“उहाँको सत्यतालाई निरन्तरता दिने एउटै उपाय हो पथभ्रष्टता र सम्झौताको हरेक रूपबाट अलग रहनु। यस आधारभूत तथ्यलाई मान्न अस्वीकार गर्नु नै इभान्जेलिकल एकतावाद (evangelical ecumenism) लगायत अनेक रूपमा देखिने आधुनिक धार्मिक एकतावादको घातक भूल हो। सम्झौताद्वारा सत्यतालाई निरन्तरता दिन सकिन्न साथै अलगपनताबिना सम्झौताबाट उम्कन सकिन्न। मूलतः परमेश्वरको वचनकै शिक्षाहरूबाट साथै “यस संसारको देव” का सामु पतित मानव स्वभावको निर्बलताको शताब्दियौंदेखिको खेदजनक अनुभवबाट समेत परमेश्वरका जनहरूले पत्ता लगाएको सुत्र यही नै हो।”

– डा. जोन सी. ह्विटकोम्ब (सन् १९२४-२०२०)

“सहिष्णुता विश्वासघाती खालको पनि हुन सक्छ। मिलाप पक्षघाती खालको पनि हुन सक्छ। त्यस्तो घडीमा मण्डलीले सम्झौताको आधारमा उनको काममा सहचारिता खोज्नेलाई हुँदैन भन्नैपर्छ। यस प्रकारको अलगपनताले मण्डली बहिष्कृत हुनु पर्ला, सतावट खेप्नुपर्ला तर यसले मण्डलीलाई शक्तिशाली र प्रभावशाली राख्‍दछ। आज शहर-शहरमा परमेश्वरको मण्डली वर्तमान युगको सिद्धान्तदेखि अलग, सांसारिक शिक्षा प्रणालीका भौतिकवादी दर्शनहरूदेखि अलग रहँदै, सतावट र बहिष्कारको बाबजुद पनि केवल ख्रीष्टको सर्व-पर्याप्‍तताको, उहाँको मुक्तिको पूर्णताको गवाही दिन सक्ने भएको भए, आफ्नो दुःखको घडीमा र देशव्यापी खाँचोको घडीमा जनताले मण्डलीकै बाटो हेर्ने थिए। मानिसहरू आज मण्डलीतिर हेर्दैनन् किनकि उनले आफ्नै प्रभावलाई सम्झौताले नष्ट पारिसकिन्।”

– डा. जी. क्याम्पबेल मोर्गन (सन् १८६३-१९४५)