सङ्गीत विवेचना

सङ्गीत विवेचना – १

प्रदेश श्रेष्ठ

सङ्गीतमा शक्ति छ। यसमा दुवै असल र खराब गर्न सक्ने शक्ति छ।

नोबेल पुरस्कार विजेता अमेरिकी कम्पोजर हावर्ड ह्यान्सनले भने, “सङ्गीत एकातिर दार्शनिक हुन सक्छ भने अर्कोतिर त्यो कामुक पनि हुन सक्छ; यसमा दुवै खराब गर्ने र असल गर्ने शक्ति छ।”

असल र खराब सङ्गीत छुट्ट्याउन जान्नु आजका मण्डलीहरूको ठूलो खाँचो हो। पवित्रशास्त्रले भन्दछ “सबै कुरा जाँच; जुन कुरा असल छ त्यसैलाई बलियो गरी समातिराख” (१ थेस्सलोनिकी ५:२१)। तर अधिकांश ख्रीष्टियन मण्डलीहरूले सङ्गीतकोसवालमा यस कुरालाई पूरै बेवास्ता गरेको देखिन्छ। जुनसुकै खालको सङ्गीतमा “ख्रीष्टियन शब्दहरू” जोडेर बजाउने-गाउने गरेको पाइन्छ।

असल ख्रीष्टिय सङ्गीत कस्तो हुन्छ त? खराब नि? सङ्गीतलाई जाँच्न परमेश्वरको वचनमा के कस्ता सिद्धान्तहरू छन्? यी कुरा यहाँ हामी प्रस्तुत गर्न चाहन्छौं। निम्न अडियो प्रवचनबाट सुरू गर्नेछौं।

उपर्युक्त अडियो प्रस्तुतिहरू तयार गर्नका लागि म दाजु डेविड क्लाउडको Music For Good or Evil शीर्षक रहेको भिडियो प्रस्तुतिका निम्ति पूर्णरूपमा ऋणी छु। उक्त खोजमूलक अध्ययन बिना मेरा प्रस्तुतिहरू सम्भव हुने थिएनन्। उहाँकोअनुमतिले मैले केवल तिनलाई नेपालको सन्दर्भमा ढाल्ने प्रयास गरेको छु।

 

सङ्गीत विवेचना – २

सङ्गीत निष्पक्ष वस्तु होइन। सङ्गीत असल वा खराब हुन सक्छ। शब्दबिना नै सङ्गीतले बोल्छ अनि बोल्ने कुरा निष्पक्ष हुँदैन। त्यसले कि खराब बोल्छ कि असल।

सङ्गीतकारहरूको भनाइ अनुसार केवल सङ्गीतलाई बदलेर श्रोताहरूलाई फरक-फरक भावनामा डुबाउन सकिन्छ। एउटा सङ्गीतले शान्ति र आरामको अनुभुति दिन सक्छ। अर्को सङ्गीतले जोश र जागरुकताको। सङ्गीत भावनाको भाषाहो!

हार्वर्ड विश्वविद्यालयका मनोवैज्ञानिक तिमोथी लियरीले भने, “शब्द सुन्ने पट्टी नलाग्नुस्, सङ्गीत आफैमा सन्देश हुन्छ।” सङ्गीत विशेषज्ञ (musicologist) रबर्ट पामरले भने, “रक सङ्गीतमा भएको परिवर्तनकारी शक्ति त्यसको सङ्गीतमैरहेको हुन्छ – त्यसको आवाजमै, सबभन्दाचाहिँ त्यसको ताल (beat) मा।”

सङ्गीतको आफ्‍नै सन्देश हुन्छ किनकि सङ्गीत भावनाको भाषा हो। यो कुरा बुझ्न एउटा छोटो भिडियो हेरौं:

सङ्गीत एक भाषा हो!

अब बुझ्नुपर्ने कुरा यो हो। रक सङ्गीतको भाषा शारीरिक अभिलाषा, सेखी, विद्रोह, घमन्डको भाषा हो। Blondie ग्रुपकी डेबोरा ह्यारी (Deborah Harry) ले भन्छिन्, “रक सङ्गीतका प्रमुख तत्त्व भनेको यौन र अभद्र बात हुन्।” फ्रान्कजाप्पा (Frank Zappa) ले भने, “रक सङ्गीत भनेको यौन हो। त्यसको ठूलो बीट शरीरको तालसँग मिल्छ।” KISS ग्रुपका जीन सिम्मन्स् (Gene Simmons) भन्छन्, “रक सङ्गीतको मुख्य कुरा यति हो — १०० मेगा टन बमसहितकोयौन।” जीम्मी हेन्ड्रीक्स (Jimmy Hendrix) ले भने, “सायद मेरो सङ्गीत कामुक छ होला – तर ठूलो बीट भएको कुन चाहिँ सङ्गीत कामुक नहोला र?”

