के सङ्गीत तटस्थ हुन्छ?
आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक। सीसीएमका समर्थकहरू यो विश्वास गर्छन् कि केवल उचित “ख्रीष्टिय” शब्दहरू मात्र छनोट गरियो भने जुनसुकै खालको सङ्गीत स्वीकारयोग्य हुन्छ। शब्द तथा सन्देशलाई जुनसुकै सङ्गीतद्वारा व्यक्त गर्न सकिन्छ चाहे त्यो रक सङ्गीत वा र्याप सङ्गीत वा “ख्रीष्टियन” मेटल वा अन्य कुनै सङ्गीतद्वारा होस्। यदि कुनै खालको सङ्गीतलाई ठीक शब्दहरूसित मिलाइयो भने उक्त सङ्गीत स्वीकारयोग्य बन्छ किनकि मुख्य कुरा सन्देश हो र त्यसमा प्रयोजित सङ्गीतले केही फरक पार्ने होइन। उनीहरू भन्छन्, सङ्गीतले आराधनामा न केही थप्न सक्छ न आराधनामा ह्रास ल्याउन सक्छ। यो केवल तटस्थ हुन्छ। सङ्गीतमा असल शब्दहरू मिलाइएको खण्डमा, मण्डलीमा जुनसुकै सङ्गीत प्रयोग गर्न सकिन्छ।
यस किसिमको विचारधारालाई एउटा विश्वासको स्वीकार नै बनाइएको छ जसलाई “ख्रीष्टिय रक सङ्गीतकारको स्वीकार” (Christian Rocker’s Creed) भनिन्छ। त्यसलाई यस प्रकारले व्यक्ति गरिएको छ: “हामी यी सत्यताहरू स्वयं-प्रमाणित भएको ठान्दछौं, कि सबै सङ्गीत बराबर रूपमा सृष्टि गरिएका हुन्। कुनै पनि सङ्गीत बजाउने कुनै पनि बाजा वा सङ्गीतको शैली आफैमा खराब हुँदैन। मानिसबाट प्रवाह हुने साङ्गितिक अभिव्यक्तिको विविधता हाम्रो स्वर्गीय पिताको अपरिमित सृजनशीलताको केवल एक प्रमाण हो” [Contemporary Christian Music, Nomember 1988, p. 12]। मेगा चर्च पास्टर रिक वारेन (Rick Warren) यस्तै दृष्टिकोण राख्छन्:
“साङ्गितिक शैलीहरूलाई “असल” वा “खराब” सङ्गीत भनेर न्याय गर्न सकिन्छ भन्ने विचारलाई म इन्कार गर्दछु। त्यो निर्णय कसले गर्ने? तपाईंलाई कस्तो प्रकारको सङ्गीत मन पर्छ भन्ने कुरा तपाईंको पृष्ठभूमि र संस्कृतिले निर्धारण गर्छ। सङ्गीत भनेको नोटहरू र तालहरूको मिलानबाहेक अरू केही होइन; गीतलाई आत्मिक बनाउने भनेको केवल शब्दहरूले हो। सङ्गीत आफैमा “ख्रीष्टिय” हुँदैन, केवल शब्दहरू मात्र ख्रीष्टिय हुन्छन्। बिनाशब्दको मैले कुनै एउटा धुन तपाईंको लागि बजाइदिएँ भने त्यो एउटा ख्रीष्टिय गीत हो कि होइन भनेर तपाईंले छुट्ट्याउन सक्नुहुन्न।” [Rick Warren, Purpose Drive Church, p. 281]
वर्षौं अगाडि एउटा निकै प्रभावकारी ख्रीष्टिय फिल्म निस्केको थियो जसको शीर्षक थियो “सो मेनी भ्वाइसेज”। उक्त फिल्म एउटा चिहानको दृश्यबाट सुरु हुन्छ जसले दर्शकको मनमा डर हालिदिन्छ। टाउकोदेखि पैतलासम्म ढाक्ने घुम्लुङ्ग गरी ओभरकोट ओढेको एकजना मानिस चिहान ढुङ्गाहरूका बीचमा हिँडिरहेको देखाइन्छ। उक्त दृश्य अँध्यारो छ, जताततै छायाँहरू छन्। पृष्ठभूमिमा बजिरहेको सङ्गीतले ‘लौ अब के हुने हो’ भन्ने डर र तनावको वातावरण सृजना गरेको छ। उक्त सङ्गीत बढ्दै बढ्दै चरम बिन्दुतिर उक्लँदै जान्छ र दर्शकहरूलाई यस्तो लाग्छ किअब कुनै पनि बेला एउटा कुनै नराम्रो घटना हुनेछ र सबैजना चिच्याउनेछन्! तर दृश्य निर्दोष किसिमले अन्त हुन्छ जब “भिलेन” ने आफ्नो घुम्टो उघार्छ र बच्चासित खेलेजस्तै गरी “बू” भन्छ र मुस्कुराउँछ!
