- परमप्रभुको डर मान्ने र नमान्नेहरू (अडियो)
- प्रकाश १६ अध्याय (अडियो)
- दोस्रो अवसर दिनुहुने परमेश्वर (प्रवचन भिडियो)
- धार्मिकताका निम्ति दु:ख भोग्नुपर्दा (प्रवचन भिडियो)
- भौतिक धन रोज्ने कि आत्मिक धन? (प्रवचन भिडियो)
- पति आफ्नी पत्नीसित बुद्धिमानीसाथ बस्नुपर्छ; पारस्परिक साँचो ख्रीष्टियान मनोभाव (प्रवचन भिडियो)
- यस अशुद्ध संसारमा प्रभुमा शुद्धतातिर जाने बाटो (प्रवचन भिडियो)
- हाम्रा काँडाहरूबाट परमेश्वरले के सिकाउन चाहनुहुन्छ? (प्रवचन भिडियो)
- परमेश्वरले भलाइ गर्न समस्या प्रयोग गर्नुहुन्छ (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीले अख्रीष्टियान पतिलाई कसरी जित्नुपर्छ? (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीको बाहिरी सिँगार (अडियो)
- ख्रीष्टियान पत्नीको भित्री सिँगार (प्रवचन भिडियो)
रोमी १:२९-३२
दुष्कर्महरूको एउटा डरलाग्दो सूची
पावलले पद २९-३१ मा दुष्कर्महरूको एउटा ज्यादै डरलाग्दो र गम्भीर सूची प्रस्तुत गर्दछन्। उनले यहाँ ती मानिसका अपराधहरूको भयानक तालिका प्रस्तुत गर्दछन्। यसलाई बास्तवमा "मनुष्य हृदयको ईश्वरीय एक्स-रे" नै मान्न सकिन्छ (यर्मिया १७:९ र मर्कूस ७:२१-२३ मा उल्लेखित प्रभु येशूका वचनलाई तुलना गर्नुहोस्)। यस सूचीलाई विचारपूर्वक हेर्दा आफ्नै हृदयलाई जाँच्नुहोस्। प्रत्येक वर्णन पढ्दै जाँदा आफैंलाई प्रश्न गर्नुहोस्, "प्रभु, के त्यो म हुँ? के म यसमा दोषी भएको छु? यसले मेरै बयान गरिरहेको त छैन?"
"सबै प्रकारका अधर्मले भरपूर" -- कुनै पनि खराब विचार,
बोली, कार्यकलाप वा जीवन शैलीलाई जनाउने शब्द "सबै प्रकारका व्यभिचारले भरपूर" -- कुनै-कुनै ग्रीक पाण्डुलिपिहरूमा यो शब्द छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन। यस शब्दले हरेक अनैतिक यौन सम्बन्धलाई जनाउँदछ (परमेश्वरले उत्पत्ति २ मा स्थापना गर्नुभएकोसित नमिल्ने जुनसुकै अभ्यास)। "सबै प्रकारका दुष्टताले भरपूर" -- दुष्टता, खराबी; जुन कुरो खराब छ त्यही गर्न मन पराउनेहरू "सबै प्रकारका लोभले भरपूर" -- अक्षरश: "अझ धेरै हुनु", झन् झन् धेरै, झन् झन् धेरैको उत्कट अभिलाषा हुनु। लोभको विपरित कुरो सन्तुष्ट र तृप्त। यसर्थ आफूसँग जे छ त्यसमा असन्तुष्ट रहेका लालची व्यक्ति "सबै प्रकारका शत्रुभावले भरपूर" -- दुष्टता, भ्रष्टता, खराबी जनाउने शब्द "डाहाले भरपूर" -- ईर्ष्या, डाहा (अर्काको कुरोमाथि) "हत्याले भरपूर" -- स्मरण होस्, घृणा र रिस गर्दा हामी "मनको हत्या" को दोषी हुन्छौं भनी येशूले भन्नुभयो (मत्ती ५:२१-२२)। "झगडाले भरपूर" -- कलह, विवाद, मतभेद, रगडा-झगडा गर्ने प्रवृत्तिको "छलले भरपूर" -- दाउपेच खेल्ने, चालबाजी गर्ने, छलकपट गर्ने, धोखा दिने "दुष्ट विचारले भरपूर" -- खराब मिजास, नराम्रो बानी-बेहोरा वा चरित्र, सबैभन्दा राम्रोलाई समेत नराम्रो बनाउने "कान फुक्नेहरू" -- लुकीछिपी अर्काको बारेमा कानेखुसी गर्नु (ग्रीकमा प्सीथुरिस्टेस्, जसको उच्चारण गर्दा समेत कानेखुसीको भान मिल्छ), अर्काको बदनाम गर्ने, निराधार कुरा आदि फैलाउने "निन्दा गर्नेहरू" -- ग्रीकमा यसको अक्षरश: अर्थ "विरोधमा बोल्नु" भन्ने हुन्छ, अनुपस्थित व्यक्तिका बारेमा छुच्चो वा खराब कुरा गर्नु (जो उपस्थित भएका भए ती कदापि भनिँदैनथे), खुलेआम लाञ्छना, झूटा दोष लगाउनु "परमेश्वरलाई घृणा गर्नेहरू" -- परमेश्वरको नाम लिँदाको तरिकाबाट समेत देखिने कुरो "अनादर गर्नेहरू" -- हिंसात्मक, अरूमाथि चोट पुर्याउने