आफुलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्न गर – एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक-ठीकसँग छुट्ट्याउँछ” (२ तिमोथी २:१५)
बाइबललाई अक्षरशः अर्थमा लिइनुपर्छ। भाषालाई सामान्यतया र स्वाभाविक रूपमा त्यसरी नै बुझिने गरिन्छ। हो, बाइबल लेखकहरूले कतिपटक अलङ्कारयुक्त भाषा प्रयोग गरेका हुन्छन् जुनचाहिँ शाब्दिक सत्यतालाई सजीव तरिकाले वर्णन गर्ने एउटा सामान्य साथै सुन्दर तरिका हो। बाइबललाई भाषाको स्वाभाविक प्रयोग, शब्दहरूको प्रचलन, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि, सन्धर्भ र बाइबलको समग्र शिक्षाको आधारमा बुझिनुपर्छ (२ तिमोथी २:१५)।
सबभन्दा त एउटा विश्वासीले बाइबलको अध्ययन पूर्ण रूपमा सत्यको आत्माको सहारामै गर्नुपर्छ। ख्रीष्टलाई प्रकट गर्ने र विश्वासी जनहरूका मन तथा हृदयहरूलाई प्रदीप्त पार्ने काम उहाँकै हो (यूहन्ना ५:३९; १६:१३-१५; १ कोरिन्थी २:९-१६)।
एउटा शारीरिक अर्थात नयाँ जन्म नपाएको व्यक्तिले परमेश्वरको वचनलाई बुझ्नै सक्दैन, यसको ठीक अर्थ जान्नै सक्दैन। परमेश्वरका कुराहरू उसका लागि मूर्खता हुन्छन्, उसले ती जान्न सक्दैन (१ कोरिन्थी २:१४), उसको मन अन्धा पारिएको हुन्छ (रोमी ३:११; २ कोरिन्थी ४:३-४)।
- सत्यको वचनलाई ठीक-ठीकसँग छुट्ट्याऊ – सी. आइ. स्कोफिल्डद्वारा लिखित उत्कृष्ट रचना Rightly Dividing the Word of Truth को नेपाली अनुवाद
- प्रबन्धहरू – मानव इतिहासका विभिन्न समयावधिहरूका बीच केही महत्त्वपूर्ण अन्तरहरू रहेको कुरा बाइबल पढ्दै जाँदा थाहा गरिन्छ। सृष्टिको शुरुआतको समय, मानिसले पाप गरेपछिको समय, जलप्रलयपछिको समय, भाषाहरूको शुरुआतपछिको समय, इस्राएलको बोलावट भएपछिको समय, व्यवस्थाको समय, प्रभु येशू ख्रीष्ट आउनुभएपछिको समय, वर्तमान अनुग्रहको समय, भविष्यको समय — तिनलाई सही तरिकाले व्याख्या गरिएन भने बाइबल अध्ययन अन्योलग्रस्त बन्छ। हामीले कुनै सम्प्रदाय, व्यक्ति आदिको घेराभित्र नबाँधिईकन बाइबललाई आफै बोल्न दिनु पर्छ (हेर्नू: प्रेरित १७:११)।
- बाइबल अर्थ प्रकाशनका चार चाबी सिद्धान्तहरू – एक वर्षे चेलापन पाठ्यक्रमको एक पाठ
- आधारत्मक बाइबल शब्दावली – भाग १ – एक वर्षे चेलापन पाठ्यक्रमको एउटा पाठ
- आधारत्मक बाइबल शब्दावली – भाग २ – एक वर्षे चेलापन पाठ्यक्रमको एउटा पाठ