यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

उल्लेखित बाइबल पदहरूलाई पढ्नुभई निम्न प्रश्नका उत्तरहरू लेख्नुहोस्। सबै पदहरू बाइबलको यूहन्ना र रोमी नामक पुस्तकहरूमा छन्। तपाईंले कार्यपत्रलाई पूरा गर्नुभई हाम्रो ठेगानामा पठाउनुभयो भने यसलाई जाँचेर तपाईंलाई फिर्ता पठाइनेछ र साथै तपाईंलाई अरू बाइबल अध्ययन सामग्रीहरू पनि पठाइनेछ।
तपाईंको नाम र ठेगाना:
__________________________________________
__________________________________________
__________________________________________
__________________________________________
मानिसको समस्या
संसारमा धर्मी मानिसहरू कतिजना छन् (रोमी ३:१०)? ____________________। कतिजनाले असल गर्दछन् (परमेश्वरको मूल्याङ्कनमा असल)? (रोमी ३:१२ पढ्नुहोस्) ____________________। कतिजना मानिसहरू पापी छन् (रोमी ३:२३)? _________। एउटै मात्र पापरहित व्यक्ति को हुनुहुन्छ जसले सबै कुरामा सधैं परमेश्वरलाई खुशी पार्नुभयो (यूहन्ना ८:२९)? _______________। परमेश्वरको सामु को-को दोषी छन् (रोमी ३:१९)? __________ ____________________।
मानिसहरूले _____________लाई भन्दा __________________लाई प्रेम गर्दछन् (यूहन्ना ३:१९-२०)। परमेश्वरले यी मानिसका “कामहरू” लाई कुन शब्दले बयान गर्नुहुन्छ (यूहन्ना ३:१९)? ____________। प्रभु येशूको अनुसार, कतिजनाले परमेश्वरको पवित्र व्यवस्थालाई (जस्तै, दस आज्ञालाई) सिद्धरूपमा बास्तवमै पालना गर्दछन् (यूहन्ना ७:१९)? _____________________।
पापरहित मानिसहरू कतिजना छन् (पढ्नुहोस्, यूहन्ना ८:७-१०)? ____________ ____________। कुन मानिस पापको दास हो (यूहन्ना ८:३४)? ____________________ _____________।
रोमी १:२९-३१ मा उल्लेखित पापको सूचीलाई पढ्नुहुँदा आफूले तीमध्ये कम्तीमा एक वा बढी पाप आफ्नो जीवनमा गरेकै छु भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? __________। पद ३२ ले बताउँछ, “यस्ता-यस्ता काम गर्नेहरू _________________ पाउन __________ हुन्छन्।” के तपाईं मृत्युदण्ड पाउन लायक हुनुहुन्छ? _______________।
“पापको ज्याला” के हो (रोमी ६:२३)? _______________। “ज्याला” भनेको गरिएको काम बापत कामाइएको प्रतिफल हो। रोमी ६:२३ अनुसार, प्रत्येक पापीले आफ्नो निम्ति कुन दण्ड कमाएको छ? ______________।
टिप्पणी: मृत्यु हुनु भनेको अलग हुनु हो। शारीरिक मृत्युमा शरीरबाट प्राण अलग हुन्छ। रोमी ६:२३ ले आत्मिक मृत्युको कुरा गर्दछ जसमा मानिस परमेश्वरदेखि अलग हुनेछ र उहाँबाट दण्ड पाउनेछ।
परमेश्वरको उपाय
मानिसलाई पापबाट स्वतन्त्र पार्न सक्ने एउटै व्यक्ति को हुनुहुन्छ (यूहन्ना ८:३६)? ____________________।
यी व्यक्ति को हुन्?
उहाँ परमेश्वरसित हुनुहुन्थ्यो र त्यति मात्र नभएर उहाँ ________________ हुनुहुन्थ्यो (यूहन्ना १:१)।
उहाँ “सर्वोच्च, सदासर्वदा धन्य ________________ हुनुहुन्छ” (रोमी ९:५)। उहाँले एक पटक भन्नुभयो, “म र मेरा पिता _________ हौं” (यूहन्ना १०:३०)। सबै कुराहरू उहाँद्वारा ____________ (यूहन्ना १:३)। उहाँ संसारका ______________ ____________ हुनुहुन्छ (यूहन्ना ४:४२)। उहाँ “________________का _________ ख्री_____ हुनुहुन्छ” (यूहन्ना ११:२७)। साथै उहाँलाई “यहूदीहरूका _________” (यूहन्ना १९:१९) पनि भनिएको छ। थोमाले उहाँसित एक पटक बोल्दा उहाँलाई “मेरा __________ र मेरा _________” (यूहन्ना २०:२८) भनी सम्बोधन गरे। यूहन्नाको सुसमाचार किन लेखिएको थियो (यूहन्ना २०:३१)? ___________________________________________________ __________________________________________________ __________________________________________।
येशूले आफू को हुँ भनेर भन्नुभयो?