व्यक्ति (१ तिमोथी १:१३) "घमण्डी" -- अहङ्कारी, अक्षरश: "आफू अरूभन्दा ठूलो देखिनु, आफूलाई अरूभन्दा ठूलो देखाउनु" "सेखीबाजहरू" -- धाक देखाउनेहरू "खराब-खराब कुरा जन्माउनेहरू" -- अब कुनचाहिँ अर्को दुष्कर्म गरौं भनी उनीहरू युक्ति रच्छन्, योजना गर्छन्। "बाबुआमाको आज्ञा नमान्नेहरू" -- यस सूचीमा यो बुँदा असुहाउँदो देखिएला, तर परमेश्वरको नजरमा यो कुरो कति गम्भीर छ भन्ने कुरा यसले देखाउँछ। हामीमध्ये कसले यस कुरामा आफू कहिल्यै दोषी नभएको दाबी गर्न सक्छ र? "समझ नभएकाहरू" -- समझ रित्तो भएका (परमेश्वरको कुरा नसुनेकाले मूर्ख भएका), बोधा, आत्मिक अन्धा "करार भङ्ग गर्नेहरू" -- विश्वासघाती, उनीहरू आफ्नो वचन राख्दैनन् "स्वाभाविक माया नभएकाहरू" -- प्रेम नगर्ने, कठोर हृदय भएको, आफ्ना नानीहरूप्रति बाबुआमा हुने, दाजु-भाइ, दिदी-बहिनीबीच आदि हुने स्वाभाविक माया नभएको "मेल गर्न नचाहनेहरू" -- क्षमा नदिने (कुनै-कुनै ग्रीक पाण्डुलिपिमा यो छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन) "दया नभएकाहरू" -- कुनै दया-माया नदेखाउने, निष्ठुर, निर्दयी
|
चीनको क्यान्टनका डा. आर एच ग्रभ्स्ले एक चिनियाँले यी पदहरू पढेपछि यो बयान पावलले नभएर चीनसित परिचित आधुनिक मिसनरीले लेखेको हुनुपर्छ भन्ने धारण व्यक्त गरेको कुरा बताएका छन्। यस सूचीले चिनियाँहरूको दुरुस्तै बयान गरेको भेटियो!
व्यक्तिगत प्रश्न: के माथिका कुनै शब्दले तपाईंको बयान गरेको छ कि? (यी दुष्कर्म भेट्टाउन हामी पक्कै पनि चीनसम्म जानैपर्दैन!)। समग्रमा यी शब्दले मानिसको पूर्ण भ्रष्टताको विस्तृत चित्र कोरेको छ। "हाय! म कति अभागी (wretched) मानिस!"
रोमी १:३२
"जानी-जानीकन पनि" = पूरै जानीकन
"परमेश्वरको न्याय" = अक्षरश: "न्यायोचित माग, कानूनी आदेश, फैसला"
फैसला = तिमी दोषी छौ!
दण्डाज्ञा = तिमी मृत्युदण्डको योग्य
छौ! (यो तिनीहरू जान्दछन् पनि)
"यस्ता-यस्ता काम गर्नेहरू" -- कस्ता कामहरू? पद २९-३१ मा सूचित कामहरू।
"लायकका" = (बराबर रहेको तराजुको विचार गर्नुहोस्) दण्डचाहिँ अपराधको बराबर हुनुपर्छ; जति अपराध छ त्यति नै दण्ड पनि हुनुपर्छ।
अपराध = पद २९-३१ हेर्नुहोस्
दण्ड = "मृत्युदण्डको लायकका हुन्छन्" (पद ३२; साथै रोमी ५:१२ र ६:२३)
द्रष्टब्य: सुसमाचारको शुभ-खबर यही हो कि येशू ख्रीष्टले उक्त दण्ड भोगिदिनुभयो जब उहाँ क्रूसमा मर्नुभयो -- रोमी ५:६-९ पढ्नुहोस्। "भक्तिहीन" भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:६ सित तुलना गर्नुहोस्। "क्रोध" भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:९ सित तुलना गर्नुहोस्।
सृष्टिपूजक तथा मूर्तिपूजकहरूले परमेश्वरको न्यालाई राम्ररी जानेका छन् भन्ने कुराको प्रमाण प्रेरित २८:१-४ मा पाइन्छ। हत्याराहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भनी ती आदिवासीहरू जान्दथे! (यद्यपि उक्त घटनामा उनीहरू पावलकै सम्बन्धमा भने भूलमा परेका थिए)।
पद ३२ को आखिरी भागको विचार गर्नुहोस्। तिनीहरू आफैं यी अपराधहरू गर्ने गर्छन् (त्यस्ता कामले मृत्युदण्ड ल्याउँछ भन्ने जानेर पनि) र साथै यस्ता काम गर्नेहरूसँग "खुशी पनि हुन्छन्" अर्थात् तिनीहरू यस्ता काम गर्नेहरूको तारिफ गर्छन्, उनीहरूलाई बधाइ दिन्छन्। तिनीहरू पापमा खुशी हुन्छन् र साथै पापीहरूको सङ्गतमा पनि खुशी हुन्छन्!
रोमी अध्याय १ को सारांश
रोमी अध्याय १ का चाबी शब्दहरू:
स्मरण रहोस्, तिनीहरूले पहिला परमेश्वलाई परित्याग गरेका हुन्! |