बाइबल पढ्न चुनौति

बाइबल जान्दछु भनी म ठान्दथेँ,

अलिकति यहाँ, अलिकति त्यहाँ जब म पढ्दथेँ,

कहिले थोरै मत्ती, कहिले थोरै यूहन्ना,

अब उत्पत्तिको एक टुक्रा,

यशैयाका केही अध्याय,

कुनै-कुनै भजनसङ्ग्रह

(तेइस अध्याय विशेष गरी),

रोमीको बाह्रौं, हितोपदेशको पहिलो पनि —

हो, वचन म जान्दछु भन्ने लाग्थ्यो मलाई!

तर वचन पूरै पढ्नु भनेको त

बेग्लै कुरा रहेछ मैले जानेँ,

अनि बाटो नचिनेको जस्तो

जब बाइबल पूरै पढ्न थालेँ।


बाइबलसित खेल्नेहरूहो:

यहाँ र त्यहाँ डुबुल्की मार्नुहुन्छ तपाईं

थाकेर घुँडा टेक्नुअघि

हाइ काट्दै हतारमा प्रार्थना गर्नुहुन्छ तपाईं;

लेखोटहरूका पनि सर्वश्रेष्ठ लेखोटलाई

अन्य किताबसितझैं व्यवहार गर्नुहुन्छ–

छेउ न टुप्पो गरी कुनै खण्ड पढ्नुहुन्छ,

अधीर बनी यस्सो नजर लाउनुहुन्छ —

त्योभन्दा उत्तम उपाय चाखी हेर्नुस् न,

चौडा, अटुट दृष्टि लगाइरहनुस् न;

हर्षले विभोर भई घुँडा टेक्नुहुन्छ तब

बाइबल तपाईं पूरै पढ्नुहुन्छ जब!

— आमोस आर वेल्स

Print Friendly, PDF & Email