- यूहन्ना ६:३५ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ८:१२ ” ______________________________________ म नै हुँ”
- यूहन्ना १०:९ ” ______________________________________ म नै हुँ”
- यूहन्ना १०:११ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ११:२५ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ८:५८ ” अब्राहाम हुनुभन्दा पहिले _______ _______”
देहधारण
पापी मानिसका लागि परमेश्वरले एउटा अचम्मको प्रबन्ध गर्नुभएको छ: “वचन (येशू ख्रीष्ट) श________ हुनुभयो र हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। परमेश्वरको अनन्त पुत्र शरीरअनुसार ____________को _______बाट जन्मनुभयो” (रोमी १:३)। परमेश्वर मानिस बन्नुभयो अनि उहाँ संसारका मु___________ (यूहन्ना ४:४२) हुनका निम्ति पठाइनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई _________ ठहर्याउनका लागि नभएर संसारले उहाँद्वारा __________ पाओस् भनेर संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)। प्रभु येशू संसारमा किन आउनुभयो (यूहन्ना १२:४७)? _______________________________________।
पापीको सट्टामा उहाँको बलिरूपी मृत्यु
हामीहरू मृत्युदण्ड पाउन लायक दोषी पापीहरू भए तापनि ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभयो (रोमी ५:८)? _____________________________________। ख्रीष्ट कस्ता खालका मानिसहरूका निम्ति मर्नुभयो (रोमी ५:६)? ____________________। उक्त बयानले के तपाईंलाई पनि समेट्छ? ____________________। संसारलाई परमेश्वरको प्रेमको वरदान के हो (यूहन्ना ३:१६)? ___________________________। के येशू क्रूसमा साँच्ची नै मर्नुभएको हो (यूहन्ना १९:३०-३५)? _____________।
म एउटा दोषपूर्ण पापी हुँ (रोमी ३:२३) र म परमेश्वरबाटको मृत्युदण्ड पाउन लायक छु (रोमी ६:२३)। प्रभु येशू राजीखुशीसाथ र प्रेमका साथ मेरो सट्टामा मर्नुभयो। उहाँले मेरो स्थान लिनुभयो र मेरो निम्ति मृत्युदण्ड सहनुभयो! मलाई बचाउन उहाँ मर्नुभयो!
रित्तो चिहान
मुक्ति पाउन एउटा व्यक्तिले विश्वास गर्नुपर्ने कुरा के हो (रोमी १०:९)? _________________ ________________________________ ____________________________________। के येशू मरेकाहरूबाट साँच्ची नै बौरिउठ्नुभयो (यूहन्ना २० र २१ अध्यायहरू)? _____________। के “शंकालु थोमा” पछि “विश्वस्त थोमा” बने (यूहन्ना २०:२४-२९)? ___________। येशू जीवित हुनुहुन्छ भनी थोमा कसरी पक्का भए (यूहन्ना २०:२९)? ________________________________ ______________________________।
जुन कुराको विषयमा थोमाले निश्चयता पाए, त्यसैलाई विश्वास गर्न के परमेश्वरले तपाईंलाई आवश्यक तथ्यहरूको ज्ञान दिनुभएको छ (यूहन्ना २०:२९-३१)? ___________________।
खुशीको खबर यो हो, “प्रभु येशू हाम्रा अपराधहरूका निम्ति ___________________, र हाम्रा धार्मिकताका निम्ति ____________________ (रोमी ४:२५)।
हाम्रो जिम्मेवारी
अनन्त जीवन के हो (यूहन्ना १७:३)? _________________________________________ ___________________________________________________। येशू ख्रीष्टसित एक अति वास्तविक र अति व्यक्तिगत सम्बन्ध हुनु नै अनन्त जीवन हो। मुक्ति भनेको धर्म होइन तर यो त एउटा सम्बन्ध हो। अनन्त जीवन प्राप्त गर्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६; ६:४७)? _________________________________________________।
धेरैसित अनन्त जीवन हुँदैन किनभने उनीहरू उहाँकहाँ आ________ अस्वीकार गर्छन् (यूहन्ना ५:४०।
यूहन्ना ३:१८ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ _________________________________।
यूहन्ना ३:३६ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ __________________________________।
स्वर्ग भन्ने ठाउँ के वास्तवमै छ (यूहन्ना १४:१-३)? __________। त्यहाँ पुग्नलाई एउटै मात्र उपाय कुन हो (यूहन्ना १४:६)? __________________________।
ख्रीष्टमा विश्वास नगर्नेहरूलाई र आफ्नो पूरा भरोसा उहाँमा राख्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (यूहन्ना ८:२४; यूहन्ना ३:१६ सित तुलना गर्नुहोस्)? _________ _____________________________________________________।
परमेश्वरको सन्तान बन्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना १:१२)? _________ ______________________________________________________।
परमेश्वरको प्रतिज्ञा
परमेश्वरले आफ्नो वचन पवित्र बाइबलमा दिनुभएका मुक्ति सम्बन्धी निम्न प्रतिज्ञाहरूलाई विचार गर्नुहोस्:
- यूहन्ना ३:१६ – पापीले ख्रीष्टमा विश्वास गर्नुपर्छ। पापीलाई परमेश्वरको प्रतिज्ञा छ, ऊ नष्ट हुनेछैन तर अनन्त जीवन पाउनेछ।
- यूहन्ना ५:२४ – पापीले _______________________________________________ ________________________ गर्नुपर्छ। विश्वास गर्ने पापीलाई परमेश्वरले तीनओटा प्रतिज्ञा दिनुहुन्छ:
ऊसँग _______________________ हुन्छ
ऊ ____________ मा पर्नेछैन
ऊ _______ बाट _________मा सर्नेछ - यूहन्ना ६:३५ – पापीले के गर्नुपर्छ? _________________________________________ _______________________।
- यूहन्ना ६:३७ – विश्वाससाथ ख्रीष्टकहाँ आउने पापीलाई परमेश्वरको प्रतिज्ञा के छ? __________________________________________।
- रोमी १०:९ – पापीले के गर्नुपर्छ? _________________________________________ __________________________________________। परमेश्वरको प्रतिज्ञा के छ? ____________________________________।
- रोमी १०:१४ – मुक्तिका निम्ति उहाँको नामलाई पुकार्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा के छ? ________________________________________________।
के प्रभु येशू ख्रीष्ट तपाईंको व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ? _____________। के तपाईंले व्यक्तिगत रूपमा उहाँलाई ग्रहण गर्नुभयो (लिनुभयो) (यूहन्ना १:१२)? _____________।