Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षा - भाग ५

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

झूटा शिक्षा #५ -- एलेन ह्वाइट भविष्यदर्शिका थिइन्

सेभेन्थ-डे एड्भेन्टिस्टवादले एलेन ह्वाइट भविष्यदर्शिका थिइन् भन्ने विश्वास राख्दछ। उनीहरूका लेखहरूबाट सङ्कलित निम्नलिखित उद्दरणहरूलाई विचार गरौं:

"श्रीमती एलेन जी. ह्वाइटले भविष्यवाणीको सकली वरदानको अभ्यास गर्दथिन् भनेर सेभेन्थ-डे एड्भेन्टिस्टवादले विश्वास राख्दछ। परमेश्वरले उनीसित ईश्वरीय दर्शनहरूमा अनुग्रहसाथ बल्नुभयो र परमेश्वरले उनीद्वारा आफ्नो मण्डलीलाई प्रेरणापूर्ण सन्देशहरू पठाउनुभयो। ...उनी एक आत्मिक अगुवा र अग्रज निर्माता र पथप्रदर्शक भएकी नाताले सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डली उनीप्रति ऋणी छ। यसका अगुवाहरूले आत्माहरू जित्ने अधिकांश माण्डलिक क्रियाकलापहरूमा परमेश्वरका यी दासीका भविष्यदर्शनहरू भनेर विश्वास गरिएका कुराहरूमार्फत शुरुदेखि नै अगुवाइ पाएका हुन्" (D.A. Delafield, Ellen G. White and the Seventh-day Adventist Church, pp. 2, 10-11).

"मोशा, पावल र यूहन्नालाई प्रेरणा प्रदान गर्नुहुने पवित्र आत्माले ह्वाइट दिदीलाई पनि प्रेरणा प्रदान गर्नुभयो। भविष्यवक्ताहरूको प्रेरणा एउटै हुन्छ" (The Spirit of Prophecy Treasure Chest, p. 30)।

"एलेन ह्वाइट पुस्तकहरूलाई एउटा टेलिस्कोप [दूरदर्शी यन्त्र] सित दाँजिएको छ जसले परमेश्वरको वचनमा प्रकट गरिएका ईश्वरीय योजनाहरूको दर्शनलाई विशाल रूपमा प्रकट गरिदिन्छ" (Ellen G. White and the Seventh-day Adventist Church, p. 34)।

"हामी विश्वास गर्दछौं, यी सन्देशहरूलाई हरेक विश्वासीले दृढतापूर्वक पछ्याउनुपर्छ। बाइबलपछि र त्यससितको प्रसङ्गमा तिनीहरूलाई पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ। पवित्र अभिलेखमाथि तिनीहरूले चहकिलो गरी प्रकाश पार्दछन् (Prophetic Guidance, Lesson 16, p. 60)।

"अगमवाणीको आत्माका लेखोटहरूलाई समग्ररूपमा नै स्वीकार गरिनुपर्छ भनेर एकरूपताले माग गर्दछ। एक भागलाई स्वीकार गरेर अर्को भागलाई इन्कार गर्नुको औचित्य देखाउन हामी सक्दैनौं। जस्तै, श्रीमती ह्वाइटका किताबहरूमध्येबाट भक्तिपरक चरित्रको किताबलाई चाहिँ स्वीकार गर्नु तर शिक्षा, नैतिकता वा स्वस्थ्य मानदण्डका बारेमा उहाँले लेख्‍नुभएका कुरामाथि प्रश्न उठाउनु भनेको एक भागलाई स्वीकार गरेर अर्को भागलाई इन्कार गर्नु हो" (Prophetic Guidance, Lesson 18, p. 70)।

बाइबलले के भन्दछ?

१) श्रीमती ह्वाइटले त्यस्ता शिक्षाहरू सिकाइन् जोचाहिँ नयाँ नियमको प्रकाशसित मेल खाँदैनन्। यशैया ८:२० र रोमी १६:१७-१८ पढ्नुहोस्। कुनै समूहले धेरैओटा सत्य शिक्षाहरू अँगालेको छ भन्दैमा त्यसका झूटा शिक्षाहरूप्रति हामीले आँखा चिम्लनुपर्छ भन्ने होइन। इसाईमतका झूटा नक्कलहरूलाई हेर्दा तिनीहरू जहिले पनि सत्य र झूटको कुमिश्रण भएको हामी पाउँदछौं। गलातीका झूटा शिक्षकहरू धेरैजसो शिक्षाहरूमा शास्त्रसम्मत नै थिए भन्ने बुझिन्छ। त्रिएकता, ख्रीष्टको ईश्वरत्व, बौरिउठाइ र बाइबलको ईश्वरीय प्रेरणाको सम्बन्धमा उनीहरूको शिक्षा शास्त्रसम्मत थिएन भन्ने कुनै आधार पाइन्न, तर पावलको सुसमाचारमा उनीहरूको थप-थाप गर्ने कार्यले उनीहरूमाथि परेमश्वरकै श्राप ल्यायो (गलाती १:८-९)। भन्ने हो भने, सतहमा शास्त्रसम्मत देखिएकाले नै उनीहरू झनै खतरनाक थिए। मूसा मार्ने विष कम्तीमा ९५% अहानिकारक हुन्छ।

