पवित्र आत्माद्वाराको बप्तिस्मा र पवित्र आत्माको भरपूरी

पवित्र आत्माद्वाराको बप्तिस्मा र पवित्र आत्माको भरपूरी

 

एक तुलनात्मक अध्ययन तालिका

बप्तिस्माभरपूरी
परिभाषा: पवित्र आत्माद्वाराको बप्तिस्मा परमेश्वरको त्यो कार्य हो जसद्वारा एउटा विश्वासी येशू ख्रीष्ट भित्र र उहाँको शरीर अर्थात् मण्डलीभित्र गाभिन्छ (१ कोरिन्थी १२:१३ र गलाती ३:२७)।परिभाषा: पवित्र आत्माको भरपूरी परमेश्वरको त्यो कार्य हो जसमा उहाँले समर्पित, आश्रित, र प्रयोग-योग्य विश्वासीलाई भर्नुहुन्छ, नियन्त्रण गर्नुहुन्छ र समर्थ तुल्याउनुहुन्छ (एफेसी ५:१८)।
बप्तिस्माचाहिँ विश्वास गरिनुपर्ने एउटा तथ्यको रूपमा बताइएको छ (१ कोरिन्थी १२:१३; गलाती ३:२७)।भरपूरीचाहिँ पालन गरिनुपर्ने आज्ञाको रूपमा बताइएको छ (एफेसी ५:१८)।
प्रत्येक विश्वासीले यो बप्तिस्मा पाइसकेको छ (१ कोरिन्थी १२:१३ – “सबै”; गलाती ३:२६-२७)प्रत्येक विश्वासी आत्माले भरपूर हुँदैन (यद्यपि उसको निम्ति परमेश्वरको इच्छा यही हो, ऊ भरपूर हुनुपर्ने हो – एफेसी ५:१७)।
विश्वासीलाई आत्मामा बप्तिस्मा हुन वा यस बप्तिस्माको खोजी गर्न आज्ञा कतै दिइएको छैन।विश्वासीलाई आत्माले भरपूर हुन आज्ञा दिइएको छ (एफेसी ५:१८; दाँज्नुहोस्, गलाती ५:१६)।
भूतकालिन क्रियापदको प्रयोग:

१ कोरिन्थी १२:१३ – “हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं(εβαπτισθημεν, ग्रीक व्याकरणमा एओरिस्ट, प्यासिभ, इन्डिकेटिभ)।

पूरा भइसक्यो यो!

वर्तमानकालिन क्रियापदको प्रयोग:

एफेसी ५:१८ – “आत्माले भरपूर भइरहो” (πληρουσθε, ग्रीक व्याकरणमा प्रेजेन्ट, प्यासिभ, इम्पेरटिभ)।

वर्तमानको वास्तविकता हुन आवश्यक छ यो!

कहिल्यै नदोहोर्‍याइने, एकैपल्ट, सदाका निम्ति सम्पन्न भएको परमेश्वरको कार्य हो यो।यसलाई दोहोर्‍याइन आवश्यक छ। भरपूर नभएको विश्वासी भरपूर हुन आवश्यक छ।
योचाहिँ ख्रीष्टमा एउटा विश्वासीको ओहोदासँग सम्बन्धित छ।योचाहिँ प्रभुसितको विश्वासीको हिँडाइ र सङ्गतीसँग सम्बन्धित छ।
यसको प्रतिफल:

विश्वासी जनलाई, उसले ख्रीष्टलाई मुक्तिदाता भनी भरोसा गरेकै घडी, येशू ख्रीष्टभित्र र उहाँको शरीरभित्र गाभिन्छ (१ कोरिन्थी १२:१३)। फलस्वरूप ऊ “ख्रीष्टमा” (२ कोरिन्थी ५:१७) र उहाँको मण्डलीमा (प्रेरित २:४७) गाभिन्छ।

यसको प्रतिफल:

