खण्ड १ – पवित्रशास्त्र

खण्ड १ – पवित्रशास्त्र
- प्रभु येशूले भन्नुभयो, परमेश्वरको वचन (बाइबल) _______ छ (यूहन्ना १७:१७)।
- प्रभु येशूले साथै यो पनि भन्नुभयो, पवित्रशास्त्र _______ हुन सक्दैन (यूहन्ना १०:३५), र पवित्रशास्त्र _______ हुनैपर्छ (मर्कूस १४:४९)।
- मोशा, यशैया, दाऊद, लूका र पावल जस्ता बाइबलका लेखकहरूलाई त्यसरी नचुक्ने गरी, परमेश्वरको इच्छाअनुसार उहाँका त्रुटिहीन वचनहरूलाई सिद्ध रूपमा लेख्नलाई कसले चलाउनुभएको थियो (२ पत्रुस १:२१ लाई २ शमूएल २३:;१-२ सित तुलना गर्नुहोस्)? ____________________।
- प्रभु येशूले भन्नुभयो, पवित्रशास्त्र ________ हुनैपर्छ (लूका २४:४४), हरेक ________ र ________ समेत (मत्ती ५:१८)।
टिप्पणी:“बिन्दु” र “मात्रा” भन्नाले देवनागरी लिपिमा “ङ” को थोप्लो वा “ग” को धर्सो भने जस्तै हो। परमेश्वरको वचनका प्रत्येक पुस्तक, प्रत्येक अध्याय, प्रत्येक अनुच्छे, प्रत्येक वाक्य, प्रत्येक शब्द र साथै प्रत्येक अक्षर समेत परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन्! यहाँ भएका “विचार” मात्र प्रेरित होइनन्, शब्द-शब्द र अक्षर समेत प्रेरित हुन्!
- जोडा मिलाउनुहोस्:
परमेश्वरको वचन…
___ | १) स्वर्गमा स्थिर छ | (क) २ तिमोथी ३:१६ |
___ | २) अनन्त | (ख) भजनसङ्ग्रह १३८:२ |
___ | ३) ख्रीष्टमा केन्द्रित छ | (ग) यशैया ४०:८; मत्ती २४:३५ |
___ | ४) प्रेरणाद्वारा दिइएको हो | (घ) भजनसङ्ग्रह ११९:८९ |
___ | ५) परमेश्वरको नामभन्दा उच्च तुल्याइएको छ | (ङ) लूका २४:२७,४४ |
- बाइबलका पुस्तकहरू मानिसहरूका हातले लेखिएका हुन् भन्ने कुरा हामीलाई थाहा छ, तर के बाइबल केवल मानिसकै वचन हुन् कि त्योभन्दा बढी हुन्? थेस्सलोनिकाका विश्वासीहरूले के गरेकोमा पावल असाध्य धन्यवादी भएका थिए (१ थेस्सलोनिकी २:१३)? _________________________________
- भजनसङ्ग्रह १३८:२ – हामी विश्वासीहरू परमेश्वरको नाउँलाई आदर गर्न होशियार हुनुपर्छ भने (प्रस्थान २०:७), के हामी परमेश्वरको वचन लाई कसरी चलाउँछौं भन्ने कुरामा पनि धेरै होशियार हुनुपर्छ (दाँज्नुहोस्, २ कोरिन्थी ४:२) कि? पर्छ / पर्दैन
- २ तिमोथी ३:१६ – परमेश्वरको वचनको कति भाग परमेश्वरको प्रेरणाद्वारा दिइएको हो (अक्षरशः “प्रेरणा”=”परमेश्वर-निश्वासित”, अर्थात् परमेश्वरकै मुखको वाणी)?_______।परमेश्वरको वचन कहिलेसम्म स्थिर रहन्छ (यशैया ४०:८; भजनसङ्ग्रह ११९:८९)? _________।
- परमेश्वरको वचन सत्य छ र परमेश्वरले आफ्नो प्रतिज्ञाहरूलाई कहिल्यै तोड्नुहुनेछैन भनेर हामी कसरी जान्दछौं (तीतस १:२; हिब्रू ६:१८)? _____________________________________।
- धेरैजना मानिसहरू बाइबलका कुराहरूलाई, विशेष गरी पवित्रशास्त्रका पन्नाहरूमा उल्लेखित महान् आश्चर्यकर्महरूलाई, विश्वास गर्दैनन्। प्रभु येशू ख्रीष्टले ती आश्चर्यकर्महरूलाई विश्वास गर्नुभयो कि भएन भनेर हामी आफैं हेरौं:
(जोडा मिलाउनुहोस्)
______ सृष्टि (आदम र हव्वा) ______ जलप्रलय (नूह) ______ समुद्री प्राणीभित्र योना ______ सदोमको विनाश | (क) मत्ती ११:२३-२४ (ख) मत्ती १२:४०-४१ (ग) मत्ती १९:४-५ (घ) लूका १७:२७ |
- २ पत्रुस ३:१५-१६ – के येशू ख्रीष्टका प्रेरित पत्रुस पावलका लेखोटहरूसित परिचित थिए? ______। यी पत्रहरू लेख्नलाई पावललाई बुद्धि दिइएको थियो (पद १५) भनेर के पत्रुसले विश्वास गरेका थिए? _____। पावलले लेखेका सबै कुराहरू बुझ्नलाई के पत्रुसलाई सजिलो थियो (पद १६)? ______। के पत्रुसले पावलका लेखोटहरूलाई पवित्रशास्त्रको रूपमा स्वीकार गर्दथे (पद १६)? _______।
- ठीक कि बेठीक एउटा आत्मिक व्यक्तिले पावलले लेखेका कुराहरूलाई यसरी लिन्छ — “ती कुराहरू पावलका आफ्नै मानवीय विचारहरू हुन्, त्यसैले पावलका शिक्षाहरूलाई विश्वास गर्न वा पालन गर्न मलाई कुनै बाध्यता छैन।” हेर्नुहोस् १ कोरिन्थी १४:३७
बाइबल परमेश्वरकै वचन हो। परमेश्वरतिर फर्कने र परमेश्वरको व्यक्तित्व र वचनमाथि विश्वास गर्ने व्यक्तिले यो महसुस गर्न थाल्छ कि परमेश्वरले कुनै पनि कुरा ख्याल-ख्यालमा भन्नुभएको छैन!