझेको चाहन्छ कि प्रत्येक विश्वसीसित उसलाई परमेश्वरले दिनुभएको एउटा विशेष दान हुन्छ जुन चाहिँ उहाँले सम्पूर्ण शरीरको फाइदाको लागि दिनुहुन्छ।

“बाँडिदिनुभएको” = “विभाजन गर्नु, बाँडेर दिनु। परमेश्वर नै वरदानहरू दिनुहने महान् दाता हुनुहुन्छ, र उहाँको बुद्धिमा उहाँले वरदानहरू ठीक-ठीकसँग बितरण गर्नुहुन्छ। “हरेकलाई” — हरेक विश्वासी (एउटैलाई पनि छुटाइन्न)। वरदानरहित विश्वासी एउटै हुँदैन (कोही पनि विश्वासी वरदान नभएको हुँदैन)। हरेक विश्वासीलाई वरदान दिइएको छ। योचाहिँ मुक्ति पाएकै घडीमा हुने कुरा हो। वरदान खोज्नुपर्ने कुनै आवश्यकता छैन। उसलाई दिइसकेको कुरा खोज्नु भनेको एउटा विश्वासीले मूर्ख काम गर्नु हो। हामीसित भएको जुनसुकै वरदानहरूलाई विकास गर्नु र अभ्यास गर्नु आवश्यक छ, अनि यो चाहिँ एउटा स्वस्थ विश्वासी भइरहेर गरिन्छ, दाखको बोटमा रहेर यो गरिन्छ अर्थात् ख्रीष्टमा रहेर, जो हाम्रो जीवन हुनुहुन्छ (यूहन्ना १५:१-५)।

“विश्वासको नाप” — पद ६ सित दाँज्नुहोस् (“विश्वासको मात्राअनुसार”। यहाँ पावलले मुक्ति पाउनलाई गरिने विश्वासको कुरा गरिरहेका छैनन् (जस्तो एफेसी २:८ मा), तर उनले निश्चित र बेग्‍लाबेग्‍लै दानहरूको कुरा गर्दैछन् जो परमेश्वरले विश्वासीहरूलाई प्रदान गर्नुभएको छ र ती दानहरू अभ्यास गर्नलाई चाहिने विश्वासको कुरा गर्दैछन्। वरदानहरू प्रभुमा विश्वास र भरोसा नगरीकन सठीक रूपमा अभ्यास गर्न सकिँदैन।

रोमी १२:४-५

जसरी मानव शरीरमा त्यस्तै ख्रीष्टको शरीरमा पनि हुन्छ। एउटा शरीर हुन्छ तर धेरै अङ्गहरू हुन्छन् र अङ्गहरूका फरक-फरक काम हुन्छन्, तर ती सबै अङ्गहरू एउटै शरीरका हुन्छन् र तिनीहरू सबैका महत्त्वपूर्ण काम हुन्छन्। सबैको काम हुन्छ, सबै महत्त्वपूर्ण छन्, सबैको भाग हुन्छ, तर काम फरक-फरक हुन्छन्। एक हिसाबले हामी धेरै छौं (धेरै अङ्गहरू); तर अर्को हिसाबले हामी एउटा छौं (एउटै शरीर)। हामी उही शरीरका सह-अङ्गहरू हौं, उही साझा जीवनका भागीदाहरू हौं। यी पदहरूका सत्यतालाई १ कोरिन्थी १२:१२-३१ मा ठूलो बनाइएको छ। विश्वासीहरूको एक स्थानीय मण्डली स्वस्थ्य जब हुन्छ तब ख्रीष्टको जीवन प्रकट हुन्छ, नबाँचेकाहरू कायल हुन्छन् र परमेश्वर महिमित बन्नुहुन्छ।

