खण्ड १४ – शैतान

Doctrine

खण्ड १४ – शैतान

  1. शैतान एउटा बास्तविक व्यक्ति हो भन्ने कुरा के प्रभु येशूले विश्वास गर्नुहुन्थ्यो (यूहन्ना ८:४४; लूका १०:१८)? ___________________
  2. ठीक कि बेठीक भूतात्मा र दुष्टात्माहरू भ्रम र अन्धविश्वासमा डुबेका मानिसहरूको केवल कल्पना मात्र हुन् (मर्कूस ५:१-२०)।
  3. अनन्त आगो कसको लागि तयार गरिएको थियो (मत्ती २५:४१)? _____________ _________________________
  4. ठीक कि बेठीक वर्तमान समयमा शैतान सक्रिय हुन छाडेको छ (१ पत्रुस ५:८)।
  5. मानव इतिहासको कुनचाहिँ महत्त्वपूर्ण घटनामा शैतानको प्रमुख भूमिका थियो (उत्पत्ति ३ र २ कोरिन्थी ११:३)? ___________________ _______________________________
  6. मानिसहरूले के गरेको शैतान चाहँदैन (लूका ८:१२)? _________ _________________________________
  7. ठीक कि बेठीक सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको शैतान चाहन्छ (२ कोरिन्थी ४:३-४)।
  8. शैतानका चारओटा उपनामहरू सूचीमा उतार्नुहोस् (प्रकाश १२:९)?
    1. _________________
    2. _________________
    3. _________________
    4. _________________
  9. के विश्वासी जन शैतानसँग डराउनुपर्छ (१ यूहन्ना ४:४)? ______ किन पर्छ वा किन पर्दैन? ____________________________ _________________________________________________

प्रभु येशू र उहाँको वचनप्रति प्रकट गरिएका मानिसका नकरात्मक विचारधाराहरूले शैतान एक साँच्चीकै शत्रु हो भन्ने कुरा देखाउँछ। साथै मानिसका काम, विचार र बोलीबाट पनि पाप साँच्चीकै समस्या हो भन्ने देखिन्छ। शैतानको शक्ति र युक्तिदेखि सुरक्षित रहन एक विश्वासी जनले आफ्नो हृदयलाई परमेश्वर र उहाँको वचनप्रति ठीक मनोभावनामा राख्‍न अत्यावश्यक छ।

Print Friendly, PDF & Email