रोम पुग्ने पुलका निर्माण

एक पर्यवेक्षकले यसलाई "गत ५०० वर्षको मण्डली इतिहासकै सबैभन्दा उल्लेखनीय घटना"1 भन्ने संज्ञा दिए। एउटा घोषणा-पत्रमा हस्ताक्षर गर्ने काम भएको थियो जसको शीर्षक थियो "इभान्जेलिकल तथा क्याथोलिक एकता: तेश्रो सहस्राब्दीमा इसाई लक्ष्य" (Evangelicals and Catholics Together: The Christian Mission in the Third Millennium)। यसमा दुवै इभान्जेलिकल तथा रोमन क्याथोलिक अगुवाहरू संलग्न भएका हुनाले उक्त घोषणा-पत्र बास्तवमै स्मारकीय थियो। आ-आफ्ना "अस्त्र बिसाई" मेलमिलाप गर्न र शताब्दियौंदेखिको महत्त्वपूर्ण शिक्षागत भिन्नताहरूलाई पन्छाएर अबदेखि प्रतिद्वन्द्वीका रूपमा नभई एउटै "टीम" का मित्रका रूपमा सहकार्य गर्नका लागि मुख्य प्रवक्ताहरूको संयुक्त प्रयासबाटको अभिव्यक्ति भएको हुनाले सन् १९९४ मार्च २९ मा न्यु योर्कमा हस्ताक्षरित उक्त अभिलेख सर्वाधिक महत्त्वको एक्युमेनिकल दस्तावेज थियो।

हस्ताक्षर गर्ने को-को थिए?
उक्त दस्तावेजका प्रमुख रचयितामध्ये ख्यातिप्राप्‍त लेखक तथा भूतपूर्व लुथरन ईश्वर-शास्त्री रिचार्ड जन न्युहास् (Richard John Neuhaus) एक थिए। करिब चार वर्ष अघि उनले आफ्नो मत परिवर्तन गरी रोमन क्याथोलिक चर्चसँग आवद्ध बनेका घटनाले इभान्जेलिकल अखबारहरूको अघिल्लो पन्ना ओगटेको थियो। आफ्नो दल बदलको बारेमा बताउँदै न्युहास्‌ले भने, "सोह्रौं शताब्दीमा विश्वासद्वारा धर्मीकरण हुन्छ भन्ने कुराको घोषणा गर्ने उद्देश्यले बाध्य तुल्याएको विभाजनको अब औचित्य छैन।"

न्युहास्‌का साथै अन्य इभान्जेलिकल लब्धप्रतिष्ठितहरूले उक्त दस्तावेजमा हस्ताक्षर गरे जसमध्येका केही नाम यस प्रकार छन्:

दस्तावेजमा के थियो?
उक्त दस्तावेजले सकभर धेरैलाई, विशेष गरी रोमन क्याथोलिकहरू, इस्टर्न अर्थडक्स (Eastern Orthodox) काहरू र इभान्जेलिकल घेराबाहिरका प्रोटेस्टेन्टहरूलाई समेट्नका निमित्त "ख्रीष्टियन" शब्दको परिभाषालाई फराकिलो पार्ने प्रयास गरेको छ। तरैपनि मूलरूपमा यो रोमन क्याथोलिकहरू र इभान्जेलिकलहरू बीचको सम्बन्धको विषयमा केन्द्रित छ। ती दुईबीचका फाटोमा यसले अफसोस मानेको छ र क्याथोलिक/इभान्जेलिकल द्वन्द्वलाई स्थगित गर्ने प्रस्ताव ल्याएको छ।

रोमन क्याथोलिकहरू इभान्जेलिकलहरू जस्तै साँचा विश्वासी हुन् भन्ने दृष्टिकोणको प्रतिवादमा दुवै समूहले अपसल्स्‌ क्रिड (Apostle's Creed) लाई स्वीकार गर्छन् भन्ने तर्कलाई अघि सारिएको छ। अपसल्स्‌ क्रिडको स्वीकार गराइले एक व्यक्तिलाई कसरी ख्रीष्टियन बनाउँदछ भन्ने कुराको स्पष्टिकरण दिइएको छैन। जतिसुकै सही किन नहोस्, तर कुनै पनि मत (creed) को दिमागी स्वीकारले एउटै आत्मालाई बचाउन सक्दैन।

यस दस्तावेजले "भेडा चोर्ने" कामको विरुद्धमा चेताउनी दिएको छ। यसले भन्छ, "एउटा इसाई समुदायले अर्को इसाई समुदायका सक्रिय अनुयायीहरूका बीच आस्था बदल्न लगाउने काम गर्नु ईश्वर-शास्त्रीय दृष्टिकोणमा न्यायसङ्गत होइन न ता स्रोत-साधनको बुद्धिमानी प्रयोग नै हो।" अर्को शब्दमा भन्दा, अबदेखि उसो हामीले आफ्ना रोमन क्याथोलिक छिमेकीहरूलाई ख्रीष्टमा ल्याउन गरिने संयुक्त र यत्‍नपूर्वक प्रयासलाई त्याग्नुपर्छ। तिनीहरू इसाई भइसकेका हुनाले किन टाउको दुखाउने? सुसमाचारको प्रचार र विश्वव्यापी मिसनमाथि यस्तो धारणाले कहाँसम्म असर पार्ला भन्ने कुरा सजिलै देख्‍न सकिने कुरा हो।

दुवैले अनुग्रहले मुक्ति पाइन्छ भनेर विश्वास गर्छन् भन्ने आधारमा इभान्जेलिकलहरू र रोमन क्याथोलिकहरूले एक अर्कालाई स्वीकार गर्न र आपसमा सङ्गति गर्न सकिने भन्ने कुराको समर्थन गरिएको छ। परन्तु, एउटा क्याथोलिकले 'अनुग्रह' भन्नाले रोमद्वारा नियमपूर्वक नियुक्त भएको पुजाहारीद्वारा प्रदान गरिने रोमन क्याथोलिक संस्कारहरू (sacraments) को माध्यमद्वारा प्राप्‍त हुने ईश्वरीय अनुग्रह हो भनेर विश्वास गर्दछ। अनुग्रहको इभान्जेलिकल (अर्थात् बाइबलीय) धारणा भने अनर्जित निगाह (unmerited favor) हो जुनचाहिँ केवल विश्वासद्वारा मात्र प्राप्‍त गरिन्छ। यी दुई धारणाबीच अतिठूलो भिन्नता छ।