रोमी १२:६

पावल अब आत्मिक वरदानहरूको चर्चा गर्छन् (आत्मिक वरदानको चर्चा गर्ने नयाँ नियमका अरू खण्डहरूको निम्ति १ कोरिन्थी १२-१४; एफेसी ४ र १ पत्रुस ४ मा हेर्नुहोस्)। “वरदान” भनेर अनुवाद गरिएको ग्रीक शब्द “कारिस्मा” हो (जसबाट नै “क्यारिस्मेटिक” शब्द आउँछ जसले अाजको आधुनिक धार्मिक अभियानलाई बयान गर्छ जसका समर्थकहरू आत्मिक वरदानरहरूलाई, खेदको कुरा, अचाक्लि जोड दिन्छन्)। “कारिस” ग्रीक शब्दचाहिँ अनुग्रह हो, त्यसैले यीचाहिँ “अनुग्रह-दानहरू” हुन्। परमेश्वरले आफ्‍नो अनुग्रहमा यी वरदानहरू आफ्‍नो शरीरलाई दिनुभएको छ जसको फलस्वरूप शरीरको एउटै अङ्ग पनि दानरहित छैन, अनि यी दानहरू सम्पूर्ण शरीरको फाइदाका निम्ति हुन्।

“बेग्‍ला-बेग्‍लै किसिमका दानहरू” — सबै अङ्गहरूका बेग्‍ला-बेग्‍लै (उस्तै होइन) दानहरू र क्षमताहरू छन् जोहरू आपसमा परिपूरक छन्। यो कुरा मानव शरीरका अङ्गहरूद्वारा दर्शाइन्छ जुन अङ्का फरक-फरक काम हुन्छन् (१ कोरिन्थी १२ पढ्नुहोस्)। “विश्वासको नाप” — यो एउटा रोचक अभिव्यक्ति हो जसबाट एउटा ईश्वशास्त्रीय शब्दावली आएको छ: “विश्वासको उपमा” (analogy of faith) (जसलाई कहिलेकाहिँ “शास्त्रको उपमा”, analogy of Scripture, पनि भन्ने गरिन्छ)। “विश्वासको उपमा” को माने पवित्रशास्त्रलाई पवित्रशास्त्रकै प्रकाशमा र पवित्रशास्त्रसँग मेल खाने गरी व्याख्या गरिनुपर्छ भन्ने हो। पवित्रशास्त्रको व्याख्या गर्ने अचूक नियम पवित्रशास्त्र आफै हो। कुनै पनि पद बाइबलको समग्र शिक्षाको प्रकाशमा बुझिनुपर्छ र त्यसले बाइबलको अन्य ठाउँमा प्रस्टै सिकाएको कुरालाई खण्डन गर्नुहुँदैन। बाइबलले आफैलाई खण्डन गर्न सक्दैन। जस्तै: हिब्रू १०:२६-३० लाई झलक्क हेर्दा यसले साँचो विश्वासीले मुक्ति गुमाउन सक्छ जस्तै सिकाएको देखिन सक्छ, तर शास्त्रको उपमाद्वारा यो हुन सक्दैन भनेर हामी जान्दछौं (यूहन्ना १०:२७-३०; यूहन्ना ६:३७-४०; इत्यादि)। बाइबल व्याख्या गर्ने यो साँचो सिद्धान्त हो, तर यस पदमा “विश्वासको नाप” भन्ने शब्दले खास यही माने बताइरहेको होइन। जससँग अगमवाणीको वरदान छ उसले उसको विश्वासको नापअनुसार अगमवाणी गर्नुपर्छ। सबै आत्मिक वरदानहरू विश्वासमा अभ्यास गरिनुपर्छ, परमेश्वरलाई हेर्दै, उहाँको वचनलाई हेर्दै, ख्रीष्टसँग स्वस्थ्य सम्बन्ध कायम गर्न खोज्दै गरिनुपर्छ।

१) भविष्यवाणीको वरदान - भविष्यवाणीको वरदान के थियो भनेर बुझ्न एकदम महत्त्वपूर्ण छ। यस वरदानका केही अपुग परिभाषाहरू यस प्रकार छन्:
”परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता" [बिल्ली ग्राहाम, पवित्र आत्मा, पृष्ठ १३९]।
"भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।" [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४।