तुरुन्तै त्यसपछि उही चिहानको दृश्य फेरि दोहोराएर देखान्छ। जीउ पूरै ढाकेर चिहानहरू भएको अँध्यारो ठाउँमा हिँडिरहेको मानिसको दृश्य फेरि देखाइन्छ। तर दोस्रो पटक देखाइँदा भने सङ्गीत अर्कै बजिरहेको छ। यस पटक रमाइलो मेलामा बजाइने सङ्गीत बजिरहेको छ जुन खालको सङ्गीत बच्चाहरूले सुन्छन् जब उनीहरू काठको घोडामा चढ्दै मेरि-गो-राउण्ड खेल्छन्। उक्त सङ्गीतले नयाँ मुड सृजना गरेको छ। दर्शकहरूले उही मान्छे चिहान-ढुङ्गाहरूका बीच हिँडिरहेको देख्छ तर यस पटक भिडियो डरलाग्दो बिलकुलै छैन। वास्तवमा त्यो हास्यास्पद देखिन्छ किनकि सङ्गीत उक्त दृश्यसित मेल खाइरहेको छैन। सङ्गीत डरलाग्दो र ‘अब के होला’ भन्ने भावना उत्पन्न गर्ने खालको छैन र दर्शकहरूलाई ज्यादै हाँस उठ्दो लाग्छ। भिडियोका दृश्यहरू डरलाग्दा भए तापनि श्रवणको सन्देश भिडियोको सन्देशभन्दा बढी प्रबल ठहरिन्छ अनि डरको सबै तत्त्व हटेर जान्छ। केवल सङ्गीत मात्र अर्कै बजाइएको थियो।
सङ्गीत आफैमा ज्यादै प्रभावशाली हुन्छ। शब्दबिना पनि त्यसले एउटा सन्देश व्यक्त गर्न सक्छ, भावनालाई आह्वान गर्न सक्छ र एउटा मुड वा मनस्थिति सृजना गर्न सक्छ।
जवान छँदा म विलियन टेल ओभर्चर (William Tell Overture) सुन्न मन पराउँथे। मलाई अचम्म लाग्थ्यो कि त्यो सुन्दै गर्दा मैले एउटा भयङ्कर आँधीबेरी देखेको जस्तो मलाई भान हुन्थ्यो र साथै आँधीपछिको शान्ति पनि। शब्दबिना नै यो सबै अनुभव हुन्थ्यो, केवल सङ्गीतद्वारा। यदि तपाईंले जोन फिलिप सूसा मार्च बजाउनुभयो भने मानिसहरूले एउटा देशभक्त जुलुसलाई कल्पना गर्नेछन् अनि सायद तिनीहरूले आफ्ना खुट्टाहरू समेत तालसितै बजार्न थाल्नेछन्! सङ्गीत यति प्रभावशाली हुन्छ कि दाऊदले आफ्नो वीणा बजाएर राजा शाऊलको पागलपनालाई मत्थर पार्न सक्यो र उसको मनमा विश्राम ल्याउन सक्यो (१ शमूएल १६)।
सङ्गीत तटस्थ हुन्छ भनेर विश्वास गर्न कसरी सकिन्छ र? गैर इसाईहरूले समेत यो कुरा सत्य होइन भनेर बुझेका छन्। यस युगका सन्तानहरू, उनीहरूको पुस्तामा, ज्योतिका सन्तानहरूभन्दा बढी बुद्धिमान् छन् (लूका १६:८)। यस युगका सन्तानहरूले सङ्गीतको शक्तिलाई बुझेका छन्। सङ्गीतले मानिसमाथि कस्तो प्रभाव पार्न सक्छ भनेर उनीहरू जान्दछन्।
अमेरिकामा राम्रो खालको डेन्टल क्लिनिकमा यस्तो सङ्गीत बजाइन्छ जुनचाहिँ शान्त गराउने आरामदायी खालको हुन्छ। त्यहाँका कर्मचारीहरूले बिरामी ग्राहकवर्गमा ठीक खालको मनस्थिति सृजना गराउन चाहन्छन् र उनीहरूलाई आफ्नो दाँत उखेल्नुपर्ने जस्तो असहज अनुभवको लागि तयार गराउन चाहन्छन्।
