अराजकताको दिनमा हामी के गर्न सक्छौं?

अराजकताको दिनमा हामी के गर्न सक्छौं?
यस वर्तमान संसारमा, अराजकता र सत्यत्यागको बीचमा, परमेश्वरका जनहरूले के गर्न सक्छन्? हामीले ठ्याक्कै के गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको छ।
अचम्म नमान्नुहोस्
विश्वको र ईसाइमत स्वीकार गर्नेहरूको अवस्थाको बारेमा परमेश्वरको वचनले भविष्यवाणी गरेको छ, अनि ठीक त्यही कुरा हामी अहिले हाम्रो दिनमा देख्दैछौं।
“यो पनि जानिराख! अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाकोआज्ञापालन नगर्ने, बैगुणी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झूटा दोष लाउने, आत्मसंयमी नभएका, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने, भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाट पर बस।” (२ तिमोथी३:१-५)
आफ्नो मुक्ति पक्का गर्नुहोस्
अन्तिम दिनहरूको ईसाइमत शक्तिहीन खालको हुनेछ भनेर बाइबलले चेताउनी दिएको छ। “भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाटपर बस।” (२ तिमोथी ३:५)
आफूले साँच्ची नै नयाँ जन्म पाएको र ख्रीष्टलाई भेट्न तयार भएको हुनु पक्का गर्नु नित्तान्त आवश्यक छ।
चित्कारको लागि तयार हुनुहोस्
“किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं र प्रभुको आगमनसम्म रहिरहन्छौं, हामीले कुनै रीतिले पनि ती सुतेकाहरूलाई उछिन्नेछैनौं।किनकि प्रभु आफै चीत्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामीजीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्का निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं। यसकारण यी वचनहरूद्वाराएक-अर्कालाई सान्त्वना देओ!” (१ थेस्सलोनिकी ४:१५-१८)
“रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ; यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं।” (रोमी १३:१२)
“तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाह होस्! प्रभु नजिकै हुनुहुन्छ।” (फिलिप्पी ४:५)
“तिमीहरूले पनि धीरज धर! आफ्ना हृदयहरू स्थिर गराओ; किनकि प्रभुको आगमन नजिकै छ। हे भाइहरूहो, एउटाले अर्कोको विरोधमा गनगन नगर, नत्र तिमीहरू दोषीठहरिनेछौ; हेर, न्यायकर्ता ढोकाको अघिल्तिर खड़ा हुनुहुन्छ।” (याकूब ५:८-९)
“तर सबै कुराहरूको अन्त नजिकै आएको छ; यसकारण सचेत होओ, र प्रार्थनाका लागि जागा रहो!” (१ पत्रुस ४:७)
“अनि उनले मलाई भने: “यस पुस्तकको भविष्यवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि समय नजिकै छ।” (प्रकाश २२:१०)
आफ्नो स्वर्गीय नागरिकतामा मन लगाउनुहोस्
“यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बसिरहनुभएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन; किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तबतिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।” कलस्सी ३:१-४
साँच्चीकै नयाँ नियम मण्डलीहरू निर्माण गर्नुहोस्
“तर म ढिलो भएँ भने परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यताको खाँबो र जग हो, कसरी चल्नुपर्छ, सो तिमीले जान।” (१ तिमोथी ३:१५)
“तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरूले बप्तिस्मा लिए; अनि त्यही दिनमा प्राय: तीन हजार मानिसहरू तिनीहरूमा थपिए। अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढ़तापूर्वक लागिरहे।” (प्रेरित २:४१-४२)
ख्रीष्टको महान् आदेश पूरा गर्नुहोस्
“अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो: ‘स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेलाबनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देओ, मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ; अनि हेर, मसधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु।’ आमेन!” (मत्ती २८:१८-२०)
प्रार्थना गर्नुहोस्
“यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्तीहरू, प्रार्थनाहरू, निवेदनहरू र धन्यवादहरू चढ़ाइऊन्; सारा भक्ति र इमानदारीमा शान्ति र चैनकोजीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढ़ाइऊन्। किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; उहाँ सबैमानिसहरूले मुक्ति पाऊन्, र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ।” (१ तिमोथी २:१-४)
“सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागा रहो” (एफेसी ६:१८)
नियम-कानून पालन गर्ने र गराउनेहरूको समर्थक बन्नुहोस्
“हरेक मानिस उच्च अधिकारीहरूको अधीनतामा रहोस्। किनकि कुनै अधिकारी नै छैन, जो परमेश्वरबाटको होइन; अनि जुन अधिकारीहरू छन्, ती परमेश्वरद्वारा नियुक्तगरिएका हुन्। यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ; अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्। किनकि शासकहरूअसल कामहरूका निम्ति होइन, तर खराब कामहरूका निम्ति डरका कारण हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर, र तिमीले अधिकारीबाट प्रशंसापाउनेछौ। किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्वरका सेवक हुन्। तर तिमी खराब काम गर्दछौ भने डराऊ; किनकि तिनले व्यर्थमा तरवार भिर्दैनन्; किनकि तिनी ताखराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्वरका सेवक हुन्। यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन, तर विवेकको कारणले पनि अधीनतामा रहनुपर्छ।किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछौ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्वरका सेवकहरू हुन्। यसकारण सबैलाई, तिनीहरूलाई दिनुपर्नेकुरा देओ: जसलाई कर दिनुपर्दछ, कर; जसलाई भन्सार दिनुपर्दछ, भन्सार; जसलाई डर दिनुपर्दछ, डर; जसलाई आदर दिनुपर्दछ, आदर देओ!” (रोमी १३:१-७)
साभार: लेखक डेविड क्लाउडको अङ्ग्रेजीबाट नेपालीमा अनूदित (wayoflife.org)