- मण्डली इतिहासबाट केही पाठहरू - सीजर कि ख्रीष्ट? (अध्याय २)
- प्रकाशको पुस्तकका सात मण्डलीहरू (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - पत्रुस कि चट्टान? (अध्याय १)
- बाइबल कि सपना-दर्शन (योएल २)
- विकृत ईसाई सङ्गीतको आवाज (अडियो)
- असल ख्रीष्टिय सङ्गीतका बाइबलीय सिद्धान्तहरू (अडियो)
- यूहन्नाको पहिलो पत्र (अडियो)
- ड्रग्सदेखि ख्रीष्टसम्म - एउटा परिवर्तित जीवन (भिडियो)
- ख्रीष्टियन सतावटको एक ऐतिहासिक झलक (अडियो)
रोमी १:२४-२८
परमेश्वरद्वारा तीनदोबर त्यागिएका
यस खण्डमा तीन-तीन पटक हामी पढ्छौं, "परमेश्वरले त्यागिदिनुभयो/सुम्पिदिनुभयो" (रोमी १:२४,२६,२८)। प्रत्येक पटक उही ग्रीक शब्द प्रयोग गरिएको छ जसको अर्थ "हस्तान्तरण गर्नु, सुम्पिनु, कुनै व्यक्तिलाई छोडिदिनु" भन्ने हुन्छ। यहूदाले येशूलाई सुम्पिदिए वा धोका दिए भनेर बताउन यही शब्द प्रयोग गरिएको छ (मत्ती २६:२१,२३,२४; २७:३ आदि)। यहाँ उक्त शब्द परमेश्वरले मानिसहरूलाई उनीहरूका आफ्नै अभिलाषाहरूमा सुम्पिदिनुभएको कुरा बताउन प्रयोग गरिएको छ। भजनसङ्ग्रह ८१:१२ सित दाँज्नुहोस् -- "यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहअनुसार हिँडे।" परमेश्वरले उनीहरूलाई इन्साफस्वरूप त्यागिदिनुभयो, उनीहरूकै पापमय मार्गमा छोडिदिनुभयो। उनीहरूले परमेश्वरलाई त्यागेका हुनाले परमेश्वरले उनीहरूलाई त्यागिदिनुभयो। परमेश्वरले इन्साफस्वरूप उनीहरूलाई परित्याग गर्नुभयो, उनीहरूलाई उनीहरूकै अभिलाषाहरू अर्थात् कुकामनाहरूमै छोडिदिनुभयो, (कुकुरलाई त्यसको सिक्री फुकालेर छोडिदिएजस्तै) लगाम हटाइदिनुभयो र पापमय मानिसलाई उसले चाहेजस्तै गर्न दिनुभयो।
रोमी १:२४
"यसकारण" -- यसले हामीलाई यसभन्दा अघिका पदहरू (२१-२३) लाई औंल्याउँछन्। परमेश्वरले किन उनीहरूलाई त्यागिदिनुभयो? किनभने उनीहरूले परमेश्वरलाई त्यागे र उहाँको महिमालाई एउटा निर्जीव मूर्तिसित साटे। भजनसङ्ग्रह ११५ मा मूर्तिपूजाको मूर्खताको बारेमा लेखिएको चित्रात्मक व्याख्या पढ्नुहोस्। मूर्ति बनाउनेहरू मूर्तिजस्तै लाटा हुन्छन्!
"अशुद्धता" -- उनीहरूको चाहना यही थियो त्यसैले परमेश्वरले उनीहरूलाई उनीहरूको रहर पूरा गर्न दिनुभयो। दृष्टान्त: सुङ्गुरलाई सफासित धुनुहोस्, प्रदर्शनीका लागि लुगासमेत लगाइदिनुहोस्, तर त्यसलाई छोडिदिएकै घडी त्यो सिधै हिलोमा लडिबुडी गर्न जानेछ। स्वभावैले त्यसले अशुद्धता मन पराउँछ। मानिसहरू आफ्नो पाप मन पराउँछन् (यूहन्ना ३:१९ सित तुलना गर्नुहोस्)।
"आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर" -- यसलाई पछि रोमी १:२६-२७ को सन्दर्भमा व्याख्या गरिनेछ।
रोमी १:२५
"साटे" -- सट्टापट्टा गरे। सत्यतालाई नअँगालीकन उनीहरूले त्यसलाई झूटको सट्टामा त्यागिदिए।
"सत्य" = सृष्टिकर्ता मात्र उपासना गरिन योग्य हुनुहुन्छ!