अमेरिका (सायद यूरोपमा पनि) राम्रा रेस्टुरेन्टका मालिकहरूले त्यहाँ कस्तो खालको सङ्गीत बजाउने भन्ने बारेमा होशियार हुन्छन् ताकि सही खालको वातावरण सृजना गरियोस् र उनीहरूका ग्राहकवर्गमा सही खालको मनस्थिति सृजना होस्। उनीहरू यो जान्दछन् कि शब्दबिना नै सङ्गीतले मानिसहरूमा प्रबल असर पार्दछ।
यदि कुनै आमाले आफ्नो सानो बच्चालाई सुताउन खोज्दैछिन् भने र उक्त उद्देश्यका निम्ति एउटा सङ्गीत बजाउने विचार गर्छिन् भने उनले सही छनोट गर्नुपर्ने हुन्छ किनभने कुनै सङ्गीत सुहाउँदो हुन्छ भने अर्को खालको सङ्गीत सुहाउँदो हुँदैन। शान्त, मधुर, ललबाई सङ्गीतले चमत्कारी काम गर्छ। आमाले ठूलोठूलो भोल्यूममा उत्तेजना उत्पन्न गराउने सङ्गीत कदापि प्रयोग गर्नेछैन।त्यस्तो खालको सङ्गीत त बरु पछि उसलाई निद्राबाट उठाउनुपर्दा प्रयोग गर्न सकिएला!
‘प्रार्थनाको समय के मीठो’ भन्ने भजनलाई विचार गरौं। शब्दबिना त्यसको केवल धुनमात्र बजाइयो भने पनि त्यसले एउटा चिन्तामग्न, आरामदायी र कोमल मनस्थिति व्यक्त गर्दछ। तर त्यसका शब्दहरूलाई बैण्डबाजाको मार्चको सङ्गीतमा अथवा रक सङ्गीतको छिटोछिटो बज्ने तालमा गाउन र बजाउन खोजियो भने त्यसले पूरै फरक मनस्थिति वा मुड सृजना गर्नेछ। मनस्थिति र मुड सङ्गीतमै हुन्छ अनि कुनै पनि असल रचनाकारले शब्दका सन्देशलाई सुहाउँदो मनस्थिति भएको सङ्गीतसित मिलाउन खोज्छ। त्यसैले ‘बढ्दै, बढ्दै जाऔं, पछि नहटौं’ भन्ने गीतको मनस्थिति एउटा मार्च परेडको मनस्थिति छ, मानौं सिपाहीहरू लडाइँमा जान लाग्दैछन्। उक्त गीतको सन्देशसित सङ्गीतको मनोभाव मिलेको छ। ‘सेना हामी ख्रीष्टका हौं, युद्ध गर्दै जाऔं’ भन्ने शब्दहरूलाई ‘प्रार्थनाको समय के मीठो’ को धुनमा गाउन खोजी हेर्नुहोस् त। उक्त सङ्गीतको मनस्थिति शब्दहरूको सन्देशलाई सुहाउँदैन। सङ्गीत आफैले एउटा मनस्थिति सृजना गर्दछ र एउटा सन्देश व्यक्त गर्दछ जो तटस्थ छैन।
विज्ञापनकर्ताले यो कुरा बुझेको हुन्छ कि सङ्गीत तटस्थ हुँदैन। ठीक खालको सङ्गीतले मान्छेको ध्यान खिच्न सक्छ र त्यसले विक्रीमा टेवा पुर्याउँछ। कस्ता सङ्गीतद्वारा श्रोतामा कस्ता प्रतिक्रियाहरू उत्पन्न गराउन सकिन्छ भन्ने कुरा उनीहरू जान्दछन् अनि कस्ता खालका सङ्गीतद्वारा सामान विक्री गर्न मदत मिल्न सक्छ र कस्ता खालका सङ्गीतले बाधा हुन सक्छ भनेरउनीहरू जान्दछन्।
यदि सङ्गीत तटस्थ कुरो हो भने किन त भट्टी वा नाइट क्लबभित्र कहिलेकहिँ पारम्पारिक ख्रीष्टिय सङ्गीत बजाउने नगरेको? उनीहरू कुन कुरा राम्ररी जान्दछन् भने त्यस्ता ठाउँहरूमा चाह गरिने साङ्गीतिक शैलीहरू अर्कै हुन्छन् जुन सङ्गीतहरूले उक्त व्यापारधन्दामा संलग्न शारिरीक क्रियाकलापलाई प्रोत्साहन दिने खालको कामुक वातावरण सृजना गर्दछन्।
