असल गोठाला

Study Series

असल गोठाला

येशू ख्रीष्ट बास्तवमा को हुनुहुन्छ त, भनेर हामीले यूहन्नाको सुसमाचारमा अध्ययन गरिरहेका छौं। येशू बास्तवमै को हुनुहुन्छ भन्ने कुरा थाहा पाएर तिनीहरूले वि ___________ गरून् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ मा पढ्नुहोस्) र विश्वास गरेर उनीहरूले उहाँको नामद्वारा __________ पाऊन् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ र यूहन्ना १०:१० बीच तुलना गर्नुहोस्)।

हामीले यूहन्नाको सुसमाचारमा “म हुँ” भनेर येशूले भन्नुभएका केही महत्त्वपूर्ण पदहरू अध्ययन गरिसकेका छौं। यूहन्ना १० अध्यायमा हामी अरू ४ ओटा “म हुँ” पदहरूलाई भेट्टाउँनेछौं जसले हामीलाई येशू को हुनुहुन्छ भनेर राम्ररी बुझ्न मदत गर्नेछ :

  • “भेडाहरूको __________ म नै हुँ” (यूहन्ना १०:७)
  • “___________ म नै हुँ” (यूहन्ना १०:९)
  • “उही नै __________ म नै हुँ” (यूहन्ना १०-११)
  • “__________ म नै हुँ” (यूहन्ना १०:१४)

बाइबलको एउटा अति परिचित पद छ जुन पद दाऊदले धेरै समय पहिला लेखेका थिए। त्यो हो, भजनसङ्ग्रह २३:१ “____________ मेरा ____________ हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।” आफ्ना भेडाहरूको वास्ता राख्‍ने महान् गोठाला को हुनुहुन्छ? दाऊदले उल्लेख गरेका परमप्रभु (यहोवा) को हुनुहुन्छ? यसको जवाफ यूहन्ना १० अध्यायमा पाइन्छ। दाऊदले उल्लेख गरेका परमप्रभु आफू नै हुँ भनेर येशूले दाबी गर्नुभएको छ। यी पदहरू बीच तुलना गर्नुहोस्:

भजनसङ्ग्रह २३:१
परमप्रभु मेरा गोठाला हुनुहुन्छ

यूहन्ना १०:११,१४
येशूले भन्नुभयो, “असल गोठाला म नै हुँ”

त्यो गोठाला प्रभु येशू ख्रीष्ट (यहोवा येशू) नै हुनुहुन्छ, अरू होइन। उहाँ “____________ महान __________ (हिब्रू १३:२) हुनुहुन्छ। यूहन्ना १० अध्यायमा हामी यस महान गोठालाका बारेमा अनि कसरी उहाँले आफ्ना भेडाहरूको वास्ता गर्नुहुन्छ र उनीहरूका खाँचो पूरा गर्नुहुन्छ भन्ने बारेमा हेर्नेछौं।

यूहन्ना १० अध्यायको रूपरेखा

  1. गोठाला र भेडाहरू (यूहन्ना १०:१-१०)।
  2. गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन् (यूहन्ना १०:११-१८)।
  3. गोठालाका वचनहरूले विभाजन आउँछ (यूहन्ना १०:१९-२१)।
  4. गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गर्छन् (यूहन्ना १०:२२-२९)।
  5. उनी परमेश्वरमा छन् भन्ने गोठालाको दाबी (यूहन्ना १०:३०-४२)।

गोठाला र भेडाहरू

यूहन्ना १० अध्यायको पहिलो भाग बुझ्नलाई हामीले पहिला प्यालेस्टाइनमा कस्तो “भेडी गोठ” को चलन थियो भनेर जान्नु आवश्यक छ (यूहन्ना १०:१ मा हेर्नुहोस्)। “भेडी गोठ” पर्खालले घेरिएको ठाउँ हुन्थ्यो जहाँ भेडाहरू राती बास बस्थे। पर्खाल ढुङ्गाहरूले बनेको हुन्थ्यो र त्यसको छाना हुँदैनथ्यो। पर्खालले घेरिएको त्यस ठाउँभित्र तिनीहरू हावा हुरी र खराब मौसमबाट अनि चोरहरू र जङ्गली जनावरहरूबाट जोगिन सक्दथे। भेडी गोठको एउटै मात्र ढोका हुन्थ्यो। कहिलेकाँहि भेडी गोठमा एकभन्दा बढी बगालहरू पनि मिसाइन्थ्यो। दुई-तीन जना गोठालाहरूले आ-आफ्नै भेडा बगालहरू ल्याउँथे र एउटै गोठभित्र राख्दथे।

यस अध्यायभरि नै “भेडा” शब्दले साँचो गरी येशूमा विश्वास गर्ने र उहाँको पछि लाग्ने मानिसहरूलाई जनाउँछ। विश्वास नगर्नेहरू चाहिँ को हुन् नि? के तिनीहरू उहाँका भेडा हुन् र (यूहन्ना १०:२६? __________। येशूले भन्नुभयो “मेरा भेडाहरूले मेरो सोर __________ अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई __________________” (यूहन्ना १०:२७)।

