मण्डलीको जन्मदिन
मण्डलीको जन्मदिन
मत्ती १६:१८ मा प्रभु येशू ख्रीष्टले भन्नुभयो: “यस चट्टानमाथि म आफ्नो ____________ ____________।” ख्रीष्टको यो महत्त्वपूर्ण भविष्यवाणीबाट हामीले कम्ति मा तीनओटा कुराहरू सिक्दछौं:
१. निर्माता ख्रीष्ट हुनुहुन्छ!!
२. निर्माण चट्टानमाथि गरिनेछ!!
३. निमार्ण गरिने “भवन” मण्डली हो!!
यो “भवन” निर्जीव इट्टा, सिमेन्ट, डण्डी र काठले बनेको भवन होइन। यो “भवन” जिउँदा पत्थरहरूले बनेको भवन हो (१ पत्रुस २:५ पढ्नुहोस्)। क्रूसमा मरेर बौरिउठ्नु भएको ख्रीष्टमाथि विश्वास गरेका र उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेका मानिसहरू नै यस भवनका “पत्थरहरू” हुन्। यस “भवन” मा कसले बास गर्नु हुन्छ (एफेसी २:२१-२२; १ कोरिन्थी ३:१६; १ तिमोथी ३:१५)? ____________________________।
उहाँको मृत्यु हुनुभन्दा अघिल्लो रातमा प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई एकजना व्यक्ति पठाइनुहु नेछ भनी प्रतिज्ञा गर्नुभयो। यस व्यक्तिले चेलाहरूलाई सहायता गर्नुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूसँगै रहनुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूभित्र बास गर्नु हुनेछ (यूहन्ना १४:१७), चेलाहरूलाई सिकाउनुहुनेछ (यूहन्ना १४:२६), चेलाहरूलाई ख्रीष्टको गवाही दिनुहुनेछ (यूहन्ना १५:२६) र चेलाहरूलाई डोर् याउनुहुनेछ (यूहन्ना १६:१३) भनी प्रभुले भन्नुभयो। उक्त व्यक्ति ले हुनुहुन्छ? ____________________________।
पवित्र आत्माको आगमन इतिहासले अत्यन्तै महत्त्वपूर्ण घटना हो। पुत्र परमेश्वर मानव शरीरमा “परमेश्वर-मानिस” (परमेश्वर पनि मानिस पनि एउटै शरीरमा) भइकन जिउनलाई स्वर्गबाट आउनुभयो – यसलाई ख्रीष्टको देहधारण (INCARNATION) भनिन्छ (यूहन्ना १:१४, १ तिमोथी ३:१६), किनकि परमेश्वरले देह (मानव शरीर) धारण गर्नुभयो। पेन्टेकोस्टको दिन मा पवित्र आत्मा परमेश्वर अर्को शरीरमा जिउनलाई आउनुभयो, अर्थात् ख्रीष्टको शरीरमा जसलाई मण्डली भनिन्छ।
पवित्र आत्मा कहिले आउनुभयो भन्ने कुरा तलको नक्सामा देखाइएको छ:

पेन्टेकोस्टको दिनको घटना-विवरण हामी प्रेरित २ अध्यायमा पाउँछौं। त्यही दिनमा नै पवित्र आत्मा आउनुभएको हो। त्यस दिनदेखि परमेश्वर, उहाँ माथि विश्वास गर्नेहरू भित्र, अर्थात् मण्डलीमा, विशेष प्रकारले बास गर्न र जिउन थाल्नुभयो!
