भाषाहरूको खलबलले मानिसहरू पृथ्वीभरि छरिन्छन्
भाषाहरूको खलबलले मानिसहरू पृथ्वीभरि छरिन्छन्
नूहको जलप्रलयमा आठजना व्यक्तिहरू एउटा विशाल जहाजको भरमा बाँचे (१ पत्रुस ३:२०)। उक्त जहाजभित्र यी मानिसहरूले (पशुपंक्षी बाहेक) एउटा अर्को कुरा पनि साथमा बोकेका थिए — एउटा अति नराम्रो रोग (यर्मिया १७:९) — त्यो थियो पाप। आदमबाट वंशानुगत सर्दै आएको पापी स्वभाव जहाजको प्रत्येक व्यक्तिसँगै थियो (पाठ १ हेर्नुहोस्)। उत्पत्ति ९:२०-२१ ले नूहको हृदयमा पनि पापको समस्या थियो भन्ने कुरा कसरी देखाउँछ?
नूहको परिवार वृद्धि हुँदै गयो। नूहका छोराहरूका सन्तानहरू भए। के यी सन्तानका हृदयहरू पनि बाबु-आमाका जस्तै पापी थिए? ______। नूहका धेरै नातीहरू भए र अझ धेरै पनातीहरू भए र अझ धेरै-धेरै खनातीहरू भए! शुरुमा बाँचेका आठजनाबाट धेरै वर्षको अवधिमा हजारौं-लाखौं मानिसहरू जन्मे। यी मानिसहरू एकसाथ रहे र उनीहरू नूहको जहाज अडेको ठाउँ आ__________बाट (उत्पत्ति ८:४) शि__________ (उत्पत्ति ११:२) प्रदेशमा आए जो दुई ठूला-ठूला नदी (टाइग्रीस र युफ्रेटिस) को बीचमा फैलिएको एउटा फराकिलो फाँट थियो। उनीहरू यहीं बसोबास गरे र यही ठाउँलाई आफ्नो थलो बनाए।
यी मानिसहरूले कतिओटा भाषा बोल्थे (उत्पत्ति ११:१)? ________। एउटै साझा भाषाले मानिसहरूलाई एकजूट गराउँछ भने विभिन्न भाषाहरूले विभाजन ल्याउँदछ। मानौ एउटा भोजमा १०० जना निम्तो गरिएका छन्। कोही नेपाली मात्र बोल्छन्, कोही मगर मात्र, कोही नेवारी मात्र बोल्छन्, कोही राई मात्र, कोही गुरूङ मात्र बोल्छन्, कोही तिब्बती मात्र। भोज शुरु भएपछि मानिसहरू कतिओटा समूहमा विभाजित हुन्छन् होला? ____________।
शिनारमा बस्दै गरेका यी मानिसहरूले एक विशाल निर्माण परियोजनाको थालनी गरे (उत्पत्ति ११:३)। उक्त इलाकामा ठूला-ठूला ढुङ्गाहरू नपाइने भएकोले उनीहरूले आफ्ना भवनहरू ढुङ्गाबाट बनाउन पाएनन्। (नोट: मिश्रीहरूले विशाल पिरामिडहरू र ग्रीकहरूले ठूला मन्दिरहरू ढुङ्गाबाट बनाएका थिए)। तर त्यहाँ प्रशस्त माटो पाइने भएकोले उनीहरूले बरु ईंटहरू बनाए। साथै त्यहाँ अलकत्रा पनि पाइएकोले त्यसलाई तिनीहरूले सिमन्टिको रूपमा प्रयोग गरे। साधारणतया ईंट घाममा सुकाएर तयार पारिन्थ्यो भने यी मानिसहरूले आफ्ना ईंट कडा र बलियो बनाउन ईंटलाई भट्टीमा राम्ररी पोलेर तयार पारे (उत्पत्ति ११:३)।
भवन बनाउनु पाप होइन। सुलेमान राजाले परमेश्वरका निम्ति एक विशाल मन्दिर बनाए (१ राजा ६)। तर यी मानिसहरूले आफ्ना भवनहरू परमेश्वर र उहाँको महिमाको निम्ति बनाइरहेका थिएनन्। उनीहरूको निर्माण योजना मानिसको महिमाको निम्ति मात्र नभएर परमेश्वरको विरूद्धमा पनि थियो। उत्पत्ति ११:४ बाट यो जान्दछौं कि उनीहरू आफ्नो निम्ति एउटा शहर र एउटा धरहरा बनाउन चाहन्थे र आफ्नो निम्ति नाउँ राख्न चाहन्थे। उनीहरूले गर्न नचाहेको एउटा कुरा के थियो (उत्पत्ति ११:४)? ______________________________________। जगतभरि तितरबितर नहुनको लागि उनीहरू एकजूट भएर एउटा विशाल शहर बनाउन चाहे। जलप्रलयपछि परमेश्वरले नूहका छोराहरूलाई एकजूट भएर एकै ठाउँमा बस्न आज्ञा दिनुभयो कि सारा पृथ्वीमा भरिँदैजाओ भन्नुभयो (उत्पत्ति ९:१,७)? ______________________________________।
यी मानिसहरूका हृदय, उनीहरूका शहर, उनीहरूका धरहरा अनि उनीहरूका सम्पूर्ण दुष्ट योजनाहरू, परमेश्वर सब जान्नुहुन्थ्यो। परमप्रभुले भन्नुभयो, “ए______ भाषा बोल्ने ए______ जा______ को स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन (उत्पत्ति ११:६)।” पापी स्वभावका मानिसहरू आपसमा एकजूट भए उनीहरूले गर्न सक्ने दुष्टताको कुनै सीमाना हुँदैन भन्ने कुरा परमप्रभु जान्नुहुन्थ्यो। निमार्ण योजना यसको थालनी थियो! यदि परमेश्वरले उनीहरूलाई रोकटोक नलगाउनुभए र लगाम नलगाउनुभए भने उनीहरू झन् झन्, पापमा अझ गहिरो, दुष्टताको खाडलमा पर्न सक्थे (पाठ २ हेर्नुहोस्)। उनीहरूको दुष्ट गतिलाई सुस्त गराउन केही न केही गरिन आवश्यक थियो।