यी परिभाषाहरू अनुसार वरदान पाएको कुनै पनि बाइबल शिक्षक वा पास्टरसँग भविष्यवाणीको वरदान हुन्छ, तरैपनि रोमी १२:६-७ ले भविष्यवाणीको वरदान र शिक्षकको वरदानको बीच स्पष्ट भिन्नता जनाएको छ। भविष्यवक्ता के हो भन्ने बाइबलीय परिभाषाको निम्ति हेर्नुहोस् प्रस्थान ४:१५-१६; ७:१-२ र २ पत्रुस १:२१ (भविष्यवक्ताचाहिँ परमेश्वरकै प्रवक्ता वा मुख थिए र उनले भविष्यवक्ताको हैसियतले बोलेका कुरा ईश्वरीय प्रेरणाको बोली थियो; त्यो परमेश्वरकै वचन थियो)। भविष्यवक्ताहरू
“मानिसहरू थिए जोहरू पवित्र आत्माको प्रत्यक्ष प्रभावमुनि रहेर बोले, र परमेश्वरबाटको निश्चित सन्देश सम्प्रेषण गरे जोचाहिँ सैद्धान्तिक सत्यता, वर्तमान कर्तव्य वा भावी घटना सम्बन्धी ईश्वरीय वाणी थिए” (चार्ल्स हज)।

सुरुको मण्डलीमा अगमवाणीको ठूलो खाँचो थियो किनकि सुरुका मण्डलीहरूसित पूरा नयाँ नियम थिएन (यी पुस्तकहरू लेखिन दशकौं लाग्यो)। नयाँ नियमको सत्यताबिना एउटा मण्डली कसरी चल्न सक्छ? त्यो सक्दैन! सुरुका मण्डलीहरूलाई नयाँ नियमका पुस्तकहरूको अभाव भए तापनि, उनीहरूलाई नयाँ नियमका सत्यताहरूको अभाव नहोस् भनेर परमेश्वरले त्यसको निम्ति प्रबन्ध गर्नुभयो। योचाहिँ उहाँले नयाँ नियमकालीन भविष्यवक्ताहरूद्वारा मण्डलीहरूलाई चाहिएको प्रकाश दिएर प्रबन्ध गर्नुभयो (मण्डली सम्बन्धी सत्यताहरू, पारपाचुके सम्बन्धी शिक्षा, मण्डली अगुवाहरू सम्बन्धी, मण्डली अनुशासन सम्बन्धी, भविष्यमा हुने घटनाहरू सम्बन्धी र अरू धेरै चाबी विषयहरू सम्बन्धी शिक्षाहरू जो चाहिँ अहिले नयाँ नियमका पुस्तकहरूमा लेखिएका छन्, विशेष गरी पत्रहरूमा)। भविष्यवक्ताको वरदान अस्थायी वरदान थियो भन्ने कुरा एफेसी २:२० ले प्रबल रूपमा सङ्केत दिन्छ (जग एकपटक मात्र बसालिन्छ)। साथै, यदि भविष्यवाणी आज पनि दिइने हुँदो हो ता, बाइबल अधुरो छ भन्ने हुन्थ्यो र बाइबल मण्डलीको निम्ति पर्याप्त छैन भन्ने हुन्थ्यो। यसको माने हामीलाई थप प्रकाश चाहिन्छ भन्ने हुन्थ्यो र हाम्रो बाइबल अपुग छ भन्ने हुन्थ्यो। यो कदापि हुन सक्दैन! परमेश्वरको वचन आज मण्डलीको निम्ति पूर्ण रूपमा पर्याप्त छ (हेर्नुस्, यूहन्ना १६:१३, प्रकाश २२:१८)।

रोमी १२:७

(२) सेवाको वरदान — यो हो सेवा (नम्र सेवा) गर्ने वरदान। यसबाट “डिकन” भन्ने शब्द आउँछ (डिकनहरू बाइबल अनुसार नम्र सेवकहरूको रूपमा परिभाषित गरिएका छन्, जसले एल्डरहरू र आत्मिक अगुवाहरूको काँधबाट भार उठाइदिन्छन् ताकि तिनीहरूले आफूहरूलाई प्रार्थना र परमेश्वरको वचनको सेवामा निरन्तर लगाइराख्न सकून्। हाम्रो प्रभुको उदाहरण मर्कूस १०:४५ मा भेट्छौं। सबै विश्वासीहरूले यसरी सेवा गर्नुपर्छ, तर कोहीकोही चाहिँ यस कुरामा विशेष गरी दान पाएका हुन्छन्। परमेश्वरले हरेक विश्वासीलाई एक दासको जस्तै हृदय दिनुभएको होस्।