यूहन्ना ९ अध्यायमा हामीले येशूले निको पार्नुभएको एक अन्धा मानिसको बारेमा अध्ययन गर्‍यौं। के त्यस मानिसले येशूलाई पछ्याए? के उनी साँचो विश्वासी थिए (यूहन्ना ९:३५-३८)? _________। तसर्थ, के उनी एउटा साँचो भेडा थिए? _________। यिनले र अरूहरूले येशूलाई पछ्याउनदेखि रोक्नलाई केही यहूदी अगुवाहरूले सक्दो प्रयास गरे (यूहन्ना ९:२२,३४ मा हेर्नुहोस्)। यी मानिसहरू चोर जस्तै थिए। तिनीहरू भेडालाई गोठालादेखि टाढा राख्‍न चाहन्थे, तर असल गोठालाले उसलाई भे ____________ (यूहन्ना ९:३५)। चोर र डाँकू को हुन्, येशूले यूहन्ना १०:१ मा बताउनुभयो। चोर कसरी भेडाको गोठभित्र पस्छ (यूहन्ना १०:१)? ________________________________________________। साँचो गोठालाचाहिँ भेडाको गोठभित्र कसरी पस्दछ नि? ______________ ___________________________। हिजोआज पनि यसरी नै हेरिन्छ। कसैलाई तपाईंले मूलढोकाबाट घरभित्र पसिरहेको देख्‍नुभयो भने त्यो व्यक्ति सम्भवतः त्यहीँ बस्ने मान्छे हो। तर कोही झ्याल फोडेर भित्र पस्दै गरेको देख्‍नुभयो भने तपाईंलाई पक्कै पनि शङ्का लाग्छ।

तेस्रो पदको “ढोके” भन्नाले “पाले” बुझिन्छ। यहाँ ३-५ पदहरूले, बिहान भेडाहरूको गोठालाले भेडी गोठबाट आफ्ना भेडाहरू निकालिसकेपछि के कस्ता कुराहरू गरिन्छ भनेर देखाउँछ। गोठाला र भेडाहरूको बीच एक सुन्दर सम्बन्ध हुन्छ। भेडाहरूले गोठालालाई चिन्दछन् अनि गोठालाले पनि भेडाहरूलाई चिन्दछ।

भेडाहरू गोठालालाई चिन्छन्

गोठालाले बोलाउँदा भेडाहरूले के गर्छन्, उनको सोरलाई ध्यान दिन्छन् कि मतलबै राख्दैनन् (यूहन्ना १०:३? ________________। तिनीहरू आफ्ना गोठालाको सोर चिन्न सक्छन्। त्यहाँ तीनओटा भेडी बगालहरू गोठमा छन् र तिनीहरूका आ-आफ्नै तीनैओटा गोठालाहरूले एकैचोटि बोलाउन थाले भने पनि भेडाहरूले आ-आफ्नै गोठालाहरूलाई पछ्याउँछन्, “किनकि तिनीहरूले उसको सोर ____________” (यूहन्ना १०:४)। के तिनीहरूले बेग्लै गोठालालाई कहिल्यै पछ्याउँछन् (यूहन्ना १०:५)? ________________। साँचो गोठालाले बोलाउँदा भेडाहरूले सुन्छन्, चिन्छन् र पछ्याउँछन्। येशू ख्रीष्टले बोल्नुहुँदा, उहाँका विश्वासी जनहरूले उहाँको सोर सुन्छन्, अनि उहाँलाई चिन्छन् र पछ्याउँछन् (यूहन्ना १०:२७ सँग दाँज्नुहोस्)।

गोठालाले भेडाहरूलाई चिन्दछ

भेडाको बथानलाई हेर्दा सबै भेडा उस्तै-उस्तै देखिन सक्छन्। तपाईंलाई त्यस्तो लागे तापनि गोठालालाई भने सबै भेडा फरक देखिन्छन्। एउटा असल गोठालाले आफ्नो प्रत्येक भेडालाई चिनेको हुन्छ र प्रत्येकलाई एउटा-एउटा ना ______ समेत दिएको हुन्छ (यूहन्ना १०:३)। त्यसरी नै प्रभुले हरेक विश्वासीलाई चिन्नुहुन्छः “प्रभुले उहाँका आफ्नाहरूलाई ____________” (२ तिमोथी २:१९)। प्रत्येक विश्वासी येशू ख्रीष्टका निम्ति महत्त्वपूर्ण हुन्छन्। सभाघरबाट निष्कासित मानिसप्रति उहाँको अचम्मको चासोको बारेमा हामीले अगाडि नै हेरिसक्यौं (यूहन्ना ९:३४-३५)। असल गोठालाले तपाईंका सबै कुरा जान्नुहुन्छ। तपाईंले आफूलाई जति चिन्नुहुन्छ त्यसभन्दा बढ्ता उहाँले तपाईंलाई चिन्नुहुन्छ!