"झूट" = सृष्टि उपासना गरिन योग्य छ। मत्ती ४:९ मा शैतानले येशूलाई यस झूटले परीक्षा गर्यो ["भुइँमा घोप्टो परेर म (एउटा सृष्टिलाई) लाई दण्डवत् गर्नु"]। मत्ती ४:१० मा येशूले शैतानलाई सत्यले प्रत्युत्तर दिनुभयो ["तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत् गर, र उहाँकै मात्र सेवा गर" -- परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ]।
यसलाई यहोवाका साक्षी नाम गरेको झूटा समूह ("कल्ट") को शिक्षासित तुलना गर्नुहोस्। उनीहरूको शिक्षाअनुसार येशू केवल एक सृष्टि मात्र हुन् [एक उच्च स्वर्गदूत जसलाई परमेश्वरले शुरुमा सृष्टि गर्नुभयो र जसद्वारा परमेश्वरले अन्य सबै थोक सृष्टि गर्नुभयो]। यहाँ यहोवाका साक्षीहरूलाई एउटा ठूलो समस्या छ। यदि ख्रीष्ट उनीहरूले भनेजस्तै एक सृष्टि मात्र हुनुहुन्छ भने र यदि सृष्टि-पूजा परमेश्वरले दण्डनीय कार्य हो भनी भन्नुभएको छ (जसरी रोमी १:२५ जस्ता बाइबलका खण्डमा पाइन्छ) भने, ख्रीष्टलाई उपासना गर्ने कामलाई किन स्वीकार गरिन्छ र अझ यसो गर्न आज्ञा समेत किन दिइएको छ? निम्न कुराहरूलाई विचार गर्नुहोस्:
निष्कर्ष: यहोवाका साक्षीहरू येशू वास्तवमा को हुनुहुन्छ भन्ने सवालमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत् गरिन योग्य सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ। जसरी रोमी ९:५ मा बताइएको छ, ख्रीष्ट त सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ (यहोवाका साक्षीहरू यस पदमा पद चिन्ह घुसाएर यसको अर्थलाई बदल्ने प्रयास गर्दछन्, र कतिपय अनुवादहरूले पनि त्यसै गर्ने प्रयास गरेका छन्। यस पदलाई रोमी अध्याय ९ मा विस्तृतरूपमा हेरिनेछ)। |
रोमी १:२५ मा पावल आफैले सृष्टिकर्ताको उपासना गर्दथे भन्ने कुरालाई प्रस्टै व्यक्त गर्दछन्! यस पदमा उनको हृदयबाट प्रशंसाको उद्गार प्रस्फुटित हुन्छ (झण्डै-झण्डै रोमी ९:५ को जस्तै)। यहाँ सृष्टिकर्ताको प्रशंसा गर्दाहुँदी पावलले त्रिएक परमेश्वरको विशेष गरी दोस्रो व्यक्ति (प्रभु येशू ख्रीष्ट) को सोँच राखेको हुन सक्छ (येशू ख्रीष्टलाई सृष्टिकर्ताको रूपमा प्रस्तुत गर्ने ती खण्डहरूलाई हेर्नुहोस्: कलस्सी १:१३-१६; यूहन्ना १:१-३; एफेसी ३:९; हिब्रू १:२; १ कोरिन्थी ८:६)।
रोमी १:२५ मा थप टिप्पणी: नयाँ नियममा अर्को पनि खण्डले यहाँजस्तै तोकेर "झूट" को उल्लेख गरेको छ। त्यो हो २ थेस्सलोनिकी २:११। सन्दर्भले उक्त "झूट" रोमी १:२५ कै झूटको कुरा भएको देखाउँछ अर्थात् सृष्टि उपासना गरिन योग्य छ भन्ने झूट। सृष्टि-पूजा चौथो पदमा उल्लेख भएको कुरालाई ध्यान दिनुहोला। पापको पुरुष (जो केवल एक मानिस मात्र हुन्) ले आफूलाई परमेश्वरकै स्थानमा स्थापना गर्नेछन् र आफूलाई उपासना गरिनुपर्ने व्यक्तिको रुफमा प्रस्तुत गर्नेछन् (यस भविष्यवाणीको अझ विस्तृत बयान पढ्नलाई प्रकाश १३ मा हेर्नुहोला)। साँच्चै, उनले त्यस प्रकारको उपासना माग गर्नेछन् र त्यसो गर्न इन्कार गर्नेहरूलाई दण्ड दिनेछन्।
