Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

सेभेन्थ-डे एडभेन्टिजमको इतिहास

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

सेभेन्थ-डे एड्भेन्टिजमदेखि होसियार

सेभेन्थ-डे एड्भेन्टिस्ट (Seventh-day Adventist) सम्प्रदायको शुरुआत सन् १८६० मा अमेरिकाबाट भएको हो। नेपालीमा "सेभेन्थ-डे" को अर्थ "सातौं दिन" हुन्छ र यसले शनिवारको दिनलाई आराधनाको दिन मान्ने कुरालाई इङ्गित गर्दछ। "एड्भेन्टिस्ट" को अर्थचाहिँ "आगमनवादी" हुन्छ र यसले प्रभुको आगमनको घोषणा गर्नका लागि परमेश्वरले उनीहरूलाई चुन्नुभएको हो भन्ने उनीहरूको विश्वासलाई जनाउँदछ। विश्वभरिमा उनीहरूको सङ्ख्या १ करोड ५० लाख रहेको छ। उनीहरूका ६१,००० चर्चहरू २०३ राष्ट्रहरूमा छन्।

सेभेन्थ-डे एड्भेन्टिजमको इतिहास

सेभेन्थ-डे एड्भेन्टिजमको शुरुआत सन् १८०० ताकाको "पुनरागमन लहर" सँगै भएको हो। सन् १८१८ मा विलियम मिलर (William Miller) नामक एक ब्याप्टिष्ट प्रचारकले संसारमा ख्रीष्टको पुनरागमन सन् १८४३ मा हुनेछ भन्ने निष्कर्ष निकाले। त्यो गलत साबित भएपछि तिनले मिति बदलेर अक्टुवर २२, १८४४ लाई पुनरागमनको मिति ठहराए। तिनको यस किसिमको विश्वास खास गरी दनियलको पुस्तकको गलत व्याख्यामा आधारित थियो (जसअनुसार उनले अगमवाणीको एक दिनलाई इतिहासको एक वर्षसित बराबर भएको ठानेका थिए)। दसौं हजार मानिसले मिलरलाई पछ्याए अनि त्यस उत्तेजनापूर्ण माहोलमा अनेक थरीका समूह पैदा भए जसमा सबका सब नै ख्रीष्टको निकट आगमनको प्रतिक्षा गर्दैथिए।

सन् १८४४ पछि मिलरले मिति निर्धारण गर्ने कामलाई परित्याग गरी आफ्नो भूल स्वीकार गरे, तर तिनका कतिपय अनुयायीहरू भने सेभेन्थ-डे एड्भेन्टिस्टवादको स्थापना गर्नपट्टि लागे।

सन् १८४४ मा जेम्स ह्वाइट (James White), जोसेफ बेइट्स (Joseph Bates) आदिले विश्राम दिन (शनिवार) पालन गर्ने अभ्यासको थालनी गरे र पर्चाहरू मार्फत आफ्ना विचारलाई प्रकाशित गरे।

साथै उनीहरूले १७ वर्षीया एलेन हार्मन (Ellen Harmon) का दर्शनहरूलाई पछ्याए। परमेश्वरले तिनलाई सन् १८४४ को अक्टुवरमा "न्यायिक छानबिन" ("investigative judgment") का लागि येशू स्वर्गस्थित महापवित्रस्थानभित्र प्रवेश गर्नुभएको कुरा देखाउनुभयो भनी तिनले दाबी गरीन्। यो नै एड्भेन्टिस्ट चर्चको आधारभूत शिक्षा हो। कस-कसले उद्धार पाउने र को-कोचाहिँ नष्ट हुने भन्ने कुराको निधो गर्ने उद्देश्यमा येशूले एक‍-एकको लेखा छानबिन गर्न थाल्नुभएको छ भनेर एलेनले सिकाए। प्रकाश १४:९-१२ को "तेस्रो स्वर्गदूतको सन्देश" का बारेमा आफूले एउटा दर्शन पाएकी भनेर पनि तिनले दाबी गरीन्। तिनका अनुसार आइतवारको दिनमा आराधना गर्ने कामचाहिँ पशु (ख्रीष्ट विरोधी) को चिन्ह हो र आइतवार आराधना गर्नेहरूले दण्ड पाउनेछन्। तिनका अनुसार परमेश्वरका आज्ञा पालन गर्नेहरूचाहिँ अन्तिम दिनहरूमा विश्राम दिन पालन गर्नेहरू हुन्। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले आफ्नो नाउँको आधार यसैलाई बनाएका छन्। तिनीहरू आफूलाई विश्राम दिन पालन गर्ने र ख्रीष्टको आगमनको बाटो तयार पार्ने अन्तिम दिनको मण्डली भएको दाबी गर्छन्।

सन् १८४६ मा एलेन हार्मनले जेम्स ह्वाइटसित बिवाह गरे र ती दुईजना सेभेन्थ-डे एड्भेन्टिस्टका मुख्य अगुवाहरू बने। सन् १८४४ देखि १९१५ को अविधिभित्रमा श्रीमति ह्वाइटले २,००० ओटा दर्शन र सपनाहरू देखे अरे। आफ्ना दर्शनहरूलाई लिखित रूपमा संरक्षित गरिन आज्ञा गरिएको भन्ने दाबी गर्दै तिनले १००,००० भन्दा बढी पन्नाका हस्तलेखहरू निकालिन्।

सेभेन्थ-डे एड्भेन्टिस्टको नेतृत्व वर्गले आफ्नो विश्वासको एउटै आधार बाइबल नै भएको दाबी गर्छन् तर वास्तविक कुरा के हो भने एलेन ह्वाइट (Ellen White) विना सेभेन्थ-डे एड्भेन्टिजमको अस्तित्व नै हुनेथिएन।

तसर्थ, एड्भेन्टिजमको लहर शुरुदेखि नै अबाइबलीय भएको हामी देख्दछौं। यसको नेतृत्व एउटी महिलाद्वारा गरियो जुनचाहिँ पवित्र शास्त्रले निषेध गरेको छ (१ तिमोथी २:१२) अनि यसले ख्रीष्टको आगमन हुने मिति तोक्न खोज्यो जुन पनि निषेधित कुरा हो।

“तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, अहँ, स्वर्गका दूतहरूले पनि जान्दैनन्, तर मेरा पिताले मात्र” (मत्ती २४:३६)।

“यसकारण जागा रहो, किनभने तिमीहरूका प्रभु कुन घडी आउँछन्, सो तिमीहरू जान्दैनौं” (मत्ती २४:४२)।

“यसकारण तिमीहरू पनि तयार बस; किनभने मानसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घडीमा आउँछन्” (मत्ती २४:४४)।

“तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, न ता स्वर्गमा हुने दूतहरूले, न पुत्रले, तर पिताले मात्र। तिमीहरूले होसियार बस, जागा रहो र प्रार्थना गर; किनकि त्यो समय कहिले हुन्छ, तिमीहरू जान्दैनौ” (मर्कूस १३:३२-३३)।

“पिताले आफ्नै अधिकारमा राख्नुमभएका समयहरू वा घडीहरूको विषयमा जान्ने काम तिमीहरूको होइन” (प्रेरित १:७)।

ख्रीष्टको आगमन सम्बन्धी बाइबलले प्रस्टै सिकाएको कुरालाई बेवास्ता गरेकाले एड्भेन्टिस्टहरू भ्रम मार्गमा झन् झन् अघि बढ्दै गए।


पृष्ठ संशोधन मिति: Sunday 27-Jun-10
WordofTruth.com.np © 2017