यूहन्ना १०:३ अनुसार भेडाहरूको गोठालाले “तिनीहरूलाई बा________ लै____________” र यूहन्ना १०:४ अनुसार गोठाला “तिनीहरूको ____________ हिँड्छ र भेडाहरूले उसलाई ______________।” भेडाहरूलाई सही दिशामा हिँडाउने दुइटा तरिका छन्। तपाईं अघि-अघि हिँडेर तिनीहरूलाई डोर्‍याउन सक्नुहुन्छ अथवा तपाईं तिनीहरूको पछि-पछि आउँदै तिनीहरूलाई धपाउन सक्नुहुन्छ। असल गोठाला प्रभु येशूले चाहिँ डोर्‍याउनुहुन्छ, उहाँले धपाउनुहुन्न। (नोट: स्थानीय मण्डलीका गोठाला अर्थात् पास्टरमा पनि यो गुण हुनुपर्छ। उसले डोर्‍याउने काम गर्नुपर्छ, धपाउने काम होइन। १ पत्रुस ५:३ मा हेर्नुहोस्)।

ढोका

गोठाला र भेडाको कुरा के यहूदीहरूले बुझे (यूहन्ना १०:६)? _____________। तिनीहरूले बुझ्न सकून् भनेर येशूले फेरि “म हुँ” भन्ने अर्को वाणी दिनुहुन्छः “भेडाहरूको _________ म नै हुँ” (यूहन्ना १०:७)। येशूको तात्पर्य यो थियो, “तिमीहरू सुरक्षा चाहन्छौ, आत्मिक भोजन र जीवन चाहान्छौं भने तिमीहरू मकहाँ आउनुपर्छ। एकमात्र ढोका म नै हुँ! तिमीहरूलाई यी कुराहरू दिन सक्ने एकमात्र व्यक्ति म नै हुँ।”

यूहन्ना १०:९ मा हामी फेरि “म हुँ” भन्ने अर्को पद पाउँछौं: “________ म नै हुँ,कोही मबाट भित्र पस्यो भने उसले ________ पाउनेछ, अनि भित्र र बाहिर जानेछ, अनि खर्क पाउनेछ।” येशू ख्रीष्ट मुक्तिको ढोका हुनुहुन्छ र उहाँ एकमात्र ढोका हुनुहुन्छ। बिहान भेडाहरू गोठको ढोका बाहिर निस्केर जाँदा, तिनीहरूले खर्क (भोजन र स्वास्थ्य) पाउनेछन्। साँझमा तिनीहरू गोठभित्र पस्छन् र सुरक्षित हुन्छन्। केवल येशू ख्रीष्टले मात्र मानिसलाई सन्तुष्टि (खर्क) र सुरक्षा प्रदान गर्न सक्नुहुन्छ। भोजन पुग्ने गरी खान पाए भने र सुरक्षा पाए भने मात्रै तिनीहरू बाँचिरहन सक्छन्। येशू ख्रीष्टले मात्र मानिसलाई जीवन दिन सक्नुहुन्छः “म चाहिँ तिनीहरूले __________ पाऊन र झन् ____________ गरी पाउन् भनी आएको हुँ” (यूहन्ना १०:१०)। प्रशस्तताको जीवन येशू ख्रीष्टमा मात्रै पाइन्छ। येशू ख्रीष्टले भरपूरीको जीवन सम्भव गराउनुहुन्छ, यस्तो खालको जीवन जुनचाहिँ आत्मिक रूपमा प्रशस्त हुन्छ, धनाढ्य हुन्छ, फलिफाप हुन्छ।

कोही मानिस ढोकाबाट भित्र पस्दैन भने उसले खर्क पाउनेछैन, उसले सुरक्षा पाउनेछैन र उसले जीवन पाउनेछैन। यी कुराहरू मानिसले पाओस् भनेर के चोरले चाहन्छ (यूहन्ना १०:१०)? _______________। येशू जीवन प्रदान गर्न आउनुभयो, तर चोर ता चोरूँ, मारूँ र __________ पारूँ भन्छ (यूहन्ना १०:१०)।

के तपाईं ख्रीष्टरूपी ढोकाबाट भित्र पस्नुभयो? के उहाँ बाहेक अरू कसैमा मुक्तिको आशा छ र (प्रेरित ४:१२)? ___________।

गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन्

येशू ख्रीष्ट केवल ढोका हुनुहुन्न, तर उहाँ ____________ ____________ पनि हुनुहुन्छ (यूहन्ना १०:११)। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति के गरिदिने प्रतिज्ञा गर्नुभयो (यूहन्ना १०:११)? ______________________________________। गोठालाले आफ्ना भेडाका निम्ति साँच्ची नै प्राण दिएका घटनाहरू सुनाइमा आएका छन्। कतिपय गोठालाहरूले डाँकूहरूका लाठी र छुरीहरूको सामना गरेका छन्। कतिले जङ्गली जनावरका सामना गरेका छन्। दाऊदले आफ्नो बगाललाई जोगाउन एउटा सिंह र भालुसँग कुस्ती लडेका थिए (१ शमुएल १७:३४-३६)। उनले आफ्नो प्राणलाई नै जोखिममा हालेका हुन् यद्यपि परमेश्वरले उनलाई जोगाउनुभयो। भेडाहरू ठूलो खतरामा छन् भनी येशू जान्नुहुन्थ्यो (यशैया ५३:६)। उहाँले तिनीहरूका निम्ति आफ्नो प्राण दिनुभएन भने सबै भेडाहरू नष्ट हुनेछन् भनी उहाँ जान्नुहुन्थ्यो। आफ्ना भेडाहरूलाई नाशदेखि बचाउनलाई नै येशू राजीखुशी मर्नु भएको हो। उहाँको मृत्यु नै आफ्ना भेडाहरूप्रतिको उहाँको ठूलो फिक्रीको प्रमाण हो।

यूहन्ना १०:१३ मा भेडाहरूको पटक्कै वास्ता नगर्ने एउटा मान्छेको उल्लेख छ। उसलाई “ज्यामी” भनिएको छ। ज्यामी भनेको ज्याला लिएर काम गर्ने मानिस हो। उसलाई भेडाहरूको हेरचाह गर्न राखिन्छ र काम गरे बापत उसलाई ज्याला दिइन्छ। हामीलाई बताइएको छ त्यसले “भेडाहरूको वास्ता ________” (यूहन्ना १०:१३)। उसले भेडाको मतलव होइन पैसाको (ज्यालाको) मतलव छ। त्यसैको लागि मात्रै उसले भेडाहरू चराउँछ। ज्यामीले “यी मेरा भेडाहरू हुन्” भन्दैन। असल गोठालाले मात्र त्यसो भन्न सक्छन्। आजकल त्यहाँ थुप्रै घार्मिक अगुवाहरू र शिक्षकहरू छन् जोहरू मानिसहरूलाई परमेश्वरसितको सही र सत्य सम्बन्धमा डोर्‍याउने कुरामा कुनै चासो राख्दैनन्। तिनीहरू आफ्नै निम्ति पैसा बटुल्ने अथवा आफ्नै स्वार्थपूर्तिका लागि मरिमेट्छन्। यस्ता मानिसहरूले कसको सेवा गर्दै छन्? येशू ख्रीष्टको सेवा कि आफ्नै (रोमी १६:१८ सँग दाँज्नुहोस्)? ________________________ __________________।

साँचो गोठालाको आफ्ना भेडाहरूसँग सुन्दर अन्तरसम्बन्ध हुन्छ। के गोठालाले भेडाहरूलाई चिन्दछ (यूहन्ना १०:१४)? ___________। के भेडाहरूले गोठालालाई चिन्दछन् (यूहन्ना १०:१४)? ____________।

एउटै बगाल

यूहन्ना १०:१६ मा येशूले यी यहूदीहरूलाई उहाँले भविष्यमा गर्न लाग्नुभएको एउटा कुराको बारेमा बताउनुभयो। यस पदमा येशूले दुई खालका भेडाहरूको बारेमा बताउनुहुन्छः

आज येशू ख्रीष्टकहाँ आउने हरेक जन यस एउटै गोठलाको एउटै बगालका सदस्य हुँदछन्। चाहे त्यस मानिस यहूदीजाति होस् वा अन्यजाति, त्यसले कुनै फरक पार्दैन। जब कुनै यहूदी वा अन्यजातिले ख्रीष्टमा विश्वास गर्छ तब ऊ मण्डलीको अंग बन्दछ जसको शिर येशू ख्रीष्ट हुनुहुन्छ। यी दुई (यहूदी र अन्यजाति) एक (एउटै बगाल, एउटै शरीर, एउटै मण्डली) भएका छन् — एफेसी २:११-१८ मा हेर्नुहोस्। बाइबलले बताउँछ, चाहे यहूदी होस् वा अन्यजाति “__________ __________मा तिमीहरू सबै ________ हौ” (गलाती ३:२८)। संसारका मानिसहरू आज तीन समूहमा विभाजित छन् (१ कोरिन्थी १०:३२ पढ्नुहोस्):

  1. यहूदीहरू (मुक्ति नपाएका यहूदीहरू)

  2. अन्यजातिहरू (यिनीहरू मुक्ति नपाएका अन्यजातिहरू)

  3. मण्डलीका अंगहरू (मुक्ति पाएका यहूदी र अन्यजाति विश्वासीहरूको मिलेर बनेको एउटा शरीर)