रोमी १:२६
यी मानिसहरूले सत्यलाई इन्कार गरे र झूटलाई अँगाले। तिनीहरूले सत्यलाई परित्याग गरे, त्यसैले परमेश्वरले तिनीहरूलाई परित्याग गर्नुभयो। तिनीहरूले परमेश्वरलाई त्यागे, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो (तिनीहरूका आफ्नै अभिलाषाहरू र कुकामनाहरूमा सुम्पिदिनुभयो)।
"कामनाहरू" = अभिलाषाहरू
"नीच" = अनादरणीय, अपमानजनक, लज्जाजनक
"स्त्रीहरू" = स्वास्नीमान्छेलाई जनाउने विशिष्ट शब्द
"साटे" = सट्टापट्टा गर्नु (तिनीहरूले गरेको साटफेर नोक्सानीपूर्ण थियो; आफ्ना शरीरहरूलाई परमेश्वरको इच्छाबमोजिम प्रयोग गर्नुको सट्टा विकृत र "अस्वाभाविक" प्रकारले दुरुपयोग गरे)।
"अस्वाभाविक" = प्रकृतिको विपरित, पथभ्रष्ट, अनुचित
रोमी १:२७
"पुरुषहरू" = लोग्नेमान्छेलाई जनाउने विशिष्ट शब्द
"स्वाभाविक" = जुन कुरा प्रकृतिअनुरूप छ, परमेश्वरको नजरमा उचित र ठीक छ (मानदण्ड निर्धारण गर्ने व्यक्तिचाहिँ परमेश्वर नै हुनुहुन्छ)।
"जले" = तिनीहरू कामवासनाले उत्तेजित भए; कुइच्छाले तिनीहरूलाई भत्भत् पोल्यो (यसले प्रेम नभएर अभिलाषालाई जनाउँदछ)
"परुषहरूले पुरुषहरूसित" = समलिङ्गता
"शर्मलाग्दो" = लज्जापूर्ण
"पाए" = तिनीहरूले गरेका कामबापत जे पाउनुपर्ने त्यही पाए
"दण्ड" = प्रतिफल, सजाय
"उचित" = आवश्यक, अपरिहार्य (यस प्रकारको पापलाई दण्ड नदिई हुँदैन)
|
समलिङ्गताबारे बाइबलको शिक्षा
यो स्पष्टसँग देखिने कुरो हो कि शुरुमा परमेश्वरले आदमकहाँ कुनै पुरुषलाई ल्याउनुभएन। यो पनि स्पष्टसँग देखिने कुरो हो कि शारीरिक र लैङ्गिक आधारमा पुरुष, पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री, स्त्रीका लागि। त्यसो त दुइटा छेस्किनीले वा दुइटा ढिम्रीले कुनै चीजलाई बाँध्न खोज्नु जस्तै हुन्छ। छेस्किनीचाहिँ ढिम्रीको लागि बनाइएको हो अनि ढिम्रीचाहिँ छेस्किनीको लागि। ढिम्रीलाई अर्को ढिम्रीभित्र जोड्न बनाइएको होइन। त्यस्तै, कुनै पुरुष अर्को पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री अर्को स्त्रीका लागि। स्त्री पुरुषका निम्ति सृष्टि गरिएकी हो (१ कोरिन्थी ११:९)।
