केटो कसरी बेइमानी बन्न सिक्यो

“उत्तम, तिमीले बिलको हिसाब चेक गर्‍यौ?” “हजुर, चेक गरें, सर।” “हिसाबमा कुनै गल्ती छ?” “मैले दुइटा गल्ती भेटें, सर।” “ए हो? लेऊ त, म हेर्छु।” केटोले आफ्‍नो मालिकको हातमा एउटा लामो हिसाब-किताबको कागत थमायो जुन चाहिँ जाँच्नको लागि उसको डेस्कमा छोडिएको थियो।

के मान्छे बाँदरबाट आएको हो?

आज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवादले धेरैलाई भ्रममा पारेको छ। बाइबलको सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो”, आदि इत्यादि।

भिडियो गेमबाट छुटकारा – एक गवाही

गेम भनेपछि मलाई अरू केहि पनि चाहिदैनथ्यो – निन्द्रा, भोक, मेरो परिवार, आफन्त, साथीहरू – केहि पनि। बस, मलाई गेम भए पुग्थ्यो। अनि यो गेममा म यति डुबिसकेको थिएँ कि म यसबाट कहिले निस्कन सक्दिनथिएँ। वास्तवमा म निस्कन पनि चाहन्न थिएँ किनभने मलाई ज्यादै मन पर्थ्यो यो। अनि आफूलाई मन पर्ने कुरा छोड्न गाह्रो हुन्छ।

भूमिगत चिहानहरू र एकान्त वास

के तपाईंले कहिल्यै भूमिगत चिहानको बारेमा सुन्नुभएको छ? भूमिगत चिहानहरू भनेको मानिसहरूलाई गाड्न जमिनमुनि खोपेर सुरुङ्ग जस्तो बनाइएको ठाउँहरू हुन्। यस्ता चिहानहरू संसारका विभिन्न ठाउँहरूमा पाइन्छ तर बढी प्रख्यात चिहानहरू रोममा पाइन्छन् र हामीले यस पाठमा त्यहीँका चिहानहरूको अध्ययन गर्नेछौं।

अचम्मको कुखुरा

कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छर त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन।

इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्। तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्।

SUBSCRIBE

नयाँ लेख, भिडियो, अडियो लगायत नयाँ सामग्रीका बारेमा जानकारी पाउनलाई आफ्‍नो इमेल पठाउनुहोला।