- परमप्रभुको डर मान्ने र नमान्नेहरू (अडियो)
- प्रकाश १६ अध्याय (अडियो)
- दोस्रो अवसर दिनुहुने परमेश्वर (प्रवचन भिडियो)
- धार्मिकताका निम्ति दु:ख भोग्नुपर्दा (प्रवचन भिडियो)
- भौतिक धन रोज्ने कि आत्मिक धन? (प्रवचन भिडियो)
- पति आफ्नी पत्नीसित बुद्धिमानीसाथ बस्नुपर्छ; पारस्परिक साँचो ख्रीष्टियान मनोभाव (प्रवचन भिडियो)
- यस अशुद्ध संसारमा प्रभुमा शुद्धतातिर जाने बाटो (प्रवचन भिडियो)
- हाम्रा काँडाहरूबाट परमेश्वरले के सिकाउन चाहनुहुन्छ? (प्रवचन भिडियो)
- परमेश्वरले भलाइ गर्न समस्या प्रयोग गर्नुहुन्छ (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीले अख्रीष्टियान पतिलाई कसरी जित्नुपर्छ? (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीको बाहिरी सिँगार (अडियो)
- ख्रीष्टियान पत्नीको भित्री सिँगार (प्रवचन भिडियो)
नरक
नरक, परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरूका लागि बनाइएको दण्ड-स्थान र कारागार हो। यो ठाउँ शैतान र त्यसका विद्रोही दूतहरूका निम्ति तयार पारिएको थियो (मत्ती २५:४१)। मुक्ति नपाएका मानिसहरू पनि त्यहीँ जानेछन् (मत्ती २५:४१-४६)। पुरानो नियममा प्रयोग गरिएको नरक (शिओल)भन्ने शब्दका दुईटा माने छन्। कुनै-कुनै ठाउँमा यसले मृतकको शरीर विसाइएको स्थान [अथवा चिहान] लाई जनाउँदछ (भजनससङ्ग्रह ६:५; उपदेशक ९:१०; यशैया ३८:१८,१९)। तर, प्रायः यसले [शरीरबाट] विदा भएका आत्माहरू जाने ठाउँलाई जनाउँदछ (उत्पत्ति ३७:३५; व्यवस्था ३२:२२; भजनसङ्ग्रह ९:१७; १६:१०; ५५:१५; ३०:३; हितोपदेश ९:१८; १५:२४; २३:१४; यशैया ५:१४; १४:१५; इजिकिएल ३१:१६; ३२:२१,२७)।
नरक कस्तो स्थान हो?
- दण्डको स्थान (मत्ती २५:४६)
- निर्वासनको स्थान (२ थेस्सलोनिकी १:९)
- आगोको स्थान (मत्ती १३:४२,५०; मर्कूस ९:४४-४८; प्रकाश २०:१५; १४:१०)
- पीडाको स्थान (लूका १६:२३; प्रकाश २०:१०)
- किराहरूको स्थान (मर्कूस ९:४४,४६,४८; यशैया ६६:२४)
- अन्धकारको स्थान (२ पत्रुस २:१७; यहूदा १३)
- चेतना र संवेदनाको स्थान (लूका १६:२३)
- तिर्खाको स्थान (लूका १६:२४)
- उम्कने आशा नभएको स्थान (लूका १६:२६)
- अपूरा अभिलाषाहरू हुने र विन्तीका सुनाइ नहुने स्थान (लूका १६:२७-३१)
- रूवाबासी र दाह्राकिटाइको स्थान (मत्ती २५:३०; २४:५१)
- पछुतो लागिरहने स्थान (लूका १६:२७-२८)
नरकमा के के हुनेछैन?
निम्न कुराहरू नरकमा हुनेछैन: परमेश्वर, बाइबल, ख्रीष्टियनहरू, भजनहरू, आफ्ना साथी तथा प्रियजनहरूसँगको सङ्गति, उज्यालो, उम्कने आशा, प्रेम र दया, सुख, सान्त्वना, सुसमाचारको प्रचार, विश्राम, दुख्ने कम गराउने औषधी, पुस्तकहरू, पशुपक्षीहरू, पैसा, मनोरञ्जन, स्वतन्त्रता, रोजाइ, सहानुभूति, खेलकूद, आशा, कृपा।
के दुष्टहरू नरकमा अस्तित्वहीन भई जानेछन्?
- पापीले नरकमा अनन्तसम्म कष्ट भोग्नेछ भन्ने कुरा बाइबलका सरल खण्डहरूले बताउँदछन् (मत्ती २५:४६; मर्कूस ९:४३-४८; प्रकाश १४:१०-११; १९:२०; २०:१०)
- मुक्ति नपाएकाहरूको दण्ड बल प्रयोग गरी मारिनुभन्दा पनि कडा हुनेछ भनेर बाइबलले बताउँछ (मर्कूस ९:४२)। यस कुराले उक्त दण्ड अनन्त पीडा हो भन्ने बुझिन्छ, अस्तित्वहीन भएर जानु होइन।
- येशूले भन्नुभयो, यहूदा कहिल्यै नजन्मेका भए बरू उसका लागि असल हुनेथ्यो (मत्ती २६:२४)। यहूदाको अस्तित्व यदि अन्त हुनेथ्यो भने येशूको भनाइ अर्थहीन हुनेथ्यो।
साभार: Way of Life Encyclopedia of the Bible & Christianity (1993), Edited by David W. Cloud.