पेन्टेकोस्टको दिनका कुन कुन घटनाहरूले त्यस दिन परमेश्वरले एक विशेष कार्य गर्दै हुनुहुन्थ्यो भन्ने स्पष्ट देखाउँछन् (प्रेरित २:१-११ पढेर जवाफ लेख्नुहोस्)? ________ ___
हो, पेन्टेकोस्टको दिनमा (ख्रीष्टको मृत्यु भएले करिब ५० दिन पछाडि), पवित्र आत्मा विश्वासीहरूमा बास गर्न आउनुभएको हो। तब नै मण्डलीको शुरूआत भयो। त्यही दिनदेखि प्रभु येशूले आफ्नो “भवन” निर्माण गर्न शुरू गर्नुभयो। त्यही दिन ख्रीष्टको शरीरको निर्माण शुरू भयो।
मानिस जन्मँदछ अनि एक दिन ऊ मर्नैपर्छ। हरेक व्यक्तिको जन्म मिति (जन्मदिन) हुन्छ अनि हरेक व्यक्तिको मरण मिति हुन्छ (संसारमा मृत्यु कसरी आयो भन्ने कुरा पाठ १ बाट जान्न सक्नुहुन्छ)। कबरस्थानमा जानुभयो भने कतिपय चिहानमाथि एउटा स्मारिका (चिहानढुङ्गा) ठड्याइएको पाउनुहुनेछ जसमा मृतकको जन्म मिति र मरण मिति लेखिएको हुन्छ।
अब तपाईंकै चिहानढुङ्गालाई हेरौं! तल तपाईंको आफ्नै चिहानढुङ्गामा आफ्नो नाम र जन्म मिति लेख्नुहोस्:
“सबै एउटै ठाउँमा जान्छन्; सबै धूलोबाट हुन् र सबै धूलोमा फर्किजान्छन्।” (उपदेशक ३:२०) | ![]() | “अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” (हिब्रू ९:२७) |
तर मण्डली शुरूआत (जन्म) भएको लगभग २००० वर्ष भइसक्यो, र पनि मण्डलीले अन्त (मृत्यु) भएको छैन। मण्डलीका शत्रुहरू थुप्रै छन्। यसलाई नष्ट गर्न मानिस र दुष्ट आत्माहरूले प्रयास गर्दै आएका छन्, तर मण्डली जीवि तै छ। मण्डलीका अङ्गहरूले सतावट, शासना, आगो, ढुङ्गा, मृत्यु समेत भोगे, तर मण्डली जीवितै छ। येशूले भन्नुभयो, “यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी ______________ (मत्ती १६:१८)।
मण्डलीको जीवनको स्रोत के हो (कलस्सी ३:४)? __________________। यसकारण, मण्डलीलाई नष्ट गर्न मण्डलीको शिरलाई नष्ट गर्नुपर्ने हुन्छ। मण्डलीको शिरले हुनुहुन्छ (कलस्सी १:१८ र एफेसी १:२२-२३)? ________________________। के उहाँलाई मार्न सकिन्छ (प्रकाश १:१८ र रोमी ६:९)? ____________। मण्डली कहिल्यै मर्ने छैन। बरु एक दिन आफ्नो मण्डलीलाई स्वर्गमा लैजानलाई ख्रीष्ट आफै आउँदै हुनुहुन्छ (यूहन्ना १४:३; फिलिप्पी ३:२०-२१; तीतस २:१३; १ थेस्सलोनिकी ४:१३-१८)। तसर्थ, मण्डलीको विजय-स्मारिका यसरी लेख्न सकिन्छ:
मण्डली संसारमै छ तर संसारको होइन। (यूहन्ना १७:११-१५; फिलिप्पी २:१५) | ![]() | मण्डलीले संसारलाई परमेश्वरको विजयको गवाही दिन्छ। (प्रेरित १:८; २ कोरिन्थी २:१४-१६) |
एक व्यक्ति कसरी साँचो मण्डलीको अङ्ग बन्न सक्छ? यस “भवन” को एउटा पत्थर ऊ कसरी बन्दछ? एक व्यक्ति ख्रीष्टको शरीरको अङ्ग कसरी बन्दछ? यो कुरा बुझ्नलाई तलको चित्रलाई अध्ययन गरौं।
माथिको चित्रबाट हामी बुझ्न सक्छौं, शिर स्वर्गमा हुनुहुन्छ (कलस्सी ३:१-२) र मण्डली पृथ्वीमा (यूहन्ना १७:१५) छ। प्रत्येक अङ्गको सम्बन्ध शिरसँग हुन्छ र साथै एकअर्कासँग हुन्छ। क्रूसद्वारा (विश्वास गरेर) बाहेक कोही पनि ख्रीष्टको मण्डलीको अङ्ग बन्न सक्दैन। जब एक व्यक्तिले विश्वास गर्छ, परमेश्वरले उसलाई उहाँको शरीरभित्र गाभ्ने काम (आत्मद्वाराको बप्तिस्मा) गर्नुहुन्छ (१ कोरिन्थी १२:१३)।
के तपाईं उहाँको शरीरको अङ्ग हुनुहुन्छ? के तपाईं उहाँको भवनको एक जिउँदो पत्थर हुनुहुन्छ? के पवित्र आत्मा तपाईंको जीवनमा बास गर्न आउनुभएको छ (यूहन्ना ७:३९)? के तपाईं उहाँको शरीरका अङ्गहरूलाई प्रेम र वास्ता गर्नुहुन्छ (१ यूहन्ना ३:१४)? के मण्डली सभाहरूमा नियमति रूपमा उपस्थित भएर पनि एक व्यक्ति वास्तविक रुपमा ख्रीष्टको मण्डलीको अङ्ग नहुन सक्छ? ____________। मण्डली केवल एउटा संस्था (ORGANIZATION) होइन, यो त एउटा जिउँदो रचना (ORGANISM) हो!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)