इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्। तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्।

पिकनिक जाने कमिला

महान् राजा सुलेमानले दुईओटा अवसरमा त्यो सानो कमिलातिर हाम्रो ध्यान आकर्षण गरेका छन् यस हेतुले कि हामीले त्यसबाट केही शिक्षारूपी फाइदा उठाउन सकौं। हितोपदेश ६:६ मा उनले लेख्छन्, “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।" अलि पछि गएर त्यही पुस्तकमा उनले लेख्छन्, “कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्म ऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्" (हितोपदेश ३०:२५)। यी बुद्धिमान र असल राजाले हामीलाई एउटा विद्यालयको विद्यार्थी जस्तो बनेर कमिलाकहाँ जान सल्लाह दिएकाले हामी एकछिन त्यसै गरौं।

छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्? आफ्‍ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्? के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ? के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्? के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?

ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ; अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै पनि ढलेको छैन” (Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र ठीक त्यसअघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै कुरा जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith).

कोरोनाभाइरसका असल र अनौठा खबरहरू

अहिले कोभीड–१९ सङ्कटकाल चल्दैछ र आर्थिक समस्याहरू बढ्दैछन्, तर अझै पनि असल खबर प्रशस्तै छन्। इन्फ्लूएञ्जा (कडा रूघा) को तुलनामा कोभीड–१९ अझै पनि सानै कुरा रहेको छ। इन्फ्लूएञ्जा द्वारा अमेरिकामा मात्र अक्टोबरदेखि यता ३ कोरोड ६० लाख देखि ५ करोड १० लाख मानिस सङ्क्रमित भए, ५ लाख जति अस्पताल भर्ना भए र २२,००० देखि ५५,००० मरे (“Influenza Preliminary In-Season 2019-2020,” Centers for Disease Control, सीडीसी)।

गैरजिम्मेवार, लोलुप मिडियाद्वारा परिचालित विश्वव्यापी त्रास

कोरोनाभाइरस प्रकोपको सेरोफेरोमा देखिएको विश्वव्यापी त्रासको अत्यधिक प्रतिक्रियालाई विचार गर्दा यो छक्कलाग्दो छ। दुई राष्ट्र क्वारेन्टीन गराइए। महत्त्वपूर्ण कार्यक्रमहरू स्थगित गरिए – त्यस्ता ठाउँमा जहाँ कोरोनाभाइरस नै छैन! एअरलाइनहरू टाट पल्टिँदैछन्। होटलहरू रित्तिँदैछन्। सीमानाहरू बन्द गरिँदैछन्। शेयर बजार डुब्दैछ। (वारेन बफेट भन्छन् यो लगानी गर्ने समय हो!)

गर्भपतन

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

आयुर्वेदिक औषधिदेखि सावधान्!

अधिकांश ख्रीष्टियनहरू आयुर्वेदिक वैद्यहरूको सहायता खोज्छन्, विशेष गरी दक्षिण एसियामा। तर यो खतरापूर्ण चिकित्सा हो। ब्लड क्यान्सर (leukemia) बाट पीडित एकजना जवानको घटनालाई विचार गर्नुहोस्। स्वास्थ्य चिकित्सकहरूले सकेसम्म उसको रोग निको पार्ने हेतुले आधुनिक औषधिहरू दिन चाहेका थिए, तर ...

SUBSCRIBE

नयाँ लेख, भिडियो, अडियो लगायत नयाँ सामग्रीका बारेमा जानकारी पाउनलाई आफ्‍नो इमेल पठाउनुहोला।