(३) सिकाउने वरदान — यो हो शिक्षामा बसाल्ने वरदान (शिक्षा वा परमेश्वरको सत्यतालाई परमेश्वरका जनहरूको हृदय र मनहरूमा छिराउनु, पवित्र आत्माद्वारा र पवित्र शास्त्रहरूको प्रस्ट घोषणाद्वारा)। शिक्षकले मानिसहरूलाई शिक्षा र सत्यताले पूरै भिजाउनुपर्छ। सबै विश्वासीहरूले सिकाउन सक्नुपर्छ र सत्यता केही हदसम्म बाँड्न सक्नुपर्छ, तर कोही विश्वासीहरू यसमा विशेष गरेर दान पाएका हुन्छन्। शिक्षक र भविष्यवक्ताको बीच एउटा भिन्नता यो हो: भविष्यवक्ताले आफ्‍नो सन्देश सोझै परमेश्वरबाट प्राप्त गर्छ जसको फलस्वरूप उसले बोलेको कुरा ईश्वरीय प्रेरणाको वाणी हुन्छ: “परमप्रभु यसो भन्नुहुन्छ!” शिक्षकले आफ्‍नो सन्देश परमेश्वरको वचन परिश्रमसित अध्ययन गरेर र पवित्र आत्माको प्रकाश दिने सेवकाइमा प्रार्थना भर पर्दै आउँछ। अगमवक्ताले परमेश्वरको वचन दिन्छ। शिक्षकले परमेश्वरको वचनको व्याख्या गर्छ र घोषणा गर्छ (तर प्रत्यक्ष ईश्वरीय प्रेरणाअन्तर्गत चाहिँ होइन)। शिक्षकले गरेका वचनको व्याख्याहरू अचूक हुँदैनन्। ऊ समझ पाउनलाई प्रभुमा जोडसित भर पर्नुपर्छ, प्रार्थना गर्दै कि पवित्रशास्त्रको साँचो व्याख्या गर्न प्रभुले उसलाई अगुवाइ गर्नुभएको होस् र भूलबाट जोगाउनुभएको होस् भन्दै।

रोमी १२:८

(४) अर्ती दिने वरदान — यो हो सान्त्वना दिन सक्ने, अरूलाई हौसला र सहायता दिन सक्ने वरदान (दाँज्नुहोस् “शान्तिदाता” भन्ने शब्द)। परमेश्वरका जनहरूलाई सान्त्वना र हौसलाका शब्दहरूको खाँचो पर्छ। हामी सबैले यसो गर्नुपर्छ (हिब्रू ३:१३; १०:२५ हेर्नुहोस्) तर कोहीकोही हुन्छन् जोहरू यसमा विशेष रूपमा दान पाएका हुन्छन्। हामी अय्यूबका मित्रहरूजस्ता “दुःखदायी सान्त्वना दिनेहरू” (अय्यूब १६:२) बन्न चाहन्नौं!

(५) दिने वरदान — शब्दको माने हो “अंश दिनु, प्रदान गर्नु, योगदान दिनु, बाँड्नु, अर्काको खाँचोमा योगदान दिनु (भौतिक वा आर्थिक रूपमा)।” “मन खोलेर” — स्वतन्त्रतापूर्वक, खुलेर। हामी सबैजना दिनेहरू हुनुपर्छ (एफेसी ४:२८) तर कोहीकोही विश्वासीहरू यस कुरामा विशेष दान पाएका हुन्छन्।

(६) अगुवाइ गर्ने वरदान — शब्दको माने हो “अगाडि उभिनु”, यसर्थ “शिरमा हुनु, शीर्ष,अगुवाइ गर्नु, निर्देशन दिनु।” यसले स्थानीय मण्डलीमा हुने नेतृत्वलाई जनाउँछ। सबैजनानै दान प्राप्त अगुवा हुँदैनन्। यो शब्द स्थानीय मण्डलीको नेतृत्वको सम्बन्धमा १ थेस्सलोनिकी ५:१२, १ तिमोथी ३:४-५; ५:१७ मा पनि उल्लेख छ। “यत्न” = इच्छुक, उत्सुक भएर, आफ्‍नो दिलोज्यान दिनु, परमेश्वरलाई आदर गर्ने खालको नेतृत्व प्रदान गर्नलाई भएभरको जमर्को गर्नु।