जुन शिक्षा हामीले सिकेका छौं, त्यसको विपरित फाटो ल्याउने र ठक्कर खुवानेहरूलाई चिनिराख र तिनीहरूबाट टाढा बस भनेर हामीलाई रोमी १६:१७ ले चेताउनी दिँदछ। सेभेन्थ-डे एड्भेन्टिस्टवाद यस कुराको दोषी छ। मृत्यु, विश्राम-दिन, नरक, ख्रीष्टको वर्तमानकालिन सेवाकार्य, मोशाको व्यवस्था, मण्डलीमा स्त्रीको स्थान, अन्तिम दिनहरू आदि विषयमा प्रेरितहरूले सिकाएका शिक्षाको विपरित सेभेन्थ-डे एड्भेन्टिस्टवादले फाटो ल्याउने काम गर्दछ।

२) एलेन ह्वाइटले आफ्नै कुरा काटे; उनी एक कपटी थिइन्।

दुइटा उदाहरणहरूलाई विचार गरौं:

स्त्रीहरूले गर-गहना लाउनुहुँदैन भनेर तिनले सिकाइन्।

"गर-गहना र हर प्रकारको आभूषणको प्रदर्शनीदेखि अलग रहेको साधा पहिरन नै हाम्रो विश्वासलाई सुहाउने कुरा हो" (White, Testimonies, vol. 3, p. 366)।

एलेन ह्वाइटले आफ्नै शिक्षालाई पालना गरिनन्। तिनले सेता मणीहरू जडिएका महँगा सुइराहरू (broaches) र सिक्रीहरू जस्ता गरगहना लगाइन्। "के एलेन ह्वाइटले गरगहना लगाइन्?" (Did Ellen White Wear Jewelry?) भन्ने लेखमा एस. क्लिभल्याण्ड र डी. एण्डर्सनले यस तथ्यको दस्तावेजीकरण गरेका छन् (http://www.ellenwhiteexposed.com/contra7.htm)।

फोटोग्राफी मूर्तिपूजा हो भनेर तिनले सिकाइन्।

"फोटो बनाउने र लेनदेन गर्ने काम एक किसिमको मूर्तिपूजा हो। हाम्रो दृष्टिदेखि स्वर्गलाई छेक्नका लागि शैतानले भ्याएसम्म गरिरहेको छ। चित्र-मूर्तिहरू बनाएर उसलाई हामी मद्दत नगरौं" (White, Messages to Young People, p. 316)।

आफ्नै शिक्षाको विपरित, श्रीमती ह्वाइट फोटो खिँचिनका लागि बारम्बार प्रस्तुत हुनुभयो।

३) स्त्रीहरूले पुरुषहरूलाई सिकाउनुहुँदैन न ता उनीहरूमाथि अधिकार गर्नु नै हुन्छ। मण्डलीहरूको नेतृत्व गर्न परमेश्वरले स्त्रीहरूलाई होइन पुरुषहरूलाई बोलाउनुहुन्छ (१ तिमोथी २:११-१२)। प्रेरितहरूमध्येमा स्त्री कोही थिएनन् र स्त्रीहरू पास्टर-एल्डरहरू बन्न योग्य हुँदैनन् (१ तिमोथी ३:१-२; तीतस १:५-६)। एलेन ह्वाइटले यी आज्ञाहरूको ठीक विपरितमा जीवन बिताइन्। सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डलीको विकासक्रममा उनी एक प्रमुख व्यक्तित्व थिइन्। उनले पुरुषहरूका ठूला जमातहरूलाई सम्बोधन गरिन्।

४) यस युगका लागि अगमवाणीको सकली वरदानको उद्देश्य पूरा भइसकेपछि त्यो बन्द हुनेछ भनेर पहिल्यै उल्लेख भएको थियो।

