पवित्र आत्माको ईश्वरत्व
पाठ २ — पवित्र आत्माको ईश्वरत्व १) पवित्र आत्मा परमेश्वर हुनुहुन्छ किनभने बाइबलमा पवित्र आत्मालाई परमेश्वरसँग बराबर गरिएको छ। प्रेरित ५:१-५ पढ्नुहोस्। हनानिया र सफिराको पाप के थियो? आफ्नो सम्पत्ति बेचेर केही पैसा आफ्नै निम्ति राख्नु अनि मण्डलीलाई पूरै पैसा दिएको जस्तो गर्नु। पैसाको केही हिस्सा आफ्नो निम्ति राखेकोमा पत्रुसले उनीहरूलाई दोष लगाएका होइनन्। […]