खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

Doctrine

खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

द्रष्टव्य: ख्रीष्टको दोस्रो आगमन बास्तवमा दुइटा चरणमा सम्पन्न हुनेछ: १) मण्डलीको र्‍याप्चर (उठाइने कार्य) अर्थात् जब आफ्नो मण्डलीलाई लिनलाई ख्रीष्ट हावामा आउनुहुनेछ (१ थेस्सलोनिकी ४:१३-१८) अनि विश्वासीहरूलाई स्वर्गमा पुर्‍याउनुहुनेछ (यूहन्ना १४:१-३; फिलिप्पी ३:२०)। उक्त घटना कुनै पनि घडी हुन सक्नेछ। त्यसको लगत्तै पछि दानियलको ७० औं हप्‍ता भनेर जनाइने सात-वर्ष लामो एउटा कालखण्ड हुनेछ जसको आखिरी साँढे तीन वर्षको अवधिलाई महासङ्कष्टकाल भनिन्छ (दनियल ९:२७; मत्ती २४:२१,२९)। २) प्रभु येशू ख्रीष्ट महासङ्कष्टकालको अन्तमा पृथ्वीमा आउनुहुनेछ र संसारको न्याय गर्नुहुनेछ र आफ्नो हजार वर्षको राज्यलाई स्थापित गर्नुहुनेछ (मत्ती २४:२९-३०; प्रकाश १९ र २०)।

  1. प्रभु येशूले आफ्ना चेलाहरूलाई के को प्रतिज्ञा गर्नुभयो (यूहन्ना १४:३)? __________________________________________
  2. हरेक ख्रीष्टियनले कुन कुराको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३; फिलिप्पी ३:२० र २ तिमोथी ४:८)? ______________________ ______________________________
  3. कुनचाहिँ घटना भएपछि मण्डलीले मान्दै आएको प्रभु भोजको विधि मान्ने क्रम समाप्‍त हुनेछ (१ कोरिन्थी ११:२६)? ______________ ___________________________
  4. उक्त घटना कत्तिको चाँडो घट्नेछ (१ कोरिन्थी १५:५२)? _______ _____________________________________
  5. आफ्नो मण्डलीलाई लिनलाई प्रभु येशू ख्रीष्ट आउनुहुने घटनाचाहिँ –
    1. _____ धन्य आशा हो
    2. _____ सान्त्वना दिने आशा हो
    3. _____ शुद्ध पार्ने आशा हो
    क) १ थेस्स ४:१३-१८; यू १४:१-३
    ख) १ यूहन्ना ३:२-३
    ग) तीतस २:१३
  6. संसारमा बाँचिरहेका सबै मानसिहरूलाई जाँच्नका निम्ति आउने परीक्षाको घडी (क्रोधको दिन) अर्थात् सङ्कष्टकालभन्दा अगाडि नै मण्डली संसारबाट लगिनेछ (र्‍याप्चर गरिनेछ) भन्ने कुरा जनाउने एउटा पदलाई प्रकाशको तेस्रो अध्यायमा के तपाईंले भेट्टाउन सक्नुहुन्छ?
    प्रकाश अध्याय ३ को पद ______
  7. जोडा मिलाउनुहोस्:
    1. _____ मण्डलीको र्‍याप्चर अर्थात् आफ्ना विश्वासी जनहरूलाई स्वर्गमा लैजानलाई येशू फेरि आउनुहुने दिन
    2. _____ महासङ्कष्टको समय अर्थात् संसारले भोग्नुपर्ने सबैभन्दा ठूलो सङ्कष्ट र कठीनाइको समय
    3. _____ ख्रीष्टको दोस्रो आगमन अर्थात् (सङ्कष्टको समय पछाडि) राजाहरूको राजाको रूपमा येशू संसारमा आउनुहुने समय
    4. _____ ख्रीष्टको हजार वर्षको राज्य
    क) मत्ती २४:२९-३१;
    प्रकाश १९:११-१६
    ख) मत्ती २४:१५-२१;
    दनियल १२:१; यर्मिया ३०:७
    ग) प्रकाश २० अध्याय
    घ) १ थेस्सलोनिकी ४:१३-१८;
    यूहन्ना १४:३

परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टले सबै कुराहरूको सृष्टि गर्नुभयो। उहाँ सारा संसारमाथि राज्य गर्नलाई फेरि आउनुभएपछि उहाँ जसरी हुनुहुन्थ्यो र हुनुहुन्छ त्यसै गरी उहाँ नै प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुनेछ जुन कुरालाई सारा संसारले जान्नेछ, त्यो प्रत्यक्ष हुनेछ।

Print Friendly, PDF & Email