संसारका रक सङ्गीतकारहरूले राम्ररी बुझेको कुरा हो यो: उनीहरूका सङ्गीत तटस्थ छैनन्। जीम्मी हेन्ड्रीक्सले रक सङ्गीतमा भएको सम्मोहक शक्ति (hypnotizing power) लाई जान्दथ्यो: “यसद्वारा मानिसहरूलाई सम्मोहित पार्न सकिन्छ…अनि उनीहरूलाई सबैभन्दा कमजोर बिन्दुमा पुर्याएपछि उनीहरूको सुक्ष्मचेतनाभित्र आफूले हुल्न चाहेको कुरा मजाले प्रचार गर्न सकिन्छ” (Life, Oct. 3, 1969, p. 74)। मदर्स अफ इन्भेन्शनका रक स्टार फ्रान्क जाप्पाले भन्यो, “रक सङ्गीत यौन हो। यसको ठूलो बीट शरीरको चालसित मिल्छ” (Life, June 28, 1968)। किस् ग्रुपको जीन सिम्मन्सले भन्यो, “रक भनेको एउटै कुराको बारेमा हो — यौन, १०० मेगाटन बमयुक्त यौन, अर्थात् त्यसको बीट!” (Entertainment Tonight, ABC, Dec 10, 1987)। ब्लन्डी रक ग्रुपको डेबी ह्यारीले भन्छिन्, “रक एण्ड रोल पूरै यौन हो। शत प्रतिशत यौन हो” (cited by Steve Peters, The Truth about Rock, p. 30)। एलेन ब्लूम (Allan Bloom) ले लेखे, “…रक सङ्गीतको केवल एउटै आह्वान छ, यौनइच्छाको बर्बर आह्वान—प्रेम होइन, एरोस होइन, तर अविकसित र अशिक्षित यौन इच्छा” (The Closing of the American Mind, p.73)। यी उद्दरणहरू पुराना हुन् तर तिनले के देखाउँछन् भने रक सङ्गीतको प्रारम्भिक चरणमा, रक सङ्गीत कुन कुरामा केन्द्रित छ भन्ने कुरा त्यसका सङ्गीतकारहरूले बुझेका थिए।
सङ्गीत यदि तटस्थ हुँदो हो त रक सङ्गीत मन पराउने व्यक्तिले त्यसलाई सजिलै छोड्न सक्थ्यो। जेफ गडविनको अवलोकनलाई विचार गर्नुहोस्: “सङ्गीत तटस्थ कुरा हो भनी ठान्ने कुनै पनि ‘ख्रीष्टिय’ रक स्टार वा फ्यानले एउटा सरल कुरालाई इमानदारपूर्वक विचार गरोस्: कसैलाई पनि तटस्थ सङ्गीतको नसा लाग्दैन। एउटा कुरा गरी हेर्नुहोस् न। अबको ३० दिनसम्म कुनै पनि रक सङ्गीत नसुनीकन वा नबजाईकन बिताउनुहोस्। प्रयास गर्नुहोस् इसाई रक फ्यानहरूहो। चाँडै नै तपाईंले आफूलाई तलतल लागेको महसुस हुनेछ, विथड्रलको अनुभव हुनेछ। रकसङ्गीत एउटा नसा हो! विश्वास लागेन? त्यो बिना ३० दिन बिताउनुहोस् त (What’s Wrong with Christian Rock? p. 38)।
सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा फिल्म बनाउनेहरूले बुझेका छन्। दर्शकको मनस्थितिलाई प्रभाव पार्ने काममा पृष्ठभूमिको सङ्गीत एउटा शक्तिशाली तत्त्व हो भन्ने कुरा उनीहरू जान्दछन्। उनीहरूले दर्शकको मुटुलाई ढुक-ढुक पार्न अथवा त्यसमा त्रास उत्पन्न गराउन सक्छन्। उनीहरूले दर्शकहरूलाई सङ्गीतले नै रुवाउन सक्छन्। यदि उनीहरूले कुनै भव्य सैन्य विजय देखाउँदैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। फिल्ममा यदि कुनै वियोग वा मृत्युको घटना छ भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। खुल्ला ठाउँमा बालबच्चाहरू खुशीसाथ खेल्दैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। तनाव र खतराको दृश्यले तनावपूर्ण सङ्गीतको माग गर्छ। रोमान्सले रोमान्सपूर्ण सङ्गीतको माग गर्छ।