बाइबलले भन्दछ, येशू ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो अनि यसका निम्ति आफैलाई अर्पण गर्नुभयो (एफेसी ५:२५)। उहाँले भेडाहरूलाई प्रेम गर्नुभयो र आफैलाई तिनीहरूका निम्ति अर्पण गर्नुभयो। हामी यसबारेमा यूहन्ना १०:१७ मा पढ्छौं। येशू ख्रीष्ट हाम्रा निम्ति क्रूसमा मर्नुहुने कुरा जनाउन यूहन्ना १०:१७ मा उहाँले कुन शब्दहरू प्रयोग गर्नुभयो? ______________________________________। यूहन्ना १०:७ का कुन शब्दहरूले येशूको बौरिउठाइलाई जनाउँछ? ________________________________________। यी दुवै विचारहरू हामी यूहन्ना १०:१८ मा पाउँछौं।

येशू ख्रीष्टको मृत्युको कारण के थियो? उहाँको ज्यान दुष्ट मानिसहरूले लिएको कारण हो कि आफ्नै स्वेच्छाले येशूले आफ्नो प्राण दिनुभएकोले हो (यूहन्ना १०:१८)? __________________________________। उहाँले आफ्नै स्वेच्छाले आफ्नो प्राण भेडाहरूका निम्ति अपर्ण गर्नुभयो! उहाँले नै तिनीहरूलाई अनुमति दिनुभएकोले मानिसहरूले येशूलाई पक्रन सके अनि नानाभाँति दुर्व्यवहार गर्न सके र उहाँलाई क्रूसमा टाँगेर काँटी ठोक्न सके। यसभन्दा अघि मानिसहरूले येशूलाई पक्रन खोजेका थिए तर के तिनीहरूले सो गर्न सके (यूहन्ना १०:३९)? _______________। मानिसहरूले उहाँलाई डाँडाको डिलबाट खसाल्न खोज्दा के भएको थियो (लूका ४:२८-३०)? ___________________________________ _______________________________। मत्ती २६:४७-५४ पदहरू पढ्नुहोस्। हामी ५३ पदमा देख्दछौं येशूले प्रार्थना गर्नुभएको भए पिताले बाह्र पल्टनभन्दा बढी ______________ पठाउन सक्नुहुन्थ्यो जसले उहाँका शत्रुहरूबाट उहाँलाई सजिलै बचाउन सक्थे। एक रोमी पल्टनमा करिब ३,००० देखि ६,००० जना जति सिपाहीहरू हुन्थे। के येशूले यसो भनेर प्रार्थना गर्नुभयो? ______________। आफ्नो प्राण भेडाहरूका निम्ति अर्पण गर्नलाई येशू राजीखुशी स्वेच्छापूर्वक क्रूसको बाटो रोज्नुभयो!

गोठालाका वचनले विभाजन ल्याउँछ

येशू ख्रीष्ट मानिसहरूबीच ठूलो विभाजन ल्याउने व्यक्ति हुनुहुन्छ (यूहन्ना १०:१९)। हामी यूहन्ना ७ अध्यायमा यही कुराको अध्ययन गर्‍यौं। जब येशू बोल्नुहुन्थ्यो तब उहाँको भनाइले ती सुन्नेहरूलाई या त उहाँको पक्षमा आउन या त उहाँको विपक्षमा बस्न बाध्य गराउँथ्यो। प्रायः जसो यहूदीहरूले येशूको विषयमा के भने (यूहन्ना १०:२०)? ____________________ _____________________। यी यहूदीहरू उहाँको पक्षमा थिए कि विपक्षमा? __________। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको पागल भनेर आरोप लगाए! त्यहाँ अरूहरू थिए जसले उहाँलाई दुष्टआत्मा लागेको छ भन्ने कुरालाई मानेनन्। ख्रीष्टको कुनचाहिँ ठूलो आश्चर्यकर्म यी मानिसहरूको सम्झनामा ताजा थियो? (यूहन्ना १०:२१)? __________________________ ________________। यो हामीले यूहन्ना ९ अध्यायमा अध्ययन गरेको आश्चर्यकर्म हो।

आजकल पनि यस्ता विचार राख्‍नेहरू पाइन्छन्, कि येशू कुनै पागल अर्थात् बौलाहा थिए। तिनीरूका आँखा अन्धा पारिएका छन्। एउटा दिन आउँदै छ जब तिनीहरूले उहाँ साँच्चै को हुनुहुन्छ भनेर महसुस गर्नेछन् र उहाँका सामु तिनीहरूले आफ्ना घूँडा टेक्नेछन् अनि आफ्ना जिब्राहरूले भन्नेछन्, उहाँ पागल होइन, अनि झूटा पनि होइन, बरु उहाँ नै ____________ हुनुहुन्छ भनेर स्वीकार गर्नेछन् (फिलिप्पी २:१०-११)। के तपाईंले आफ्नो मुखले यो कुरा कहिल्यै स्वीकार गर्नुभएको छ (रोमी १०:९ पढ्नुहोस्)? ______________।

गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गछर्न्

हामी यूहन्ना १०:२२ मा आइपुगेपछि थाह पाउँदछौं, यतिखेर समपर्ण-चाड (Feast of Dedication) थियो र __________को समय थियो। झुप्रेबासको चाड (Feast of Tabernacles) को केही महिना पछाडि यो चाड पर्दथ्यो (यूहन्ना ७:२ सँग तुलना गर्नुहोस्)। समर्पण-चाडलाई बत्तीहरूको चाड (Feast of Lights) पनि भनिन्थ्यो। आजकल यहूदीहरू यसलाई हनुक्का (Hanukkah) भन्छन् (यो एउटा यहूदी पर्व हो जसमा उनीहरू सिरियाको एन्टिओकसले यरूशलेमको मन्दिरलाई अपवित्र पारे पश्चात् यहूदीहरूले गरेको मन्दिरको पुनर्समर्पणको सम्झना गर्दछन् – इतिहासको त्यो अचम्मको अवधिको बारेमा बाइबलभन्दा बाहिरका १ र २ माकाबीज (1 and 2 Maccabees) भन्ने पुस्तकहरूले बताउँदछ)।

यहूदीहरू जब येशूको वरिपरि भेला भए, तिनीहरूले उहाँले यसको ठाडो जवाफ दिनलाई भनेः “तपाईं ________ (मसीह) हुनुहुन्छ भने हामीलाई सफासँग भनिदिनुहोस” (यूहन्ना १०:२४)। तिनीहरूलाई खास बताइनुपर्ने खाँचो थिएन बरु तिनीहरूले वि________ गर्नुपर्ने खाँचो थियो (यूहन्ना १०:२५)। येशूले आफ्ना कामहरूद्वारा, आफ्ना वचनहरूद्वारा उहाँ को हुनुहुन्छ भनेर अघिबाटै सफासँग बताइसक्नुभएको थियो (यूहन्ना १०:२५)। तर के तिनीहरूले विश्वास गरे (यूहन्ना १०:२६)? _____________। के तिनीहरू उहाँका भेडाहरू थिए त (यूहन्ना १०:२६)? ____________। प्रभु उनीहरूका गोठाला हुनुहुन्नथ्यो।

येशू तब आफ्ना साँचा भेडाहरू कस्ता हुन्छन् बयान गर्नुहुन्छ। उहाँका साँचा भेडाहरूमा कुन कुन गुणहरू हुन्छन् (यूहन्ना १०:२७)? (१) तिनीहरूले उहाँको सोर ________________ (२) तिनीहरूले उहाँलाई ________________ येशूका वचनहरू (बाइबल) लाई सुन्न कसैले अस्वीकार गर्छ भने, र यदि उसले येशूलाई पछ्याउँदैन भने के त्यो व्यक्ति साँचो भेडाले जस्तै व्यवहार गर्दै छ? ___________। आफ्नो साँचा भेडाहरूलाई येशूले के दिनुहुन्छ (यूहन्ना १०:२८)? ____________ _____________। अनन्त जीवन एउटा उपहार हो (रोमी ६:२३ र एफेसी २:८-९ लाई तुलना गर्नुहोस्)। ख्रीष्टका साँचा भेडाहरू कहिल्यै _________ हुनेछैनन्। यसको मतलब, तिनीहरू कहिल्यै हराउने छैनन्। तिनीहरूले कहिल्यै आफ्नो मुक्तिलाई गुमाउने छैन। असल गोठालाले आफ्ना भेडाहरूलाई सधैंभरी सुरक्षित राख्छन्। उनले आफ्ना भेडाहरूलाई अनन्तको खराबीदेखि सुरक्षा दिन्छन्। तिनीहरू सधैंभरी सुरक्षित रहनेछन् ।

यूहन्ना १०:२८ अनुसार साँचा विश्वासीहरू कसको हातमा छन् (याद राख्‍नुहोस्, यी वचनहरू बोल्ने येशू हुनुहुन्छ)? ____________। तिनीहरूलाई उहाँको हातबाट कसैले खोसेर लान सक्छ (यूहन्ना १०:२८)? ____________। यूहन्ना १०:२९ अनुसार साँचा विश्वासीहरू कसका हातमा छन्? ___________। के उहाँको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्छ र? ____________। यदि तपाईं एक साँचो विश्वासी हुनुहुन्छ भने के तपाईं असल हातहरूमा हुनुहुन्छ? ________। के तपाईं यी हातहरूमा सुरक्षित हुनुहुन्छ? _______। के परमेश्वरका हातहरूले तपाईंलाई छाड्नेछन्? _____________। के परमेश्वरले उहाँका हातहरूबाट तपाईंलाई खसेर नाश हुन दिनुहुनेछ? __________________ (द्रष्टब्यः शिक्षकले एउटा सिक्का प्रयोग गरेर यूहन्ना १०:२८-३० लाई सिकाउन सक्छन्। सिक्काले एउटा विश्वासीको चित्रण दिँदछ। यूहन्ना १०:२८ लाई चित्रण गर्न एक हातमा सिक्कालाई बलियो गरी समात्नुहोस् (तपाईं ख्रीष्टको हातमा हुनुहुन्छ!)। यूहन्ना १०:२९ देखाउनलाई यही सिक्का अब अर्को हातमा समात्नुहोस् (तपाईं पिताको हातमा हुनुहुन्छ!)। त्यसपछि यूहन्ना १०:३० लाई देखाउनलाई दुईटै हातले सिक्का बलियोसँग समात्‍नुहोस् (तपाईं दुवै पिताको र पुत्रको हातमा हुनुहुन्छ!)।

