“यो पनि जानिराख – अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। किनकि मनिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमन्डी, निन्दा गर्ने, बाबुआमाको आज्ञापालन नगर्ने, बैगुणी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झूटा दोष लाउने, आत्मासंयम नभएका, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दीवाल, घमन्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने; भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्ने हुन्छन्; यस्ताहरूबाट पर बस! किनकि ती यस्ताहरूमध्येका हुन्, जो घरहरूभित्र चाल मारेर पस्छन्, अनि पापहरूले दबिएका र नाना प्रकारका अभिलाषाहरूद्वारा चलाइएका मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्; जुन स्त्रीहरू सिक्न ता सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैनन्।” (२ तिमोथी ३:१-७)
यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।
https://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.png00Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-02-20 20:19:172020-04-28 14:07:10बाइबलबाट एउटा चेताउनी