“येशू हुन मेरो निश्चयता दिँदछ मनमा महिमाको आश मुक्तिको भागी स्वर्ग मेरो घर उनमा म बस्छु सधैं निडर।”
माथिको भजन मेरी छोरी अकिनालाई धेरै मन पर्ने भजन थियो।
डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ। तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्।