"प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ। किनभने हाम्रो ज्ञान अधुरो छ, अनि हाम्रो भविष्यवाणी अधुरो छ। तर जब सिद्धचाहिँ आउँछ, तब जो अधुरो, त्यो हटाइनेछ" (१ कोरिन्थी १३:८-१०)।

पहिलो कोरिन्थी तेह्रौं अध्यायको प्रसङ्ग आत्मिक वरदानहरूको हो। बाह्रौंदेखि चौधौं अध्यायहरूसम्मको पूरै खण्डले यसैको चर्चा गर्दछ। १ कोरिन्थी १३:८‍-१० ले अगमवाणी, ज्ञान र अन्यभाषा जस्ता प्रकाशकीय वरदानहरूको चर्चा गर्दछ जुन वरदानहरूद्वारा परमेश्वरले शुरुका मण्डलीहरूसित बोल्नुभयो। यी वरदानहरूले तिनको ईश्वरीय उद्देश्य पूरा गरिसकेपछि बितेर जानेवाला थिए जसरी विगतका युगहरूमा पनि तिनीहरूसित सम्बन्धित परमेश्वरबाटका अन्य तत्त्वहरू पनि बितेर गएका छन्।

भविष्यवाणीहरू बितेर जानेछन् भनेर बाइबलले बताएको त छ, तर प्रश्न उठ्छ, त्यो कहिले भयो त? यसको जवाफ एफेसी २:२० मा भेटिन्छ। यस पदले भविष्यवक्ताहरू र प्रेरितहरूलाई एउटै समूहमा समावेश गरेको छ र उनीहरूले मण्डलीको जग बसाल्ने काम गरेको हो भन्ने कुरा बताएको छ। उनीहरूले सुसमाचार प्रचार गरे, शुरुका मण्डलीहरू स्थापना गरे र परमेश्वरको प्रेरणा पाएर नयाँ नियम लेखे। तब उनीहरूले गर्नुपर्ने काम पूरा भयो। जग बलियो गरी बसालियो र उनीहरूको अब खाँचो रहेन। जसरी आज शुरुका जस्तै प्रेरितहरू एउटै छैनन्, त्यसरी नै आज ईश्वरीय प्रकाश प्राप्‍त गर्ने र प्रकाशित गर्ने भविष्यवक्ताहरू पनि छैनन्। यस अर्थमा "भविष्यवाणीहरू" "बितेर" गए।

एलेन ह्वाइटसित नयाँ नियमको जस्तै भविष्यवाणीको वरदान हुनै सक्दैनथ्यो किनकि प्रेरितहरू र भविष्यवक्ताहरू जब बितेर गए र बाइबल लेख्ने काम पूरा भयो त्यतिखेर भविष्यवक्ताको वरदान पनि बितेर गयो।

इसाई विश्वास प्रेरितहरूकै समयमा पवित्र जनहरूलाई एकैचोटि सदाका निम्ति सुम्पिएको थियो (यहूदा ३)। त्यसमा कुनै कुरा थपिनुहुन्न, त्यसलाई अदलबदल गरिनुहुन्न। बरु, त्यसैका निम्ति संघर्ष गरिनुपर्छ। "परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूफले सुसज्जित भई सिद्ध होओस्" (२ तिमोथी ३:१६-१७) भनेर पवित्र आत्माले आवश्यक सबै कुरा दिइसक्नुभएको छ। यस कुराले पूर्ण रूपमा दिइएको पवित्र-शास्त्रहरूलाई जनाइरहेको छ जसको अन्तिम पुस्तकको अन्तिम अध्यायमा आएर एउटा छाप लगाइएको पाइन्छ जसले परमेश्वरबाट कुनै नयाँ वा ताजा वचन पाएको छु भनेर दाबी गर्ने सबै मानिसहरूलाई त्यसो नगर्नालाई कडा चेताउनी दिँदछ (प्रकाश २२:१८-१९)।