यदि तपाईंलाई रोकटोक लगाउन बाबु-आमा नभएका भए वा शिक्षकहरू नभएका भए, वा प्रहरी नभएका भए वा तपाईंसित विवेक नभएको भए, तपाईंले के कस्ता पापहरू गर्नुहुनेथ्यो होला? यदि तपाईंले पाप गरेर उम्कन पाउने भए, कसैले नदेख्ने भए र तपाईंले कहिल्यै दण्ड नपाउने भए के तपाईंले पाप गर्नुहुनेथ्यो? हामीलाई रोकटोक लगाउनको लागि परमेश्वरले कतिपय कुराहरू खडा गरिदिनुभएकोछ। (सिक्रीले बाँधिएको एउटा डरलाग्दो कुकुरलाई विचार गर्नुहोस्। सिक्री रोक लाउने एउटा साधन हो किनभने त्यसले बाँधेर राख्ने काम गर्छ। सिक्री छैन भने कुकुरले कसैलाई चोट पार्नसक्छ वा कुकुर आफै पनि खतरामा पर्न सक्छ।)
परमप्रभुले आश्चर्यको काम गर्नुभयो। तिनीहरूले एक-अर्काको बोली ____________ भनेर उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो (उत्पत्ति ११:७)। एक्कासी पृथ्वीमा एउटा मात्र भाषा नभई थुप्रै भाषाहरू भए (आज पृथ्वीमा करीब ३,००० भाषाहरू छन्!)। एक्कासी निमार्ण कार्य ठप्प भयो अनि त्यो शहरको नाउँ ___________ राखियो जसको अर्थ हो खलबल (उत्पत्ति ११:८-९)। एक-अर्काको कुरा नबुझ्दा आपसमा मिलेर काम गर्न असम्भव हुन्छ! यसकारण ती मानिसहरू एक-अर्कादेखि छुट्टिएर गए, तितरबितर भए र बाध्यतावश पृथ्वीमा फैलिँदै गए। विभिन्न जाति तथा राष्ट्रहरूको शुरूआत यहींबाट भएको हो (उत्पत्ति १०:५,२०,३१,३२)। (बाइबलमा “जाति” भन्नाले “ठूलो” वा “सानो” जाति भन्ने अर्थ लाग्दैन, तर फरक-फरक भाषा बोल्ने मानिसहरूका समूह भन्ने बुझिन्छ।)
संसारमा विभिन्न राष्ट्रहरू हुनुमा सुरक्षा छ किनभने यसद्वारा शक्तिहरूको सन्तुलन हुन्छ र कुनै एक राष्ट्रले एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाइबलले भविष्यवाणी गरेको छ कि यस युगको आखिरी दिनहरूमा सारा जगत एउटै मानिस र एउटै शासनमनि एकजूट हुनेछ। त्यसबेला कोही पनि व्यक्ति त्यो दुष्ट सरकारसित सहमत भएन भने उसलाई मारिनेछ (प्रकाश १३ अध्याय)।
यसरी बाबेलको इन्साफले भाषा र जातिहरू उत्पन्न भए। आज संसारलाई हेर्दा संसारका के कस्ता कुराले हामीलाई उक्त इन्साफको सम्झना आउँछ? स्कूलमा पढाइने यी मध्ये कुन-कुन विषयहरू बाबेलको सम्झना गराउने विषयहरू हुन् (गोलाकार चिन्ह लगाउनुहोस्): गणीत, अंग्रेजी, नेपाली, भूगोल, विज्ञान, राजनीति, इतिहास। निम्न कुराहरूले हामीलाई कसरी बाबेलको सम्झना गराउँछन्, बयान गर्नुहोस्: मिसिनरीहरू (मत्ती २८:१९), बाइबलको नेपाली अनुवाद, पेन्टेकोस्टको दिन (प्रेरित २:१-११), संयुक्त राज्य संघ, संसारको मानचित्र, शब्दकोषहरू, हुलाक-टिकटहरू, संसारभरिका सिक्का र मुद्राहरू, वर्णहरू (रातो, पहेंलो, कालो, सेतो), लडाइँहरू, विदेशी खानेकुराहरू, विभिन्न देशहरूका विभिन्न पोशाकहरू इत्यादि।
संसारमा के त्यस्ता कुनै कुराहरू भइरहेकाछन् जसले हामीलाई प्रकाशको पुस्तकले भविष्यवाणी गरेको एकजूट हुने विश्वव्यापी शासन (सरकार) तर्फ लग्दै छ? संचार माध्यमका के कस्ता कुराहरूले संसारलाई “सानो” र झन् एकजूट बनाउन मदत पुर्याएको छ? यातायातको क्षेत्रमा नि?
यदि अधिकार असल व्यक्तिको हातमा हुन्छ भने संसारमा एउटै शासन र सरकार हुनु के नराम्रो कुरा हो र (यशैया २:१-५, ९:६-७, ३३:२२, यर्मिया २३:५-६)? __________। के उहाँ तपाईंको जीवनको राजा र मालिक हुनुहुन्छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)