परमेश्वर “पिता र म एक हुँ” भन्ने गोठालाको दाबी

यूहन्ना १०:३० मा येशूले यस्तो अचम्मको दाबी गर्नुभयो: “म र मेरा पिता ______ हौं।” कुनै सामान्य व्यक्तिले यसो कहिल्यै भन्न मिल्दैन। कुनै सामान्य व्यक्तिले “परमेश्वर र म एक हौं” भन्न सक्दैन। तर येशूले भन्न सक्नुभयो किनभने उहाँ एक असाधारण मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो (सिद्ध ईश्वर र सिद्ध मानिस)। उहाँले मात्रै आफू परमेश्वरसित एक छु भन्ने दाबी गर्न सक्नुहुन्थ्यो।

प्रभुका शत्रुहरूले येशूको भनाइको तात्पर्य राम्ररी नै बुझे (यूहन्ना १०:३१) र तिनीहरूले येशूलाई के गर्न खोजे? ____________________________। तिनीहरूले उहाँलाई मार्न खोजे। एउटा मानिसले आफू परमेश्वरसित एक छु भनी दाबी गर्नु ठूलो ईश्वर निन्दा (blasphemy) हो भनेर तिनीहरूले ठाने। येशूले आफूलाई परमेश्वरसँग बराबरी तुल्याउनुभएको हो भनी तिनीहरूले बुझे (यूहन्ना ५:१८ सँग तुलना गर्नुहोस्)। तर येशू ईश्वर निन्दाको दोषी हुनुहुन्थेन किनभने उहाँले जे भन्नुभयो त्यो साँचो थियो

येशूले यी यहूदीहरूलाई “कुन कामका निम्ति तिमीहरू मलाई ढुंगाले हान्छौ” भनेर सोध्नुभयो (यूहन्ना १०:३२)। येशूले गर्नुभएका सबै कामहरू ________ कामहरू थिए (यूहन्ना १०:३२) र असल गर्दागर्दै कसैलाई मार्न त उचित होइन! आफ्नो जीवन भरीमा येशूले एउटै पनि “खराब” काम गर्नुभएन। यहूदीहरूले येशूलाई ____________का ________का निम्ति ढुंगाले हान्न चाहन्थे थिए (यूहन्ना १०:३३), “एउटा _________ भएर तिमीले आफुलाई ______________ तुल्याएका हुनाले” (यूहन्ना १०:३३)। जब येशूले “म र मेरा पिता एक हौं” भनी भन्नुभयो, उहाँले आफू परमेश्वर हुँ भनेर दाबी गर्दै हुनुहुन्थ्यो – यो कुरा यी यहूदीहरूले प्रस्टै बुझे! मानिसहरूलाई आफू परमेश्वर हुँ भनी विश्वास दिलाउन खोज्नु येशूको भयंकर ठूलो पाप हो भनी यहूदीहरू ठान्दथे।

टिप्पणी: येशूले यूहन्ना १०:३४-३६ मा दिनुभएको तर्क बुझ्नलाई अलिक कठिन छ। यसलाई यसरी ब्याख्या गर्न सकिन्छ: येशूले भन्नुभएको पहिलो कुरा हो पुरानो नियममा मानिसहरूलाई “ईश्वरहरू” भनिएको छ (यूहन्ना १०:३४-३५)। येशूले उद्धृत गरिरहनुभएको खण्ड भजनसङ्ग्रह ८२:६ हो जहाँ पापपूर्ण, न्यायकर्ता (न्यायधीश) हरूलाई “ईश्वरहरू” भनिएको छ। न्यायकर्ताको बडो गहन जिम्मेवारी हुन्छ। राम्रोसँग न्याय गर्नलाई तिनीहरू परमेश्वरको अघि जिम्मेवार हुन्छन्। तिनीहरूका आफ्नै दाजुभाईहरू (मानिसहरू) को न्याय गर्दा परमेश्वर उसको ठाउँमा हुनुभएको भए कसरी न्याय गर्नुहुनेथ्यो भनेर परमेश्वरले झैं न्याय गर्नुपर्थ्यो। त्यसैकारण एकदम वास्तविक रूपमा यी न्यायकर्ताहरूले परमेश्वरको स्थान लिइरहेका र परमेश्वरले तिनीहरूलाई दिनुभएको काम गरिरहेका थिए। त्यसैकारणले यस अर्थमा तिनीहरूलाई “ईश्वरहरू” भनिएको थियो। यी न्यायकर्ताहरूले परमेश्वरको तर्फ बाट काम गर्नु पर्थ्यो।