के श्रीमती ह्वाइटले बाइबलमा भएका कुराहरूमा थप‍-थाप गर्ने काम गरिन्? प्रारम्भिक लेखहरू (Early Writings, पृष्ठ १४-२०), नाम गरेको उनको पुस्तकमा एउटै दर्शनमा उनले यी कुराहरू थप्ने काम गरिन्: येशूको केश मुन्द्रा मुन्द्रा परेको र कुमसम्मको छ र उहाँको तुरही चाँदीको छ भनेर उनले लेखिन्। स्वर्गसम्म उक्लन सात दिन लाग्छ भनेर उनले लेखिन्। रूखका फेदहरू पारदर्शी सुनले बनेको, फलचाहिँ सुन र चाँदीको मिश्रणले बेनको जस्तै देखिएको, चाँदी जस्तैले बनेका घरहरू, मोती जडिएका खम्बाहरू, सुनका तखताहरू, फुलैफूलका मैदानहरू, पखेटा भएका "स-सानाहरू" १,४४,००० का नाउँ कुँदिएका ढुङ्गाका पाटीहरू र धेरै माइल लामो चाँदीको टेबुलको वर्णन उनले गरेकी छन्।

परमेश्वरले शैतानलाई क्षमा प्रदानको प्रस्ताव राख्नुभयो (The Great Controversy, pp. 495-96), सर्पका पखेटा थिए (Spiritual Gifts, vol 3, pp. 39-40), हनोकको अनुहार ज्योतिर्मय थियो (Spiritual Gifts, vol. 3, p. 57), स्वर्गदूतहरू आफूसित सुनका पत्तीहरू (cards) बोक्छन् (Early Writings, p. 39) भनेर उनले लेखे।

एलेन ह्वाइटका दर्शनहरूले बाइबलका भविष्यवाणीहरूमा थप-थाप गर्ने काम गर्‍यो भन्ने कुरामा कुनै शङ्का छैन। यस युगका लागि बाइबललाई नै परमेश्वरको अन्तिम वचनको रूपमा स्वीकार नगर्नेहरूले झूटा दर्शनहरू र भविष्यवाणीहरू मार्फत अर्को वचन पाइरहनेछन्। सेभेन्थ-डे एड्भेन्टिस्टवाद यही ठूलो भ्रमको उपज हो।

५) एलेन ह्वाइटका भविष्यवाणीहरू पूरा भएनन्। व्यवस्था १८:२२ मा हेर्नुहोस्।

सेभेन्थ-डे एड्भेन्टिजम र एलेन ह्वाइटका लेखहरू (Seventh-day Adventism and the Writings of Ellen White) नाम गरेको पुस्तकमा जे. मार्क मार्टिन (J. Mark Martin) ले श्रीमती ह्वाइटले प्रकाशन गरेकी थुप्रै झूटा भविष्यवाणीहरूको अभिलेख राखेका छन् जसमा निम्न कुराहरू समेत उल्लेख छन्:

पुरानो यरूशलेम कहिल्यै पुनःनिर्माण हुनेछैन

"मैले यो पनि देखें, पुरानो यरूशलेम कहिल्यै पुनःनिर्माण हुनेछैन; अनि जम्मा पारिने समयका लागि प्रभुका सन्तानका मनहरूलाई यी कुराहरूतिर लैजान शैतानले आफूले भ्याएसम्म प्रयास गर्दैथियो" (Early Writings, p. 75)।

तर वास्तवमा, १९४८ मा इस्राएलको वर्तमान राष्ट्रको जन्म भएदेखि यता पुरानो यरूशलेम व्यापकरूपमा पुनःनिर्माण भएको छ।

सन् १८५६ मा बाँचिरहेका एड्भेन्टिस्टहरूले येशूको पुनःआगमन देख्नेछन्

मई १८५६ मा [अमेरिकाको] मिशिगन राष्ट्रको ब्याटल क्रिकमा भएको एउटा सभामा एलेन ह्वाइटले त्यहाँ उपस्थितमध्ये केही व्यक्तिहरू "येशूको आगमनको घडीमा बदली हुनका लागि संसारमा रहिरहनेछन्" (Testimonies for the Church, vol. 1, pp. 131-132)।

बेलायतले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्नेछ

"...बेलायतले जब युद्धको घोषणा गर्नेछ, तब सबै राष्ट्रहरूको आ-आफ्नै स्वार्थ पूरा गर्न चाहनेछ, अनि त्यहाँ व्यापक युद्ध र व्यापक गडबड हुनेछ। ...यो राष्ट्र [संयुक्त राज्य अमेरिका] धूलोसम्मै होच्च्याइनेछ" (Testimonies for the Church, vol 1, p. 259)।

तर वास्तवमा, बेलायतले युद्धको घोषणा गरेन र संयुक्त राज्य अमेरिका धूलोसम्मै होच्च्याइएन।


पृष्ठ संशोधन मिति: Sunday 27-Jun-10
WordofTruth.com.np © 2017