विश्वासी जन उहाँको गवाही बन्न (ख्रीष्टको साक्षी हुन र उहाँको जीवन प्रकट गर्न) र उहाँको सेवा गर्न परमेश्वरद्वारा नियन्त्रित हुन्छ, उहाँको शक्तिले समर्थ तुल्याइन्छ।

यसको शर्त:

आत्माद्वारा बप्तिस्मा हुन एउटा उद्धाररहित व्यक्तिले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ (प्रेरित १६:३१; गलाती ३:२६-२७)।

यसको शर्त:

आत्माले भरपूर हुन एउटा विश्वासीले सबै ज्ञात पाप स्वीकार गर्नुपर्छ (१ यूहन्ना १:९), परमेश्वरमा पूरै भर पर्नुपर्छ, शरीरमा होइन (गलाती ५:१६) र परमेश्वरको नियन्त्रणमा आफूलाई पूरै सुम्पनुपर्छ (१ थेस्सलोनिकी ५:१९)।

बप्तिस्मामा ओहोदाको सवाल छ। बप्तिस्मा भएको व्यक्तिको एउटा एकदम नयाँ ओहोदा हुन्छ। ऊ “ख्रीष्टमा” छ (२ कोरिन्थी ५:१७ र रोमी ८:१)।भरपूरीमा सामर्थ्यको सवाल छ: “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ” (प्रेरित १:८ र ४:३१,३३)।
आत्माद्वाराको बप्तिस्मा प्रत्येक विश्वासीले पाएको हुन्छ।आत्माको भरपूरी प्रत्येक विश्वासीलाई आवश्यक छ तर प्रत्येकसँग हुन वा नहुन सक्छ।
आत्माद्वाराको बप्तिस्मा एउटा व्यक्तिको मुक्तिसित सम्बन्धित छ। योचाहिँ ख्रीष्टमा पाइने थुप्रै मुक्ति-सम्बन्धित आशिषहरूमध्ये एक हो (एफेसी १:३; दाँज्नुहोस् एफेसी ४:५)।आत्माको भरपूरी एउटा व्यक्तिको प्रभुसितको उसको हिँडाइ र सङ्गतीसित सम्बन्धित छ। “आत्मिक” विश्वासी त्यो हो जो लगातार आत्माले भरिइरहन्छ (गलाती ५:२२-२३; ६:१)।
एउटा विश्वासीको बप्तिस्मा कहिल्यै रद्द हुन सक्दैन, ऊ “बप्तिस्मा-रहित” (un-baptized) हुन सक्दैन। परमेश्वरले विश्वासीलाई ख्रीष्टको शरीरबाट कहिल्यै निष्कासन गर्नुहुन्न (दाँज्नुहोस् एफेसी ५:२५-३२)। विश्वासी जन “ख्रीष्टमा” सुरक्षित रहेको हुन्छ।एउटा विश्वासी “भरपूर-रहित” (un-filled) बन्न सक्छ – आफ्नो जीवनमा पापलाई ठाउँ दिएर, परमेश्वरको नियन्त्रणमा सुम्पन इन्कार गरेर वा पूरै भरोसा ख्रीष्टमा राख्‍नुको सट्टा आफैमा भरोसा राखेर।

 

ऐतिहासिक दृष्टिकोणले हेर्दा, पवित्र आत्माद्वारा हुने बप्तिस्मा यसरी सम्पन्न भयो:

प्रेरित २ – यहूदीहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

प्रेरित ८ – सामरीहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

प्रेरित १० – अन्यजातिहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

आज प्रत्येक विश्वासी उसले विश्वास गरेकै घडी ख्रीष्टको शरीरको अङ्ग बन्दछ (१ कोरिन्थी १२:१३)।

बप्तिस्माभरपूरी दुवै एउटै समयमा कार्यान्वयन हुन सम्भव छ। उदाहरणको लागि: प्रेरितको दोस्रो अध्यायमा विश्वासीहरू बप्तिस्मा भए (प्रेरित १:५; हेर्नुहोस् प्रेरित ११:१५-१७), र साथै उनीहरू त्यसैबेला भरिए पनि (प्रेरित २:४)।

Print Friendly, PDF & Email