खण्ड ५ – मानिसको पूर्ण भ्रष्टता

Doctrine

खण्ड ५ – मानिसको पूर्ण भ्रष्टता

  1. परमेश्वरले मानिसलाई बाँदर जस्ता जन्तुबाट सृष्टि गर्नुभएको थियो कि भूमिको माटोबाट (उत्पत्ति २:७)? ____________________। उत्पत्ति अध्याय १ को कुन-कुन दुइटा पदहरूले मानिसको सृष्टि कसरी भएको हो भन्ने कुराको बयान गर्छ? ______________
  2. ठीक कि बेठीक मानिस पापी अवस्थामै सृष्टि गरिएको थियो।
  3. मानिस किन र कसरी सृष्टि गरियो?
  1. ____ परमेश्वरको महिमा गर्नलाई
  2. ____ परमेश्वरको इच्छामा
  3. ____ प्रभु येशू ख्रीष्टका निम्ति
  4. ____ विकासवादी प्रकृयाद्वारा अरबौं वर्ष लगाएर
क) कलस्सी १:१६
ख) बाइबलमा छैन
ग) प्रकाश ४:११
घ) यशैया ४३:७
    1. मानिस पापी बन्न पुगेको ऐतिहासिक घटनालाई बाइबलको कुनचाहिँ पुस्तकको कुन अध्यायमा पढ्न सकिन्छ? ________________
    2. ठीक कि बेठीक “आदमले पाप गरेकोले उसकै हानि भयो, तर मसित त्यसको कुनै सरोकार छैन।” (रोमी ५:१२-२१)।
    3. ठीक कि बेठीक आदम र हव्वापछिका सबैजना पापी भएर जन्मन्छन् (भजनसङ्ग्रह ५१:५) जसमा उल्लेखनीय अपवाद एउटै मात्र हुनुहुन्छ (लूका १:३५)।
    4. परमेश्वरका सामु कतिजना मानिसहरू पापी छन् (यशैया ५३:६; रोमी ३:१०-१२; रोमी ३:२३)? ___________ के मरियम मुक्तिदाताको आवश्यकता महसुस गरेकी पापीनी थिइन् (लूका १:४६-४७ सित लूका ५:३१-३२ र रोमी ३:२३ दाँज्नुहोस्)? __________
    5. पापी नर-नारीहरू स्वभावैले परमेश्वरतर्फ अघि बढछन् कि परमेश्वरदेखि पछि हट्छन् (भजनसङ्ग्रह ५३:२-३; रोमी ३:११; यूहन्ना ३:१९)? ______ ___________________। हामी स्वभावैले आफ्नै बाटोतिर लाग्ने गर्छौं कि परमेश्वरको बाटोमा लाग्ने गर्छौं (यशैया ५३:६)? परमेश्वरले पतित आदमलाई खोज्नुभएको थियो कि पतित आदमले परमेश्वरलाई खोजेका थिए (उत्पत्ति ३:६-१० लाई लूका १९:१० सित दाँज्नुहोस्) ? __________________________________ मानव हृदयको अवस्थाबारे परमेश्वर के भन्नुहुन्छ (यर्मिया १७:९)? ___________________________________________
    6. ठीक कि बेठीक कुनै पनि मानिसले आफैलाई पापदेखि मुक्त गर्नु असम्भव छ (एफेसी २:८-९; तीतस ३:५)। मुक्ति पाउनु अघि एक व्यक्ति उसका पापहरूमा ________ अवस्थामा हुन्छ (एफेसी २:१,५)। यसको मतलब ऊ जीवनरहित हुन्छ (उसित परमेश्वरको जीवन अर्थात् अनन्त जीवन भएको हुँदैन – १ यूहन्ना ५:१२; यूहन्ना १७:३)। मुक्ति पाएकै घडीमा ऊ _______ बाट ________ मा सर्दछ (यूहन्ना ५:२४)।
    7. प्रभु येशूले मान्छेको मुख्य समस्या के हो भनेर प्रस्टै सिकाउनुभयो (मर्कूस ७:१४-२३ पढेर एउटालाई गोलो चिन्ह लगाउनुहोस्): क) समाज ख) वातावरण ग) गाँस-वास-कपास घ) लडाइँ ङ) एक दुष्ट हृदय

एक व्यक्ति आफैंले वा अरूहरूको मद्दतले पापको समस्यालाई समाधा गर्न र परमेश्वरसित ठीक सम्बन्ध गाँस्न सक्दैन। योचाहिँ परमेश्वरले मात्र गर्न सक्ने कुरा हो! मान्छेले आफ्नो हराएको अवस्था महसुस गरी यसको समाधान गर्न परमेश्वरलाई ठाउँ नदिएसम्म ऊ परमेश्वरबाट अलग्गिएको, असहाय र आशारहित अवस्थामै रहन्छ। मान्छेको सबभन्दा ठूलो समस्यालाई परमेश्वरले मात्र समाधान गर्न सक्नुहुन्छ।

Print Friendly, PDF & Email