(७) कृपा देखाउने वरदान — यसले दयालाई जनाउँछ (अन्धकारमा डुबेको, कष्टमा परेको, कुनै रोगी, दु:खी प्राणको लागि सूर्यको किरण झैं बनिदिनु)। “हर्ष” = यो २ कोरिन्थी ९:७ मा पनि प्रयोग भएको शब्द हो, यसको माने हो हँसिलो, खुशीलो)। हँसिलो भन्नाले यस्तो व्यक्ति जसले नैराश्यता र फिक्रीलाई हटाउन सक्ने, जसले हरेस खाएको व्यक्तिको हृदयमा आशा र साहस जगाउन सक्ने, हृदय प्रफुल्लित तुल्याउन सक्ने भन्ने बुझिन्छ।

यसरी पावलले यी तीन पदहरू (पद ६-८) मा सातओटा फरक-फरक वरदानहरू उल्लेख गर्छन्। यो वरदानहरूको एक नमूना सूची मात्र हो, पूर्ण सूची निश्चय पनि होइन। यीमध्ये एउटा, भविष्यवाणी, एक अस्थायी वरदान थियो जो “बितेर” गइसक्यो (१ कोरिन्थी १३:८) तर अरू दानहरू आज पनि स्थानीय मण्डलीहरूमा आवश्यक छन्।

पवित्रशास्त्रहरूले सबैभन्दा ठूलो वरदानलाई जोड दिन्छ भनेर महसुस गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो: परमेश्वरकै जीवनको वरदान जो चाहिँ हरेक विश्वासीको साथमा वर्तमानमै हुने कुरा हो (१ यूहन्ना ५:११-१२; रोमी ६:२३; यूहन्ना ६:४७)। कुनै पनि विश्वासी यस वरदानबिहिन छैन! हाम्रो पहिलो र सबभन्दा अघिल्लो जिम्मेवारी भनेको अन्तरवास गर्नुहुने पवित्र आत्माको सामर्थ्यले प्रभु येशू ख्रीष्टको बौरिउठाइको जीवनलाई प्रकट गर्नु हो (२ कोरिन्थी ४:१०-११; गलाती २:२०; ४:१९; ५:२२-२३)। ख्रीष्टको शरीरको प्रत्येक अङ्ग प्रभु येशू ख्रीष्टसित स्वस्थ्य र सठीक सम्बन्धमा रहनु खाँचो छ, साँचो दाखको बोटको रूपमा उहाँमा रहिरहनु आवश्यक छ (यूहन्ना १५:१-५)। उहाँ हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:४)। ख्रीष्टसँग स्वस्थ्य सम्बन्धमा रहने क्रममा हामीले उहाँको महिमाको निम्ति र हामी रहेको स्थानीय मण्डलीको फाइदाको निम्ति आफ्‍नो दान वा दानहरूको विकास गर्नेछौं।

रोमी १२:९

“प्रेम” — प्रेम त्यसलाई भनिन्छ जसले प्रेम गरिएको व्यक्तिको निम्ति परमेश्वरबाटको सबभन्दा उच्च र सबभन्दा उत्तम कुराको खोजी गर्दछ; यसमा मेरो निर्णय र मेरो रोजाइ संलग्‍न हुन्छ — त्यो अर्को व्यक्तिको भलाइको निम्ति आफूलाई दिन, व्यक्तिगत मूल्य वा बलिदानको खाँचो जतिसुकै किन नपरोस्। “निष्कपट” =कपटरहित, देखावटी होइन, प्रेम जो सकली र इमानदार छ। जब तपाईं प्रेमिलो हुनुहुन्न तब प्रमिलो भएझैं देखावटी नबन्नुहोस्; प्रेमको मुकुन्डो नलाउनुहोस्। कसैलाई प्रेम गर्छु भन्ने नाटक वा बाहना नदेखाउनुहोस् तर साँच्चीकै देखाउनुहोस्। कपटी प्रेमको उदाहरणहरू याकूब २:१४-१६ र १ यूहन्ना ३:१६-१८ मा छन्। कोही व्यक्तिहरू बोलीले प्रेम गर्छन् तर व्यवहारले होइन (१ यूहन्ना ३:१८)। जसरी डी एल मूडीले भने,
“कति मान्छेहरू बाक्लो तरको कुरा गर्छन् र पानी हालेको दूधको जीवन जिउँछन्!”