साथै रक सङ्गीत नशालु छ। Aerosmith का स्टिभन टेलर (Steven Taylor) ले भने, “रक सङ्गीत संसारकै सबभन्दा कडा अम्मल हो।” Janis Joplin ले भनिन्, “मैले विश्वासै गर्न सकिनँ, त्यो बीट र शक्ति कति हो कति। म त त्यसकोअनुभूतिले मत्त भएँ, मानों यो नै संसारको सबभन्दा उत्तम मादक पदार्थ थियो। त्यो यति कामुक थियो, यति जोशपूर्ण, कोलाहलपूर्ण, पागलपूर्ण।”

संसारले कामवासनाकै लक्ष्य राखेर रचेको सङ्गीत पवित्र परमेश्वरको आराधनाको लागि सुहाउँदैन। परमेश्वरले आज्ञा गर्नुहुन्छ कि हाम्रो सङ्गीत आत्मिक हुनुपर्छ (एफेसी ५:१९)।

आत्मिक सङ्गीत कस्तो हुन्छ? त्यो कस्तो हुँदैन? रक सङ्गीतलाई शारीरिक र नशालु बनाउने सिन्कोपेशन (syncopation) अथवा अक्षरलोप खास के हो? आदि विषय निम्न अडियो प्रवचनमा चर्चा गरिएको छ।

 

विकृत ईसाई सङ्गीतको आवाज

हरेक सङ्गीत शैली (style) को आफ्नै सन्देश हुन्छ। त्यसैले गलत सन्देश बोकेका सङ्गीत शैलीहरू ख्रीष्टिय सङ्गीतलाई सुहाउँदैनन्।

“रक सङ्गीतका प्रमुख तत्वहरू भनेको यौन र अभद्र बात हुन्”, रक कलाकार डेबोरा ह्यारी भन्छिन्। संसारले कामवासनाकै लक्ष्य राखेर रचेको सङ्गीत पवित्र परमेश्वरको आराधनाको लागि सुहाउँदैन। ख्रीष्टियन सङ्गीत आत्मिक हुनैपर्छ, शारीरिक होइन (१कोरिन्थी ३:१)।

कामुक नाचको पछाडि अक्षरलोपिकरणयुक्त सङ्गीत हुन्छ, जसको ताल वा बीटले त्यो चिनिन्छ। यू-ट्यूबमा कामुक नाँच शैली भएका नेपाली ईसाई भिडियोहरूले के बताउँछन्? पूर्वेली शैलीमा होस् या पश्चिमेलीमा, नेपालका मण्डलीहरू संसारसित एकनासेबन्न होडबाजी नै चलेको भान पर्छ। पश्चिमेली शैलीको कुरा गर्दा, रक कलाकार फ्रान्क जाप्पा भन्छन्, “रक सङ्गीत भनेको यौन हो। त्यसको ठूलो बीट शरीरको तालसँग मिल्छ।”

के तपाईंले कहिल्यै सोच्नुभएको छ? के छ त्यस्तो त्यो रक सङ्गीतमा कि विशेष गरी युवा युवतीहरू त्यसमा यति आनन्द लिन्छन्, नशामा मत्त भएजस्तै गरी? पप, रक सङ्गीतमा भएको नशा सृजना गर्ने तत्त्व सिन्कोपेशन (syncopation) हो। तलको अडियोसन्देशमा मैले यसलाई बुझाउने प्रयास गरेको छु।

साथै, माइक्रोफोनलाई मुखको ज्यादै नजीक राखेर सास फेराइ समेत सुनिने गरी गीत गाउनेले कामुकताको सन्देश दिइरहेको हुन्छ। कामुक स्वर शैली नाइट क्लब र डिस्कोलाई सुहाउला तर परमेश्वरको आराधनाको लागि सुहाउँदैन। अर्को उदाहरण: रिसाहास्वर शैलीमा गाउनु रक सङ्गीतकारको लागि स्वभाविक होला किनभने रक सङ्गित विद्रोहको आवाज हो, तर विद्रोह त सुसमाचारको सन्देशसित मेल खाने कुरा होइन।

निम्न अडियो सन्देशमा यी कुराको चर्चा गरिन्छ।

 

सङ्गीत: जाँचेर थाह गर

“प्रभुलाई मन पर्ने कुरा के हो, सो जाँचेर थाह गर” (एफेसी ५:१०)

उपर्युक्त अडियो प्रस्तुतिहरू तयार गर्नका लागि म दाजु डेविड क्लाउडको Music For Good or Evil शीर्षक रहेको भिडियो प्रस्तुतिका निम्ति पूर्णरूपमा ऋणी छु। उक्त खोजमूलक अध्ययन बिना मेरा प्रस्तुतिहरू सम्भव हुने थिएनन्। उहाँको अनुमतिले मैले केवल तिनलाई नेपालको सन्दर्भमा ढाल्ने प्रयास गरेको छु।

Print Friendly, PDF & Email