भिडियोहरू

ख्रीष्टिय भिडियोहरू - YouTube - Nepali Christian Videos

  • परमेश्वर र विज्ञान (God in Science) (52 min; 344 MB) - यस भिडियो प्रस्तुतिमा डा० शेम धरमपावलले भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र, भू-गर्भशास्त्र, खगोलशास्त्र, चिकित्साशास्त्र, आदि विद्याहरूमा कतिपय अनुत्तरित प्रश्नहरूको जवाफ बाइबलबाट दिनुहुन्छ र साथै प्रकृतिवाद र डार्विनको क्रमविकासवादलाई अखण्डनीय रूपमा चुनौती दिनुहुन्छ। डा० शेम धरमपावल (MD, FRCP) न्यूक्लियर मेडिसीनमा तालिमप्राप्त हुनुहुन्छ। उहाँले निम्न वैज्ञानिक पत्र-पत्रिकाहरूमा आफ्ना लेखहरू प्रकाशित गर्नुभएको छ: Journal of Parasitology, Journal of Rehabilitation, Clinical & Experimental Immunology, Virchow’s Archives र Journal of Medical Entomology.
  • नताशा - सङ्कष्टदेखि महिमा (Natasha) (33 min; 166 MB) - रोमानिया देशबाट एउटा सत्य कथा। रसियाले देशलाई कब्जा गर्‍यो र क्रूर नीति-नियमहरू बनायो। ख्रीष्टियानहरूलाई आफ्‍नो विश्वासको अभ्यास गर्ने कुनै स्वतन्त्रता दिइएको थिएन र उनीहरू निरन्तर नै खतरामा थिए। तर नताशा नाम गरेकी एउटी जवान साहसी स्त्री सरकारका नियमहरूलाई बेवास्ता गर्दै तिनको परमेश्वरको सेवा गर्नमा लागिरहिन्। त्यसपछि एकजना असल ख्रीष्टियान पुरुष उनको जीवन र हृदयमा आए। तर उनले प्रेम गरेकी त्यस पुरूषदेखि तिनलाई क्रूरतापूर्वक टाढा लगियो, ख्रीष्टियान सङ्गति र उत्साहबाट हटाइयो अनि निर्घात कुटपिट गरियो। के तिनको विश्वास दृढ रहला? के प्रेम दृढ रहला?
  • नरकको आगो (Fire of Hell) (16 min; 94 MB) - कति मानिसको विचारमा स्वर्ग र नरक यही पृथ्वीमा नै छन्। के यो सत्य हुन सक्छ र? नरक के हो र यो कहाँ छ? साथै नरक कस्तो छ र त्यस ठाउँमा को-को जाँदैछन्?

यी भिडियोहरू लाइटकास्ट प्रोडक्सन (LightCast Productions) का प्रस्तुति हुन्। उहाँहरूको अनुमतिले यी भिडियोहरू YouTube मा अपलोड गरी सार्वजनिक रूपमा उपलब्ध गराइएका हुन्। प्रकाशकको सम्पर्क ठगाना: P.O. Box 8973, NPC 649, Kathmandu, Nepal. nepalgoodnews.com - Ph. 9851055734, 9818399206