“घृणा” = कुनै कुरादेखि खुम्चिएर पछि हट्नु। “खराब” = दुष्ट, खराब। “हे परमप्रभुलाई प्रेम गर्नेहरूहो, खराबीलाई घृणा गर” (भजनसङ्ग्रह ९७:१० र हितोपदेश ८:१३ र आमोस ५:१५ पढ्नुहोस्)। ख्रीष्टियनहरू उनीहरूको प्रेमको निम्ति चिनिनुपर्छ (यूहन्ना १३:३५) र उनीहरूको घृणाको निम्ति पनि चिनिनुपर्छ। हाम्रा परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई हामीले पनि घृणा गर्नुपर्छ। “टाँसिबस” = कुनै कुरासित नजिक भई टाँसिनु, जुन कुरा असल छ त्यससँग एकसाथ जोडिनु, त्यसप्रति समर्पित हुनु, जे असल छ त्योसँग टाँसिनु।

टिप्पणी: रोमी १२ अध्यायको बाँकी भाग निष्कपट प्रेमको धारणाले भरिएको छ। कति हिसाबमा यो १ कोरिन्थी १३ अध्याय जस्तै अर्को “प्रेमको अध्याय” हो। रोमी १२ मा परमेश्वरको प्रेम निश्चय पनि एउटा मूल विषय हो।

रोमी १२:१०

“कोमलतापूर्वक माया गर” = ममतासाथ प्रेम गर्नु, एकअर्काप्रति अर्पित, कोमलतापूर्वक माया गर्नु। यसले त्यो प्रेम र स्‍नेहलाई जनाउँछ जो पारिवारिक सम्बन्धहरूमा हुनुपर्छ — पारिवारिक स्‍नेह, अर्पण र वास्ता। यसले नजिकका नातेदारसितको प्रेमलाई जनाउँछ, जोहरू पारिवारिक बन्धनले जोडिएका छन्। विश्वासीहरू परमेश्वरको परिवारमा एकसाथ जोडिएका छन् र उनीहरूको आपसमा त्यस्तो प्रेम र स्‍नेह हुनुपर्छ (१ यूहन्ना ३:१४)। “भातृ-प्रेमले” — यो हो “फिलाडेल्फिया” भन्ने ग्रीक शब्द जसको माने हो “दाजुभाइका निम्ति प्रेम”। यसले ख्रीष्टमा हाम्रा दाजुभाई र दिदीबहिनीप्रति हुने प्रेमलाई जनाउँछ। “आदर गर्नामा”— हामीले एक अर्कालाई आदर गर्नुपर्छ र एक अर्कालाई मूल्यवान् ठान्नुपर्छ; हामीले अर्को व्यक्ति मूल्यवान् छ भनेर देख्नुपर्छ र उसलाई हामीले दिनुपर्ने आदर र सम्मान दिनुपर्छ। अर्को व्यक्तिलाई ऊ कुनै मूल्यको नभएको जस्तो गरी व्यवहार नगर्नुहोस्। यदि कुनै व्यक्तिभित्र ख्रीष्ट जिउनुहुन्छ भने त्यो व्यक्ति मूल्यवान् छ!

“एउटाले अर्कोलाई उछिन” — होचिएको मन धारण गरेर मैले मसँगैको विश्वासीलाई आफूभन्दा असल भएको मैले ठान्नुपर्छ (हेर्नुहोस् फिलिप्पी २:३)। त्यो व्यक्ति घमन्डले कति अन्धा पारिएको छ जसले सधैं नै आफूलाई अरूभन्दा उत्तम देख्छ।


पृष्ठ संशोधन मिति: Thursday 02-Apr-15
WordofTruth.com.np © 2017