खण्ड १३ – विधिहरू

Doctrine

खण्ड १३ – विधिहरू

  1. निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक अंशमाथि धर्सो तानेर पदलाई सच्च्याउनुहोस्:
    यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन त्यसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्‍तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” “तब शैतान आउँछ, र तिनीहरूले विश्वास नगरून् र बप्तिस्मा नलेऊन् र मुक्ति नपाऊन् भनी तिनीहरूका हृदयबाट वचन लैजान्छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्‍तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।” १ कोरिन्थी १:२१ — “प्रचारको मूर्खताद्वारा विश्वास गर्ने र बप्तिस्मा लिनेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो” (पद १३-१७ सित तुलना गर्नुहोस्)।
    उपर्युक्त पदहरूको आधारमा निम्नमध्ये ठीक भनाइलाई चिन्ह लगाउनुहोस्: क) मुक्ति पाउनलाई बप्तिस्मा मात्र आवश्यक पर्छ ख) मुक्ति पाउनलाई दुवै विश्वास र बप्तिस्मा आवश्यक पर्छ ग) मुक्ति पाउनलाई केवल विश्वासमात्र आवश्यक पर्छ
  2. प्रेरित २:४१, प्रेरित १०:४३-४८ र प्रेरित १६:३०-३४ पढ्नुहोस्। यी पदहरूलाई विचार गर्नुभएपछि तलको सूचीलाई ठीक क्रमसङ्ख्या (१,२,३,४) दिनुहोस्:
    ____ उनीहरूले बप्‍तिस्मा लिए
    ____ उनीहरूले मुक्ति पाए
    ____ उनीहरूले परमेश्वरको वचन सुने (सुसमाचार सुने)
    ____ उनीहरूले ख्रीष्टमाथि विश्वास गरे
  3. ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाउनलाई लिइने कार्य हो
    ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने कार्य हो ठीक कि बेठीकआफ्नो मुक्तिदाताको आज्ञापालन गर्नलाई एउटा मुक्ति पाएको व्यक्तिले गर्न सक्ने सबभन्दा पहिलो कुरामध्ये एउटाचाहिँ बप्तिस्मा हो (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
  4. प्रेरित ८:३६-३७ अनुसार कसैले बप्तिस्मा लिनुभन्दा अगाडि उसले के गर्नु आवश्यक छ? ________________________________। यसले हामीलाई बच्चालाई “बप्तिस्मा” दिने अभ्यासको बारेमा के सिकाउँछ? _________________________________________
  5. ठीक कि बेठीक पानीको बप्तिस्मा विश्वासी जन ख्रीष्टसँगै उहाँको मृत्यु, दफन र बौरिउठाइमा सम्मिलिकरण गरिएको (एकै बनाइएको) कुराको चित्रण हो (रोमी ६:३-६ र कलस्सी २:१२)।
    द्रष्टव्य: रोमी ६:३-६; कलस्सी २:१२ ले एक व्यक्तिले मुक्ति पाएकै घडी उसलाई हुने कुराको बयान गर्दछ। सबै नै विश्वासीहरूको सवालमा यो साँचो हुन्छ। पानीको बप्तिस्मा यही बास्तविकताको चित्रणछायाँ हो।
  6. आफू विश्वासी भएको दाबी गर्ने तर बप्तिस्मा लिनू भन्ने प्रभुको आज्ञालाई पालन नगर्ने व्यक्तिको सवालमा त्यहाँ केही न केही समस्या छ भन्न सकिन्छ (१ यूहन्ना २:३-४)? __________________
  7. प्रभु भोज अथवा रोटी भँचाइको विधि कसले स्थापना गर्नुभएको हो (मत्ती २६:२६-२८)? ____________________________
  8. मत्ती २६:२६-२८ अनुसार रोटीचाहिँ ____________________ को चित्रण हो र कचौराचाहिँ ___________________ को चित्रण हो।
  9. मानौं कसैसँग आफ्नो पत्‍नीको फोटो छ। एक दिन उसले त्यसलाई आफ्नो कुनै मित्रलाई देखाउँदै भन्दछ, “हेर, यो मेरो पत्‍नी हो।” त्यसको मतलब के हो? अवश्य नै कागतको उक्त सानो टुक्रा नै उसको पत्‍नी हो भन्न खोजिएको होइन। उसले बास्तवमा भन्न खोजेको कुरा यो हो, “यसले मेरो पत्‍नीलाई दर्शाउँछ। यो मेरो पत्‍नीको फोटो हो। जब तिमीले यो फोटोलाई हेर्छौं तब तिमीले मेरो पत्‍नीको विचार गर्नेछौ।”
    “यो मेरो शरीर हो” भन्नुहुँदा र “यो मेरो रगत हो” भन्नुहुँदा प्रभुको भनाइको मतलब के थियो? __________________________________________________ __________________________________________________
  10. १ कोरिन्थी ११:२४-२५ पढ्नुहोस्। हामीले प्रभु भोज लिँदा हामीले—
    1. ख्रीष्टलाई क्रूसमा टागिरहेका हुन्छौं
    2. ख्रीष्टको बास्तविक शरीर र रगतलाई लिइरहेका हुन्छौं
    3. ख्रीष्टलाई र उहाँले हाम्रो लागो क्रूसमा गरिदिनुभएको कुराको सम्झना गरिरहेका हुन्छौं
    4. रोटीबाट लिएर र कचौराबाट पिएर आफूलाई पवित्र पारिरहेका हुन्छौं।
  11. प्रभु भोज लिँदा हामीले कुनचाहिँ महान् ऐतिहासिक घटनाको विचार गर्नुपर्छ (१ कोरिन्थी ११:२६)? __________________________ _______________________। यही पदअनुसार हामी कुनचाहिँ महान् घटनाको प्रतिक्षा गरिरहेको हुनुपर्छ? __________________ ________________________________________

ख्रीष्टमा भएको उनीहरूको नयाँ जीवनको गवाहीस्वरूप विश्वासीहरूले बप्तिस्मा लिनुपर्दछ। येशू उनीहरूको जीवनको मुक्तिदाता र प्रभु हुनुहुन्छ भन्ने कुराको गवाहीस्वरूप विश्वासीहरूले प्रभु भोज लिनुपर्छ।

Print Friendly, PDF & Email