Rightly Dividing the Word of Truth
Dr. C.I. Scofield (1843-1921)
लेखकका बारेमा
स्कोफिल्ड, साइरस इन्गर्सन् (१८४३-१९२१), बाइबल अध्येता तथा लेखक, [संयुक्त राज्य अमेरिकाको] लेनवी काउन्टि, मिशिगनमा जन्मनुभई विल्सन काउन्टि, टेनसीमा हुर्काइनुभयो र निजी माध्यमद्वारा शिक्षा हासिल गर्नुभयो। उहाँले १८६१ देखि १८६५ सम्म जर्नल लीका मातहतमा रहनुभई गृह युद्धमा लड्नुभयो जसमा उहाँले उत्कृष्ट सेवा गर्नुभए बापत उहाँलाई कन्फेडरेट क्रस अफ अनरले आभूषित गरिएको थियो। उहाँले १८६९ मा क्यान्जस बारमा प्रवेश गर्नुभई, उहाँ क्यान्जस हाउस अफ रेप्रेजेन्टेटिभ्समा निर्वाचित हुनुभयो जहाँ उहाँले एक वर्ष सेवा गर्नुभयो। १८७३ मा राष्ट्रपति ग्र्यान्टद्वारा उहाँ क्यान्जसका युनाइटेड स्टेट्स न्यायअधिवक्ताको पदमा नियुक्त गरिनुभयो। १८६९ देखि १८८२ सम्म क्यान्जस र मिसूरीमा अधिवक्ताको रूपमा काम गर्नुभयो। ३६ वर्षको उमेरमा ख्रीष्टियन बन्नुभई उहाँ १८८२ मा कन्ग्रगेशनल सेवाकार्यमा नियुक्त गरिनुभयो र फर्स्ट चर्च, ड्यालस, टेक्सासमा १८८२-१८९५ मा र फेरि १९०२-१९०७ मा र मूडी चर्च, नोर्थफिल्ड, म्यासाचूसेट्समा १८९५-१९०२ मा पास्टरीय सेवामा लाग्नुभयो। उहाँले आफ्ना आखिरी वर्षहरू अटलान्टिकको दुवैतर्फ बाइबलीय विषयहरूमा शिक्षा दिने काममा बिताउनुभएको थियो। उहाँको सबभन्दा स्मरणयोग्य कृतिचाहिँ डिस्पेनसेशनल प्रिमलेनियल दृष्टिकोणका टिप्पणीहरू समावेश गरिएका १९०९ को स्कोफिल्ड रेफरेन्स बाइबल हो (साभार: विक्लिफ बायोग्राफिकल डिक्शनरी अफ द चर्च, मूडी प्रेस, शिकागो, इलिनोइ, १९८२, एलजीन एस. मोयेर, पृष्ठ ३६२)।