सङ्गीतको रचना त्यसको विषयवस्तुसित मेल खानुपर्छ। सङ्गीतकारहरूले सङ्गीतद्वारा जस्तोसुकै मनस्थिति पनि सृजना गर्न सक्छन्। सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा उनीहरू जान्दछन्।कुनै एउटा उद्देश्यको लागि उनीहरूले जस्तो किसिमको मनस्थिति सृजना गर्न खोज्दैछन् त्यसको निम्ति कस्तो किसिमको सङ्गीत प्रयोग गर्दा ठीक हुन्छ भन्ने कुरा उनीहरू जान्दछन् र कस्तो किसिमको चाहिँ असुहाउँदो हुन्छ त्यो पनि जान्दछन्। सङ्गीतले भावनालाई फरक-फरक तरिकाले आह्वान गर्दछ भन्ने कुरा जानेका छन्।
अर्को रोचक अवलोकन यो पनि गर्न सकिन्छ कि प्राय:जसो संसारकै उच्च-प्रशंसित फिल्महरूमा समेत तिनका पृष्ठभूमिमा रक सङ्गीत बजाइँदैन। रक सङ्गीतको तारन्तार दोहोरिने र लगार्नेताल यस्तो हुन्छ कि त्यसले तनाव उत्पन्न गराउँछ र अस्थिरता सृजना गराउँछ। फिल्म निर्माताहरूले उब्जाउन खोजेका जस्ता भावनात्मक मुडहरू रक सङ्गीतले सृजना गराउन सक्दैन।
यसको इतिहासको सुरुबाट नै रक सङ्गीत अनैतिकता, गैर-वैवाहीक यौन, ड्रक्सको गौरवीकरण र अधिकारको विरुद्धमा विद्रोहसित आवद्ध भएको छ। “हाम्रो समाजमा दशकौं सम्मको रकसङ्गीतले त्यस किसिमको साङ्गीतिक शैलीलाई अनैतिकताको आयामले छाप मारेको छ। शब्दहरू बदल्दैमा र इसाई सङ्गीतकारहरूले त्यसको ठाउँ ओगट्दैमा त्यसको कलङ्क हटाउन सकिने कुरा होइन” [Dan Lucarini, Why I Left the Contemporary Christian Music Movement, p. 91]। जिउँदो र पवित्र परमेश्वरको आराधनाको लागि काम लाग्ने सङ्गीत एक किसिमको छ र काम नलाग्ने अर्को कसिमको छ। एक किसिमको सङ्गीतले ठीक मनस्थिति र ठीक वातावरण सृजना गराउँछ अनि अर्को कसिमको सङ्गीतले गराउँदैन। एक किसिमको सङ्गीत आदरभावको हुन्छ जसले हृदयलाई परमेश्वरतर्फ उचाल्छ र उक्त अवसरको मर्यादासित सुहाउँदो हुन्छ। सारा महिमाका परमेश्वरलाई महिमावान् सङ्गीत सुहाउँछ। हामीले परमेश्वरलाई पवित्रताको सुन्दरतामा आराधना गर्नुपर्छ; यस उद्देश्यका लागि एक किसिमको सङ्गीत सुहाउँदो हुन्छ भने अर्को किसमको हुँदैन।
त्यसमा जुनसुकै शब्दहरू जोडिए पनि रक सङ्गीत किन बेठीक छ? विभिन्नमध्ये यसका दुईटा समस्या निम्नअनुसार छन्:
१) रक सङ्गीतको ताल (rhythm/beat) ले सङ्गीतमाथि नियन्त्रण जमाउँछ वा हैकम चलाउँछ जसद्वारा मानिसको शारीरिक स्वभावलाई आह्वान गर्दछ। सबै सङ्गीतमा ताल हुन्छ र तालसङ्गीतको आवश्यक तत्त्व हो। “बढ्दै बढ्दै जाऔं” गीतमा निश्चित ताल रहेको छ (हरेक मेजरमा चार बीट छ)। उक्त गीतमा प्रयोजित तालले गीतका शब्द र सङ्गीतलाई सुहाउँदो रीतिले साथ दिन्छ। रक सङ्गीतमा भने तालले अधिपति नै जमाउँछ। फ्रान्क गार्लक (Frank Garlock) ले यो भने कि औसत रक ग्रुपबाट निस्कने आवाजमा ७०% बीट हुन्छ। ठूलो आवाजमा रक गीत बजिरहेको गाडीको नजिक तपाईं पुग्नुभएको छ? कतिपटक त तपाईंले केवल त्यसको बीट मात्र सुन्न सक्नुहुन्छ।
२) रक सङ्गीतको बीट अस्वाभाविक हुन्छ।
“येशू मलाई गर्छन् प्यार” भन्ने बालगीतलाई विचार गर्नुहोस्। यसमा बीट छ अनि त्यसको प्रमुख जोड हरेक मेजरको पहिलो बीटमा लाग्छ। यसको माने जोड यी स्वरहरूमा लाग्छन्: “ये” “ग” “यो” “बल”। साथै तेस्रो बीटमा हल्का जोड पनि लाग्छ (“म” “प्या” “स” “सार”)। यस किसिमको बीट स्वाभाविक बीट हो। रक गीतको बीट भने अफ बीटमा लाग्ने हुन्छ जसले गर्दा हरेकमेजरमा दोस्रो र चौथोमा कडा जोड दिइन्छ। यो अस्वाभाविक बीटले मानिसको शारीरिक स्वभावलाई आह्वान गर्छ र यसमा शारीरिक उत्तेजना उत्पन्न गर्ने झुकाव छ। नाइट क्लवमा रक गीतबजाइयो भने सङ्गीतको तालमा जीउहरू हल्लिन थाल्छन्। तर अर्कोतिर ख्रीष्टिय सङ्गीतले त सही सन्देश व्यक्त गर्न सही मनस्थिति सृजना गर्नुपर्छ। ईश्वरीय सङ्गीतले कस्तो खालकोप्रभाव पार्नुपर्छ भन्ने बारेमा डेविड क्लाउड (David Cloud) ले निम्न कुरा लेख्नुभएको छ:
- ख्रीष्टिय सङ्गीतले गडबडको होइन तर शान्तिको बात गर्नुपर्छ (१ कोरिन्थी १४:३३)
- ख्रीष्टिय सङ्गीतले विभाजनको होइन तर एकताको बात गर्नुपर्छ (१ कोरिन्थी १४:४०)
- ख्रीष्टिय सङ्गीतले रूखोपनाको होइन तर कोमलताको बात गर्नुपर्छ (२ तिमोथी २:२४)
- ख्रीष्टिय सङ्गीतले सांसारिकपनको होइन तर पवित्रताको बात गर्नुपर्छ (१ पत्रुस १:१५)
ख्रीष्टिय सङ्गीतले अधिकारको विद्रोह गर्ने कुरा होइन तर अधीनतामा बस्ने बात गर्नुपर्छ (याकूब ४:७)
ख्रीष्टिय सङ्गीतले घमन्डको होइन तर नम्रताको बात गर्नुपर्छ (१ पत्रुस ५:५) - ख्रीष्टिय सङ्गीतले कामुकताको होइन तर आत्मिकताको बात गर्नुपर्छ (१ पत्रुस २:५)
- ख्रीष्टिय सङ्गीतले प्रश्न उब्जाउने बात होइन तर जवाफ प्रदान गर्ने बात गर्नुपर्छ (१ यूहन्ना ५:२०)
- ख्रीष्टिय सङ्गीतले मनोरञ्जनको बात होइन तर आत्मिक उन्नतीको बात गर्नुपर्छ (१ कोरिन्थी १४:२६)
परमेश्वरको मण्डलीले जिउँदो परमेश्वरलाई दर्शाउनुपर्छ जो आफ्ना सबै मार्गहरूमा धर्मी र पवित्र हुनुहुन्छ। मण्डलीको उद्देश्य एउटा रक कन्सर्टलाई दर्शाउनु होइन। होइन, हामीले प्रभु येशूख्रीष्टलाई, एउटा मर्यादापूर्ण र आदरपूर्ण र आराधनापूर्ण तवरले, उहाँको व्यक्तित्वलाई दर्शाउनुपर्छ। “अब अनन्त राजालाई, अविनाशी, अदृश्य, एकमात्र बुद्धिमान् परमेश्वरलाई आदर र महिमा सदासर्वदा भइरहोस्! आमेन।”