येशूले यूहन्ना १०:३५-३६ मा दोस्रो तर्क गर्नुहुन्छ। उहाँ मानौं यसो भन्दै हुनुहुन्थ्यो: “यदि पवित्र शास्त्रले पापी मानिसहरूलाई त “ईश्वरहरू” को संज्ञा दिन्छ भने (अनि पवित्र शास्त्र भङ्ग हुन सक्दैन), तब कसरी मैले आफैलाई “परमेश्वर” भन्नु गलत हुन्छ? मानिसहरूलाई भजनसङ्ग्रह ८२:६ मा “ईश्वरहरू” भनिएको छ भने तब कसरी परमेश्वरका पुत्रले आफैलाई “परमेश्वर” भन्दा यो ईश्वर निन्दा ठहरिन्छ?” येशूले आफ्नो बारेमा यूहन्ना १०:३६ मा के भन्नुभएको छ, हेर्नुहोस्:

  1. परमेश्वर पिताले पवित्र पार्नु भएको (विशेष रीतिले अलग गरिएको) व्यक्ति उहाँ नै हुनुहुन्छ। येशू ख्रीष्ट अद्वित्तीय हुनुहुन्छ। उहाँ जस्तो केही छैन!
  2. परमेश्वरले संसारमा पठाउनुभएको व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँ परमेश्वरबाट आउनुभयो!
  3. उहाँले आफू ____________को ______ हुँ भन्ने दाबी गर्नुभयो (यूहन्ना १०:३६)। अनि यहूदीहरू जान्दथे, आफुलाई परमेश्वरको पुत्र हुँ भन्नुचाहीँ आफूलाई परमेश्वरसँग ____________ तुल्याउनु हो (यूहन्ना ५:१८)।

यहूदीहरूले सोझो र सफा उत्तर मागेका थिए (यूहन्ना १०:२४) र येशूले ठीक त्यस्तै जवाफ दिनुभयो!

प्रभुका शत्रुहरूले उहाँका वचन (उहाँले भन्नुभएका कुरा) हरूमा विश्वास गर्न चाहेनन् अनि तिनीहरूले उहाँका कामहरूमा (उहाँले जे गर्नुभएको थियो त्यसमा) पनि विश्वास गर्न चाहेनन् – यूहन्ना १०:३८ पढ्नुहोस्। येशूले तिनीहरूलाई बताइरहनुभएको कुरा तिनीहरूले रुचाएनन् र फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे। के तिनीहरूले पक्रन सके (यूहन्ना १०:३९)? ______________। तर सबैजनाले नै उहाँका वचनहरू र कामहरूलाई इन्कार गरेका थिएनन्। हामीलाई बताइएको छ, “अनि त्यहाँ धेरैले उहाँमाथि ____________।” (यूहन्ना १०:४२)।

के तपाईं येशू ख्रीष्टमा साँचो विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? के तपाईं उहाँका भेडाहरू मध्येका एक हुनुहुन्छ? के तपाईं उहाँको हातमा सुरक्षित हुनुहुन्छ? के तपाईं धेरै वर्ष पहिले दाऊदले भनेझैं यसो भन्न सक्नुहुन्छ, “परमप्रभु _________ गोठाला हुनुहुन्छ” (भजनसङ्ग्रह २३:१)?

* * * * * * * * * * *

केही प्रश्‍नहरू:

अब हामीले यूहन्नाको सुसमाचारको पुस्तकका अघिल्ला १० अध्यायहरू अध्ययन गरेर सक्यौं। तपाईंले यहासम्म सिक्नुभएको आधारमा, निम्न प्रश्‍नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छः

  1. येशू ख्रीष्ट को हुनुहुन्छ?

  2. उहाँले गर्नुभएका केही अचम्मलाग्दा दाबीहरू के के हुन्?

  3. उहाँले गर्नुभएका केही उल्लेखनीय आश्चर्यकर्महरू के के हुन्?

  4. मानिस कसरी नयाँ गरी जन्मन्छ?

  5. मानिसले कसरी अनन्त जीवनको दान पाउनसक्छ?

  6. एकपटक अनन्त जीवनको दान पाएपछि के त्यो गुमाइन सम्भव छ?

  7. अघिल्ला १० अध्यायहरूमा हामीले अध्ययन गरेका केही महान “म हुँ” पदहरू कुन कुन हुन्?

परमेश्वरको सहायताले अब हामी यस सुसमाचारका अरू ११ अध्यायहरू अध्ययन गर्न तयार भएका छौं। आउनुहोस्, हामी ध्यान दिँदैप्रार्थना गर्दै अघि बढौं।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email