"पुरुषगामीहरू" -- दुइटा फरक-फरक ग्रीक शब्दलाई यहाँ नेपाली बाइबलमा एउटै शब्दले अनुवाद गरिएको छ। दुवै ग्रीक शब्दलाई हेरौं: मालाकोस (μαλακος) -- नरम मान्छे, स्त्रीस्वभाव भएको, स्वास्नीमानिसजस्तो, विशेष गरी एक क्याटमाइट (catamite) अर्थात् विकृत कामवासनाका लागि प्रयोग गरिन आफूलाई सुम्पने पुरुष वा केटा, त्यसरी स्त्रीको भूमिका निर्वाह गर्ने केटामान्छे। यो भयो एउटा PASSIVE समलिङ्गी।
"अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ" -- कतिपय करिन्थीहरू विगतमा समलिङ्गीहरू थिए तर ख्रीष्टले आमूल परिवर्तन ल्याउनुभएको थियो। एउटा समलिङगीले मुक्ति पाउन सक्छ र परिवर्तित हुन सक्छ! परमेश्वरको अनुग्रहले ऊ यस पापबाट पूर्णरूपले छुटकारा पाउन सक्छ। समलिङ्गता वंशाणुको प्रतिफल भएको भए, अर्थात् जन्मबाटै निर्धारित झुकाव भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन। समलिङ्गता कुनै एक प्रकारको रोग भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन किनकि त्यस्तो रोगलाई कुनै चक्की, औषधी वा शल्यक्रियाको सीप चल्ने थिएन। समलिङ्गता एउटा पाप हो भने चाहिँ त्यहाँ पूरै आशा छ। किनकि पापको समाधानको उपाय त्यहाँ छ अर्थात् हाम्रा धन्य मुक्तिदाता प्रभु येशू ख्रीष्टमा। एक समलिङ्गीको जीवनमा हुन सक्ने सबैभन्दा ठूलो कुरो ख्रीष्टको सुसमाचारसितको उसको जम्काभेट हो। परमेश्वरको मानदण्ड र नियमभित्र रहनेहरूलाई त्यहाँ ठूलो आशिष छ (हिब्रू १३:४ लाई हितोपदेश ५:१८-१९ सित तुलना गर्नुहोस्)। परमेश्वरका मानदण्डलाई उल्लङ्घन गर्ने र उहाँले स्थापना गर्नुभएका यौन सम्बन्धी नियमहरूलाई उल्लङ्घन गर्नेहरूलाई जीवनमा सुख हुँदैन र आखिरमा उनीहरू परमेश्वरको दण्डमुनि पर्नेछन् (हिब्रू १३:४ लाई हितोपदेश ५:२० र प्रस्थान २०:१४ मा उल्लेखित सातौं आज्ञासित तुलना गर्नुहोस्)। |
रोमी १:२८
"परमेश्वरले तिनीहरूलाई सुम्पिदिनुभयो" वा त्यागिदिनुभयो भन्ने यो तेस्रो उल्लेख हो। मूल लेखोट (ग्रीक) मा यस वाक्यभित्र शब्दको खेल (pun, श्लेषोक्ति) भेटिन्छ जसलाई नेपालीमा यसरी रूपान्तरण गर्न सकिन्छ: "तिनीहरूले परमेश्वरको ज्ञानलाई भ्रष्ट पारे त्यसैले परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो"; अथवा, "तिनीहरूले परमेश्वरको ज्ञानलाई फ्याँकिदिए गरिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई एउटा फ्याँकिएको मनको वशमा सुम्पिदिनुभयो!" तिनीहरूले परमेश्वरको ज्ञानलाई त्यागिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो। उनीहरूले आफ्नै भ्रष्ट मनका आवेगलाई पछ्याऊन् र आफ्नै भ्रष्ट हृदयका कामनाहरूलाई पछ्याऊन् भनी मानिसहरूलाई त्यागिदिनु भनेको एक डरलाग्दो न्याय हो! "यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहहरूअनुसार हिँडे" (भजनसङ्ग्रह ८१:१२)।