साभार: Translated and adapted by Pradesh Shrestha from “Is Music Neutral” by George Zeller http://www.

सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।
यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।
(कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।
बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।
तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?
सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!
जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले साना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।
भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?
बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्नै ठाउँमा राखिराख्छ।
अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।
अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।

ऊ एक दिन बैंक गयो। एउटा चेक साटेर पैसा निकाल्नुपरेको थियो। पैसा गनेर हेर्दा त बैंकको मान्छेले उसलाई पन्ध्र हजार रूपियाँ बढी दिएको रहेछ। त्यसैले ऊ काउन्टरमा फेरि फर्केर गयो र बैंकको खजाञ्चीको गल्ती बताउँदै त्यो पैसा फिर्ता दियो। खजाञ्चीले उसलाई धन्यवाद दियो। ऊ आफ्नो मनमा ‘मैले ठिक गरें’ भन्ने असल विवेक लिएर आफू काम गर्ने पसलमा फर्क्यो
पैसालाई खल्तीमा हाल्दै उत्तमले मनमनै भन्यो। “यदि एउटा विषयमा त्यो ठिक हो भने अर्को विषयमा पनि त्यो ठिकै हुनुपर्छ। हरिकुमार साहुले अर्काको गल्तीले आफूलाई फाइदा हुँदा त्यसलाई सच्च्याउनुहुन्न भने यही नियमअनुसार अब उहाँको गल्तीले मलाई फाइदा हुँदा मैले नसच्च्याएकोमा उहाँले गुनासो गर्न त मिल्दैन।”
त्यो। हरिकुमार साहुले रातको बाह्र बजेसम्म उत्तमको हिसाब किताबका ठेलीहरू जाँचेर बिताएको थियो। उसले रू छ लाख भन्दा बढी रकम हिनामिना गरेको भेटियो। साहुजीले रिसले आँखा देख्न सकेन र बिहानै उसले उत्तमलाई पक्रन भनी प्रहरी चौकीमा रिपोर्ट गरेको थियो। अनि त्यहाँबाट खटाइएको एकजना प्रहरीसित उत्तम कहिल्यै नफर्कने गरी आफ्नी आमालाई छोडेर गएको थियो।
“श्रीमानको सामु म एउटा कुरा राख्न चाहन्छु” (ऊ नहडबडाईकन, प्रस्टसित बोल्यो), “अनि यस कुराले मेरो अपराधलाई सही ठहराउन नसके तापनि सायद यसले मेरो निम्ति केही हदसम्म माफी दिलाउन सक्ला कि भनेर मैले सोचेको छु। म यो साहुको पसलमा एउटा निर्दोष केटोको रूपमा काम गर्न गएको थिएँ। यदि उहाँ एक इमानदार मान्छे हुनुभएको भए, म आज हजुरको सामु एउटा अपराधीको रूपमा उभिनुपर्ने थिएन!”
त्यो दु:खी जवानको अन्तिम मौका यही थियो, अनि मानवताको आधारमा उसको कुरा सुन्न अदालतलाई करै लाग्यो।

